जनैपूर्णिमाको अवसरमा ढोरबराह मन्दिरमा सयौँ भक्तजनले गरे पुजा अर्चना: करिब ५ सय भेडाको बलि चढाइयो

ढोरपाटन भदौ १४ गते
बागलुङको ढोरपाटन नगरपालिका ९ ढोरपाटन उपत्यकामा रहेको ढोरबराह मन्दिरमा बिहिबार जनैपूर्णिमा पर्वको अवसरमा सयौँ श्रदालु भक्तजनको घुँईचो लागेको हो । बैसाखे पूर्णिमा र जनै पूर्णिमा पर्वमा बढि मात्रामा उक्त मन्दिरमा पुजा अर्चना, भाकल गर्ने र भेँडाको बलि दिने प्रचलन रहि आएको छ ।

बिहान सबेरै देखि लाईन मार्फत मन्दिरको दर्शन, पुजा भाकल गर्ने र भेँडाको बलि दिनेको सँख्या यसबर्ष अत्याधिक बृद्धि भएको स्थानीय देव बहादुर वि.क. ले बताउनु भयो ।
ढोरपाटन उपत्यकामा अबिरल बग्ने पवित्र उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध बराह भगवानको पूजा अर्चना गरेमा मनोकामना पूर्ण हुने मान्यता रहि आएको छ । आज मात्रै ४ सय ८५ भेडाको बलि दिइएको हो । मनोच्छा पूरा गर्न भगवान् बराहको नाममा भाकल गर्ने र भेँडाको बलि चढाउनाले फल प्राप्ति हुने विश्वास श्रद्धालुहरुमा रहेको पाइन्छ ।


जनैपुर्णिमा पर्वको अवसरमा बागलुङ जिल्ला सहित छिमेकी जिल्लाहरु रुकुम, रोल्पा, प्युठान, गुल्मी, म्याग्दी, पर्वत, पाल्पा, रुपन्देही लगाएत काठमान्डौ पोखरा लगाएत मुलुकचरका श्रदालुहरु आउने गरेको पाइएको छ । ढोरपाटनको मुख्य मैदानी खण्डमा ढोरबराह मन्दिर छ । मन्दिर नजिकै माथिदेखि आएको स्वच्छ पानि बग्छ उक्त पानिलाई २२ धारा बनाएर नुहाउने स्थल बनाइएको छ ।

सबैरै उठेर उत्तरगँगा नदि तथा २२ धारामा स्नान गरि ढोरबराह देवताको पुजा अर्चना गरेमा, भाकल गरेमा वा भेँडाको बलि चढाएमा मनोइच्छा पुरा हुने विश्वास भएकै कारण प्युठान देखि आफु ढोरपाटनमा आएको टेक बहादुर पुनले बताउनु भयो । ढोरपाटन पुग्न सडक सास्तिका कारण यात्रुलाई निकै सास्ति भएपनी श्रदा र विश्वासका कारण श्रदालुहरु यो मन्दिरमा आउने गरेको वडिगाडका मेख बहादुर सिँजालीले बताउनु भयो । मन्दिरमा पछिल्लो समय परेवा उडाउने प्रचलन समेत रहेको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img