निसीखोलामा बजार अनुगमन: अखाध्य सामाग्रि खुलेयाम विक्री धैरैको छैन व्यवसाय दर्ता

बुर्तिबाङ भाद्र २३
बागलुङको जिल्लाको निसीखोला गाउँपालिकाले शनिबार पालिका क्षेत्र भित्र पर्ने विभिन्न ठाउँका बजार अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रतिनिधी, जनप्रतिनिधी सहितको टोलीद्धारा वडा नं.१ को देविस्थान, २ को खाडु, जुग्जाखोला, वडा नं. ३ को बोहरागाउँ वडा नं.४ को झिवाखोला बजार वडा नं. ५ को बडावन खोला लगाएत विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको हो ।
स्थानीय तह अन्र्तगत उपप्रमुखको संयोजगत्वमा बजार अनुगमन गर्ने प्रावधान रहेपनी हालसम्म निसीखोला गाउँपालिका क्षेत्रमा बजार अनुगमन हुन सकेको थिएन । बजार अनुगमनका क्रममा पचास प्रतिशत बढि व्यवसाहीले आफनो पेशा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो । त्यस्तै म्याद नाघेका खाध्यन्ह सामान, म्याद गुज्रिएका औषधि, लेवल भन्दा कम तौल भएका खाध्यन्ह सामाग्रि खुलेयाम विक्री गरेको पाइएको हो ।
खाध्यान्ह पसल, होटल, मेडिकल, फलफुल तरकारी पसल, मासु पसल, गल्ला किराना पसल तथा अन्य पेशा व्यवसायको समेत पालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका खाध्य सामाग्रि ,औषधि, विषाधी विक्री गरेको पाइएकोले जफत गरिएको छ । त्यस्तै अनुगमनका क्रममा चिनी, दाल प्याकिङ गरेर राखिएकोमा प्रति केजि ८९० ग्राम सम्म भेटीएपछि तौल मेशिन जफत गर्दे तत्काल प्याकिङ गरिएका सामाग्रि खुल्ला गरेर पुनह तौल गरेर विक्री गर्न निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बताउनु भयो ।

एकै व्याक्तिले दर्ता लाइसेन्स विना खाध्यन्ह, मदिरा, मासु देखि फलफुल सम्म राख्ने गरेको गुणस्तर सरसफाईमा समेत ध्यान नदिएका कारण म्याद गुज्रिएका सामाग्रि जफत गरेर पहिलो पटक व्यवसाय दर्ता गरेर सञ्चालन गर्न र नियम संगत सञ्चालन गर्न जानकारी गराइएको छ अब दोश्रो पटक यस्तै अवस्था देखिए कानुनी प्रकृया बमोजिम अगाडी बढिने उपाध्यक्ष घर्तिले बताउनु भयो ।
हामीले केहि महिना पहिले देखि अभियान सञ्चालन गर्ने निर्णय गरेको भएपनी व्यस्तताले गर्दा अभियान सुरु भएको थिएन अब चाडपर्वको अवसर पनी छ सबै वडामा पुगेर अनुगमन गरिने बताउनु भयो । कतिपय व्यवसाहीले नागरिकको स्वास्थ्य माथी खेलवाड गरेको समेत पाईयो नागरिककले दैनिक प्रयोग गर्ने खाध्यान्ह जस्तो संवेदनशिल विषयमा समेत व्यवस्था गरे थप कडाइका साथ अगाडी बढिने बताउनु भयो ।
त्यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बोल्दै सबै व्यवसाहीलाई स्थानिय तहमा सुचिकृत हुने व्यवस्था मिलाउने, उहाँहरुलाई समय समयमा तालिम समेत दिने र करको दायरामा ल्याउने गरि अगाडी बढिएको बताउँदै बजार अनुगमन निर्देशिका बनाएर आफुहरु अगाडी बढेको बताउनु भयो ।

अनुगमनका क्रममा जनप्रतिनिधी, कर्मचारी, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित