बुर्तिबाङ राइजिङ युवा क्लबको २४औँ वार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेला सुरु

बुर्तिबाङ, बागलुङ । बुर्तिबाङ राइजिङ युवा क्लबको २४औँ वार्षिकोत्सव तथा कोजाग्रत पूर्णिमा मेला आजदेखि सुरु भएको छ। ढोरपाटन नगरपालिका–बुर्तिबाङमा सुरु भएको मेला १८ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ सञ्चालन हुने आयोजकले जनाएको छ।

मेलाको पहिलो दिन आज पुरुष भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेलबाट ढोरपाटन नगरपालिका–६, गल्कोट नगरपालिका–६ र ढोरपाटन नगरपालिका–२ विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्।

ढोरपाटन नगरपालिका–६ र वडा नम्बर १ बीच भएको खेलमा वडा नम्बर ६ विजयी भएको छ। त्यस्तै, गल्कोट नगरपालिका–६ र ढोरपाटन नगरपालिका–३ बीचको खेलमा गल्कोट नगरपालिका–६ विजयी भएको छ। ढोरपाटन नगरपालिका–२ र तमानखोला गाउँपालिका–२ बीच भएको खेलमा ढोरपाटन नगरपालिका–२ विजयी भएको आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत भोलि बिहान निसीखोला गाउँपालिका–३ र वडा नम्बर ६ बीच प्रतिस्पर्धा हुने बताइएको छ।

यसअघि मेलाको पहिलो दिन क्लबका संस्थापक अध्यक्ष चन्द्रलाल अर्यालले दीप प्रज्वलन तथा ब्यानर अनावरण गरेर मेलाको उद्घाटन गर्नुभएको थियो।

क्लबका अध्यक्ष सुरजबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेला संयोजक नरबहादुर गुरुङ, पूर्वक्लब अध्यक्ष कुलबहादुर सिंजाली, ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष खिमबहादुर विकलगायतको आतिथ्यता रहेको थियो।

क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममार्फत मेलालाई उत्सवमय बनाउने आयोजकको लक्ष्य रहेको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img