निसीखोला गाउँपालिकाद्वारा बोहोरागाउँ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्त्रण

बुर्तिबाङ भदौ ५ गते
बागलुङको निसीखोला गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स व्यवस्थापन र रेखदेखको जिम्मेवारी सहित बोहोरागाउँ स्वास्थ्य चौकीलाई मँगलबार एक कार्यक्रमका बिच हस्तान्त्रण गरेको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेट अन्र्तगत रु २० लाख १० हजार लागतमा खरिद गरिएको एम्बुलेन्स पालिकाले व्यवस्थापनका निम्ती स्वास्थ्य चौकीलाई जिम्मेवारी दिएको हो ।
एम्बुलेन्स विधिवत रुपमा सञ्चालन हुनका निम्ती कानुनी प्रकृया अनुसार अनुमती लिएर अगाडी बढ्ने र पालिकाले कार्यविधी तथा भाडादर निर्धारण गरेपछि एम्बुलेन्स सञ्चालन हुने भएको हो । सवारी चालकको व्यवस्था समेत भइसकेको छ अब छिट्ठै सेवा प्रवाह हुने गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।
“पालिकाका नागरिकलाई स्वास्थ्य उपचारको निम्ती सहज होस एम्बुलेन्स अभावकै कारण समयमा गाडी नपाएर विरामी उपचारबाट बञ्चित नहोस भन्नका निम्ती पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको बताउँदै नागरिकलाई कसरी हुन्छ सहज रुपमा सेवा दिने वातावरण तय गरेर अगाडी बढ्ने अध्यक्ष घर्तिको भनाई छ ” ।
गाउँपालिकाले यस आर्थिक बर्षमा एम्वुलेन्स व्यवस्थापन खर्च शिर्षकमा रु १० लाख रुपैयाँ बजेट समेत व्यवस्था गरेको हो । एम्वुलेन्स सञ्चालनामा आएसँगै नागरिकलाई सहज रुपमा स्वास्थ्य उपचारका निम्ती विभिन्न अस्पत्ताल पुग्न एम्वुलेन्स मार्फत सहजता हुने स्थानीयको भनाई छ ।

आयोजित कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै गाउँपालिकाका नागरिकलाई सहज र सरल सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गरिएको बताउँदै असक्त, असहाय, अति गरिवीको रेखामुनी रहेका नागरिक लगाएतलाई लक्षित गर्दे सस्तो र भरपर्दाे सेवा उपलब्ध गराउने बताउनु भयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द द्धारा कार्यविधी निर्माण, एम्वुलेन्स सञ्चालन प्रकृया लगाएतका विषयमा आफनो धारणा राख्नु भएको हो ।
निसीखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष एवं बोहोरागाउँ स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्ष, राजनैतिक दलका प्रतिनिधी, पत्रकार, शिक्षक, प्रहरी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम निसीखोला गाउँपालिका स्वास्थ्य सम्योजक जुनी घर्तिको स्वागत बोहोरागाउँ स्वास्थ्य चौकी प्रमुख कसिन्द्र शाहीको सञ्चालनमा एम्वुलेन्स हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित