कोजाग्रत पूर्णिमा मेला : भलिबलको क्वार्टरफाइनल समीकरण पूरा, सेमिफाइनलमा चार टोली भिड्ने

 

 

कोजाग्रत पूर्णिमा मेला तथा ढोरपाटन नगरपालिका कप २०८३ अन्तर्गत सञ्चालित पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनल चरणका खेलहरू सम्पन्न भएका छन्। क्वार्टरफाइनलबाट चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन्।

 

क्वार्टरफाइनलतर्फ बोङ्खानी र बुर्तिबाङ राइजिङ युवा क्लब ‘ए’ बीचको खेलबाट बुर्तिबाङ राइजिङ युवा क्लब ‘ए’, निसीखोला–२ र बुर्तिबाङ राइजिङ युवा क्लब ‘बी’ बीचको खेलबाट निसीखोला–२, ढोरपाटन–६ र ढोरपाटन–३ बीचको खेलबाट ढोरपाटन–६ तथा बौदीकाली दलमारा र निसीखोला–३ बीचको खेलबाट बौदीकाली डलमरा सेमिफाइनलमा प्रवेश गरेका छन्।

 

अब सेमिफाइनलमा बौदीकाली दलमारा र ढोरपाटन–६ तथा बुर्तिबाङ राइजिङ युवा क्लब ‘ए’ र निसीखोला–२ बीच प्रतिस्पर्धा हुनेछ।

 

यसैगरी ३५ वर्षमाथिको भलिबल प्रतियोगिताको फाइनलमा गलकोट नगरपालिका–७ मल्म र निसीखोला गाउँपालिका–१ प्रवेश गरेका छन्।

 

त्यस्तै आमा समूह नृत्य प्रतियोगितामा घम्सेन सक्षेम आमा समूह प्रथम, झिङ्गलबारी परिवर्तन आमा समूह द्वितीय र सोरबोट आमा समूह तृतीय भएका छन्। प्रतियोगितामा चार समूहको दर्ता रहेको थियो भने बोहरागाउँ आमा समूह अनुपस्थित रहेको थियो।

 

मेलाअन्तर्गत गायन, नृत्य तथा आइडल प्रतियोगितासमेत सञ्चालन भइरहेको छ।

 

बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको मेलाले खेलकुद तथा सांस्कृतिक गतिविधिमार्फत स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै मनोरञ्जन प्रदान गरिरहेको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img