नदिजन्य पदार्थ उत्खनन्मा मनपरि हुँदा समेत मौन प्रशासन र ढोरपाटन नगरपालिका

बुर्तिबाङ भाद्र ७ गते
ढोरपाटन नगरपालिकाले नदिजन्य पदार्थको उत्खनन्मा रोक लगाउन नसक्दा लाखौँ रुपैयाँको राजश्व गुमाउनुका साथै मनपरि नदि जन्य पदार्थको दोहन रोकिन सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र पालिकाको आर्थिक ऐनमा रहेर नगर कार्यपालिकाको निर्णयबाट नदिजन्य पदार्थको नियन्त्रण तथा बिक्रीका लागी बोलपत्र आब्ह्वान गर्नुपर्ने ,निश्चत करको दायरा निर्धारण गर्नुपर्ने र निश्चित क्षेत्रमा मात्र नदिजन्य पदार्थको उत्खनन हुन सक्ने भएपनी पालिकाले त्यसतर्फ ध्यान दिन नसक्दा मनलाग्दी तवरले नदि जन्य पदार्थको उत्खनन गरिएको पाइएको छ ।
प्रशासन र नगरपालिकाले समयमा ध्यान दिन नसक्दा वडा नं. २ पाखुते भन्ने स्थानमा स्थानीय तुल्सीराम अर्यालले विच खोलामै पर्खाल लगाएर बालुवा उत्खनन गर्ने स्थल बनाएका छन । नगरपालिका र प्रशासनले ध्यान नदिएकै कारण नदिजन्य पदार्थ उत्खनन्मा मनपरि हुने गरेको स्थानीयको आरोप छ ।
नगरपालिकाको क्षेत्र अन्र्तगत निसीखोला र भुजिखोला तमानखोला क्षेत्रमा नदिजन्य पदार्थ (बालुवा) बर्षातको समयमा मनपरि निकाल्ने गरिएको छ । न्युन आय भएका व्याक्तिका लागी आय आर्जनको माध्यम भएपनी कतिपय पुजिँपति वर्गले समेत नदिको आधा भाग सम्म कब्जा गरेर दोजरको सहायताले बालुवा निकाल्ने र निकासी गर्ने गरेको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित