बुर्तिबाङ राइजिङ यूवा क्लबको २४ औँ बार्षिकोत्सवका अवसरमा आयोजीत विविध खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम जारी रहेका छन ।
आइतबार एक कार्यक्रमका विच मेलाको गण्डकी प्रदेश आर्थिक मामीला मन्त्री जीत बहादुर शेरचनले उद्धघाटन गर्नुभएको हो । कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हालसम्म पुरुष भेट्रान्स भलिवल, महिला भलिवल र खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता भइरहेका छन ।
क्लब अध्यक्ष सुरज विश्वकर्माको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल लगाएतको आतिथ्यता रहेको छ । ढोरपाटन नगरपालिका कप समेत समावेश गरिएको कार्यक्रममा डौड प्रतियोगिता , विद्यालय स्तरीय वक्तित्वकला लगाएतका प्रतियोगिता सम्पन्न भएका छन ।

















