देविस्थान बहुउद्देश्यीय सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

बुर्तिबाङ।

देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निसीखोलाको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाको केन्द्रिय कार्यालय कान्छीबजारमा आइतबार आयोजित सभाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले उद्घाटन गर्नुभएको हो। संस्थाले शनिबार लेवाङ सेवा केन्द्रमा समेत साधारण सभा सम्पन्न गरेको थियो।

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घर्तीले सहकारीले हुनेखाने र हुँदा खाने वर्गबीचको आर्थिक दूरी घटाउँदै आर्थिक रूपमा कमजोर वर्गलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले देविस्थान बहुउद्देश्यीय सहकारीले सहकारीको मर्म र भावनाअनुसार काम गरिरहेको उल्लेख गर्दै निसीखोला गाउँपालिकाभित्रका क्रियाशील सहकारी संस्थाको दिगो व्यवस्थापनका लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

२०६५ सालमा स्थापना भएको सहकारीले निसीखोला गाउँपालिकासहित छिमेकी पालिकामा समेत सदस्य विस्तार गर्दै हाल ७१२ जना सदस्य पुर्‍याएको छ। संस्थाले ३ करोड १ लाख ८१ हजार ५०० रुपैयाँ शेयर पुँजी संकलन गर्न सफल भएको छ। यस वर्ष पनि शेयर सदस्यलाई १२ प्रतिशतसम्म मुनाफा वितरण गर्न सफल सहकारीले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ।

संस्थाले पछिल्लो एक वर्षमा ६२ लाख ६२ हजार रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको जनाएको छ। सहकारीको जगेडा कोषमा १ करोड ८४ लाख ५९ हजार रुपैयाँ र निक्षेपतर्फ ७ करोड २५ लाख ४६ हजार १७९ रुपैयाँ रहेको छ।

संस्थाका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीको भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा बाल बचतकर्तालाई समेत सम्मान गरिएको थियो। त्यस्तै संस्थाका लेखा सुपरीवेक्षण समिती संयोजक ओमलाल खत्रीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक ओमलाल खत्रीले आर्थिक वर्ष २०८२/०८३ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा पत्रकार छविलाल पाण्डे, संस्थापक अध्यक्ष एवं सल्लाहकार हेमबहादुर कुँवर र सल्लाहकार भविन्द्रबहादुर कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

संस्थाका उपाध्यक्ष आत्माराम चालिसेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव तेजेन्द्र शर्माले गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img