Home Blog Page 119

निसीखोला गाउँपालिका काण्डै काण्डको भयो ः (नेकपा) एमाले निसीखोला 

0

विनोद विश्वकर्मा , बुर्तिवाङ
नेकपा एमाले निसीखोला गाउँ कमिटी अध्यक्ष भुमिराज घर्तिले निसीखोला गाउँपालिका काण्डै काण्डको घर भएको बताएका छन् ।

सनिबार (ने क पा) एमाले निसीखोला गाउँकमिटीले  निसीखोलाको जुग्जाखोलामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घर्तिले निसीखोला गाउँपालिकाकामा विभिन्न काण्डको थुप्रो रहेको बताएका छन् । घर्तिले निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत फिर्ता काण्ड ,कटुवाल नियुक्ति काण्ड,दोहोरो सिफारिस काण्ड गाउँपुजाँ (नाखा) काण्ड, स्वंयम पालिका अध्यक्ष समेत काण्डमा फसेको बताएका छन् । यी भएका काण्डलाई नेकपा एमालेले पटक पटक ध्यानाकर्षण गराउदा समेत व्यवास्ता गरेको बताएका छन् ।

निसीखोला गाउँपालिकामा व्ययतिथिको चाङ रहेको भन्दै यसलाई पालिकाले तुरुन्त समाधान गर्न एमाले निसीखोलाले ध्यानाकार्षन गराएको छ ।
(ने क पा) एमालेले बिभिन्न समयमा पालिकामा भएका व्यतिथिको विरोध गर्दै पालिकामा ज्ञापन पत्र समेत बुझाएको छ तर पालिकाले विपक्षको कुरालाई व्यावहारमा भने लागु नगरेको एमाले निसीखोलाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
कार्यक्रमको अवसरमा बोल्दै (नेकपा) एमाले जिल्ला सदस्य जुनविक्रम शाहीले पालिकामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठुलो विभेद रहेको आरोप लगाएका छन् । विद्यालयमा बजेट पु¥याउदा समेत फरक दल लाई समर्थन गरेकै कारण समेत बन्चित बनाएको आरोप लगाएका छन् । पालिकाको सरकारले चुवावमा गठबन्धन गरे पनि एमालेले विकासमा गठबन्धन गर्न चाहेको बताएका छन् ।


पालिकाका विभिन्न बिद्यालयमा शिक्षक सरुवा तथा नियुक्तिको सन्दर्भमा पालिकाले गठबन्धनलाई प्रथमिकतामा राखेको बताएका छन् । यस्तै कार्यक्रममा पार्टीको सांगठानिक विषयमा जानकारी दिदै नेकपा एमाले जिल्ला सचिवालय सदस्य रुद्र पौडेलले पार्टीले जनवर्गि संगठन तथा विभिन्न संगठनलाई चलायमान बनाउने बताएका छन् ।

कार्यक्रममा पत्रकारले सोधेको एमालेले पालिकालाई ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाए पनि पाटी र पालिका बीचमा दुरी वढ्योकी पालिकाले पाटीको कुरालाई कार्यन्वयन नगरेको जस्तो देखियो यसमा पार्टीको अवको कार्यक्रम के रहन्छ भन्ने,प्रश्नमा पाटी अहिले पर्ख र हेरको अवस्थामा रहेको र यसलाई कार्यन्वयन नगरेमा कार्यक्रमलाई फरक ढंगबाट अगाडी बढाउने जानकारी दिएको छ । एमाले आफ्नो अडानबाट पछि नहट्ने बताएका छन् ।

कार्यक्रममा निसीखोला गाउँपालिकाले लिएको सरकारी सेवामा कार्यरत कर्मचारी तथा शिक्षकका वालवालिकालाई अनिवार्य सरकारी विद्यालयमा पढाउने निति, पालिका भरमा बिवाह तथा विभिन्न सामुहिक भोजमा दुई भान्साको अन्त्य जस्ता कार्यक्रमलाई समर्थन भएको र यसलाई जति सक्दो छिटो कार्यन्वयनमा लग्नु पर्नेमा एमाले निसीखोलाले जोड दिएको छ ।
पालिकामा गठबन्धन सरकारले एकतर्फी रुपमा विकास निमार्ण तथा सुसासनको पक्षमा काम गरेको आरोप लगाएको छ ।

आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले निसीखोला गाउँकमिटी अध्यक्ष भुभिराज घर्तीको अध्यक्षता रहेको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य रुद्र पौडेल,जिल्ला सदस्य जुनविक्रम शाही,तथा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम एमाले जिल्ला सदस्य ढालेन्द्र हमाल (मिलन) ले सञ्चालन गर्नु भएको थियो ।

माओवादी केन्द्रको “घर घरमा माओवादी जनजनमा माओवादी अभियान” ढोरपाटन नगरको विस्तारित बैठक

0

भाद्र ९ गते शनिबार

नेकपा माओबादी केन्द्र ढोरपाटन नगर कमिटीको विस्तारित बैठक शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

केन्द्रिय समितीको निर्णय अनुसार “घरघरमा माओबादी जनजनमा माओबादी अभियान” अन्र्तगत नगरका सवै वडामा वडा विस्तृत रुपान्त्रणका कार्यक्रम गर्ने उदेश्य सहित कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

ढोरपाटन नगर अध्यक्ष भिम गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य एवं ढोरपाटन नगर इन्चार्ज दुर्गा वि.क.को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय सदस्य सुदिप कुवंर, जिल्ला सम्मोन्य समिती सम्योजक गण्डकी प्रदेश सचिवालय सदस्य ंराजिव घिमिरेको आतिथ्यता रहेको हो ।

बैठकले जनता सँग माओबादी बिस्तृत रुपान्त्रण अभियानका कार्यक्रमहरु वडा स्तरमा केन्द्रित भई सञ्चालन गर्नका लागी सिँगो नगर पार्टी पँक्ति दृढताका साथ लाग्ने गरी बैठक सम्पन्न भएको जनाईको छ । वडा स्तरको कार्ययोजना अनर्तगत यहिँ भाद्र ११ देखि १५ गतेसम्म कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको हो । जसमा वडा नंं १ र ४ मा १५ गते, वडा नंं २,३,५,७ मा भाद्र १२ गते र वडा नंं ६,८ र ९ मा ११ गते कार्यक्रम गर्ने निर्णय भएको गोपाल महतले बताउनु भयो ।

कार्यक्रम नगर सचिव बिर बहादुर घर्तिको सञ्चालमा कार्यक्रम सम्पन्न भएको हो ।

ढोरपाटन पुग्नै सकस : निर्माण कम्पनीको सूस्तताले नागरिकलाई सास्ती

0

बुर्तिबाङ भदौ ८
बागलुङको ढोरपाटन पुग्ने सडक समयमा निर्माण नभएपछि साँसद देखि स्थानीय जनप्रतिनिधीलाई यतिबेला निकै टाउको दुखाई बनेको छ । प्रर्यटकिय गन्तब्यको रुपमा परिचित हुँदै गएको ढोरपाटन देशकै एक शिकार आरक्ष क्षेत्रमा पर्दछ ।
उक्त क्षेत्रमा जान देश विदेशका नागरिक निकै आतुर छन तर एक पटक जो आए अर्काे पटक पुनह आउने मनस्थिती बिरलै पाइन्छ । प्रर्यटकलाई मात्रै कहाँ हो र ढोरपाटन आउ जाउ गर्ने यहाँका नागरिक, व्यवसाहीलाई समेत उत्तिकै सास्ति खेप्नुपर्ने बाध्यता कहिले हट्छ भनेर निर्वाचित जनप्रतिनिधीलाई स्थानीयले पटक पटक ध्यानाकर्षण गराउँदै आएका छन ।
सालझण्डी –ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने उक्त सडकमा बागलुङ खण्डमा मात्रै निकै सुस्त गतिमा काम भएको देख्न सकिन्छ । गुल्मी र अर्घाखाँची जिल्लामा पर्ने खण्डमा प्रभावकारी रुपमा काम भएको पाइएको हो ।
ढोरपाटन नरपालिकाको सदरमुकाम बुर्तिबाङ बजारदेखि करिब ३५ किलोमिटर टाढाको दुरीमा रहेको ढोरपाटन उपत्यकामा पुग्न जोड तोडका साथ ३ घण्टा सवारी यात्रा पछि मात्रै पुग्न सकिन्छ । सडक जिर्ण छ खाल्डा खुल्डी र जोखिम पूर्ण यात्रा गर्न जो कोही मान्दैन सवारीलाई उत्रिकै मार पर्ने र यात्रुलाई समेत सास्ति खेप्नुपर्ने बाध्यता रहेको अवस्था छ । उक्त सण्डमा काम निकै सुस्त गतिमा भएका कारण नागरिमा नैराश्यता छाएको हो ।

स्वच्छन्द निर्माण सेवा प्रालि (सञ्चालक जयराम लामीछाने) र ओम बुद्ध इन्टरनेशनल जेभि कम्पनी सञ्चालक (दिपेश लामा ) को सँयूक्त दुईवटा फर्मले २०७८ असोज महिनामा ३० महिना भित्रै सडक नालि सहित ग्राभेलीङको जिम्मा पाएको थियो । अवधी सकिन मात्र ९ महिना रहँदै गर्दा निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गरेको पाइएको देखिन्छ ।
जोखिम ठाउँमा सडक कटान, नालि निर्माण, ग्रेड निर्माण देखि धेरै काम बाँकी रहँदा पनी कम्पनीले आफनो जिम्मेवारी प्रति तदारुकता नदेखाएकै कारण समयमा काम सम्पन्न नहुने र अझै लामो समय सम्म यस्तै सास्ती खेप्नुपर्ने बाध्यतामा नागरिक रहेको ढोरपाटन ९ का अध्यक्ष खिम बहादुर घर्तिको भनाई छ ।
साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न सक्दैनन्। यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्छन्। पर्यटकले प्रयोग गर्ने सवारीसाधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरूसमेत अलपत्र पर्ने गरेका छन्।
विसं २०७१ मा सो सडकको ट्र्याक खुलेको हो। गंगरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर लामो सडक छ। सालझण्डीदेखि ढोरपाटनसम्मको लम्बाइ एक सय ९७ किलोमिटर रहेको छ। बडिगाड गाउँपालिका–१० गंगरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि दुई वर्ष अगाडि सम्झौता भएको थियो।
हालसम्म २८ प्रतिशतमात्रै काम भएको सालझण्डी९ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सरोज आचार्यले जानकारी दिए। ३० महिनामा काम सक्ने गरी २५ करोड रुपैयाँमा सम्झौता भएको आचार्यले बताए। स्तरोन्नतिको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिए पनि निर्माण कम्पनीले ढिला सुस्ती गरिरहेको उनी बताउँछन्।

यस क्षेत्रबाट निर्वाचित प्रदेश सभाका माननिय दोर्णकुमार कुवँर, दिलमाया पौवी लगाएतको टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमै पुगेर यहाँको समस्याका विषयमा मौखिक लिखित रुपमा ध्यानाकर्षण गराइसकेका छन । पटक पटक निर्माण कम्पनीलाई समेत फोन मार्फत ध्यानाकर्षण गराएका साँसद दोर्ण कुमार कुवँरले तत्काल जोखिम क्षेत्रमा काम गर्न समेत आग्रह गर्दा समेत निर्माण कम्पनीले अटेर गर्दे आएको पाइएको छ ।
यता ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले समेत सडक निर्माणको काममा निर्माण कम्पनीले मनलाग्दी गरेको भन्दै शुक्रबार सर्वदलीय सर्वपक्षिय छलफलको आयोजना गर्दे तत्काल सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने र डेलिगेशन समेत जाने बिषयमा छलफल भएको छ ।
निर्माण कम्पनीले काम नगरेपछि नागरिकलाई निकै सास्ती भयो जनप्रतिनिधीलाई समेत काम गरेनौँ भनेर नागरिकबाट आरोप आइसक्यो अव धेरै समय चुप लागेर बस्नु उचित नदेखिएपछि सम्वन्धित निकायमै पुगेर ध्यानाकर्षण गराउने र काम नहुने भएमा ठेक्कानै टोडेर अन्य प्रकृया अगाडी बढाउने विषयमा समेत छलफल गर्ने गरी आवस्यक तयारी गरिएको कायतको भनाई छ ।
जनप्रतिनिधी, राजनैतिक दल सहितको टोली केहि दिनमै सालझण्डी –ढोरपाटन सडक आयोजनाको कार्यालय सन्दिखर्कमा जाने र निर्माण कम्पनी र आयोजनाका प्रमुखलाई सँगै राखेर ध्यानाकर्षण गराउने निर्णय भएको कायतले बताए ।

नदिजन्य पदार्थ उत्खनन्मा मनपरि हुँदा समेत मौन प्रशासन र ढोरपाटन नगरपालिका

0

बुर्तिबाङ भाद्र ७ गते
ढोरपाटन नगरपालिकाले नदिजन्य पदार्थको उत्खनन्मा रोक लगाउन नसक्दा लाखौँ रुपैयाँको राजश्व गुमाउनुका साथै मनपरि नदि जन्य पदार्थको दोहन रोकिन सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र पालिकाको आर्थिक ऐनमा रहेर नगर कार्यपालिकाको निर्णयबाट नदिजन्य पदार्थको नियन्त्रण तथा बिक्रीका लागी बोलपत्र आब्ह्वान गर्नुपर्ने ,निश्चत करको दायरा निर्धारण गर्नुपर्ने र निश्चित क्षेत्रमा मात्र नदिजन्य पदार्थको उत्खनन हुन सक्ने भएपनी पालिकाले त्यसतर्फ ध्यान दिन नसक्दा मनलाग्दी तवरले नदि जन्य पदार्थको उत्खनन गरिएको पाइएको छ ।
प्रशासन र नगरपालिकाले समयमा ध्यान दिन नसक्दा वडा नं. २ पाखुते भन्ने स्थानमा स्थानीय तुल्सीराम अर्यालले विच खोलामै पर्खाल लगाएर बालुवा उत्खनन गर्ने स्थल बनाएका छन । नगरपालिका र प्रशासनले ध्यान नदिएकै कारण नदिजन्य पदार्थ उत्खनन्मा मनपरि हुने गरेको स्थानीयको आरोप छ ।
नगरपालिकाको क्षेत्र अन्र्तगत निसीखोला र भुजिखोला तमानखोला क्षेत्रमा नदिजन्य पदार्थ (बालुवा) बर्षातको समयमा मनपरि निकाल्ने गरिएको छ । न्युन आय भएका व्याक्तिका लागी आय आर्जनको माध्यम भएपनी कतिपय पुजिँपति वर्गले समेत नदिको आधा भाग सम्म कब्जा गरेर दोजरको सहायताले बालुवा निकाल्ने र निकासी गर्ने गरेको पाइएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रमुखको रुपमा राज कुमार बि.क.को आगमन

0

बुर्तिबाङ भाद्र ६ गते
इलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रमुखको रुपमा प्रहरी निरिक्षक राज कुमार बि.क.को आगमन भएको छ ।
१६ महिने कार्यअवधि सम्म रहनु भएका राजेश अधिकारीको सरुवा भएसँगै तनहुँ जिल्लाबाट इलाका प्रहरी कार्यालय बुर्तिबाङको जिम्मेवारी सम्हाल्ने गरि प्रहरी निरिक्षकको रुपमा राज कुमार वि.क आउनु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
प्रमुख वि.क. लाई इलाका प्रशासन कार्यालय बुर्तिबाङले बुधबार स्वागत गरेको थियो ।

निसीखोला गाउँपालिकाद्वारा बोहोरागाउँ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्त्रण

0

बुर्तिबाङ भदौ ५ गते
बागलुङको निसीखोला गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स व्यवस्थापन र रेखदेखको जिम्मेवारी सहित बोहोरागाउँ स्वास्थ्य चौकीलाई मँगलबार एक कार्यक्रमका बिच हस्तान्त्रण गरेको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेट अन्र्तगत रु २० लाख १० हजार लागतमा खरिद गरिएको एम्बुलेन्स पालिकाले व्यवस्थापनका निम्ती स्वास्थ्य चौकीलाई जिम्मेवारी दिएको हो ।
एम्बुलेन्स विधिवत रुपमा सञ्चालन हुनका निम्ती कानुनी प्रकृया अनुसार अनुमती लिएर अगाडी बढ्ने र पालिकाले कार्यविधी तथा भाडादर निर्धारण गरेपछि एम्बुलेन्स सञ्चालन हुने भएको हो । सवारी चालकको व्यवस्था समेत भइसकेको छ अब छिट्ठै सेवा प्रवाह हुने गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।
“पालिकाका नागरिकलाई स्वास्थ्य उपचारको निम्ती सहज होस एम्बुलेन्स अभावकै कारण समयमा गाडी नपाएर विरामी उपचारबाट बञ्चित नहोस भन्नका निम्ती पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको बताउँदै नागरिकलाई कसरी हुन्छ सहज रुपमा सेवा दिने वातावरण तय गरेर अगाडी बढ्ने अध्यक्ष घर्तिको भनाई छ ” ।
गाउँपालिकाले यस आर्थिक बर्षमा एम्वुलेन्स व्यवस्थापन खर्च शिर्षकमा रु १० लाख रुपैयाँ बजेट समेत व्यवस्था गरेको हो । एम्वुलेन्स सञ्चालनामा आएसँगै नागरिकलाई सहज रुपमा स्वास्थ्य उपचारका निम्ती विभिन्न अस्पत्ताल पुग्न एम्वुलेन्स मार्फत सहजता हुने स्थानीयको भनाई छ ।

आयोजित कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै गाउँपालिकाका नागरिकलाई सहज र सरल सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गरिएको बताउँदै असक्त, असहाय, अति गरिवीको रेखामुनी रहेका नागरिक लगाएतलाई लक्षित गर्दे सस्तो र भरपर्दाे सेवा उपलब्ध गराउने बताउनु भयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द द्धारा कार्यविधी निर्माण, एम्वुलेन्स सञ्चालन प्रकृया लगाएतका विषयमा आफनो धारणा राख्नु भएको हो ।
निसीखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष एवं बोहोरागाउँ स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्ष, राजनैतिक दलका प्रतिनिधी, पत्रकार, शिक्षक, प्रहरी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम निसीखोला गाउँपालिका स्वास्थ्य सम्योजक जुनी घर्तिको स्वागत बोहोरागाउँ स्वास्थ्य चौकी प्रमुख कसिन्द्र शाहीको सञ्चालनमा एम्वुलेन्स हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको हो ।

गुर्जाघाटमा पुगेर तमानखोला गाउँपालिकाद्वारा पशुपालक कृषकको स्वास्थ्य उपचार

0

बुर्तिबाङ साउन ३१
तमानखोला गाउँपालिकाले दुर्गम क्षेत्र गुर्जाघाटमा पुगेर स्थानीय पशुपालक कृषकलाई स्वास्थ्य उपचारका सामाग्री उपलब्ध गराएको छ ।
सोमबार गाउँपालिका अध्यक्ष जोकलाल बुढा, वडा नं. ५ का अध्यक्ष हिरा बहादुर श्रीपाली स्वास्थ्य कर्मी, जनप्रतिनिधी लगाएतको टोलीद्वारा स्थानीय पशुपालक किसानले वर्षातको समयमा पशु चौपाया चरिचरणका निम्ति लैजाने गरिएको गुर्जाघाट क्षेत्रमा पुगेर एक सय बढि नागरिकको स्वास्थ्य परिक्षणसँगै उनीहरुलाई वर्षातको समयमा हुन सक्ने बिरामीको समस्यालाई मध्यनजर राख्दै प्राथमिक उपचारका सामाग्री सेट हस्तान्त्रण गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
गाउँपालिका सदरमुकाम देखि दिनभर पैदल यात्रा गरेर उक्त स्थानमा पुग्न सकिन्छ । विशेष गरि वडा नं. १ र २ तथा म्याग्दिको धवलागिरी गाउँपालिका अन्र्तगतका किसानहरु गाई, भैँसी, तथा भेडाको चरिचरणका निम्ती असार महिनादेखि असोज सम्म बुकि पुग्ने गरेका हुन । लेकमा स्वास्थ्य सँस्थाको पहुँच नहुने भएको र सामान्य चोटपटक लाग्दा देखि विरामी पर्दा समेत उपचार सेवा पाउन मुस्किल हुने समस्यालाई मध्यनजर राख्दै पालिकाले किसानको गोठमै पुगेर किसानको स्वास्थ्य परिक्षण सँगै औषधि उपलब्ध गराएको जनाईएको छ ।
स्वास्थ्य शिविरका लागि बुकी पुग्नुभएका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा सुद्व खानेपानी नहुने खोलामा बग्ने पानि पिउने चिसो जस्ता समस्याका कारण ज्वरो आउने, पखला लाग्ने, उच्च रक्तचाप लगायत समस्या भएको बताउनुभयो । केहीलाई गम्भीर किसिमको रोग देखा परेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उहाँको भनाइ छ । अध्यक्ष बुढा मगरसहित १२ जनाको टोली बुकी पुगेर शिविर सञ्चालन गरेको थियो । उनीहरुले एक सय बढी गोठालाको स्वास्थ्य उपचार गरेका थिए ।

ठेकेदारले काम नगरेपछि गैति बेल्चा लियर बाटो बनाउन उत्रिय ढोरपाटनका का.वा. मेयर

0

बुर्तिबाङ साउन ३०
ढोरपाटन सालझण्डी सडक खण्डक अन्र्तगत पर्ने बुर्तिबाङ–ढोरपाटन सडक खण्डमा पटक पटक ताकेता गर्दा समेत ठेकेदारले काम नगरेपछि बाटो अति जिर्ण र जोखिम यूक्त भएको भन्दै ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत सहितको टोली सडक मर्मतमा जुटेको छ ।
३ बर्षभित्र सडक ग्राभेलिङ गर्ने गरि जिम्मा पाएको ओम बुद्ध कन्ट्रक्सन ठेकेदार कम्पनीले म्याद सकिन लाग्दै गर्दा पनी ५ प्रतिशत पनी काम नगरेको र पटक पटक ताकेता गर्दा समेत व्यवास्ता भएपछि आफुहरुनै सडक मर्मतमा घन, गैति, बेल्चा लिएर उत्रिएको कायतको भनाई छ ।


बर्षातको समयमा सडक अवरुद्ध हुने, खाल्डा खुल्डी र चिप्लो बन्दै गएको र धैरे यात्रु प्रर्यटक ढोरपाटन पुग्नलाई सास्ति भएपछि आफु सहित वडा नं. ७ का वडा अध्यक्ष धन बहादुर अदै , नगरपालिकाका कर्मचारी, स्थानीय बासि लगाएतको सहयोगमा बाटो मर्मतमा जुटिएको बताए ।

ढोरपाटन ७ को सेलि खोला हुँदै बाटो मर्मतमा जुटेको टोलीले बिहान सबेरै देखि साँझ ७ बजेसम्म सडक मर्मतको काम गर्ने छ । सेलि खोला हुँदै ढोरपाटन ९ को देउराली सम्मको क्षेत्रमा पहिलो चरणमा खाल्डा खुल्डी पुर्ने काम गरिने का.वा मेयर धन बहादुर कायतले बताएका छन ।
उक्त सडक खण्डमा समयमा काम नभएपछि केहि महिना पहिले गण्डकी प्रदेश साँसद दोर्ण कुमार कुवँरले समेत प्रत्यक्ष फोन मार्फत र प्रतिनिधीलाई भेटेरै जोखिम पूर्ण सडक तत्काल मर्मत गर्न र पहरा फुटाएर सडक चौडा गर्न निर्देशन दिनुभएको थियो तर ठेकेदार कम्पनीले कुनै पनी वास्ता नगरेको पाइएको छ ।

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने

0

३० साउन, भक्तपुर

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ ।

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए ।

उनले भने, ‘बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ ।’

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

नेपाली काँग्रेस ढोरपाटन नगर सम्मेलन: गुट उपगुटबाट मुक्त हुन नेताहरुलाई कार्यक्रताको सुझाव

0

बुर्तिबाङ साउन २९
नेपाली काँग्रेस ढोरपाटन नगरसमितीको आयोजनामा सोमबार बुर्तिबाङमा नगर सम्मेलन सम्पन्न भएको छ ।
नेता कार्यक्रताको उपश्थितीमा आयोजित कार्यक्रममा सहभागि अधिकांस कार्यक्रताले नेताहरु गुट उपगुटको पछि नलागेर सबै कार्यक्रतालाई समान व्यवहार गर्दे साझा अपनत्व र विकासमा जुट्न सुझाव दिएका छन । नेताहरु आफै गुटमा समाहित हुँदा कार्यक्रतामा नकारात्मक प्रभाव पर्ने बताउँदै सँगठनलाई मजबुद बनाउन नेताहरु एकजुट हुनुपर्ने कार्यक्रताको जोड थियो ।
वडा स्तरिय साँगठनिक र पार्टीको अवस्थाका विषयमा धारणा राख्दै वडा प्रतिनिधीले निर्वाचित जनप्रतिनिधी जनउत्तरदायी बन्नुपर्ने, जनताको समस्या र आवस्यकताका आधारमा विकास बजेट विनीयोजन गर्नुपर्ने, समय समयमा जनताका समस्या वुझ्न नेताहरु गाउँकेन्द्रित हुनुपर्नेमा जोड दिएका हुन ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य चम्पादेवी खड्काको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा प्रमुख अतिथी खड्काले बोल्दै नेपाली काँग्रेस देश निर्माण र जनताको हक अधिकार स्थापित गर्ने लोकतान्त्रीक पार्टी भएका कारण जनताको मर्म, समस्यालाई मध्यनगर गर्दे नेता कार्यक्रम अगाडी बढ्नुपर्ने बताउँदै सँगठनलाई बलियो बनाएर आफनो क्षेत्रबाट अगाडी बढ्न सुझाव दिनुभयो ।


कार्यक्रमका अवसरमा गण्डकी प्रदेश साँसद दोर्ण कुमार कुवँर, जित बहादुर शेरचन, दिलमाया पौवी, नेपाली काँग्रेस गण्डकी प्रदेश समिती सदस्य अमृतादेवी वानीँया , जिल्ला सचिव गण्डकी थापा , क्षेत्र नं. २ प्रदेश सभा २ का सभापती मेशलाल सर्मा केन्द्रिय महाधिवेशन प्रतिनिधी, जिल्ला समिती पदाधिकारी, क्षेत्रीय समिती पदाधिकारी, नगर समिती पदाधिकारी, वडा समिती लगाएतको आतिथ्यता एवंम मन्तव्य रहेको थियो ।
नगर सभापती धन बहादुर कायतको सभापतीत्व रहेको कार्यक्रम नगर उपसभापती गणेश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।