spot_img

निशेल ढोरलाई सञ्चारको पहुँचमा ल्याउने तयारी, उपाध्यक्ष घर्तीको टोली द्धारा सर्वे

विनोद विश्वकर्मा, बुर्तिबाङ ,बागलुङ

बागलुङ जिल्लाको सबै भन्दा दुरको गाउँ हो निशेल ढोर । निसीखोला गाउँपालिका वडा नं ५मा पर्ने निशेल ढोरमा अहिले सम्म बिद्युत र सञ्चारको सुविद्या छैन ।

प्राकृतिक रुपमा निकै सुन्दर र मनोरम उक्त स्थानमा ७० देखी ७५ घरदुरीको स्थाई बसोबाँस रहदै आएको छ । अहिले निशेल ढोरलाई बिद्युत,सञ्चार र सडकको पहुच पु¥याउनको लागि स्थानिय सरकार देखी केन्द्र सरकार सम्मको ध्यानाकार्षण स्थानियले गराई रहेका छन् ।

यसै सन्दर्भमा निशेल ढोरलाई सञ्चार संग जोड्ने योजनाका साथ आईतबार निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ती,निसीखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हर्कमान घर्ती,नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्मा, निसीखोला गाउँपालिका वडा नं ५ का वडा सदस्य भरत सिंह सुनार,लगाएतको टिम द्धारा टावर राख्नको लागि निसीखोला गाउँपालिका वडा नं ५ को ऐशेलधारामा अध्ययन तथा अवलोकन गरिएको छ ।


निशेलढोर सहित ढोरपाटन नगरपालिका वडा नं ९ का मस,दिजा,काङ ,पूर्वी रुकुमको भुमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाका केही स्थानलाई समेत लाभाम्वित हुने गरी ऐशेलुधारामा नेपाल टेलिकम बागलुङ संगको सहकार्यमा टु जी र थ्रि जी टावर अस्थाई रुपमा राख्नको लागि तयारी गरिएको छ ।
दशै अगाडीनै टावर सञ्चालन हुने गरी अस्थाई रुपमा टावर निमार्ण गरिने निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीले जानकारी दिनु भएको छ । पालिकामा छलफर गरेर पालिकाले भवन निमार्ण गर्ने गरी काम अगाडी बढाउने उपाध्यक्ष घर्तीले जानकारी दिनु भएको छ ।

नेपाल टेलिकम बागलुङ संगको सहकार्यमा उक्त स्थानमा टावर निमार्ण गरिएमा सञ्चारसुविधा बाट बन्चित बनेका त्याँहाका नागारिकले सहज सेवा प्रप्ता गर्ने छन् । अहिले निशेल ढोरका जनतालाई मोबाईबाट फोन गर्नको लागि करिव १ घण्टाको दुरीमा अग्लो डाँडामा पुग्नु पर्ने निसीखोला गउँपालिका वडा नं ५ का वडा अध्यक्ष हर्कमान घर्तीले जानकारी दिनु भएको छ ।


नेपाल टेलिकमले बुर्तिबाङ बाट निसीखोला सम्म २५ किलोमिटर फाईबर तान्ने नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशब शर्माले जानकारी दिएका छन् ।
निशेलढोरमा यसै वर्ष निसीखोला गाउँपालिकाले स्वास्थ्य ईकाई स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित