
विनोद विश्वकर्मा,बुर्तिवाङ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि पालिकाले निर्धारण गरेको लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७९÷८०मा निसीखोला गाउँपालिकाले लिएको लक्ष्यलाई गाउँपालिकाले पार गरेको छ । पालिकाले रु ४० लाख आन्तिरिक राजश्व संकलनको लक्ष्य लिएकोमा लक्ष्य भन्दा करिव ३१ .७६१ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
पालिकाले यस वर्ष ५२ लाख ७० हजार ४ सय ४८ रुपैया रकम संकलन गरेको छ ।
वडा गत रुपमा सबै भन्दा वडा नं २ मा ५ लाख ९८ हजार ८ सयँ ८६,वडा नं १ले ४ लाख ११ हजार ४ सय ८६,वडा नं ३ ले ३ लाख ९७ हजार ११ ,वडा नं ५ ले ३ लाख ९२ हजार ७ सय ७२,वडा नं ६ मा ३ लाख ८३ हजार १ सय ११ ,वडा नं ७ बाट रु २ लाख ३४ हजार ४ सय ९५ ,र सबै भन्दा कम वडा नं ४ बाट १ लाख ५६ हजार ८ सय २० रुपैया राजश्व उठेको छ ।
यस्तै पालिकामा उठेको राजश्व ३९ लाख २२ हजार ९ सय ८७ रुपैया, जग्गा रजिष्टेशन मार्फत १३ लाख ४७ हजार ४ सय ६१ रकम पालिकाले उठाएको छ ।
यस भन्दा अघिल्लो अर्थिक वर्ष २०७८÷७९ मा जम्मा ३९ लाखको राजश्व उठाउने लक्ष्य लिएकोमा २६ लाख रुपैया मात्र संकलन गरेकोमा अर्थिक वर्ष २०७९÷८० अन्र्तगतमा करको दायरालाई फराकिलो बनाएर सबैलाई करको दायरामा लिएर लक्ष्य भन्दा माथी पुगेको निसीखोला गउँपालिका सुचना अधिकारी पुरुषोतम गौतमले जानकारी दिनुभएको छ ।
निसीखोला गाउँपालिका उपाध्यक्ष तथा पालिका राजश्व परामर्शा समिति संयोजक प्रेम घर्तीले करको दर घटाएको तर करको दायराभने बढाएको बताउनु भएको छ । पालिकाले सबैलाई करको दायरा भित्र लिएर काम गर्ने बताउनु भएको छ । “हामिले करको दायरा बढाएकाहौ करको दर बढाएको भने होईन” उपाध्यक्ष घर्तीले भन्नुभयो ।