पुरस्कार वितरण तथा सहयोगी दातालाई सम्मान गर्दै कोजाग्रत पूर्णिमा मेला सम्पन्न

 

बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजनामा सञ्चालित कोजाग्रत पूर्णिमा मेला, ढोरपाटन नगरपालिका कप तथा क्लबको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।

मेलाको अन्तिम दिन आज ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्याण कायतको उपस्थितिमा प्रतियोगिताका सम्पूर्ण खेलकुद विधाका विजेता तथा उपविजेता खेलाडी र टोलीलाई पुरस्कार वितरण गरिएको हो।

पुरस्कार वितरण कार्यक्रममा बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष सुरज विश्वकर्मा, कोषाध्यक्ष विमल विश्वकर्मा, सचिव फरक महतलगायत क्लबका पदाधिकारी तथा आयोजक टोलीको सहभागिता रहेको थियो।

सोही अवसरमा क्लबलाई सहयोग पुर्‍याउने चन्दादाता, ज्येष्ठ नागरिक तथा विभिन्न सहयोगी संघसंस्थालाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। क्लबले आयोजना गरेको मेलालाई सफल बनाउन आर्थिक, भौतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ।

कार्यक्रममा क्लबका अध्यक्ष सुरज विश्वकर्माले आगामी दिनमा पनि बुर्तिबाङ राइजिङ युवा क्लबले खेलकुद तथा सांस्कृतिक गतिविधिसँगै विभिन्न सामाजिक कार्यलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

खेलकुद, कला, संस्कृति र सामाजिक सद्भावलाई जोड्ने उद्देश्यसहित आयोजना गरिएको कोजाग्रत पूर्णिमा मेला पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसँगै औपचारिक रूपमा सम्पन्न भएको हो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img