अखिल नेपाल महिला संघ दोस्रो ढोरपाटन नगर भेला २०८३ कात्तिक १९ गते बिहीबार सम्पन्न भएको छ । सो भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य का. गौरीश्वर पाण्डेले गर्नु भएको थियो ।उहाँले राजनीतिक पार्टीहरु भ्रष्टाचारको चंगुलमा फसेका छन् र सत्ता र शक्तिको आडमा शासन टिकिरहेको छ ,जसको कारण सहकारी ठगी मौलाएको छ गरीब दुखी जनताहरु मंहगीको चपेटामा परिरहेको कुरा बताउनु भयो। साम्राज्यबादी मुलुक अमेरिकाले एमसीसी पास गर्न लगाइ कार्यान्वयनमा रहेको जुन नेपाल राष्ट्रको लागि घाटक भैरहेको बताउनुभयो। हाम्रो पार्टी जनमोर्चाले स्पष्ट रूपमा भनेको कुरा कसैले पत्ताएनन।अहिले अमेरिकी साम्राज्यवादले चीनको विरुद्ध लड्न शासन सत्ता र शक्ति सरकार समहालिरहेका राजनीतिक पार्टीहरु नै उपयोगमा आइरहेको बताउनु भयो ।हिजो नेपाल राष्ट्र बचाउन महिलाहरुले आफ्नो बच्चालाई काखीमा च्यापेर अंग्रेजका विरुद्ध लडी जीवनबलिदान गरेको इतिहास साँछी छ ।महिलाहरुले आफ्नो हक अधिकार र देशको लागि एकताबद्ध भैसशक्त ढंगले अगाडि बढ्न सक्नुपर्ने बताउनुभयो । बिगतमा विभिन्न राजनीतिक पार्टीहरुले सरकार सन्चालन गरेता पनि काम गलत भएको कारण विषम परिस्थिति सिर्जना भएको समेत बताउनुभयो । राष्ट्रको महत्त्वपूर्ण संरचना र सम्पती तहसनहस भएको उल्लेख गर्नुभयो । अखिल नेपाल महिला संघले आफ्नो हक अधिकारको साथै देश र नेपाली जनताको पक्षमा पनि महत्त्वपूर्ण भूमिका खेल्दै योगदान गरेको अझै त्यसको लागि सशक्त ढंगले अगाडि बढ्नु पर्छ भन्नु भयो र भेलाले चुनेको नयाँ समितिलाइ कार्यकालको शुभकामना समेत दिनु भयो । सो भेलाले १५ सदस्य पूर्ण र ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा
१. अध्यक्ष का. स्नेह पौडेल
२. उपाध्यक्ष का. निम कुमारी भण्डारी
३. कोषाध्यक्ष का. गौमती भण्डारी

४. सचिब का. ददिकला पाण्डे
५. सहसचिव का. पबित्रा कुमारी छन्त्याल
६. सदस्य का. सुनमाया क्षेत्री
७. ,, का. मिना बुढा
८. ,, का.सन्जिला कुँवर
९ ,, का.मिना पुन
१०. ,, का. गुम कुमारी पौडेल
११. ,, का. हिमा कायत
१२. ,, का. गंगा अदै
१३.,, का. जमुना खनाल
१४. ,, का. मन कुमारी बि. क.
१५. ,, का. कमला पाण्डे
सल्लाहकारहरु
१. धन कुमारी कुँवर
२. खिम कुमारी खरेल
३. देबी कुमारी श्रेष्ठ
४. ताल कुमारी महत
५. गोमला भण्डारी
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला कोषाध्यक्ष का. दिपक थापा ,अखिल नेपाल शिक्षक संघ बागलुङ जिल्ला उपाध्यक्ष का. दुर्गा बहादुर भण्डारी लगायतले शुभकामना मन्त्ब्य दिनु भएको थियो। भेलाको अध्यक्षता का. धन कुमारी कुँवर, का. निम कुमारी भण्डारीको स्वागत मन्तब्य र संचालन ददिकला पाण्डेले गर्नुभएको थियो ।

















