
बुर्तिबाङ
पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा अखिल नेपाल युवक संघको तेस्रो नगर भेला सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दे प्रमुख अतिथिका रुपमा अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङका सदस्य इन्द्रमान छन्त्यालले संगठनमा आवद्ध भई युवाहरुको हकहितको निम्ति जोडदार रुपमा लागी पर्न आग्रह गर्नुभयो । विशेष गरी युवाहरु बेरोजगारी भई रोजगारीको लागि विदेशिनु पर्ने बाध्यता भईरहेको उहाँको भनाई थियो । उहाँले युवाहरुलाई राज्यबाट रोजगारी सिर्जना गरी विदेशिनबाट कम गर्नुपर्ने बताउनुभयो । सरकार पक्षबाट ध्यान दिन आवश्यक रहेको बताउँदै संगठित रुपमा पार्टीको नीति सिद्धान्त र राजनितिमा प्रशिक्षित हुदै जानुपर्ने अहिलेको आवश्यकता रहेको उहाँले औँल्याउनु भयो ।
अखिल नेपाल बुद्धिजीवि संघको केन्द्रिय सदस्य धन बहादुर कुवंरले यो संगठन पञ्चायत कालरात्रीको समयदेखि नै युवाहरु माथि राजनिति गर्ने क्रममा राजद्रोहको मुद्धा लगाई कयौँ दुःख कष्ट समेत दिइरहेको र त्यस अवस्थादेखि भुमिगत रुपमा भएपनि यो संगठनले आफ्ना लक्ष्य तथा उद्देश्यलाई पुरा गर्नका निम्ति संगठित हुँदै युवाहरुका चेतना स्तरलाई माथि उठाउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
यस्तै राजमो जिल्ला कोषाध्यक्ष दिपक थापाले बोल्दै अहिले राज्य सत्ता सञ्चालनमा विभिन्न राजनिति पार्टी संलग्न रहेको बताउँदै यिनीहरुले आफ्नो स्वार्थ पुर्तिको लागी सरकारमा टिकीरहन विदेशि साम्राज्यवादीहरुको दलाली गर्दे निमुखा नेपाली जनतालाई शोषण गर्दे आईरहेको बताउनुभयो । नेपालमा संघीयता र एमसिसि जस्ता खतरनाक जनघाटी, राष्ट्रघाटी कामहरु गरिरहेकोले यसका विरुद्ध यो संगठनले एकतावद्ध भएर निरन्तर रुपमा संर्घष गर्नुपर्ने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा राजमो जिल्ला सदस्य धन बहादुर अदै, राजमो ढोरपाटन नगर सचिव तुल्सिराम खरेल, रक्तिम सांँस्कृतिक अभियान ढोरपाटन नगर समितिका अध्यक्ष झक प्रसाद श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।
सम्पन्न तेस्रो भेलाले राम बहादु्र अर्गेजाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्ष कृष्ण खड्का, सचिव विमल खरेल, कोषाध्यक्ष उमाकान्त कार्की र सदस्यहरुमा प्रेम केसि, पारस आर्चाय, भविन्द्र भण्डारी, डिजन अदै, आशमाया विक, तुल प्रसाद सुनार तथा सल्लाहकार सदस्यमा तुलेन्द्र छन्त्याल रहनुभएको छ ।
साथै अन्तमा नयाँ नेतृत्वमा चयनहुनुभएका समितिका सम्पुर्ण पदाधिकारीहरुलाई राजमो जिल्ला कोषाध्यक्ष दिपक थापाले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । तुलेन्द्र छन्त्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा उमाकान्त कार्कीको स्वागत र कुल छन्त्यालले सञ्चालन गर्नुभएको थियो ।