Home Blog Page 117

लायन्स क्लब अफ ढोरपाटनद्वारा तमान बाल गृहमा स्टेशनरी र खाध्यान्ह सहयोग :बालबालिकालाई दर खुवाईयो

0

बुर्तिबाङ भाद्र ३० गते
लायन्स क्लब अफ ढोरपाटन बुर्तिबाङको आयोजनामा तमानखोला बाल गृहमा अध्ययनरत बालबालीकाको निम्ती स्टेशनरी तथा खाध्यान्ह हस्तान्त्रण संगै तिज पर्वको अवसरमा दर खुवाउने कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
विभिन्न सामाजिक कार्यक्रममा सक्रियता देखाउँदै आएको क्लबले बालगृहमा अध्ययनरत २७ जना बालबालिकाको निम्ती स्टेशनरी, खाध्यान्ह सामाग्रि हस्तान्त्रण गर्दे उनिहरुसंगै बसेर क्लबका पदाधिकारी, स्थानीय जनप्रतिनिधी सहित भोजन खुवाइएको क्लबका अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो । क्लबले पछिल्लो समय नागरिकको समस्यालाई मध्यनजर राख्दै स्वास्थ्य शिविर, जनचेतना मुलक कार्यक्रम,स्टेशनरी सहयोग, सरसफाई लगाएतका कार्यक्रम गर्दे आइरहेको बताउनु भयो ।


आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीका रुपमा रहनुभएका तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै तमानखोला गाउँपालिकामा अभिभावक विहिन बेसाहारा तथा शिक्षाबाट बञ्चित भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्दछ भन्न्े उदेश्य सहित आफुहरुले बालगृह सञ्चालनको अभ्यास सुरु गरेको बताउँदै आफु लगाएत जनप्रतिनिधी कर्मचारी लगाएतबाट आफुले प्राप्त गर्ने सेवा सुविधा बाट केही प्रतिशत सहयोग गर्ने गरिएको बताउँदै तमानखोला गाउँपालिका संगै विभिन्न सहयोगी दाताहरुबाट प्राप्त सहयोग र सम्मोन्यले गर्दा बालगृह चलाउन सकिएको बताउँदै विभिन्न क्लब, संग संस्था, समाजसेवी वर्गले सहयोग गर्दे गरेमा अभिभावक विहिन बनेर शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याई उनिहरुको भविष्य उज्वल बनाउन सकिने बताउनु भयो ।


लायन्स क्लब ढोरपाटनले लिएका विभिन्न कार्यक्रम समाज रुपान्तरणमुखि र सेवा भाव संग जोडिएका कार्यक्रम रहेको बताउँदै यस्तो अभियानलाई निरन्तरता दिन सुभकामना समेत दिनुभयो ।
कार्यक्रमका अतिथीका रुपमा रहनु भएका वडा नं. ३ का अध्यक्ष तथा बालगृह व्यवस्थापन समितीका सम्योजक झक बहादुर बुढाले बोल्दै विभिन्न चुनौतिका बाबजुट बालगृह सञ्चालन गरिएको बताउँदै यसलाई दिगो रुपवमा व्यवस्थापन गर्नका निम्ती सबैको साथ समोन्य आवस्यक रहेको बताउँदै हाल २७ जना विद्यार्थीले अध्ययन गर्दे आइरहेको बताउनु भयो ।


कक्षा १२ सम्म अध्ययनका निम्ती जिम्मेवारी लिएर अगाडी बढेका छौँ यस्तो अभियानमा लायन्स क्लब ढोरपाटनले जस्तै विभिन्न सहयोगी मनहरुको समेत साथ आवस्यक रहेको बताउनु भयो ।


कार्यक्रममा धनगौज्वती मावि तमानका प्रध्यानाध्यापक रवि बुढा मगरको समेत सुभकामना मन्तव्य रहेको थियो । क्लबको सदस्य तेजिन्द्र के.सी. द्धारा स्टेशनरी र धनराम पुरीद्धारा खाध्यान्ह सामाग्रि सौजन्य गर्नुभएको थियो ।
क्लब अध्यक्ष रामप्रसाद आर्चायको अध्यक्षता ,क्लका सदस्य उमेश बुढाको स्वागत, प्रथम उपाध्यक्ष छविलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ठुला व्यवासायीनै अखाध्य वस्तु विक्री गर्छन : साना व्यवसायीलाई छैन ज्ञान

0

निसीखोला भाद्र २८
बागलुङको निसीखोला गाउँपालिकाले भाद्र महिनाको दोश्रो र तेश्रो हप्तामा पहिलो पटक करिब ८० पसलको गहन रुपले अनुगमन ग¥यो जसबाट दुई गाडी अखाध्य वस्तु मात्रै फेला परेन महिनौ म्याद गुज्रिएका अखाध्य सामाग्रि खुलेयाम विक्री पनी भएको पाइएको छ ।
अरुत परै छोड्नुस मानिसको जिवनमा अति संवेदनशिल मानिएको औषधि जन्य वस्तुमा समेत उत्तिकै लापरबाही भएको देखिन्छ । कतिपय मेडिकल दर्ता विना सञ्चालन भएको, लामो समय औषधिको म्याद गुज्रिएपनी विक्री गर्ने स्थानमा राखिएको समेत पाइएको हो । अनुगमन गरिएका पसल मध्ये अधिकांसबाट अखाध्य विक्री हुनुका साथै मुल्य सुचि टांस नभएको, व्यवसाय दर्ता नभएको, नापतौल मेशिन ठिक नभएको पाइएको गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिले बताए ।
म्याद गुज्रिएका सामान होलसेल विक्रेताले गाडीमा राखेर साना व्यवसायीको पसलमै पु¥याउँछन जहाँकी ३ महिना सम्म म्याद गुज्रिसकेका सामान फुटकर व्यापारिले लेवल, म्याद नहेरी राख्दछन र त्यस्तै सामान ग्राहकले खरिद गरेर प्रयोग गर्ने गर्दछन ।

उपभोग्य म्याद सकिएपछि आधिकारीक म्यादमा कलर लगाएर नयां मिति राखिएको नुन
निसीखोला ६ की फुटकर व्यवसायी कुसुम परियारले भाद्र २२ गते होलसेल व्यापारिले गाडीमा विक्रीका लागी लगेको फुर्तिका प्याक विक्रीका लागि खरिद गर्नुभयो उहाँले उत्पादन र अन्तिम मिती हेर्नुभएन भाद्र २४ गते गाउँपालिकाको टोली अनुगमनमा पुग्यो अनुगमन गर्दे जाँदा उक्त फुर्तिको म्याद जेठ मशान्तमै समाप्त भएको पाइएको थियो जबकी म्याद सकिएको ३ महिना पुग्दा समेत होलसेल व्यापारीले फुटकर व्यापारि सम्म सामान पु¥याउने गरेको देखिएको छ ।
कुन व्यवसाही संग उक्त सामान राखिएको भन्ने विषयमा उहाँले खोल्न चाहानु भएन उहाँले राखेका चिसो पेय पर्दाथ, बिस्कुट, चाउचाउ लगाएतका खाध्य वस्तु खरिद गरिएको दुई दिनमै थुप्रै म्याद काटिसकेको पाइएपछि गाउँपालिकाले जफत गरेको हो ।

म्याद नै नलेखिएको खाध्य सामाग्रि
त्यस्तै भल्कोटकी अर्की व्यवसायी हरिमाया बोहोराले पनी गल्ला किराना सामाग्रि विक्री गर्दे आउनुभएको रहेछ उहाँको पसलमा समेत उत्तिकै मात्रामा अनुगमनका क्रममा अखाध्य सामाग्रि भेटिएपछि अब बल्ल आफुहरुको आँखा पालिकाले खोलिदिएको बताउनु भयो ।“ हामीले अहिले सम्म नत मिती हेरेर सामान खरिद गरियो नत बिक्री गर्दा ग्राहकले सोध्ने गर्नुभयो” यो समस्या अवका दिन नरहने बताउँदै पालिकाले गरेको अनुगमनले धेरै पाठ सिकाएको उहाँको भनाई थियो ।
कतिपय होलशेल व्यापारिले म्याद गुर्जिएका अखाध्य सामाग्रि ग्रामिण क्षेत्रका दुर दराजमा लगेर लामो समय सम्म खुलेयाम विक्री गर्ने गरेको पाइएको छ यस्तो अवस्था आगामी दिनमा आउन नदिन छिमेकी पालिका, प्रशासन, सम्वन्धीत पालिका र उपभोक्ता स्वंम सचेत बन्नुपर्ने देखिन्छ । निसीखोला गाउँपालिकाले अनुगमन गर्दे जाने तर अन्य छिमेकी पालिकाले अनुगमन नगर्ने हो भने ति अखाध्य वस्तु अनुगमन नगरिएका क्षेत्रमा पुग्ने प्रचुर सम्भावना देखिन्छ । चाडपर्र्वका समयमा अथवा कम्तिमा बर्षमा दुई पटक सम्म बजार अगुगमन हुने हो भने अखाध्य वस्तुको विक्री नियन्त्रण हुनुका साथै व्यवसायी करको दायरामा आउने र आफुले कुन वस्तु बिक्री गर्न पाउने न पाउने विषयमा समेत ज्ञान हुने देखिन्छ । त्यस्तै पालिकाहरुले व्यवसायीलाई करको दायरामा ल्याउने मात्र उपलब्धी होइन व्यवसायीलाई समय समयमा कर प्रणाली, व्यवसाय गर्ने विषयमा ज्ञान तथा व्यवसायीक दायराका विषयमा जानकारी गराउनु पर्ने देखिन्छ ।

निसीखोला गाउँपालिकाले वडा नं. १,२,३,४,५र ६ का मध्यपहाडी लोकमार्ग आसपासमा रहेका बजार क्षेत्रका पसल अनुगमन गरेको छ अन्य ग्रामिण क्षेत्रका पसलमा समेत पुग्ने र पहिलो पटक व्यवासायीलाई सचेत बनाउँदै अखाध्य वस्तु जफत गर्ने र पुनह अनुगमनमा जाँदा व्यवसाय दर्ता नगरि चलाएको, लाईसेन्स नलिई चलाएको, अखाध्य वस्तु विक्री गरेको सरसफाई नभएको जस्ता समस्या देखिए कानुनी प्रकृया वमोजिम अगाडी बढिने गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिको भनाई छ । हामीले व्यवसायीलाई अवका दिनमा तालिम पनी दिन्छौँ व्यवसायीलाई दुख दिने नियत होईन तर विधी पद्धतीमा सबै जानुपर्दछ भन्ने मान्यता हो घर्तिको भनाई छ ।

लायन्स क्लब अफ ढोरपाटनको विभिन्न कार्यक्रमका साथ चौथो बार्षिक उत्सव सम्पन्न

0

बुर्तिबाङ भाद्र २८
लायन्स क्लब अफ ढोरपाटन बुर्तिबाङले क्बलको चौथो बार्षिक उत्सवका अवसरमा बिहिबार बुर्तिबाङमा बिभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
सन २०२० सेप्टेम्बर १४ तारिखका दिन संस्थापक अध्यक्ष स्वर्गिय ऋतुवर्ण पौडेलको अध्यक्षतामा स्थापना भएको क्लबले पछिल्लो समय पश्चिम बागलुङमा विभिन्न सामाजिक काम गर्दे आइरहेको हो ।
बिहिबार आयोजित क्लबको बार्षिक उत्सवका अवसरमा उत्तरगंगा नमुना माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका विद्यार्थीका निम्ती स्टेशन तथा फलफुल हस्तान्त्रण गर्नुका साथै केट काटेर बार्षिक उत्सव मनाउनुका साथै बुर्तिबाङ बजारमा पछिल्लो समय बढि मात्रामा देखिएको डेंगु रोग नियन्त्रणका निम्ती सचेतना मुलक कार्यक्रम संगै नागरिकलाई पर्चा वितरण गरिएको छ ।


उत्तरगंगा नमुना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका अवसरमा क्लबका अध्यक्ष रामप्रसाद आर्चायको अध्यक्षता, ढोरपाटन नगरपालिका वडा नंं. १ का वडा अध्यक्ष वान बहादुर छन्त्यालको प्रमुख आतिथ्यता, उत्तरगंगा नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल, क्लबका पदाधिकारी लगाएतको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथी वान बहादुर छन्त्यालले बोल्दै क्लबले समाज रुपान्तरणमुखी विभिन्न कार्यक्रम गर्दे आइरहेको बताउँदै आगामी दिनमा समेत सामाजिक बिकृती नियन्त्रण, सचेतना मुलक कार्यक्रम, सहयोगी मुलक कार्यक्रममा सक्रिय पुर्वक जुट्न आग्रह सहित क्लबको सफलताको सुभकामना व्यक्त गर्नुभयो ।


त्यस्तै उत्तरगंगा नमुना माध्यमिक विद्यालयका प्रअ इश्वरी प्रसाद पौडेलको शुभकामना मन्तव्य रहेको थियो क्लबका निवर्तमान अध्यक्ष केशव थापाको स्वागत रहेको कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष छविलाल पाण्डेले सञ्चालन गर्नुभएको हो ।
क्लबले निशुल्क स्वास्थ्य शिविर, सरसफाई कार्यक्रम, जेहेन्दार विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण, स्वास्थ्य सामाग्रि हस्तान्त्रण लगाएतका सतिविधीमा सक्रियता देखाउँदै आएको छ ।

प्रहरीद्धारा बागलुङको निसीमा दश हजार गाँजाको बोट नष्ट

0

छविलाल पाण्डे भाद्र २६ बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका ६ अन्र्तगत पर्ने विभिन्न स्थानमा लगाइएको र आफै उम्रिएको दश हजार बढि गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क.को कमाण्डमा खटिएको बुर्तिबाङ इलाका प्रहरी र निसी प्रहरी चौकीको टोलीद्धारा २३ रोपनी क्षेत्रफलमा भर्खर फल लाग्न थालेको गाँजाको बोट काटेर नस्ट गरिएको हो ।
निसीखोला ६ मा पर्ने चोरबास, जाउलेपानी, रबाङ्ग, लुप्ली, सिप, झिम्पा, रुनीबाङ्ग लगाएतका क्षेत्रमा कृषक आफैले बारीमा लगाएको र वन क्षेत्रमा आफै उम्रिएको गरि दश हजार बढि बोट नस्ट गरिएको प्रहरीको भनाई छ । गाँजा उत्पादन, विक्री वितरण र सेवन आफैमा गैर कानुनी रहेको र गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको प्रहरी निरीक्षक वि.क. ले बताए ।
गाँजा खेतिबाट कतिपयले त्यसलाई गलत प्रयोजनमा प्रयो्ग गरेपनी अधिकांस कृषकले भाँगाको दानालाई चट्नीमा प्रयोग गर्ने , दाना –भाँगो) विक्रि गरेर आय आर्जन गर्नकै निम्ती खेत बारीमा उत्पादन गर्ने गर्दछन । यहाँका कतिपय स्थानीय तहले दाना लोक्ताको उत्पादनबाट आर्थिक उर्पाजनसंग जोड्नका निम्ती भाँगो खेती विस्तार कार्यक्रम अन्र्तगत कृषकलाई अनुदान दिन बजेट समेत विनीयोजन गर्ने गरेका छन ।

 

ढोरपाटन नगरमा डेंगी संक्रमण तिव्र फैलिँदै दुई हप्तामा ३६ संक्रमित

0

ढोरपाटन नगरमा डेंगी संक्रमण तिव्र फैलिँदै दुई हप्तामा ३६ संक्रमित
ढोरपाटन भाद्र २५
देशभर डेंगीका संक्रमित बद्दै जाँदा बागलुङको ढोरपाटन नगरपालिकामा समेत संक्रमितको सँख्या तिव्र रुपमा बृद्धि भएको पाइएको छ ।
ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार बुर्तिबाङमा आयोजित एक कार्यक्रमका अवसरमा पछिल्लो दुई हप्तामा मात्रै ३६ जना संक्रमित फेला परेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख बालरोग विशेषज्ञ डा.नविन्द्र ढकालले बताउनु भएको छ ।


जिल्लाकै तथ्यांक हेर्दा ढोरपाटन नगरपालिकामा सबैभन्दा बढि संक्रमित फेला परेको पाइएको हो ।
हाल जिल्लाभर कुल ४६ जना संक्रमित मध्ये ढोरपाटनमा मात्रै ३६ जना संक्रमित फेला परेका छन जसमध्ये १२ जनालाई स्वास्थ्य चौकीमा राखेर उपचार गरिएको ३ जनालाई अन्यत्र थप उपचारका निम्ती रेफर गरिएको बताउँदै डेंगी संक्रमितको सँख्या तिव्र रुपमा बृद्धि हुँदै गएका कारण समयमा सचेत हुन स्वास्थ्य कर्मीले आग्रह गरेका छन ।
डेंगी र स्क्रप टाईफस संगै देखिएमा थप जटिल अबस्था सृजना हुन सक्ने भएका कारण निकै सजक रहनुपर्नेमा स्वास्थ्य कर्मीको जोड छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना स्क्रप टाईफसका समेत विरामी उपचारका निम्ती आएका छन ।
जिल्ला जनस्वास्थ्य कार्यलय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी सर्माद्धारा कार्यक्रमको विषयमाथि प्रकाश पार्दे डेंगी रोग लाग्ने अवस्था, सर्ने तरिका, कारण र बच्ने उपायका विषयमा जानकारी गराउनु भएको हो । डेंगी संक्रमण बढ्ने समय भाद्र देखि कात्तिक महिना सम्म रहने भएका कारण घर टोल छिमेकमा लामखुट्टे र त्यसका परजिवी नियन्त्रण गरि समयमा समचेता अपनाउन समेत अपिल गरिएको हो ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा आयोजित डेंगी रोगको अवस्था, रोकथाम, उपचार तथा नियन्त्रणका बारेमा छलफल तथा अभिमुखिकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलका प्रतिनिधी, स्वास्थ्य कर्मी, जनप्रतिनिधी, कर्मचारी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधी, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपश्थिती रहेको थियो । छलफलका क्रममा तत्काल टोल विकास संस्थाका अगुवाईमा प्रत्यक टोलमा लामखुट्टे नियन्त्रणका निम्ती सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय समेत भएको हो । ढोरपाटन नगर स्वास्थ्य संयोजक केशव थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कसरी सर्छ डेंगी 
एडिस एजिप्टाई नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन्। दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्छ। भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ। रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ। एउटा पानीको स्रोतमा १००० देखि २००० सम्म अण्डा पार्न सक्छ भने एक पटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ। यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढिरहेको छ। संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसी संक्रमण प्रक्रिया बढाउन सक्छ। एक पटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ। तसर्थ ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन्।
डेंगीका लक्षण केके हुन्र
डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन्। जसमा उच्च ज्वरो १०४ डिग्री फरेनहाइट प्रमुख लक्षण हो। साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने आदि हुन्छन्।
विश्व स्वास्थ संगठन डब्लुएचओ ले डेंगुलाई डेंगु र जटिल डेंगुमा विभाजन गरेको छ। सामान्य लक्षण तथा स्वयं सीमित भएर जाने रोगलाई डेंगु भनेको छ र चेतावनीमूलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ। संक्रमणको ३–७ दिनपछिको समयमा ज्वरो कम हँुदै गएर चेतावनीमूलक लक्षण देखिन सक्छ।

जुन कतिपय घातक हुन सक्छ। यी लक्षणहरुमा धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वासप्रश्वास तीव्र हुने, गिजाबाट रगत बग्ने, वान्तामा रगत देखिने, छटपटी हुने आदि पर्छन्। यी संकेतहरुको आधारमा चिकित्सकले अस्पतालमा बिरामी भर्ना गरी आफ्नो निगरानीमा राखेर जटिल समस्या आउनबाट रोकथाम गर्ने गर्छन्।

निसीखोला गा.पाको बजार अनुगमनमा भेटिएको अखाद्य बस्तु नष्ट, (फोटो फिचर)

0

विनोद विश्वकर्मा,बुर्तिवाङ

जिल्लाको निसीखोला गाउँपालिकाले पालिका भित्रको मुख्य बजार अनुगमनको क्रममा बरामद गरेको अखाद्य बस्तुलाई आईतबार जलाएर नष्ट गरेको छ ।
पालिकाले पहिलोपटक सञ्चालन गरेको बजार अनुगमनमा पालिका भित्र सञ्चालनमा रहेका विभिन्न पसलबाट खाद्यान्न तथा पेय पदार्थमा म्याद गुर्जियकाका सामग्रीलाई बरामत गरेको थियो ।

उक्त अखाद्य बस्तुलाई सोमबार निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ती,निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर वि.क,३ का अध्यक्ष रमेश विक्रम शाही,४ का अध्यक्ष टिकानिधि पौडेल,गाउँपालिका सुचना अधिकारी पुरुसोतम गौतम,ईलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी ईन्चार्ज गुरु प्रसाद न्याउपाने, लगायत पालिकाका अन्य जनप्रतिनिधि,कर्मचारी,पत्रकार,स्थानिय,लगाएतको रोहबरमा निसीखोला गाउँपालिकाको वडा नं ४ झिवाखोलामा जलाएत नष्ट गरिएको हो । फोटो पिचर
तस्विर : विनोद विश्वकर्मा,

तमानखोला गाउँपालिकाले मकै बालिमा क्षति भएका कृषकलाई विउ र बाली वीमा उपलब्ध गराउने

0

बुर्तिबाङ भाद्र २४
बागलुङको तमानखोला गाउँपालिकामा गत हप्ताको बर्षात र हावाहुरीका कारण मकै बालिमा धेरै क्षती भएको पाइएको छ ।
मुख्य बालीमै क्षती भएपछि कृषकको समस्यालाई थोरै भएपनी संवोधन गर्नका निम्ती गाउँपालिकाले राहात उपलब्ध गराउने भएको हो ।
कार्यपालिकाको निर्णय अनुसार पालिकाले क्षेति भएका कृषकलाई प्रति घरधुरी १ मुरीका दरले मकैको विउ उपलब्ध गराउनुका साथै आगामी सिजन देखि सामुहिक रुपमा बाली विमा गरिदिने निर्णय भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
यसपटक हावा हुरीले लाखौँ मुल्य बराबरको मकै बाली नस्ट गरेको छ । यस्ले कृषकलाई प्रत्यक्ष मर्का पर्नुका साथै आगामी सिजनमा लगाउने विउ समेत नहुने अवस्था भएपछि कार्यपालिकाको निर्णय अनुसार प्रति घरधुरी एक मुरीका दरले स्थानीय जातको मकैको विउ उपलब्ध गराउने र सामुहिक वीमा गरिदिने निर्णय गरिएको अध्यक्ष बुढाको भनाई छ ।
पालिकामा आएको तथ्यांक अनुसार ५५० घरधुरी कृषकले लगाएको मकैबाली हावाहुरीले ढलाएर सखाप पारेपछि कृषकलाई ठुलो क्षती भएको हो । भर्खर घोँगा लागेको मकै सखापै हुने गरि ढलेपछि कृषक चिन्तित बनेका छन ।
बढि मात्रामा वडा नं. १,२ र ३ नम्बरमा मकैबालीमा क्षती भएको पाइएको कृषि शाखा प्रमुख शन्देस पराजुलीे बताउनु भयो । प्रति घरधुरी ९ मुरि देखि १२÷१५ मुरी सम्म कृषकले मकै उत्पादन गर्दे आएकोमा फल नलाग्दैको मकै ढलेर सखाप भएपछि कृषकले अर्काे बर्षलार्ई विउ उत्पादन समेत कसरी गर्ने भन्ने चिन्ता थपिएपछि पालिकाले निर्णय गरेर विउ उपलब्ध गराउने तयारी रहेको बताउनु भयो । प्रति घरधुरी कम्तिमा पैतालिस हजार रुपैयाँका दरले पनी करिब ७ सय रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीबाट २ करोड बढिको क्षती भएको अनुमान पालिकाले गरेको छ ।

वि.पि . जयन्तीमा कांग्रेसले ग¥यो फलफुल वितरण: वि.पि को सिद्धान्त अनुसरण गर्नुपर्नेमा जोड

0

बुर्तिबाङ भाद्र २४ गते
नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्रिय कार्यसमिती क्षेत्र नं. २ बागलुङको आयोजनामा जननायक विश्वेश्वर प्रसाद कोईरालाको ११० औँ जन्म जयन्तीको अवसरमा विरामी तथा बौद्धिक अपांगता भएका विद्यार्थीका लागी आइतबार फलफुल वितरण गरिएको छ ।
बुर्तिबाङ प्राथमिक स्वास्थ केन्द्रमा उपचारका लागी आएका बिरामी र उत्तरगंगा नमुना माध्यमिक विद्यालयको बौद्धिक अपांगता कक्षामा अध्ययनरत विद्यार्थीका निम्ती स्याउ, जुस, केरा लगाएतका फुलफुल संगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाई सामाग्रि हस्तान्त्रण गरिएको हो ।
आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंरले वि.पि.को इतिहांस र नेपाली कांग्रेसको सिद्धान्तका विषयमा बोल्दै २००३ सालमा वि.पि.ले लोकतन्त्र र नागरिकको हक अधिकार स्थापित गर्न नेपाली कांग्रेस पार्टीको स्थापना गर्नुभएको बताउँदै उहाँले देशको स्वाधिनता लगाएत पार्टिको सिद्धान्त र आर्दशका विषयमा खेलेको भुमिकाको विषयमा प्रकाश पार्नुभएको हो ।


जननायक वि.पि.का. सिद्धान्तलाई अनुसरण गर्दे नेपाली कांग्रेस देशकै लोकतान्त्रीक र जनताको पार्टी भएको बताउँदै नयां पुस्ताले समेत वि.पि.को सिद्धान्त, लोकतान्त्रीक अभ्यासमा जनताको मनभित्र रहेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले थप बोल्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतमा रहने गरि अस्पत्ताल बनाउनका निम्ती गृहकार्य भइरहेको बताउँदै यस आर्थिक बर्षमा २१ करोड बजेट विनीयोजन भएको र विभिन्न ९ वटा विभागको अनुमती अध्ययन अगाडी बढिसकेको बताउँदै केही समयमै मन्त्रिपरिषदबाट प्रदेश मातहतकोसुविधा सम्पन्न अस्पत्ताल घोषणा हुने बताउनु भयो


कार्यक्रमका अवसरमा जिल्ला उपसभापती तारानाथ पौडेलले बोल्दै वि.पि. ले लिनुभएको समाजबाद उन्मुख सिद्धान्त समाज निर्माण गरेर लैजाने र कांग्रेस पार्टीमा लिएका सिद्धान्तले राष्ट्रलाई विकास र समृद्धिमा जोडेको बताउँदै वि.पि.को सिद्धान्त र परिकल्पनाले गर्दा लोकतान्त्रीक व्यवस्था, जनताले प्राप्त गर्ने हक अधिकार स्थापित हुँदै गइरहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा क्षेत्रीय सभापती जोकलाल बुढाले बोल्दै नेपाली नागरिकको स्वतन्त्रता र अधिकारका निम्ती स्थापित नेपाली कांग्रेसका संस्थापक वि.पि. कोइरालाको ११० औँ जन्म जयन्तीको सम्झनामा पार्टीले कार्यक्रम आयोजना गरेको बताउँदै नेपाली नागरिकको अधिकार र स्वतन्त्रता स्थापित गर्नका निम्ती वि.पि. को भुमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले लिएका सिद्धान्त अहिले पनि अपरिहार्य रहेका कारण त्यसलाई अनुसरण गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रमममा नेपाली कांग्रेसका नेता कार्यक्रताको उपश्थिती रहेको थियो । क्षेत्र नं. २ प्रदेश सभा २ का सभापती मेशलाल सर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

निसीखोलामा बजार अनुगमन: अखाध्य सामाग्रि खुलेयाम विक्री धैरैको छैन व्यवसाय दर्ता

0

बुर्तिबाङ भाद्र २३
बागलुङको जिल्लाको निसीखोला गाउँपालिकाले शनिबार पालिका क्षेत्र भित्र पर्ने विभिन्न ठाउँका बजार अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रतिनिधी, जनप्रतिनिधी सहितको टोलीद्धारा वडा नं.१ को देविस्थान, २ को खाडु, जुग्जाखोला, वडा नं. ३ को बोहरागाउँ वडा नं.४ को झिवाखोला बजार वडा नं. ५ को बडावन खोला लगाएत विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको हो ।
स्थानीय तह अन्र्तगत उपप्रमुखको संयोजगत्वमा बजार अनुगमन गर्ने प्रावधान रहेपनी हालसम्म निसीखोला गाउँपालिका क्षेत्रमा बजार अनुगमन हुन सकेको थिएन । बजार अनुगमनका क्रममा पचास प्रतिशत बढि व्यवसाहीले आफनो पेशा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो । त्यस्तै म्याद नाघेका खाध्यन्ह सामान, म्याद गुज्रिएका औषधि, लेवल भन्दा कम तौल भएका खाध्यन्ह सामाग्रि खुलेयाम विक्री गरेको पाइएको हो ।
खाध्यान्ह पसल, होटल, मेडिकल, फलफुल तरकारी पसल, मासु पसल, गल्ला किराना पसल तथा अन्य पेशा व्यवसायको समेत पालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका खाध्य सामाग्रि ,औषधि, विषाधी विक्री गरेको पाइएकोले जफत गरिएको छ । त्यस्तै अनुगमनका क्रममा चिनी, दाल प्याकिङ गरेर राखिएकोमा प्रति केजि ८९० ग्राम सम्म भेटीएपछि तौल मेशिन जफत गर्दे तत्काल प्याकिङ गरिएका सामाग्रि खुल्ला गरेर पुनह तौल गरेर विक्री गर्न निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बताउनु भयो ।

एकै व्याक्तिले दर्ता लाइसेन्स विना खाध्यन्ह, मदिरा, मासु देखि फलफुल सम्म राख्ने गरेको गुणस्तर सरसफाईमा समेत ध्यान नदिएका कारण म्याद गुज्रिएका सामाग्रि जफत गरेर पहिलो पटक व्यवसाय दर्ता गरेर सञ्चालन गर्न र नियम संगत सञ्चालन गर्न जानकारी गराइएको छ अब दोश्रो पटक यस्तै अवस्था देखिए कानुनी प्रकृया बमोजिम अगाडी बढिने उपाध्यक्ष घर्तिले बताउनु भयो ।
हामीले केहि महिना पहिले देखि अभियान सञ्चालन गर्ने निर्णय गरेको भएपनी व्यस्तताले गर्दा अभियान सुरु भएको थिएन अब चाडपर्वको अवसर पनी छ सबै वडामा पुगेर अनुगमन गरिने बताउनु भयो । कतिपय व्यवसाहीले नागरिकको स्वास्थ्य माथी खेलवाड गरेको समेत पाईयो नागरिककले दैनिक प्रयोग गर्ने खाध्यान्ह जस्तो संवेदनशिल विषयमा समेत व्यवस्था गरे थप कडाइका साथ अगाडी बढिने बताउनु भयो ।
त्यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बोल्दै सबै व्यवसाहीलाई स्थानिय तहमा सुचिकृत हुने व्यवस्था मिलाउने, उहाँहरुलाई समय समयमा तालिम समेत दिने र करको दायरामा ल्याउने गरि अगाडी बढिएको बताउँदै बजार अनुगमन निर्देशिका बनाएर आफुहरु अगाडी बढेको बताउनु भयो ।

अनुगमनका क्रममा जनप्रतिनिधी, कर्मचारी, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

फरार ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीलाई इन्टरपोल मार्फत खोजिदै 

0

बागलुङ

सहकारीको बचत रकम हिनामिना पारेर फरार रहेका बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई इन्टरपोल मार्फत खोज्न थालिएको छ ।

सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले रेडकर्नर नोटिस जारी गरेको छ ।
मेयर नेपाली जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए । पोखरा र बागलुङ बजारमा मुख्य कार्यालय सहित गलकोट, बुर्तिवाङ बजारमा सेवा केन्द्र मार्फत बचत संकलन गरी उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशंकामा इन्टरपोल मार्फत खोजी गर्न प्रहरीले रेड कर्नर नोटिस जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।
मेयर नेपाली फरार भएपछि पीडित बचतकर्ताहरुबाट उजुरी आह्वान गरिएको थियो । मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दर्ता गराएका छन् । बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रकम बचत अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको केसीको भनाई छ । “विश्वभर इन्टरपोलमा आवद्ध देशहरुको सुरक्षाकर्मीको सहयोगमा पक्राउ गर्नका लागि रेड कर्नर नोटीस गरिन्छ” प्रनाउ केसीले भन्नुभयो “विश्वको जुन कुनामा भएपनि पक्राउ गरेर नेपाल ल्याउन र बचत कर्ताको रकम फिर्ता गर्नका लागि उक्त नोटीस जारी गरिएको हो ।”
ढोरपाटन–१ बुर्तिवाङमा घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक र झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ मा पत्राचार गरेको थियो ।
गत साउन ४ गते इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो ।