उद्योग वाणिज्य संघको निर्णय विपरित शनिबार पनि खुल्ला , बुर्तिबाङका केही पसल

विनोद विश्वकर्मा, बुर्तिबाङ बागलुङ

बागलुङ जिल्लाको दोस्रो ठुलो व्यापारीक केन्द्र हो ढोरपाटन नगरपालिका वडा नं १ मा रहेको बुर्तिबाङ बजार ।

निसीखोला भुजिखोला तमानखोला तथा बडिगाड गाउँपालिकाको समेत नागारिकलाई किनमेलको लागि पायक पर्ने बुर्तिबाङ बजारलाई व्यवस्थित व्यापारिक गन्तव्य बनाउने भन्दै ढोरपाटन उद्योग वायिज्य संघले प्रत्येक शनिबार बजारभित्रका सम्पुर्ण खाद्यान्न तथा लत्ताकपडाका पसललाई पुर्ण रुपमा १ दिन बन्द गर्ने निर्णय गरेको थियो तर त्यही निर्णयलाई बजारका कतिपय व्यवसायीले पालानानै नगरेको पाईएको छ ।

शनिबार बजारका विभिन्न ठाउँमा पसल खुल्ला रहेको थियो । नियमक निकाय उद्योग वाणिज्य संघ बाट नियम नहुदा यो अवस्था आएको स्थानियले बताएका छन् ।
उता स्थानिय फेन्सी व्यवसायी विस्मिल्ला अलिले ग्राहकको मागलाई मध्यनजर गरेर पसल खुल्ला गरेको बताएका छन् । चाडपर्व पनि नजिकिकै आईसकेको र बजारमा स्थानिय किनमेल गर्न आउन थालेको कारण बजार खुलाउनु पर्ने बताएका छन् ।
अर्का फेन्सी व्यवसयी कृष्ण बहादुर रानाले उद्योग वाणिज्य संघले सबै व्यापारीकोे भावना विपरित बजार बन्द गर्ने निर्णय गरेको आरोप लगाएका छन् । ठुला व्यापारीको मात्र चाहाँना अनुसार बन्द गर्ने निर्णय गरेको बताएका छन् । चाड पर्वको समय आएकाले आफुले पसल खुल्ला गर्न पाउनु पर्ने बताएका छन् ।

उता ढोरपाटन उद्योग वाणिज्य संघ अध्यक्ष ढालेन्द्र छन्त्यालले नगरपालिका सँगको समन्वयमा छिट्टैनै हाट बाजर संचालनमा लिएर बजारमा कडाईका साथ अगाडी बढ्ने बताउनु भएको छ ।

अहिलेलाई चाड पर्व आई सकेको कारण पनि अव चार्डपर्व लक्षित बजार खुल्ला गर्ने तयारी गरेको अध्यक्ष छन्त्यालले बताएका छन् ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img