ठेकेदारले काम नगरेपछि गैति बेल्चा लियर बाटो बनाउन उत्रिय ढोरपाटनका का.वा. मेयर

बुर्तिबाङ साउन ३०
ढोरपाटन सालझण्डी सडक खण्डक अन्र्तगत पर्ने बुर्तिबाङ–ढोरपाटन सडक खण्डमा पटक पटक ताकेता गर्दा समेत ठेकेदारले काम नगरेपछि बाटो अति जिर्ण र जोखिम यूक्त भएको भन्दै ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत सहितको टोली सडक मर्मतमा जुटेको छ ।
३ बर्षभित्र सडक ग्राभेलिङ गर्ने गरि जिम्मा पाएको ओम बुद्ध कन्ट्रक्सन ठेकेदार कम्पनीले म्याद सकिन लाग्दै गर्दा पनी ५ प्रतिशत पनी काम नगरेको र पटक पटक ताकेता गर्दा समेत व्यवास्ता भएपछि आफुहरुनै सडक मर्मतमा घन, गैति, बेल्चा लिएर उत्रिएको कायतको भनाई छ ।


बर्षातको समयमा सडक अवरुद्ध हुने, खाल्डा खुल्डी र चिप्लो बन्दै गएको र धैरे यात्रु प्रर्यटक ढोरपाटन पुग्नलाई सास्ति भएपछि आफु सहित वडा नं. ७ का वडा अध्यक्ष धन बहादुर अदै , नगरपालिकाका कर्मचारी, स्थानीय बासि लगाएतको सहयोगमा बाटो मर्मतमा जुटिएको बताए ।

ढोरपाटन ७ को सेलि खोला हुँदै बाटो मर्मतमा जुटेको टोलीले बिहान सबेरै देखि साँझ ७ बजेसम्म सडक मर्मतको काम गर्ने छ । सेलि खोला हुँदै ढोरपाटन ९ को देउराली सम्मको क्षेत्रमा पहिलो चरणमा खाल्डा खुल्डी पुर्ने काम गरिने का.वा मेयर धन बहादुर कायतले बताएका छन ।
उक्त सडक खण्डमा समयमा काम नभएपछि केहि महिना पहिले गण्डकी प्रदेश साँसद दोर्ण कुमार कुवँरले समेत प्रत्यक्ष फोन मार्फत र प्रतिनिधीलाई भेटेरै जोखिम पूर्ण सडक तत्काल मर्मत गर्न र पहरा फुटाएर सडक चौडा गर्न निर्देशन दिनुभएको थियो तर ठेकेदार कम्पनीले कुनै पनी वास्ता नगरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित