Home Blog Page 116

ढोरपाटन छेन्तुङ्गका चारसय घरधुरीलाई गण्डकी सरकारले दियो सोलार सेट

0

ढोरपाटन असोज १५
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ ढोरपाटन छेन्तुङ्गका करिब चारसय रधुरी परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फदेखि सोलार सेट हस्तान्त्रण गरिएको छ ।
सोमबार गण्डकी प्रदेश उर्जा जलश्रोत तथा खानेपानी मन्त्रि सरस्वती अर्याल तिवारी गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवँर, दिलमाया पौवीले सोलार बत्तिबालेर कार्यक्रमको उद्धघाटन गर्दे छेन्तुङ्ग क्षेत्रमा बसोबास गर्दे आइरहेका ३९१ घरधुरीका निम्ती सोलार सेट हस्तान्त्रण गरिएको हो ।
विधुतको पहुँच भन्दा बाहिर रहेका नागरिकका निम्ती सौर्य उर्जा प्रविधि जडान कार्यक्रम अन्र्तगत त्यस क्षेत्रकाना गरिकका निम्ती गण्डकी सरकारको निती कार्यक्रम अनुसार सोलार सेट हस्तान्त्रण गरिएको मन्त्रि सरस्वती अर्याल तिवारीले बताउनु भयो


गण्डकी प्रदेशका अधिकांस बस्तिमा विधुत पुगिसकेको बताउँदै अव दुई हजार चार सय ८६ घरधुरीमा विधुत पहुँच नपुगेका कारण यसैबर्ष सौर्य विधुत पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।कार्यक्रममा थप बोल्दै मन्त्रि अर्यालले गण्डकी प्रदेशकै दुर्गम क्ष्ोत्रको रुपमा रहेको पश्चिम बागलुङको विकासका निम्ती यहाँका सांसद द्धय दोर्ण कुमार कुवंर र दिलमाया पौवीको भुमिका महत्वपूर्ण रहेको बताउँदै यहाँका नागरिकको अधिकार स्थापित गर्न र विकासका क्षेत्रहरु खानेपानी, सिँचाई, टटबन्ध निर्माण, उर्जा विधुत , लगाएतका विकासमा आफुले महत्वपूर्ण स्थान दिने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथीको रुपमा रहनुभएका गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरले बोल्दै यहाँका नागरिकको आशा र अपेक्षा निर्वाचित जनप्रतिनिधी माथि धेरै रहेको बताउँदै क्रमिक रुपमा जनताका आवस्यकता र समस्या सम्बोधन गर्दे अगाडी बढिने बताउनु भयो ।


साँसद कुवँरले भन्नुभयो ढोरपाटनको बृहत विकासको आवस्यकता औँल्याएका छौँ कतिपय कानुनी जटिलताले गर्दा समेत अपेक्षित विकास हुन सकिरहेको छैन सालझण्डी ढोरपाटन सडक निर्माण, उत्तरगंगा जलाशययूक्त आयोजना, सिकार आरक्ष क्षेत्र भित्र पर्ने सडक निर्माण लगाएतका काममा सम्वन्धित निकायमा निरन्तर खबरदारि भइरहेको बताउँदै जनताको आधारभुत आवस्यकता विधुत, स्वास्थ्य, खानेपानी, सिँचाई सडक लगाएतका क्षेत्रमा जनताको माग र आवस्यकतालाई क्रमश अगाडी बढाउँदै आफुहरु लागिरहेको बताउँदै तिनवटै सरकारको स्वामित्वमा योजनाको प्राथमिकिकरण गरेर अगडी बढिने बताउनु भयो । उहाँले थप बोल्दै हालसम्म विधुतको पहुँच नपुगेर अन्धकारमा रहेका यहाँका जनतालाई उज्यालोमा पु¥याउन गण्डकी प्रदेश सरकारले प्रयास गरिहेको र हाललाई सौर्य उर्जाको प्रयोग लाई अगाडी बढाइने र निकट भविष्यमै केन्द्रिय बिधुत प्रसारण लाईन नागरिकको घरघरमा आइपुग्ने गरि काम भइरहेको बताउनु भयो ।


त्यस्तै कार्यक्रमका अर्का विशिष्ठ अतिथी गण्डकी प्रदेशका सांसद दिलमाया पौवीले बोल्दै अन्धकारमा रहेका नागरिकलाई उज्यालोमा ल्याउन निरन्तर प्रयास गरिएको आफुहरुको प्रयासबाट यहाँका नागरिकले उज्यालोमा बस्न पाउने वातावरण सृजना भएको बताउनु भयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उर्जा, खानेपानी, तथा जलश्रोत मन्त्रालयका सचिव गणेश अवस्थि लगाएतको मन्तव्य रहेको कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. ६ का अध्यक्ष उमेश बुढाको अध्यक्षता महाशाखा प्रमुख हरिदत्त पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्नभएको थियो ।


गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अर्थात १३ हजार ९ सय ४२ रुपैयाँअनुदान र स्थानीयको १० प्रतिशत स्वामित्व रहने गरि ५० वाट क्षमताको सोलार सेट हस्तान्त्रण गरिएको थियो । वडा नं. ६ कै विभिन्न स्थानमा ढोरपाटन नरपालिकाले समेत सोलार सेट केहि महिना पहिले हस्तान्त्रण गरेको थियो ।
त्यस्तै मन्त्री र साँसद सहितको टोलीद्धारा ढोरपाटन नगरपालिका ९ मा रहेको स्यालपाखे क्षेत्रमा रहेका नागरिकको खानेपानी समस्या बुझ्न बस्तिमै पुग्नु भएको छ । स्थानीयको मागअनुसार सांसद तथा मन्त्रिले बोल्दै यहाँका नागरिकलाई खानेपानीको समस्या रहेको भन्दै अब आउने बर्षभित्रै प्रत्यक घरघरमा खानेपानीको पहुँच पुग्ने गरि व्यवस्था गरिदिने प्रतिबद्धता समेत जनाउनु भएको छ । दुईसय बढि घरधुरी रहेको उक्त क्षेत्रमा तत्काल सर्वे गरेर खानेपानी व्यवस्था गरिने मन्त्रि अर्यालको भनाई थियो ।

बागलुङको दुर्गम मानिने निशेल ढोरमा मोवाईल फोन सेवा सुरु:स्थानियमा खुशीयाली

0

विनोद रसाईली,बुर्तिवाङ,बागलुङ “आईतबार निसीखोला गाउँपालिका वडा नं ५ को ३७ सय मिटर उचाई ऐसेलुधारामा निशेलढोर लक्षित टावर उद्घाटन गर्न पुग्दा मौसम खुल्ला र केही सफा थियो नेपाल टेलिकमका प्रविधिकहरु निरन्तर टावर सञ्चालन गर्नको लागि दौदधुप गरिएका थिए । तर केही वेर टावर सञ्चालन भएन, मौषम पनि एकाएक फेरिएर आकास गर्जिदै पानी पर्न थाल्यो उद्घाटन गर्न पुग्नु भएका निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ती सहित त्यँहा पुगेका सबैको अनुहार अध्यारो भयो । केही चिसो खटाउन नसकेर तल झर्नु भयो केही टावर सञ्चालनहुने आशा लिएर चिसो र पानीको सामाना गदै बसेका थिए । एकैछिनमा नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले लौ टावर सञ्चालन भयो, भन्नु भयो । एक्कासी सबैभा खुशीयाली छाँयो । चिसो र पानीको प्रवाह नगरी सबै खुशीयाली मनाउदै अविर जात्रा समेत सुरु भयो ” ।


यस सगै बागलुङ जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोला गाउँपालिका वडा नं ५ निशेलढोर सञ्चारको पहुँचमा आएको छ ।
नेपाल टिलिकमले झन्डै ३ हजार ७ सय २० मिटरको उचाईमा पर्ने निसीखोला गाउँपालिका वडा नं ५ को ऐसेलुघारा भन्ने स्थानमा टावर निमार्ण गरेर टु जी सेवा सञ्चालनमा लिएको छ । सेवा सञ्चालनमा आए सङ्गै निसीखोला गाउँपालिका वडा नं ५ नेशेलढोर तथा ढोरपाटन नगरपालिका वडा नं ९ को मस ,विजा,काँगका स्थानिय साथै रुकुम पुर्वको भुमे गाउँपालिकाका केही भेगका स्थनियमा खुशीयाली छाएको छ ।

करिव १७ दिनको निरन्तरको मेहनत पश््चात आईतबार देखी मोबाईलफोन सेवा सुरु भएको छ । निशेलढोरका जनतालाई मोवाईलमा फोन गर्नको लागि भन्डै १ घण्टाको दुरीमा रहेको अग्लो डाडामा पुग्नु पर्ने बाध्यता अव अन्त्य भएको छ ।
निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले निरन्तरको पहल पश्चात निशेलढोरका जनताको पहिलो सपनाको रुपमा रहेको सञ्चार पु¥याउन सफल भएको बताउनु भयो ।
“ निशेलढोरका जनतालाई मोवाईल फोन गर्नको लागि करिव १ घण्टाको दुरी हिड्नु पर्ने अवस्था थियो निरन्तरको पहलमा नेपाल टेलिकमको सहयोगमा हामिले अहिले टावर सञ्चालन गर्न सफल भएका छौ”उपाध्यक्ष घर्तीले भन्नु भयो । टावार सञ्चालन पश्चात २ किसिमका मान्छेले सेवासुविधा पाउने छन् पहिलो स्थानिय र दास्रो घुम्न आउने पर्यटक लाभाम्वित हुने छन् उपाध्यक्ष घर्तीले भन्नु भयो ।


निसीखोला ५ का स्थानिय पे्रम बहादुर घर्ति मगर निशेलढोरमा पहिलो मोबाईल फोन गर्ने व्याक्ति समेत बनेका छन् । मगरले निशेलढोरमा रहेकी आफ्नै बहिनिलाई फोन गरेर टावर सञ्चालन भएको जनकारी दिदै खुशी व्यक्त गरेका थिए ।
निसीखोला गाउँपालिका वडा नं ५ का पुर्व वडा सदस्य तेजिन्द्र पुनले दुर्गम र ओझेलमा परेको ठाउँमा सञ्चार सेवा पुग्दा धरै खुशी भएको प्रतिक्रिया दिएका छन् ।
नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले निशेलढोरमा टावर सञ्चालन गर्न निकै कठिन भएको र यसै क्रममा निसीखोला गाउँपालिका संगको सहकार्यमा काम गर्दा सहज भएको र दुर्गम ठाउँमा सेवा दिन नेपाल टेलिकम प्रतिबद्ध भएकोे बताउनु भएको छ । अहिलेलाई अस्थाई संरचना रहेको तर यसलाई पुन स्थाई टावर निमार्ण गरेर गुणस्तरिए सेवा प्रदान गरिने जानकारी दिए ।


गण्डकी प्रदेश पुर्व सांसद खिम विक्रम शाहीले अहिले सम्म सञ्चारको कुनै पनि सेवा नपुगेको ठाउँमा सेवा पु¥याउन सफल सबैमा धन्यवाद दिनु भयो ।
निशेल ढोरपमा विद्युतको सेवा भने अझै पुगेको छैन निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले यसै वर्ष भित्र केन्द्रिय विद्युत पु¥याउने योजना भएको जानकारी दिनु भएको छ । यसै वर्ष गाउँपालिकाले सामुदायिक स्थास्थ्य ईकाई समेत पालिकाले सञ्चालनमा लिइसकेको छ ।

निसीखोला दास्रो लघु जलविद्युत आयोजनाको पाचौँ वार्षिक साधरणसभा एवं तेस्रो अधिवेशन ः सर्वसम्वत बाट नेत्तृत्वको प्रयास

0

विनोद विश्वकर्मा, निसीखोला
निसीखोला दोस्रो लघुजलविद्युत आयोजनाको पाचौँ वार्षिक साधरण सभा एवं तेस्रो अधिवेशन सुरु भएको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ योगीथुम्कामा विद्युत गृह रहेर सञ्चालित आयोजनाले करिव ४ वर्ष पछि आफ्नो साधारण सेवा एवं अधिवेशन गरेको हो ।

आयोजनाको उपभोक्ता समितिको अध्यक्ष लोकिश्वर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक तथा गण्डकी प्रदेश पुर्व सांसद खिमविक्रम शाहीको प्रमुख आतिथ्यता रहेको थियो । आयोजित कार्यक्रमलाई संम्बोधन गदै शाहीले संथाले ढिलागरी भएपनि गरेको साधरण सभा तथा अधिवेशनलाई सकरात्मक लिदै अवको तेत्तृत्व लिनेले सस्थालाई नितिनियम र सस्थागत विधान अनुसार अगाडी बढाउन समेत सुझाव दिनु भयो । कार्यक्रममा थप बोल्दै बहुदलिय व्यवस्थामा समाजलाई सकरात्मक नेत्तृत्व गर्न राजनितिक दल भएको भन्दै समिति निमार्णमा पनि फरक राजनितिक दलको प्रतिनिधिन्व गरे पनि सस्थामा पुगे पछि संस्थाहितको काम गर्नु पर्ने बताउनु भयो ।

 
कार्यक्रममा विशिष्ट अतिथि निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले अव निसीखोलामा रहेका साना विद्युत आयोजना सबैलाई अफ्ठ्यारोे परिस्थिति र्सिजना भएको बताएका छन् । केन्द्रिय विद्युतको पोल गाड्ने काम चलिरहेको कारण स्थानिय विद्युतले केन्द्रिय विद्युत संग प्रतिशपर्धा गर्न नस्के र यसलाई अव बन्ने समितिले खटेर काम गर्नु पर्ने बताउनु भएको छ ।


आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष तारानाथ पौडेल,निसीखोला गाउँपालिका पुर्व निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,निसीखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष टिकानिधि पौडेल,३ का वडा अध्यक्ष रमेश विक्रम शाही,नेपाली काँग्रेसका राजमन बुढा,ने कपा एमालेका भोटु कुमारी चन्द,नेकपा माओबादी केन्द्रका विमल शाही,झिवाखोला लघु जलविद्युत आयोजना बोहरागाउँका सचिव ईश्वरी प्रसाद कंडेल लगाएतले आफ्नो मन्तव्य रहेको थियो ।


कार्यक्रमको अवसरमा संस्थाका प्रबन्धक,अपरेटर लगाएत लाई खादा लगाएर तथा नगद द्धारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा निसीखोला गाउँपालिका कार्यपालिका सदस्य गिता सापकोटा,जिवन कुमारी बि.क,लगाएत वडा नं ३ र ४ का वडा सदस्य,उपभोक्ता समितिका पदाधिकारी,स्थानिय राजनितिक दलका प्रतिनिधि लगाएतको उस्थिति रहेको थियो ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अर्थिक सहयोग र डि सी आर डि सी को प्राविधिक सहयोगमा २०६४ साल माग १८ गते तत्कालिन बोहरागाउँ गाउँविकास समितिको झिवाखोला बजारमा बृहत भेलामार्फत तारानाथ पौडेलको अध्यक्षतामा १३ सदस्य समिति गठन गरी निसीखोला दोस्रो लघिु जलविद्युत आयोजना नामाकरण गरी २०६५ जेष्ठ ९ गते मुहानदेखी विद्युत गृह सम्म बोहरागाउँ गा वि स वडा नं १ देखी ९ र निसी गाविसको १ र ३ लाई समेत जोडी आयोजना सञ्चालन भएको थियो ।
आयोजित सनिबारको उद्घाटन सत्रको कार्यक्रम लेखा समिति संयोजक उमानन्द रेग्मीको स्वागत र सचिव ढालेन्द्र हमालको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले बन्दसत्रमा नयाँ समितिको लागि सहमतिको प्रयास भईरहेको निवर्तमान सचिव हमालले जानकारी दिएका छन् ।

जनप्रतिनिधि हिकमतद्वारा विद्यार्थीलाई न्यानो कपडा हस्तान्त्रण

0

असोज १३ बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिका स्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीका निम्ती स्थानीय जनप्रतिनिधिले न्यानो कपडा( सुईटर) हस्तान्त्रण गर्नुभएको छ ।
तमानखोला गाउँपालिका कार्यपालिका सदस्य युवा तथा खेलकुद विकास समिती संयोजक हिकमत जक्तपुरीले आफुले अध्ययन गरेको भुमे प्राथमिक विद्यालय तमानखोला १ पहिरामा अध्ययनरत ६५ जना विद्यार्थीका निम्ती एक ÷एक सेट सुइटर हस्तान्त्रण गर्नुभएको हो ।

आफनो हजुरबुबा लालविर जक्तपुरी समेत सँस्थापक अध्यक्ष रहेको उक्त विद्यालयमा आफुले बाल्यकालमा अध्ययन गरेको बताउँदै आफुले जनप्रतिनिधि भइसकेपछि राज्यबाट लिँदै आएको सेवा सुविधाबाट केहि प्रतिशत रकम कुनै न कुनै प्रकारको समाज सेवामा लगानी गर्नुपर्छ भन्ने उदेश्य सहित चिसो बद्दै गर्दा विद्यार्थीका निम्ती न्यानो कपडा उपलब्ध गराइएको हिकमत जक्तपुरीले बताउनु भयो ।

“कार्यपालिका सदस्य भएवापत बार्षिक रुपमा राज्यबाट पाउँदै आएको सेवा सुविधाको रकम बाट कम्तिमा १० प्रतिशत आफुले सामाजिक कार्यमा लगानी गर्ने गरि योजना बनाएको छु हामीले आम्दानी गर्ने रकमबाट केहि मात्रा यस्तै सामाजिक कार्यमा लगानी गर्न सकेमा धेरै नागरिकलाई राहात मिल्ने उहाँको तर्क रहेको छ ”।
शुक्रबार एक कार्यक्रमका विच भुमे प्राथमिक विद्यालयमा आफुलाई अध्ययन गराउनु भएका शिक्षक मेख बहादुर छन्त्यालको हातबाट विद्यार्थीलाई सुईटर हस्तान्त्रण गरिएको थियो ।

बुर्तिवाङमा कराते महासंघ र सितोरियो कराते डो संघको नगर समिति घोषणा

0

विनोद विश्वकर्मा बुर्तिवाङ,नेपाल कराते महाँसंघ र नेपाल रितोरियो कराते डो को ढोरपाटन नगर स्तरिय समिति घोषण गरिएको छ ।

शुक्रबार बुर्तिवाङमा एक कार्यक्रमको आयोजना गर्दै समितिको घोषणा गरिएको हो । चित्र बहादुर पुनको अध्यक्षतामा १३ सदस्य नेपाल सितोरियो कराते संघ र रामलाल पाण्डेको अध्यक्षतामा १५ सदस्य नेपाल कराँते महाँसंघको नगर स्तरिय समिति घोषणा गरिएको छ ।


आयोजित घोषणा कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञावालीको प्रमुख आतित्थयता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत ज्ञावालिले मन्तव्य राख्दै खेल क्षेत्र महत्वपुर्ण र फरक विधा भएकाले यसलाई सबैले अवलम्वन गर्नु पर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत ज्ञावालीले ढोरपाटन नगरपालिकामा कराते जस्ता खेलका लागि प्रोत्साहन गर्न नगरपालिकाले सबैमा छलफल गरेर सहयोग गर्ने समेत वचन दिनु भएको छ ।

आयोजित कार्यक्रममा विशिष्ट अतिथि ढोरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष वान बहादुर छन्त्याल,नेपाली काँग्रेसका मेशलाल शर्मा,नेकपा एमालेका टंक प्रसाद पौडेल,लगाएतले आफ्नो धारण राख्दै खेल क्षेत्र राष्ट्रको गहना र यसले देशलाई विश्वसामु पचित बनाउन सक्ने भन्दै यसलाई प्रोत्साहन गर्नु राज्यको दायित्व समेत रहेको बताएका थिए । साथै खेलाडीलाई अुशासन पुर्वक खेल खेले अवश्य पनि सफलता प्रप्ता गर्न सकिने समेत बताएका थिए ।


आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं २ का वडा अध्यक्ष भेग बहादुर खत्री,ढोरपाटन नगरपालिका सुचना अधिकारी चन्डी प्रशाद शर्मा,उद्योेग वाणिज्य संघका प्रतिनिधि,प्रशिक्षक,पत्रकार खेलाडी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल सितोरियो कराते संघका अध्यक्ष चित्र बहादुर पुनले समितिको घोषणा गर्नु भएको थियो ।

२०४८ साल बाट नै बुर्तिवाङमा समिति भएको भए पनि ठुलो रुपमा समिति भने पहिलो पटक निमार्ण गरिएको पुनले बताएका छन् । केन्द्रको निर्देशनको आधारमा समिति निमार्ण गरिएको पुनले जानकारी दिएका छन् । समितिले खेल संगै खेलाडीको हक हित संगै अडाडी बढ्ने पुनले जानकारी दिएका छन् ।

पर्यटन प्रर्बद्धन गर्न ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघको बैठक बस्दै

0

बागलुङ ,पर्यटन प्रर्बद्धन, संभावना र लगानी खोज्न नेपालको नीजि क्षेत्रले बागलुङको ढोरपाटनलाई महत्व दिन थालेको छ ।
पर्यटन पबद्र्धन तथा लगानीको पहिचान गर्नका लागि नीजि क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको तेस्रो बैठक ढोरपाटनमा बस्ने भएको हो । नीजि क्षेत्रका अगुवा सहित नेपाल उद्योगा वाणिज्य महासंघका तेस्रो कार्यकारीणी बैठक असोज १५ र १६ गते नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रमा आयोजना गरिएको हो ।

प्रचुर संभावना भएर समेत ओझेलमा पर्दै आएको ढोरपाटन क्षेत्रको प्रचार प्रसार गर्दे लगानीका संभावना खोज्न नीजि क्षेत्रले चासो देखाएको हो । नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको बैठक नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचिमा रहेको ढोरपाटन उपत्यकामा आयोजना गरिएकाले महत्वका साथ हेरिएको छ ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघ बागलुङको आतिथ्यतामा ढोरपाटनमा बैठक गर्न थालिएको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेलले जानकारी दिनुभयो ।
कंडेलका अनुसार बैठकमा नेपाल उद्योग वाणिज्य संघका ७० जनाको कार्यसमिति सहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपाकिलाका जनप्रतिनिधिको सहभागीता रहनेछ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वयको भूमिकामा खेल्नेछ । बैठकमा ७० जना सहभागी भएपनि अन्य कार्यक्रममा एक सय भन्दा बढी सरोकारवालाको सहभागीता रहनेछ ।

“नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरु ढोरपाटन आउदा प्रचार प्रसार संगै त्यहाँको नयाँ संभावना र लगानीको क्षेको पहचिान हुँनेछ, बैठक मात्र नभएर समग्र जिल्लाको पर्यटनको संभावना र लगानीको विषयमा अन्तरक्रिर्या समेत हुँनेछ” अध्यक्ष कंडेलले भन्नुभयो “एक पटक देशभरका नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनलाई जुरुक्क उठाउन सहयोग पु¥याउनुहुँनेछ, ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक योजना समेत बनाउन यो बैठकले सहयोग पुग्नेछ ।”
पर्यटकीय क्षेत्रको विकास, लगानी पहिल्याउन, कृषि उपजको बजारीकरणमा ढोरपाटन बैठक कोशे ढुङ्गा सावित हुँने कंडेलको भनाई छ । ढोरपाटनको आलुको राम्रो उत्पादन छ भने स्याउको प्रचुर संभावना रहेको छ । बैठकका आउने पाहुँनाहरुको खाना तथा आवासका लागि ढोरपाटन उपत्यकामै व्यवस्थापन मिलाइएको कंडेलले बताउनुभयो । कंडेलका अनुसार बैठकमा सहभागी हुँन आउने उद्योगी तथा व्यवसायीहरु होटल तथा सामुदायिक घरबासमा पाहुँनाहरुलाई राखिनेछ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गर्ने कार्ययोजना आतिथ्यता संस्था बागलुङ उद्योग वाणिज्य संघले बनाएको छ ।

ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिर समेत दर्शन गर्न सकिने छ । ढोरपाटनमा समग्र जिल्लाको पर्यटनको विषयमा समेत छलफल गर्ने कार्यक्रम तय गरिएको छ । ढोरपाटनमा देशभरका उद्योगी तथा व्यवसायीका नेताहरु आउदा ढोरपाटनको छुट्टै गरिमा बढ्ने ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द छन्त्यालले बताउनुभयो ।
ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालय लगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थानहरु रहेकोमा तिनिहरुको प्रचार प्रसार हुँनेगरी बैठकको आयोजना गरिएको छ ।

सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटकहरु आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको वृद्धि भएको छ तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा समस्या भइरहेको छ ।

नेपाली कांग्रेस ढोरपाटन नगरपालिका वडा नं. ४ को वडा सम्मेलन सम्पन्न

0

असोज ६ गते
नेपाली कांग्रेस ढोरपाटन नगरपालिका वडा नं. ४ को वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । प्राविधिक कारण भाद्र महिनामा हुने सम्मेलन हाललाई सारिएको र सौहार्द पूर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

नेपाली कांग्रेस ढोरपाटन ४ का सभापती थम बहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रमका अवसरमा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधी सोम बहादुर पौवीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौवीले नेपाली कांग्रेस पार्टीलाई चलायमान बनाउन संगठनलाई मजबुद बनाउनका निम्ती कार्यक्रता सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले थप बोल्दै यहाँको विकास र समृद्धिका निम्ती समेत नेपाली कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै जनताको समस्या र गुनासोलाई यहाँबाट निर्वाचित माननिय हरु संग आफुले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउँदै संगठन मजबुद भएमा मात्र पार्टीले विकास निर्माण र समृद्धिको सपना पुरा गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी पदम पुन, धनराम पुरी, पुर्व क्ष्ोत्रीय उपसभापती नरजंग घर्ति, क्षेत्रीय प्रतिनिधी भुमिका गोतामे, साविक खुँगा गाविस सभापती थम बहादुर घर्ति मगर लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो कार्यक्रम वडा सचिव नारायण राना को सञ्चालनमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय सम्मेलन: नेता कार्यक्रता विच सम्मोन्य हुनुपर्नेमा जोड

0

बुर्तिबाङ असोज ३ गते
नेपाली कांग्रेस क्षेत्र नं. २ प्रदेश सभा (ख) को क्षेत्रीय सम्मेलन बुधबार बुर्तिबाङमा सम्पन्न भएको छ । वडा गाउँ÷नगर स्तरिय सम्मेलन सम्पन्न गरेको कांग्रेसले क्षेत्र अन्र्तगतको प्रदेश तहमा सम्मेलन गरेको हो ।
बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनु भएका पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधी तथा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले कार्यक्रमलाई संबोधन गर्दे पार्टीलाई उचाईमा पु¥याउन सबै नेता कार्यक्रता स्वस्थ छलफल र बहसबाट गलत प्रबृर्तिको अन्त्य गर्दे सक्रियताका साथ अगाडी बढ्नुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेस लोकतान्त्रीक पार्टी भएका कारण कार्यक्रता देखि नेता तह पार्टीका विचार सिद्धान्त, किास निर्माण जस्ता विषयमा छलफल बहसबाट अगाडी बढ्न सकिने र सबैका विचार सुन्ने र विचारलाई व्यवहारमा रुपान्त्रण गर्दे अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।


“सांसद कुवंरले थप बोल्दै आफु लगाएत निर्वाचित जनप्रतिनिधीले जनताको समस्या र विकास निर्माणको आवस्यकतालाई आत्मसाथ गर्दे सबैका भावना र विचारलाई सुनेर विकास निर्माणमा होमिएको बताउँदै जनताको आवस्यकताका आधारमा निरन्तर विकास मार्फत यस क्षेत्रको समृद्धिको ढोका खोल्न आफुहरु अगाडी बढेको बताउनु भयो” ।
नागरिकका समस्या धेरै छन क्रमिक रुपमा संवोधन गर्ने र जनअपेक्षा बमोजिम आफुहरु अगाडी बढिने बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, सडक, सिँचाई लगाएतका दर्जनौँ योजना प्रदेश सरकारबाट विनीयोजन भएको र जनताको थप आवस्यकता मध्यको बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई थप सुविधा सम्पन्न अस्पत्ताल बनाउनका निम्ती आफुहरुले निरन्तर प्रर्यत्न गरिरहेको बताउनु भयो ।गण्डकी प्रदेश स्तरिय अस्पत्ताल निर्माणका निम्ती प्रदेश सरकारबाट निर्णय पारित भइसकेको र केन्द्र सरकारबाट स्विकृत प्राप्त भएमा चाँडै यहाँका नागरिकले स्वास्थ्य क्षेत्रमा थप सहज सेवा सुविधा प्राप्त गर्ने बताउनु भयो ।
बुर्तिबाङमा रहेका सरकारी कार्यालयहरु प्रशासन, मालपोत नापि कार्यालयको व्यवस्थापन, बजार क्षेत्रमा बाढि पहिरो बाट जोगउन बजार संरक्षणका निम्ती टटबन्ध निर्माण लगाएत २२ वटै वडाका नागरिकको समस्या गुनासो र आवस्यकता आफुहरुले टिपोट गरिरहेका कारण ढिलो चाँडो सबै प्रकारका विकासमा हातेमालो गरेर अगाडी बढीने बताउनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनुभएका गण्डकी प्रदेश सभा सदस्य सांसद दिलमाया पौवीले बोल्दै जनताले निर्वाचित गराएका आफु लगाएतका जनप्रतिनिधी संधै जनताको पक्षमा रहने बताउनु भयो । हामीहरु विकास निर्माण संगै जनताकै हक अधिकार सुनिश्चत गर्न नागरिककै समस्यामा रहेर काम गर्दे आइरहेको बताउँदै निर्वाचित जनप्रतिनिधी जनता संग संमोन्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस पार्टीलाई थप सक्रिय बनाउन कार्यक्रतालाई चलायमान बनाउन जिम्मेवार नेता कार्यक्रता समेत जिम्मेवारी पूर्वक प्रस्तुत हुनुपर्नेमा सांसद पौवीको जोड थियो ।

 

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापती तारानाथ पौडेल, जिल्ला सचिव गण्डकी थापा अधिकारी, क्षेत्रीय सभापती जोकलाल बुढा, ढोरपाटन नगर सभापती धन बहादुर कायत, निसीखोला गाउँपालिका सभापती सुर्य बहादुर घर्ति, तमानखोला गाउँपालिका सभापती खिम बहादुर छन्त्याल, क्षेत्रीय सचिव धर्म घर्ति लगाएत नेता कार्यक्रताको आतिथ्यता एवं मन्तब्य रहेको थियो ।
कार्यक्रममा सहभागिको तर्फदेखि विभिन्न पार्टीका जिम्मेवार कार्यक्रताद्धारा पार्टीमा जनप्रतिनिधी र कार्यक्रता विच अन्तरघुलन हुन नसकेको, विकास निर्माणमा सम्मोन्य हुन नसकेको, समय समयमा छलफल बहस हुन नसकेको लगाएतका गुनासो व्यक्त गरेका छन ।
कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नंं . २ प्रदेश सभा –ख) का सभापती मेशलाल सर्माको अध्यक्षता, उपसभापती इन्द्र बहादुर मल्लको स्वागत, सचिव हेम प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सुनचाँदी व्यवसायीद्धारा प्रहरी निरीक्षक राजकुमार वि.क. लाई स्वागत

0

बुर्तिबाङ असोज १ गते
बुर्तिबाङ सुनचाँदी व्यवसायीद्धारा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. लाई स्वागत तथा परिचयात्मक कार्यक्रम बुर्तिबाङमा सोमबार सम्पन्न भएको छ ।
बुर्तिबाङ बजारमा सुनाचाँदी व्यवसाय गर्दे आएका व्यवसायीद्धारा स्वागत संगै बजारमा सुनचाँदी पसलको सुरक्षा अवस्था तथा सुनचाँदी आपुर्तिमा परेको समस्यामा विषयमा छलफल भएको संस्थाका सचिव सोम बहादुर पोवी (यामु ) ले बताउनु भयो ।
आयोजित कार्यक्रममा प्रहरी निरीक्षक राजकुमार वि.क.ले बोल्दै नागरिकको शान्ती सुरक्षाका निम्ती प्रहरीले सक्दो सेवा गर्ने बताउँदै बजार क्षेत्रमा देखिन सक्ने सुरक्षा व्यवस्थामा आफुहरु थप सचेत रहेको बताउनु भयो । विल विनाका सुन चाँदी खरिदमा सचेत रहन व्यवसायीलाई आग्रह समेत गर्नुभयो कार्यक्रममा सुनचाँदी व्यवसायीको उपश्थिती रहेको थियो ।

तमानखोलाको लाम्मेलामा कृषि महोत्सव सुरु

0

बुर्तिबाङ असोज १ गते
बागलुङको तमानखोला गाउँपालिकाको वडा नं. ४ लाम्मेलामा आलु महोत्सव तथा कृषि बहस सोमबार देखि सुरु भएको छ । आगामी चार गते सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेका आलु लगाएत कृषि उपजको स्टल संगै आलुका परिकार विक्री तथा प्रचार प्रसार गर्ने लक्ष्यका साथ कार्यक्रम सुरु भएको हो ।
“स्थानिय कृषि उत्पादनको विकास, प्रर्बधन र विस्तार , समृद्ध लाम्मेलाको आधार” भन्ने मुख्य नारा सहित महोत्सव सुरु भएको छ ।
तमानखोला गाउँपालिका वडा नं.४ को आयोजना, गाउँपालिका कार्यालयको प्रायोजन तथा शोले युवा क्बल र शोलेडाँडा वाल सञ्जालको सह–आयोजनामा महोत्सव सुरु भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनु भयो ।
महोत्सवका अवसरमा कृषकले उत्पादन गरेको आलु संगै आलुबाट बनेका विभिन्न परिकार तथा अन्य कृषि बस्तुहरुको स्टल बनाएर विक्रीका लागी राखिएको छ । तमानखोला गाउँपालिकाको अधिकांस क्षेत्रमा आलु उत्पादन हुने गर्दछ यहाँको आलुको प्रचार प्रसार गर्न बजारीकरणमा सहज होस भन्ने उदेश्य सहित कृषकलाई प्रोत्साहन गर्नका निम्ती पनी महोत्सवले भुमिका खेल्ने बताउँदै पाँचदिन सम्म महोत्सव जारी रहने बताइएको हो ।
उद्धघाटन सत्रको कार्यक्रम संगै आलु महोत्सव कृषि बहस कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले कृषकले राखेका प्रश्न र गुनासोको विषयमा बोल्दै परम्परागत र निर्वाह मुखि प्रणालीबाट कृषि गरिहेको बताउँदै अवका दिनमा उपलब्धी मुलक तवरबाट कृषि प्रणालीको विकास गर्नुपर्ने आवस्यकता औँल्याउनु भयो ।
कृषकले अझैसम्म पनी उत्पादनमुखि र व्यवासायीक हुने गरि कृषिमा जोडिन नसकेको बताउँदै कृषिमा लागत, श्रम र उत्पादन लगाएतको क्षेत्रलाई हेरेर अगाडी बढ्न सकेमा मात्र अगाडी बढ्न सकिने बताउनु भयो । कृषिमा राज्यले करोडौँ खर्च गरेपनी परिणाम दिन नसकिएको बताउँदै अवको कृषि उत्पादन परिणाममुखि, र व्यवसायीक मुलक हुनुपर्ने बताउनु भयो ।


आलु मात्र नभई अन्य कृषि उपजलाई भुगोल, माटो, बजार अवस्था लगाएतको क्षेत्रलाई अध्ययन गरेर कृषकले व्यवसायीक कृषि गर्न सक्ने बताउँदै पालिकाले समेत व्यवसाहीक रुपमा अगाडी बद्ने कृषकलाई उत्पादनका आधारमा अनुदान दिने उनिहरुले उत्पादन गरेका उपज बजारीकरणका निम्ती व्यवस्था गर्ने र कृषकलाई तालिम, ज्ञानको विकासमा टेवा पुग्ने गरि काम गरिरहेको र अवका दिनमा थप सक्रिय रुपमा लाग्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथी प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बोल्दै गाउँपालिकामा करिब १७ रोपनी क्षेत्रफल कृर्षि योग्य रहेको बताउँदै कृषि योग्य क्षेत्रमा पालिकाले विभिन्न ब्लक, पकेट क्षेत्र बनाएर काम गरिहेको बताउँदै व्यवसाहीक रुपमा कृषिमा लाग्ने कृषकले अवका दिनमा हरेस खानुपर्ने अवस्था नरहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बोल्दै अहिलेसम्मको अभ्यास कृर्षिलाई सामान्य लिई परम्परागत र निर्वाह मुखि पेशाबाट बाहिर निस्कन नसकिएका कारण यस क्षेत्रको विकास र सम्भावना देख्न नसकिएको बताउँदै कृषि क्षेत्रबाटै पालिकाको समृद्धि रहेका कारण त्यसका निम्ती पालिकाले दिगो योजना बनाएर अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा कृषि शाखा प्रमुख शन्देस पराजुली लगाएतले आफनो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण सोले युवा क्लबका सचिव माधव छन्त्यालले गर्नुभएको हो
महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिनेछ भने आलुबाट बनाइएका परिकारका कक्ष राखिनेछन् । तमानखोलाका विभिन्न वडामा हाल आलु पकेटक्षेत्र घोषणा गरी किसान उत्पादन वृद्धि गर्नसमेत लागेका छन् ।