कार्यालय प्रमुख ३ महिना विदामा ः ईलाका प्रशासन कार्यालय बुर्तिवाङको सेवा थप्प 

विनोद विश्वकर्मा,बुर्तिवाङ

ईलाका प्रशासन कार्यालय बुर्तिवाङमा कर्मचारीको अभाव भएकाकारण विगत केही दिनदेखी प्रशासनको काम थप्प भएको छ ।

ईलाका प्रशासन कार्यालय बुुर्तिवाङका कार्यालय प्रमुख लोक बहादुर कुवँर गत साउन महिनाको ३१ गते देखी ३ महिनाको लागि विदा लिएर आफ्नो छोरा बस्दैआएको वेल्जिएम पुग्नु भयो ।
त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय बागलुङले ईलाका प्रशासन कार्यालय बुर्तिवाङमा कार्यालय प्रमुखको रुपमा बावुराम पुरीलाई १ हप्ताको लागि पठायो र पुरीले १ हप्ता सम्म ईलाकाप्रशासन कार्यलयमा रही काम गर्नु भयो र पुनः जिल्ला प्रशासन कार्यालयमा फर्कनुभयो । १० गते जिल्ला प्रशासनमा पुरी फर्किए सँगै ईलाका प्रशासन भने कार्यालय प्रमुख बिहिन बन्यो त्यसयता ईलाका प्रशासन कार्यालयमा सामान्य राहादानी वितरण वाहेक सेवाग्रहीका केही पनि काम भएको छैन ।

सेवाग्राही भने दिनानुदिन ईलाका प्रशासन कार्यालयमा कामका लागि आउदै फर्किदै गरेका छन् । कार्यालयका १ जना राष्ट्रिय परिचय पत्रमा काम गदै आएका कर्मचारी कार्यालय प्रमुख नभएको भन्दै उनि पनि अहिले कार्यालयमा छैनन् ।

अहिले स्थानिय दिनदिनै आउदै फर्कदै गरेका छन् स्थानियले कार्यालयमा कर्मचारी नभएको कारण आक्रोसित समेत बनेका छन् । पश्चिम बागलुङका ढोरपाटन नगरपालिका,निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका केही भाग बाहेकले सेवा लिदै आएका छन् ।
प्रशासनमा विगत झन्डै २ वर्ष देखी शाखा अधिकृत समेत आएका छैनन् । कार्यालयमा ८ जनाको स्वीकृत दरबन्दी रहेको भए पनि अहिले ३ जना नायव सुब्बा ,१ जना सहायक लेखापाल,१ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगी रहेका छन् भने राष्ट्रिय परिचय पत्रमा २ जना कर्मचारी भए पनि यसमा भने सिमित समयको लागि भएको सहायक कम्प्युटर अपरेटर पवन थापा खाम्चाले जानकारी दिएका छन् । शाखा अधिकृत नहुदा नाशु लोक बहादुर कुवँरले अहिले कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

कर्मचारी नहुदा स्थानियले सामाजिक संजाल देखी विभिन्न माध्यममा सम्बन्धित निकायको आलोचना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित