spot_img

नेपाली काँग्रेस ढोरपाटन नगर सम्मेलन: गुट उपगुटबाट मुक्त हुन नेताहरुलाई कार्यक्रताको सुझाव

बुर्तिबाङ साउन २९
नेपाली काँग्रेस ढोरपाटन नगरसमितीको आयोजनामा सोमबार बुर्तिबाङमा नगर सम्मेलन सम्पन्न भएको छ ।
नेता कार्यक्रताको उपश्थितीमा आयोजित कार्यक्रममा सहभागि अधिकांस कार्यक्रताले नेताहरु गुट उपगुटको पछि नलागेर सबै कार्यक्रतालाई समान व्यवहार गर्दे साझा अपनत्व र विकासमा जुट्न सुझाव दिएका छन । नेताहरु आफै गुटमा समाहित हुँदा कार्यक्रतामा नकारात्मक प्रभाव पर्ने बताउँदै सँगठनलाई मजबुद बनाउन नेताहरु एकजुट हुनुपर्ने कार्यक्रताको जोड थियो ।
वडा स्तरिय साँगठनिक र पार्टीको अवस्थाका विषयमा धारणा राख्दै वडा प्रतिनिधीले निर्वाचित जनप्रतिनिधी जनउत्तरदायी बन्नुपर्ने, जनताको समस्या र आवस्यकताका आधारमा विकास बजेट विनीयोजन गर्नुपर्ने, समय समयमा जनताका समस्या वुझ्न नेताहरु गाउँकेन्द्रित हुनुपर्नेमा जोड दिएका हुन ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य चम्पादेवी खड्काको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा प्रमुख अतिथी खड्काले बोल्दै नेपाली काँग्रेस देश निर्माण र जनताको हक अधिकार स्थापित गर्ने लोकतान्त्रीक पार्टी भएका कारण जनताको मर्म, समस्यालाई मध्यनगर गर्दे नेता कार्यक्रम अगाडी बढ्नुपर्ने बताउँदै सँगठनलाई बलियो बनाएर आफनो क्षेत्रबाट अगाडी बढ्न सुझाव दिनुभयो ।


कार्यक्रमका अवसरमा गण्डकी प्रदेश साँसद दोर्ण कुमार कुवँर, जित बहादुर शेरचन, दिलमाया पौवी, नेपाली काँग्रेस गण्डकी प्रदेश समिती सदस्य अमृतादेवी वानीँया , जिल्ला सचिव गण्डकी थापा , क्षेत्र नं. २ प्रदेश सभा २ का सभापती मेशलाल सर्मा केन्द्रिय महाधिवेशन प्रतिनिधी, जिल्ला समिती पदाधिकारी, क्षेत्रीय समिती पदाधिकारी, नगर समिती पदाधिकारी, वडा समिती लगाएतको आतिथ्यता एवंम मन्तव्य रहेको थियो ।
नगर सभापती धन बहादुर कायतको सभापतीत्व रहेको कार्यक्रम नगर उपसभापती गणेश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित