Home Blog Page 118

कार्यालय प्रमुख ३ महिना विदामा ः ईलाका प्रशासन कार्यालय बुर्तिवाङको सेवा थप्प 

0

विनोद विश्वकर्मा,बुर्तिवाङ

ईलाका प्रशासन कार्यालय बुर्तिवाङमा कर्मचारीको अभाव भएकाकारण विगत केही दिनदेखी प्रशासनको काम थप्प भएको छ ।

ईलाका प्रशासन कार्यालय बुुर्तिवाङका कार्यालय प्रमुख लोक बहादुर कुवँर गत साउन महिनाको ३१ गते देखी ३ महिनाको लागि विदा लिएर आफ्नो छोरा बस्दैआएको वेल्जिएम पुग्नु भयो ।
त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय बागलुङले ईलाका प्रशासन कार्यालय बुर्तिवाङमा कार्यालय प्रमुखको रुपमा बावुराम पुरीलाई १ हप्ताको लागि पठायो र पुरीले १ हप्ता सम्म ईलाकाप्रशासन कार्यलयमा रही काम गर्नु भयो र पुनः जिल्ला प्रशासन कार्यालयमा फर्कनुभयो । १० गते जिल्ला प्रशासनमा पुरी फर्किए सँगै ईलाका प्रशासन भने कार्यालय प्रमुख बिहिन बन्यो त्यसयता ईलाका प्रशासन कार्यालयमा सामान्य राहादानी वितरण वाहेक सेवाग्रहीका केही पनि काम भएको छैन ।

सेवाग्राही भने दिनानुदिन ईलाका प्रशासन कार्यालयमा कामका लागि आउदै फर्किदै गरेका छन् । कार्यालयका १ जना राष्ट्रिय परिचय पत्रमा काम गदै आएका कर्मचारी कार्यालय प्रमुख नभएको भन्दै उनि पनि अहिले कार्यालयमा छैनन् ।

अहिले स्थानिय दिनदिनै आउदै फर्कदै गरेका छन् स्थानियले कार्यालयमा कर्मचारी नभएको कारण आक्रोसित समेत बनेका छन् । पश्चिम बागलुङका ढोरपाटन नगरपालिका,निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका केही भाग बाहेकले सेवा लिदै आएका छन् ।
प्रशासनमा विगत झन्डै २ वर्ष देखी शाखा अधिकृत समेत आएका छैनन् । कार्यालयमा ८ जनाको स्वीकृत दरबन्दी रहेको भए पनि अहिले ३ जना नायव सुब्बा ,१ जना सहायक लेखापाल,१ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी रहेका छन् भने राष्ट्रिय परिचय पत्रमा २ जना कर्मचारी भए पनि यसमा भने सिमित समयको लागि भएको सहायक कम्प्युटर अपरेटर पवन थापा खाम्चाले जानकारी दिएका छन् । शाखा अधिकृत नहुदा नाशु लोक बहादुर कुवँरले अहिले कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

कर्मचारी नहुदा स्थानियले सामाजिक संजाल देखी विभिन्न माध्यममा सम्बन्धित निकायको आलोचना समेत गरेका छन् ।

रोजगार संयोजक र सहायकका निम्ती बैदेशिक रोजगार सुचना प्रणाली सम्बन्धी अभिमुखिकरण

0

बुर्तिबाङ भाद्र १९ गते
बागलुङ जिल्ला स्थित स्थानीय पालिकाका रोजगार संयोजक र रोजगार सहायकका निम्ती एक दिने बैदेशिक रोजगार सुचना प्रणाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुर्तिबाङमा मँगलबार सम्पन्न भएको छ ।
श्रम तथा रोजगार कार्यालय पोखराको आयोजनामा बागलुङ जिल्लाका १० वटै पालिकामा आवद्ध रोजगार संयोजक र रोजगार सहायकका निम्ती अभिमुखि कार्यक्रम सञ्चालन गरिएको श्रम तथा रोजगार कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बरालले बताउनु भयो ।

 


बैदेशिक रोजगारिमा जानेहरुका निम्ती स्थानिय तहबाटै श्रम उपलब्ध गराउने व्यवस्था भएको र कर्मचारीका निम्ती आवस्यक तालिम हालसम्म नभएका कारण पहिलो पटक सम्वन्धीत सेवा क्षेत्रका कर्मचारीलाई तालिमको व्यवस्था गरिएको श्रम तथा रोजगार कार्यालय पोखराका प्राविधिक बिवेक यादवले बताउनु भयो ।
अभिमुखिकरा कार्यक्रममा सुचना अनलाईन प्रणालीबाट सेवा उपलब्ध गराउँदा परेका समस्या, त्यसको समाधानका विषयमा अन्र्तक्रृया सँगै प्रयोगात्मक रुपमा जानकारी गराइएको थियो ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बराल र प्राविधिक बिवेक यादबले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । बैदेशिक रोजगारी सम्वन्धी कानुनी व्यवस्था, बैदेशिक रोजगारीका नकारात्मक असर, बैदेशिक रोजगारीको चुनौती, बैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने विषयलाई समेत समावेश गर्दे बैदेशिक रोजगारिको अवस्थाका विषयमा तथ्याँक समेत प्रस्तुत गरिएको हो । कार्यक्रममा रोजगार संयोजक, रोजगार सहायक, स्थानीय तहका जनप्रतिनिधी कर्मचारीको समेत उपश्थिती रहेको थियो  ढोरपाटन नगरपालिका रोजगार संयोजक हिरालाल खनालले कार्यक्रम सहजिकरण गर्नुभएको हो ।

अखिल नेपाल युवक संघको तेस्रो ढोरपाटन नगर भेला सम्पन्न

0

बुर्तिबाङ 

पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा अखिल नेपाल युवक संघको तेस्रो नगर भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दे प्रमुख अतिथिका रुपमा अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङका सदस्य इन्द्रमान छन्त्यालले संगठनमा आवद्ध भई युवाहरुको हकहितको निम्ति जोडदार रुपमा लागी पर्न आग्रह गर्नुभयो । विशेष गरी युवाहरु बेरोजगारी भई रोजगारीको लागि विदेशिनु पर्ने बाध्यता भईरहेको उहाँको भनाई थियो । उहाँले युवाहरुलाई राज्यबाट रोजगारी सिर्जना गरी विदेशिनबाट कम गर्नुपर्ने बताउनुभयो । सरकार पक्षबाट ध्यान दिन आवश्यक रहेको बताउँदै संगठित रुपमा पार्टीको नीति सिद्धान्त र राजनितिमा प्रशिक्षित हुदै जानुपर्ने अहिलेको आवश्यकता रहेको उहाँले औँल्याउनु भयो ।

अखिल नेपाल बुद्धिजीवि संघको केन्द्रिय सदस्य धन बहादुर कुवंरले यो संगठन पञ्चायत कालरात्रीको समयदेखि नै युवाहरु माथि राजनिति गर्ने क्रममा राजद्रोहको मुद्धा लगाई कयौँ दुःख कष्ट समेत दिइरहेको र त्यस अवस्थादेखि भुमिगत रुपमा भएपनि यो संगठनले आफ्ना लक्ष्य तथा उद्देश्यलाई पुरा गर्नका निम्ति संगठित हुँदै युवाहरुका चेतना स्तरलाई माथि उठाउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

यस्तै राजमो जिल्ला कोषाध्यक्ष दिपक थापाले बोल्दै अहिले राज्य सत्ता सञ्चालनमा विभिन्न राजनिति पार्टी संलग्न रहेको बताउँदै यिनीहरुले आफ्नो स्वार्थ पुर्तिको लागी सरकारमा टिकीरहन विदेशि साम्राज्यवादीहरुको दलाली गर्दे निमुखा नेपाली जनतालाई शोषण गर्दे आईरहेको बताउनुभयो । नेपालमा संघीयता र एमसिसि जस्ता खतरनाक जनघाटी, राष्ट्रघाटी कामहरु गरिरहेकोले यसका विरुद्ध यो संगठनले एकतावद्ध भएर निरन्तर रुपमा संर्घष गर्नुपर्ने धारणा राख्नुभयो ।

उक्त कार्यक्रममा राजमो जिल्ला सदस्य धन बहादुर अदै, राजमो ढोरपाटन नगर सचिव तुल्सिराम खरेल, रक्तिम सांँस्कृतिक अभियान ढोरपाटन नगर समितिका अध्यक्ष झक प्रसाद श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।

सम्पन्न तेस्रो भेलाले राम बहादु्र अर्गेजाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्ष कृष्ण खड्का, सचिव विमल खरेल, कोषाध्यक्ष उमाकान्त कार्की र सदस्यहरुमा प्रेम केसि, पारस आर्चाय, भविन्द्र भण्डारी, डिजन अदै, आशमाया विक, तुल प्रसाद सुनार तथा सल्लाहकार सदस्यमा तुलेन्द्र छन्त्याल रहनुभएको छ ।

साथै अन्तमा नयाँ नेतृत्वमा चयनहुनुभएका समितिका सम्पुर्ण पदाधिकारीहरुलाई राजमो जिल्ला कोषाध्यक्ष दिपक थापाले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । तुलेन्द्र छन्त्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा उमाकान्त कार्कीको स्वागत र कुल छन्त्यालले सञ्चालन गर्नुभएको थियो ।

निसीखोला गाउँपालिका द्धारा लक्ष्य भन्दा करिव ३१ प्रतिशत बढी राजश्व संकलन

0

विनोद विश्वकर्मा,बुर्तिवाङ

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि पालिकाले निर्धारण गरेको लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७९÷८०मा निसीखोला गाउँपालिकाले लिएको लक्ष्यलाई गाउँपालिकाले पार गरेको छ । पालिकाले रु ४० लाख आन्तिरिक राजश्व संकलनको लक्ष्य लिएकोमा लक्ष्य भन्दा करिव ३१ .७६१ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
पालिकाले यस वर्ष ५२ लाख ७० हजार ४ सय ४८ रुपैया रकम संकलन गरेको छ ।

वडा गत रुपमा सबै भन्दा वडा नं २ मा ५ लाख ९८ हजार ८ सयँ ८६,वडा नं १ले ४ लाख ११ हजार ४ सय ८६,वडा नं ३ ले ३ लाख ९७ हजार ११ ,वडा नं ५ ले ३ लाख ९२ हजार ७ सय ७२,वडा नं ६ मा ३ लाख ८३ हजार १ सय ११ ,वडा नं ७ बाट रु २ लाख ३४ हजार ४ सय ९५ ,र सबै भन्दा कम वडा नं ४ बाट १ लाख ५६ हजार ८ सय २० रुपैया राजश्व उठेको छ ।
यस्तै पालिकामा उठेको राजश्व ३९ लाख २२ हजार ९ सय ८७ रुपैया, जग्गा रजिष्टेशन मार्फत १३ लाख ४७ हजार ४ सय ६१ रकम पालिकाले उठाएको छ ।
यस भन्दा अघिल्लो अर्थिक वर्ष २०७८÷७९ मा जम्मा ३९ लाखको राजश्व उठाउने लक्ष्य लिएकोमा २६ लाख रुपैया मात्र संकलन गरेकोमा अर्थिक वर्ष २०७९÷८० अन्र्तगतमा करको दायरालाई फराकिलो बनाएर सबैलाई करको दायरामा लिएर लक्ष्य भन्दा माथी पुगेको निसीखोला गउँपालिका सुचना अधिकारी पुरुषोतम गौतमले जानकारी दिनुभएको छ ।

निसीखोला गाउँपालिका उपाध्यक्ष तथा पालिका राजश्व परामर्शा समिति संयोजक प्रेम घर्तीले करको दर घटाएको तर करको दायराभने बढाएको बताउनु भएको छ । पालिकाले सबैलाई करको दायरा भित्र लिएर काम गर्ने बताउनु भएको छ । “हामिले करको दायरा बढाएकाहौ करको दर बढाएको भने होईन” उपाध्यक्ष घर्तीले भन्नुभयो ।

चट्याङले ढोरपाटन ६ मा स्थानीय लघुजलविधुत आयोजनामा क्षेती: राँगा र भैँसी मरे

0

बुर्तिबाङ भदौ १७
ढोरपाटन नगरपालिका वडा नं. ६ चामिद्धारमा शनबाीर राती स्थानीय मिन बहादुर बुढाको गोठमा चट्याङ पर्दा १ भैँसी र १ राँगाको मृत्यु भएको छ । चट्याङकै कारण घरमा रहेका मिन बहादुर बुढाको श्रीमान श्रीमती समेत लामो समय सम्म बेहोस हुनुभएको् थियो अहिले अवस्था सामान्य रहेको जनाइएको छ । त्यस्तै चट्याङका कारण ढोरपाटन ६ मा रहेको खानीखोला लघु जलविधुत आयोजनाको जेनेरेटर समेत जलेको आयोजनाका म्यानेजर ज्ञान बहादु श्रीापलीले बताउनु भयो । जेनेरेटर जल्दा स्थानीय १६७ घरधुरी उपभोक्ता अन्धकारमा परेका छन । त्यस्तै स्थानीय मेयरसिँह श्रीपाली र उहाँकी श्रीमती समेत लामो समय सम्म बेहोस भएपछि अहिले अवस्था सामान्य रहेको जनाइएको हो ।

उद्योग वाणिज्य संघको निर्णय विपरित शनिबार पनि खुल्ला , बुर्तिबाङका केही पसल

0

विनोद विश्वकर्मा, बुर्तिबाङ बागलुङ

बागलुङ जिल्लाको दोस्रो ठुलो व्यापारीक केन्द्र हो ढोरपाटन नगरपालिका वडा नं १ मा रहेको बुर्तिबाङ बजार ।

निसीखोला भुजिखोला तमानखोला तथा बडिगाड गाउँपालिकाको समेत नागारिकलाई किनमेलको लागि पायक पर्ने बुर्तिबाङ बजारलाई व्यवस्थित व्यापारिक गन्तव्य बनाउने भन्दै ढोरपाटन उद्योग वायिज्य संघले प्रत्येक शनिबार बजारभित्रका सम्पुर्ण खाद्यान्न तथा लत्ताकपडाका पसललाई पुर्ण रुपमा १ दिन बन्द गर्ने निर्णय गरेको थियो तर त्यही निर्णयलाई बजारका कतिपय व्यवसायीले पालानानै नगरेको पाईएको छ ।

शनिबार बजारका विभिन्न ठाउँमा पसल खुल्ला रहेको थियो । नियमक निकाय उद्योग वाणिज्य संघ बाट नियम नहुदा यो अवस्था आएको स्थानियले बताएका छन् ।
उता स्थानिय फेन्सी व्यवसायी विस्मिल्ला अलिले ग्राहकको मागलाई मध्यनजर गरेर पसल खुल्ला गरेको बताएका छन् । चाडपर्व पनि नजिकिकै आईसकेको र बजारमा स्थानिय किनमेल गर्न आउन थालेको कारण बजार खुलाउनु पर्ने बताएका छन् ।
अर्का फेन्सी व्यवसयी कृष्ण बहादुर रानाले उद्योग वाणिज्य संघले सबै व्यापारीकोे भावना विपरित बजार बन्द गर्ने निर्णय गरेको आरोप लगाएका छन् । ठुला व्यापारीको मात्र चाहाँना अनुसार बन्द गर्ने निर्णय गरेको बताएका छन् । चाड पर्वको समय आएकाले आफुले पसल खुल्ला गर्न पाउनु पर्ने बताएका छन् ।

उता ढोरपाटन उद्योग वाणिज्य संघ अध्यक्ष ढालेन्द्र छन्त्यालले नगरपालिका सँगको समन्वयमा छिट्टैनै हाट बाजर संचालनमा लिएर बजारमा कडाईका साथ अगाडी बढ्ने बताउनु भएको छ ।

अहिलेलाई चाड पर्व आई सकेको कारण पनि अव चार्डपर्व लक्षित बजार खुल्ला गर्ने तयारी गरेको अध्यक्ष छन्त्यालले बताएका छन् ।

जनैपूर्णिमाको अवसरमा ढोरबराह मन्दिरमा सयौँ भक्तजनले गरे पुजा अर्चना: करिब ५ सय भेडाको बलि चढाइयो

0

ढोरपाटन भदौ १४ गते
बागलुङको ढोरपाटन नगरपालिका ९ ढोरपाटन उपत्यकामा रहेको ढोरबराह मन्दिरमा बिहिबार जनैपूर्णिमा पर्वको अवसरमा सयौँ श्रदालु भक्तजनको घुँईचो लागेको हो । बैसाखे पूर्णिमा र जनै पूर्णिमा पर्वमा बढि मात्रामा उक्त मन्दिरमा पुजा अर्चना, भाकल गर्ने र भेँडाको बलि दिने प्रचलन रहि आएको छ ।

बिहान सबेरै देखि लाईन मार्फत मन्दिरको दर्शन, पुजा भाकल गर्ने र भेँडाको बलि दिनेको सँख्या यसबर्ष अत्याधिक बृद्धि भएको स्थानीय देव बहादुर वि.क. ले बताउनु भयो ।
ढोरपाटन उपत्यकामा अबिरल बग्ने पवित्र उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध बराह भगवानको पूजा अर्चना गरेमा मनोकामना पूर्ण हुने मान्यता रहि आएको छ । आज मात्रै ४ सय ८५ भेडाको बलि दिइएको हो । मनोच्छा पूरा गर्न भगवान् बराहको नाममा भाकल गर्ने र भेँडाको बलि चढाउनाले फल प्राप्ति हुने विश्वास श्रद्धालुहरुमा रहेको पाइन्छ ।


जनैपुर्णिमा पर्वको अवसरमा बागलुङ जिल्ला सहित छिमेकी जिल्लाहरु रुकुम, रोल्पा, प्युठान, गुल्मी, म्याग्दी, पर्वत, पाल्पा, रुपन्देही लगाएत काठमान्डौ पोखरा लगाएत मुलुकचरका श्रदालुहरु आउने गरेको पाइएको छ । ढोरपाटनको मुख्य मैदानी खण्डमा ढोरबराह मन्दिर छ । मन्दिर नजिकै माथिदेखि आएको स्वच्छ पानि बग्छ उक्त पानिलाई २२ धारा बनाएर नुहाउने स्थल बनाइएको छ ।

सबैरै उठेर उत्तरगँगा नदि तथा २२ धारामा स्नान गरि ढोरबराह देवताको पुजा अर्चना गरेमा, भाकल गरेमा वा भेँडाको बलि चढाएमा मनोइच्छा पुरा हुने विश्वास भएकै कारण प्युठान देखि आफु ढोरपाटनमा आएको टेक बहादुर पुनले बताउनु भयो । ढोरपाटन पुग्न सडक सास्तिका कारण यात्रुलाई निकै सास्ति भएपनी श्रदा र विश्वासका कारण श्रदालुहरु यो मन्दिरमा आउने गरेको वडिगाडका मेख बहादुर सिँजालीले बताउनु भयो । मन्दिरमा पछिल्लो समय परेवा उडाउने प्रचलन समेत रहेको पाइएको हो ।

वडिगाड खोलामा हाम फाल्दा एक महिलाको ज्यान गयो

0

फाईल फोटो
बुर्तिबाङ भाद्र १३
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका २ स्थित बडिगाड खोलामा हाम फाल्दा निसीखोला गाउँपालिका २ कि २२ बर्षिय एक महिलाको ज्यान गएको छ ।
बुधबार दिउँसो करिब ३ बजे ढोरपाटन नगरपालिका २ सेरा –रिभरहेड पुल नजिकै बडिगाड खोलामा हाम फालेकी सिता वि.क. को ज्यान गएको छ । बि.क.को शव ढोरपाटन २ कै सोता भन्ने स्थानमा करिब दुई किलोमिटर तल शव फेला परेको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रह्री निरीक्षक राजकुमार वि.क.ले बताउनु भयो

राजमोको एमसीसी परियोजना कार्यन्यनका विरुद्ध बिरोध सभा

0

बुर्तिबाङ भदौ १३
नेपालमा आजदेखि कार्यन्यनमा आएको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) परियोजनाको विरोधमा राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितीले विरोध सभा गरेको छ ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिको आयोजनामा बागलुङको बुर्तिबाङ बजारमा ¥याली सहितको कोण सभालाई सम्बोधन गर्दे राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सह सचिव खिम बिक्रम शाहीले बोल्दै सर्त सहितको एमसीसी परियोजना नेपाल र नेपाली नागरिकको लागी आवस्यक नरहेको बताउँदै उक्त परियोजना फिर्ता हुनुपर्ने बताउनु भयो ।
नेपाल सँग विभिन्न बहानामा सामराज्यबादी अमेरीकाले सम्झौता गरेर चिन सँग लड्नका निम्ती गरिएको तयारि मुलक गतिविधी भएको बताउँदै नेपाल र नेपाली नागरिकका निम्ती एमसीसी आवस्यक नरहेका कारण उक्त परियोजना कार्यान्यन गर्न नहुने प्रस्ट पार्नुभयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोख्रेलले बोल्दै राज्यले गरेका गतल कार्यको भण्डाफोर गर्न राष्ट्रिय जनमोर्चा सँधै जागरुक हुने बताउँदै देशको हित विपरित ल्याइएको एमसीसी परियोजना कार्यान्यन नगराउनका  निम्ती आम नागरिक एकबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चाले देशमा भएका गलत कार्यमा सँधै भण्डाफोर गर्ने बताउँदै सबै तहका सरकारलाई खबरदारी गर्ने र नागरिक र देशको हित विरुद्ध हुने जस्तो सुकै काममा पनी आफनो पार्टीले खबरदारि गर्ने बताउनु भयो । उहाँले थप बोल्दै ढोरपाटन नगरपालिकामा मेयर देव कुमार नेपालीले गरिब मजदुर र स्थानीय बचतकर्ताको करौडौँ रकम ठगेर भाग्दा समेत यहाँका अन्य दलहरु चुँइक्क नबोल्नुले खराब काम गर्नेको सम्रक्षण भइरहेको आरोप समेत लगाउनु भयो ।
राष्ट्रिय जनमोर्चा निकट नेता कार्यक्रताको उपश्थिती रहेको कार्यक्रम राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष दिपक थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

निशेल ढोरलाई सञ्चारको पहुँचमा ल्याउने तयारी, उपाध्यक्ष घर्तीको टोली द्धारा सर्वे

0

विनोद विश्वकर्मा, बुर्तिबाङ ,बागलुङ

बागलुङ जिल्लाको सबै भन्दा दुरको गाउँ हो निशेल ढोर । निसीखोला गाउँपालिका वडा नं ५मा पर्ने निशेल ढोरमा अहिले सम्म बिद्युत र सञ्चारको सुविद्या छैन ।

प्राकृतिक रुपमा निकै सुन्दर र मनोरम उक्त स्थानमा ७० देखी ७५ घरदुरीको स्थाई बसोबाँस रहदै आएको छ । अहिले निशेल ढोरलाई बिद्युत,सञ्चार र सडकको पहुच पु¥याउनको लागि स्थानिय सरकार देखी केन्द्र सरकार सम्मको ध्यानाकार्षण स्थानियले गराई रहेका छन् ।

यसै सन्दर्भमा निशेल ढोरलाई सञ्चार संग जोड्ने योजनाका साथ आईतबार निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ती,निसीखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हर्कमान घर्ती,नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्मा, निसीखोला गाउँपालिका वडा नं ५ का वडा सदस्य भरत सिंह सुनार,लगाएतको टिम द्धारा टावर राख्नको लागि निसीखोला गाउँपालिका वडा नं ५ को ऐशेलधारामा अध्ययन तथा अवलोकन गरिएको छ ।


निशेलढोर सहित ढोरपाटन नगरपालिका वडा नं ९ का मस,दिजा,काङ ,पूर्वी रुकुमको भुमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाका केही स्थानलाई समेत लाभाम्वित हुने गरी ऐशेलुधारामा नेपाल टेलिकम बागलुङ संगको सहकार्यमा टु जी र थ्रि जी टावर अस्थाई रुपमा राख्नको लागि तयारी गरिएको छ ।
दशै अगाडीनै टावर सञ्चालन हुने गरी अस्थाई रुपमा टावर निमार्ण गरिने निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीले जानकारी दिनु भएको छ । पालिकामा छलफर गरेर पालिकाले भवन निमार्ण गर्ने गरी काम अगाडी बढाउने उपाध्यक्ष घर्तीले जानकारी दिनु भएको छ ।

नेपाल टेलिकम बागलुङ संगको सहकार्यमा उक्त स्थानमा टावर निमार्ण गरिएमा सञ्चारसुविधा बाट बन्चित बनेका त्याँहाका नागारिकले सहज सेवा प्रप्ता गर्ने छन् । अहिले निशेल ढोरका जनतालाई मोबाईबाट फोन गर्नको लागि करिव १ घण्टाको दुरीमा अग्लो डाँडामा पुग्नु पर्ने निसीखोला गउँपालिका वडा नं ५ का वडा अध्यक्ष हर्कमान घर्तीले जानकारी दिनु भएको छ ।


नेपाल टेलिकमले बुर्तिबाङ बाट निसीखोला सम्म २५ किलोमिटर फाईबर तान्ने नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशब शर्माले जानकारी दिएका छन् ।
निशेलढोरमा यसै वर्ष निसीखोला गाउँपालिकाले स्वास्थ्य ईकाई स्थापना गरेको छ ।