spot_img

ढोरपाटन नगरमा डेंगी संक्रमण तिव्र फैलिँदै दुई हप्तामा ३६ संक्रमित

ढोरपाटन नगरमा डेंगी संक्रमण तिव्र फैलिँदै दुई हप्तामा ३६ संक्रमित
ढोरपाटन भाद्र २५
देशभर डेंगीका संक्रमित बद्दै जाँदा बागलुङको ढोरपाटन नगरपालिकामा समेत संक्रमितको सँख्या तिव्र रुपमा बृद्धि भएको पाइएको छ ।
ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार बुर्तिबाङमा आयोजित एक कार्यक्रमका अवसरमा पछिल्लो दुई हप्तामा मात्रै ३६ जना संक्रमित फेला परेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख बालरोग विशेषज्ञ डा.नविन्द्र ढकालले बताउनु भएको छ ।


जिल्लाकै तथ्यांक हेर्दा ढोरपाटन नगरपालिकामा सबैभन्दा बढि संक्रमित फेला परेको पाइएको हो ।
हाल जिल्लाभर कुल ४६ जना संक्रमित मध्ये ढोरपाटनमा मात्रै ३६ जना संक्रमित फेला परेका छन जसमध्ये १२ जनालाई स्वास्थ्य चौकीमा राखेर उपचार गरिएको ३ जनालाई अन्यत्र थप उपचारका निम्ती रेफर गरिएको बताउँदै डेंगी संक्रमितको सँख्या तिव्र रुपमा बृद्धि हुँदै गएका कारण समयमा सचेत हुन स्वास्थ्य कर्मीले आग्रह गरेका छन ।
डेंगी र स्क्रप टाईफस संगै देखिएमा थप जटिल अबस्था सृजना हुन सक्ने भएका कारण निकै सजक रहनुपर्नेमा स्वास्थ्य कर्मीको जोड छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना स्क्रप टाईफसका समेत विरामी उपचारका निम्ती आएका छन ।
जिल्ला जनस्वास्थ्य कार्यलय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी सर्माद्धारा कार्यक्रमको विषयमाथि प्रकाश पार्दे डेंगी रोग लाग्ने अवस्था, सर्ने तरिका, कारण र बच्ने उपायका विषयमा जानकारी गराउनु भएको हो । डेंगी संक्रमण बढ्ने समय भाद्र देखि कात्तिक महिना सम्म रहने भएका कारण घर टोल छिमेकमा लामखुट्टे र त्यसका परजिवी नियन्त्रण गरि समयमा समचेता अपनाउन समेत अपिल गरिएको हो ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा आयोजित डेंगी रोगको अवस्था, रोकथाम, उपचार तथा नियन्त्रणका बारेमा छलफल तथा अभिमुखिकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलका प्रतिनिधी, स्वास्थ्य कर्मी, जनप्रतिनिधी, कर्मचारी, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधी, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपश्थिती रहेको थियो । छलफलका क्रममा तत्काल टोल विकास संस्थाका अगुवाईमा प्रत्यक टोलमा लामखुट्टे नियन्त्रणका निम्ती सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय समेत भएको हो । ढोरपाटन नगर स्वास्थ्य संयोजक केशव थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कसरी सर्छ डेंगी 
एडिस एजिप्टाई नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन्। दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्छ। भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ। रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ। एउटा पानीको स्रोतमा १००० देखि २००० सम्म अण्डा पार्न सक्छ भने एक पटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ। यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढिरहेको छ। संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसी संक्रमण प्रक्रिया बढाउन सक्छ। एक पटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ। तसर्थ ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन्।
डेंगीका लक्षण केके हुन्र
डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन्। जसमा उच्च ज्वरो १०४ डिग्री फरेनहाइट प्रमुख लक्षण हो। साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने आदि हुन्छन्।
विश्व स्वास्थ संगठन डब्लुएचओ ले डेंगुलाई डेंगु र जटिल डेंगुमा विभाजन गरेको छ। सामान्य लक्षण तथा स्वयं सीमित भएर जाने रोगलाई डेंगु भनेको छ र चेतावनीमूलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ। संक्रमणको ३–७ दिनपछिको समयमा ज्वरो कम हँुदै गएर चेतावनीमूलक लक्षण देखिन सक्छ।

जुन कतिपय घातक हुन सक्छ। यी लक्षणहरुमा धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वासप्रश्वास तीव्र हुने, गिजाबाट रगत बग्ने, वान्तामा रगत देखिने, छटपटी हुने आदि पर्छन्। यी संकेतहरुको आधारमा चिकित्सकले अस्पतालमा बिरामी भर्ना गरी आफ्नो निगरानीमा राखेर जटिल समस्या आउनबाट रोकथाम गर्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित