Home Blog Page 115

नागरिकको शान्ती सुरक्षा र चाडपर्व लक्षित अभियानमा बागलुङ पश्चिममा प्रहरी सक्रियता

0

बुर्तिबाङ असोज २९
इलाका प्रहरी कार्यालय बुर्तिबाङ तथा मातहतमा रहेका प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा सचेतनामुलक कार्यक्रम संगै नागरिकलाई विभिन्न विषयमा सचेतना तथा सरसफाईका कार्यक्रमलाई प्राथमिकता दिइएको पाइएको छ ।


चाडपर्व नजिकिँदै गर्दा नागरिकको शान्ती सुरक्षामा थप सर्तकता अपनाउन नागरिकका विचमा पुगेर सचेतना मुलक कार्यक्रम, बैँक तथा वित्तिय संस्थामा सुरक्षा सचेतना तथा बैँकका गार्डलाई थप सर्तकता अपनाउन अपिल गर्ने गरिएको हो ।
विगत केहि समयदेखि लघु सचेतना कार्यक्रम गरिरहेको प्रहरीले नागरिकलाई टोल, वस्ति, सडक लगाएतका क्षेत्रमा भेटेर उनिहरुलाई महिला हिँसा न्युनिकरण, आत्महत्या न्युनिकरण,लागु औषध तथा दुब्र्यशनी विरुद्धको अभियान लगाएतमा थप सचेत बनाउँदै सचेतना गर्ने गरिएको हो ।


गाउँ बस्तिमै पुगेर टोल गस्ति समेत सुरु गरेको प्रहरीले शान्ती सुरक्षाका विषयमा स्थानीय नागरिकका समस्या सुन्ने र उनिहरुलाई समेत थप सचेत बनाउने गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले बताउनु भयो ।
विभिन्न क्षेत्रबाट बुर्तिबाङ भित्रिने सवारीका साधन र यात्रुलाई लक्षित गर्दे बुर्तिबाङ बसपार्कमा यात्रु सहायता कक्ष र यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरीले ट्राफिक सचेतना कार्यक्रम, सवारीको चेकजाँच संगै चालकलाई थप सचेतना मुलक कार्यक्रम सिकाउने अभियान समेत गर्दे आएको पाइएको छ ।


आफुहरुले नागरिक संग प्रहरी अभियान अन्र्तगत समुदाय साझेदारी कार्यक्रम, ढोरपाटन २ का अल्पसँख्यक समुदाय संग सचेतना मुलक कार्यक्रम, इलाका प्रह्री कार्यालय बुर्तिबाङको हिरासतमा पुस्तकालयको व्यवस्थापन, मठ मन्दिरको सरसफाई, प्रहरी संगको छलफल, स्वास्थ्य संस्था र होटल व्यवसाहीसंग अन्र्तक्रिया कार्यक्रम लगाएतका गतिविधी गरिँदै आएको बताउँदै नागरिकको शान्ती सुरक्षाका निम्ती चाडपर्व लक्षित तयारीलाई विशेष रुपमा अगाडी बढाइएको र चाडपर्वको समयमा बढि मात्रामा चोरी, डकैटी ,झै –झगडा , जुवातास जस्ता गैहृ कानुनी गतिविधी हुने भएका कारण नागरिक समेत थप सचेत हुन प्रहरी निरीक्षक राजकुमार वि.क.ले आग्रह गर्नुभयो ।

तमानखोलामा बजार अनुगमन:अवैध औषधि पसललाई आवस्यक कागजात सहित उपश्थित हुन निर्देशन

0

बुर्तिबाङ असोज २८
तमानखोला गाउँपालिकाले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तिव्रता दिएको छ । गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको संयोजगत्वमा बनेको अनुगमन टोलीद्धारा पालिकाको विभिन्न वडामा पुगेर पसल, होटल मेडिकल लगाएतको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद गुज्रिएको खाध्यान्ह सामाग्रि, औषधी ,प्य पर्दाथ लगाएतका सामाग्रि जफत गर्नुका साथै लाईसेन्स अनुमती नलिइकन अवैध रुपमा सञ्चालनमा रहेका विभिन्न पाँच वटा मेडिकललाई एक हप्ताभित्र दर्ता प्रकृयामा जान चेतावनी सहित म्याद गुज्रिएका औषधी जफत गरिएको छ ।
फार्मेसि पढेको व्याक्तिले औषधि विक्री गर्न पाउनु पर्ने प्रावधान रहेपनी दर्ता बिना एचए, अनमी र अहेबले अव्यवस्थित रुपमा फार्मसी चलाएका कारण एक हप्तामा आवस्यक कागजात सहित पालिकामा सम्पर्क गर्न आग्रह गरिएको र प्रकृया पुरा नभएको खण्डमा बन्द गरिने तमानखोला गाउँपालिका स्वास्थ्य संयोजक तिलक छन्त्यालले बताउनु भयो ।
मेडिकल अनुगमन गर्दा सम्वन्धित निकायमा दर्ता नभएको , मापडण्ड अनुरुप औषधि विक्री नगरेको, म्याद गुज्रिएका औषधि समेत प्रर्याप्त मात्रामा देखिएका कारण समितीले बैठक बसेर आवस्यक कार्वाही प्रकृयामा अगाडी बढ्ने स्वास्थ्य संयोजक छन्त्यालको भनाई छ ।


अबैध रुपमा सञ्चालनमा रहेका औषधि पसल तमानखोला गाउँपालिकाको वडा नं. १ को बोङगादोभान बजारमा १ वटा वडा नं. ३ को तमानमा २ वटा, वडा नं. ४ लाम्मेलामा १ वटा र वडा नंं ५ खुँखानीमा १ वटा गरि पाँच वटा रहेको पाइएको छ ।
त्यस्तै गल्ला किराना पसलको अनुगमनका क्रममा बढि मात्रामा मसलेदार बस्तु, चिसो प्य पदार्थ, आटा, तेल, चाउचाउ, विस्कुट लगाएतका वस्तुको म्याद गुज्रिएको पाइएको हो । अनुगमन टोलीले म्याद गुज्रिएका बस्तु जफत गर्दे व्यवसाहीलाई आगामी दिनमा म्याद हेरेर सामान खरिद गर्न र विक्री गर्न आग्रह गर्दे गाउँपालिकामा आफनो व्यवसाय दर्ता गराउन समेत अपिल गरेको छ ।


स्थानीय व्यवसाहीले आफुहरुले सामान खरिद गर्दे गर्दा उत्पादन मिती र अन्तिम मिती नहेरी राख्दा यस्तो समस्या आएको बताउँदै पालिकाले गरेको अनुगमनले आफुहरुलाई थप सचेत बनाएको बताएका छन ।
बुर्तिबाङ बजार तथा विभिन्न होलसेल व्यवसाहीले गाउँमा लैजाँदै गर्दा कतिपय म्याद सकिएको बस्तु समेत विक्रीका लागी लैजाने गरेको र फुटकर व्यवसाहीले म्याद हेर्न नसक्दा यस्तो समस्या आउने गरेको उपभोक्ताको भनाई छ ।
गाउँपालिकाले बोङगादोभान बजार, तमान, लाम्मेला, खुँखानी, नर्जाखानी लगाएतका क्षेत्रमा अनुगमन गरेको हो अनुगमन गर्न बाँकी रहेका क्षेत्रमा समेत चाँडै पुगिने उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनु भयो ।


गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको संयोजगत्वमा प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, स्वास्थ्य शाखा संयोजक तिलक छन्त्याल, कर्मचारी, पत्रकार, प्रहरी लगाएतको टोलीद्धारा अनुगमन गरिएको हो । जफत गरिएका म्याद गुज्रिएको सामान डिस्पोज गरिने पालिकाले जनाएको हो ।

चाडपर्व लक्षित ढोरपाटन उद्योग वाणिज्य संघको शुभकामना आदान प्रदान

0

विनोद विश्वकर्मा,बुर्तिवाङ

हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावली २०८० को अवसरमा ढोरपाटन उद्योग वाणिज्य संघले सनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञावालीको प्रमुख आतिथ्यतामा बुर्तिवाङवा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,उद्योग वाणिज्य संघकाका पदाधिकारी लगाएतको उपस्थिति रहेको कार्यक्रममा आफ्ना सुभकामना सहितको मन्तव्य राख्दै प्रमुख प्रशासकिय अधिकृत ज्ञावालीले व्यवसायी र र स्थानिय सरकारको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा विजया दशमी तथा शुभदिपावलीको शुझकामना व्यक्त गदै बुर्तिवाङमा अधिकासं व्यवसायमा मात्रै निहित रहेको भन्दै अव उद्योगलाई पनि अगाडी बढाउनु पर्ने शुझाव दिनु भयो । व्यवसाय छोटो समयको लागि भए पनि उद्योग दिर्घकालिन रुपमा रोगगारी र्सिजना गर्न समेत सकिने भन्दै उद्योगको वारेमा पनि सोच्न सुझाव दिनु भयो । विकासको गति अगाडी बढाउने यहाँका सम्पूर्ण संघ संस्थाको भुमिका महत्वपुर्ण रहने भन्दै सबैको साथ सहयोगको अपेक्षा राखेको जानकारी दिनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी नीरिक्षक राजकुमार बि.कले सम्पुर्ण संघ संस्था तथा उद्योग वाणिज्य संघको पनि बुर्तिवाङ लाई व्यवस्थित हिंसा रहित,रव्यासायिक चलायमान बनाउनु उद्श्य रहेको भन्दै प्रहरी कार्यालय संग पनि सहकार्य गदै अगाडी बढ्न सुझाव दिनु भयो । बजारलाई अपराधिक गतिविधि कम गर्न बजारमा तत्काल सि सि टि भिको व्यस्था गर्नु पर्ने पनि शुझाव राख्नु भयो ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि समाजसेवी हर्क बहादुर गुरुङले सस्थाले गरेको धेरैकाम राम्रो भएको भन्दै संस्थाको तत्काल आफ्नो भवनको वारेमा सोच्नु पर्ने शुझाव दिनुयो । कार्यक्रमका अध्यक्ष तथा उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले शुभकामना दिदै संस्थाले हालसालै मात्रै नेपालको उद्योगि व्यवसायीको सस्था नेपाल उद्योग वाणिज्य महासंघको बैठक ढोरपाटनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नु भयो । संस्थाले विभिन्न विषयमा काम गरेको बताउनु भयो । गण्डकी प्रदेशमा दर्ता गर्ने ,ढोरपाटन उपत्यकामा सुविधा सम्पन्न होटल खोल्नको लागि जग्गा व्यवस्थापनको काम गदै,लगाएतको काम संस्थाले गर्ने तयारी गरेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका कानुनि सल्लाहकार उत्तम बहादुर महत,सल्लाहकार हरी बहादुर कुवँर, बुर्तिवाङमा रहेको सम्पुर्ण बैंकका प्रमुख तथा प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि प्रत्रकार लगाएतले एक आपसमा शुभकामना दिदै संस्थाको सनिबार बजार बन्द हुने नियम कतै प्रभावकारी नभएको हो की भन्ने विषमा समेत जिज्ञासा राखेका थिए ।  नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष यही पालिकामा पर्ने भएको कारणले यसलाई उपभोग गर्न संस्थाले भुमिका खेल्नु पर्ने भन्दै धारणा राखेका थिए । कार्यक्रम सस्थाका महासचिव ज्ञान प्रसाद कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेकपा माओबादी केन्द्रको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

0

असोज २६ गते बुर्तिबाङ
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र ढोरपाटन नगर समितीको आयोजनामा शुक्रबार बुर्तिबाङमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
हिन्दु नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली छठ लगाएतका चाडपर्वको पावन अवसरमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघसंस्था, पार्टीका नेता कार्यक्रता लगाएतको विचमा शुभकामना आधान प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा रहनु भएका नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा ३ महिने अभियानका बागलुङ जिल्ला इन्चार्ज गोविन्द पौडेलले शुभकामना मन्तव्य राख्दै घरघरमा माओबादी जनजनमा माओबादी अभियान सञ्चालन गरेको माओबादी केन्द्रले बागलुङ जिल्लाका सबै तहमा संगठन विस्तार, सदस्यता वितरण, नविकरण लगाएतका गतिविधीलाई सक्रियता दिएको बताउनु भयो नेकपा माओबादी पार्टीले जनताको समस्या बुझ्ने, जनता संग पुग्ने अभियान जारि राखेको बताउँदै जनताको विचमा पुग्दै गर्दा विभिन्न पार्टी परित्याग गरेर नेकपा माओबादी केन्द्रमा समाहित हुनेको सँख्या बृद्धि भइरहेको बताउनु भयो ।
नेकपा माओबादी केन्द्र ढोरपाटन नगर समिती अध्यक्ष भिम गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमका विशिष्ठ अतिथी केन्द्रिय सदस्य तथा ३ महिने अभियानका ढोरपाटन नगर इन्चार्ज दुर्गा वि.क., प्रदेश सचिवालय सदस्य तथा बागलुङ जिल्ला सम्मोन्य समिति संयोजक राजिव घिमिरे, प्रदेश सदस्य चन्द्रलाल अर्याल, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा २ का सभापती मेशलाल सर्मा, नेकपा एमाले प्रदेश कमिटी सदस्य टंक पौडेल, जनता समाजवादी पार्टी ढोरपाटन नगर अध्यक्ष गंग बहादुर घर्ति, नेपाल समाजबादी पार्टी प्रदेश सचिव संकर कुवंर, नेकपा जिल्ला सदस्य हरि बहादुर कुवंर, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क., बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र धकाल लगाएत नेता कार्यक्रताको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम प्रदेश कमिटी सदस्य चन्द्रलाल अर्यालको स्वागत, ढोरपाटन नगर सचिव विर बहादुर घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।

यो समाचार आधिकारीक अनुमती विना अन्य अनलाईनमा नराख्नुहुन अनुरोध छ ।

शैक्षिक गुणस्तर बृद्धि गर्न बोंगादोभानमा बृहत छलफल, अभिभावक सुर्धिनु जरुरत 

0

बुर्तिवाङ, २५,असोज

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा अभिभावकको कमजोरी रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
बुधबार तमानखोलाको बोँगादोभानमा आयोजना गरिएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा छलफल,बहस,तथा अन्तरक्रिया कार्यक्रममा समय लिएर बोल्ने बक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक सुर्धिनु पर्नेमा जोड दिएकाछन् । अभिभावकले विद्यार्थीलाई विद्यालयमा पढ्न पठाउने तर विद्यालयको अवस्था तथा विद्यार्थीको अवस्था प्रतिको ज्ञानलिन विद्यालयमा नपुग्ने गरेकाले पनि गुणस्तरमा कमजोरी भएको बताएका छन् ।
तमानखोला गाउँपालिका वडा नं १ र २ को आयोजनमा वडा भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विषयमा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले महत्वपुर्ण कार्यक्रम पहिलोपटक आयोजना गरिएकाले यसले शैक्षिक सुधारमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । समग्र शैक्षिक क्षेत्रको गुणस्तर बृद्धि गर्न शिक्षक,अभिभावक,विद्यार्थी तथा जनप्रतिनिधिको राम्रो तालमेल हुनु पर्नेमा जोड दिनु भएको छ ।


कार्यक्रमका विशिष्ट अतिथि तमानखोला गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष झक बहादुर बुढाले जब सम्म विद्यार्थी कसैले नभनी आफै पढ्नु पर्छ भन्ने भावनाको विकास हुदैन तव सम्म विद्यार्थीले राम्रो शिक्षा हासिल गर्न नसक्ने बताउनु भएको छ । बुढाले पालिका भरको शैक्षिक गुणस्तर बृद्धि गर्न पालिका प्रयासरत रहेको प्रतिक्रिया दिनु भएको छ ।


कार्यक्रमका विशिष्ट अतिथि वडा नं २ वडा अध्यक्ष नारायण सुनारले आफ्नो वडा भित्र रहेको विद्यालयको शैक्षिक क्षेत्रलाई विकास गर्न आफुुले कुनै कसर बाकीँ नराख्ने बताउनु भएको छ । सामुदायिक विद्यालयमा नितिनियम पालानाको विषमा चुकेको कारण गुणस्तर कमजोर भएको बताउनु भएको छ । सामुदायिक विद्यालयनै निरविकल्पको रुपमा रहने गरी गुणस्तर बृद्धि गरिने बताउनु भएको छ ।


कार्यक्रममा जनजागृति माध्यमिक विद्यालका प्रधानध्यापक बेद बहादुर बुढाले विद्यालयको सामाजिक लेखा परिक्षणको प्रतिवेदन समेत सार्वजनिक गर्नु भएको थियो ।
मंगला आधारभुत विद्यालयका शिक्षक देव बहादुर वि.क.लगाएत मन्तव्य राख्नुुभएको थियो ।
कार्यक्रमको अवसरमा आफ्नो सुभाव राख्दै शिक्षिका गिता भुषाल खरेलले बोंगादोभानमा रहेको जनजागृति माध्यामिक विद्यालयको भौतिक अवस्था निकै कमजोर रहेको भन्दै यसलाई सुधार गर्नु पर्ने सुझाव राख्नु भएको थियो, अभिभावक वर्षमान विश्वकर्माले शिक्षकले मात्रै शिक्षा दिएर नहुने भन्दै विद्यार्थीले लिने वातावरण अभिभावकले तयार पार्नु पर्ने सुझाव राख्नुभयो । कक्षा १२ मा अध्यनरत विद्यार्थी चन्द्रकुमार र्सिपालीले विद्यालयमा विद्यार्थीलाई प्राविधिक व्यवस्थापनमा कमजोरी रहेको तथा खेलकुदमा कमजोर रहेको भन्दै जानकारी दिनुभएको थियो ।


स्थानिय अभिभावक भिम बहादुर विश्वकर्माले अभिभावकले विद्यार्थीलाई विद्यालय पठाएर मात्र नहुने भन्दै अभिभावक विद्यालयमा वेलावेलामा पुग्नु पर्ने धारण राख्नु भयो । स्थानिय ओम पुनले विद्यालयमा कल सेन्टरको व्यवस्था हुनु पर्ने बताउनु भयो, विद्यालयमा राजनिति गर्न खोज्यो भने शिक्षाको अवस्था कमजोर बन्ने प्रतिक्रिया दिनुभयो ।
त्यस्तै कार्यक्रममा लिल बहादुर बि.क,भुमिराज रसाईली,शिक्षक निम बहादुर घर्ति लगाएतले शैक्षिक क्षेत्रमा आएको समस्यालई कसरी समाधान गर्न सकिन्छ भन्नेमा सुझाव तथा सल्लाह दिनु भएको थियो ।
कार्यक्रमको अवसरमा विद्यालयका विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।


कार्यक्रमा तमानखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष थम बहादुर रोकाको विशिष्त अतिथ्यता रहेको थियो । गाउँपालिका कार्यपालिका सदस्य, वडा सदस्य,विद्यार्थी अभिभावक तथा विभिन्न विद्यालयका शिक्षक तथा समाजसेवी तथा बुद्धिजिवीको उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रम जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धुर्व सेरचनको अध्यक्षता र पत्रकार विनोद विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पालिकाको वडा नं १ र २ मा जम्मा ११ वटा सामुदायिक विद्यालय रहेका छन् ।

ढोरपाटन नगरपालिका द्वारा मेडिकल तथा खाध्यान्ह पसलको अनुगमन

0

बुर्तिबाङ असोज २४
बागलुङको ढोरपाटन नगरपालिकाले चाडपर्व नजिकिय संगै बजार अनुगमनलाई तिव्रता दिन सुरु गरेको छ ।
मगंलबारदेखि बुर्तिबाङ बजारमा रहेका विभिन्न मेडिकल ,खाध्यान्ह पसल, होटल, मासु पसल, फलफुल पसल लगाएतको अनुगमन सुरु गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापाको संयोजगत्वमा मंगलबार र बुधबार गरिएको अनुगमनमा अधिकांस मेडिकल पसल मापडण्ड विपरित सञ्चालनमा रहेकोपालिकाले निश्कर्ष निकालेको छ । पाइएको हो ।


१४ वटा मेडिकल, डेन्टलमा गरिएको अनुगमनमा अधिकांस सम्वन्धित निकायमा दर्ता नभएको, दर्ता र मापडण्ड भन्दा बाहिर गएर सेवा बृद्धि गरेको, वातावणिय प्रभाव मुल्यांकन अनुमती नलिएको लगाएतका मापडण्ड विपरित गतिविधी देखिएको भन्दै आवस्यक सुझाव दिइएको र अनुगमन मुल्यांकन समितीको बैठक वसेर आवस्यक कारवाहीको दायरामा ल्याउने तयारी रहेको स्वास्थ्य शाखा संयोजक केशव थापाले बताउनु भयो ।
टोलीले दर्ता प्रकृयामा मापडण्ड पुरा नगरी दर्ता प्रकृया मापडण्ड भन्दा बढि सेवा दिएको र सम्वन्धित निकायमा दर्ता नभएको भन्दै बुद्ध चित्त आर्युवेदालाई दर्ता प्रकृया पुरा नगर्न सम्मका लागी बन्द गर्न आदेश गर्दे बन्द गरिएको हो । त्यस्तै छितिज पोलि कृल्नीक प्रा।ली लाई समेत औषधि व्यवस्था विभागमा दर्ता हुन सुझाव दिइएको छ । अनुगमनकै क्रममा हिमाली मेडिकल हललाई समेत विभिन्न सुझाव दिइएको छ ।
मेडिकलको नाम राखेर ५ भन्दा बढि सुविधा दिइएको, बातावरणिय परिक्षण मुल्यांकन अनुमती नलिई अव्यवस्थित तवरले मेडिकल सञ्चालन गरिएको भन्दै विरामी राख्ने ठाउँ, एक्सरे कोठा व्यवस्थित गराउन र तत्काल सम्वन्धित निकायमा आवस्यक दर्ता प्रकृयामा जान समेत सुझाव दिइएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।

अनुगमनकै क्रममा स्तुती फार्मेसी तथा खरेल मेडिकल हललाई पालिकामा नविकरण गर्न सुझाव दिइएको छ । अनु मेडिकल हललाई दर्ता विना चस्मा बनाउन र विक्री नगर्न अनुरोध गर्दे आर्युवेदिक औषधि समेत विक्री नगर्न सुझाव दिइएको हो ।
”अधिकांस मेडिकल व्यवसाहीलाई सम्वन्धित निकायमा दर्ता गर्न र मापडण्ड अनुसार चल्न आग्रह गर्दे अर्को पटक पनी यस्तो अवस्था दोहोरीए कडा कार्वाही प्रकृया अगाडी बढाईने प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताउनु भयो ” टोलीले विक्री प्रतिबन्द लगाइएको औषधि विक्री नगर्न, मानशिक औषधिको विक्री तथ्यांक राख्न अनुरोध समेत गरेको छ ।

त्यस्तै बुधबार ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतको सम्योजगत्वमा बुर्तिबाङ बजारकै गल्ला किराना पसल मासु पसल, तरकारी फलफुल पसल, होटल लगाएको अनुगमन गरिएको छ । बजारमा अखाध्य बस्तुको विक्री हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै बजार अनुगमन सुरु गरिएको कायतले बताउनु भयो ।
अनुगमनका क्रममा टोलीले म्याद गुज्रिएको खाध्य पर्दाथ, प्य पदार्थ जफत गर्नुका साथै पुनह यस्तो गल्ति न दोहो¥याउन सुझवा दिइएको हो । अधिकांस व्यवसाहीले स्थानिय तहमा व्यवसाय दर्ता नगरेको, दर्ता गरिएपनी नविकरण नगरेको पाइएको भन्दै आवस्यक सुझाब समेत दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीको भनाई छ ।

“ हामीले अनुगमन बजार क्षेत्र संगै प्रत्यक वडा टोल सम्म पुग्ने गरि गछौँ यसले अखाध्य वस्तुको विक्री नियन्त्रण हुनुका साथै व्यवसाहीलाई सचेत बनाउने र स्थानिय पालिकामा व्यवसाय दर्ता गर्न समेत सचेत गराईने कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ”।
अनुगमनका क्रममा सरसफाईको अवस्था, मुल्य सुचि टांस नभएको, एकै व्यवसाहीले धेरै प्रकारको वस्तु विक्री गरेको जस्ता समस्या देखिएको छ त्यसलाई क्रमश न्युनिकरण गरिने बताउनु भयो । अनुगमनका क्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, ढोरपाटन उद्योग बाणिज्य संघका पदाधिकारी, पत्रकार, प्रहरी, लगाएतको उपश्थिती रहेको थियो ।

निसीखोला गाउँपालिका अध्यक्षलाई ५० हजार रुपैयाँ जरिवानासहित साढे तीन वर्षको जेल सजाय

0

बागलुङ — गाँजा भण्डारण र ओसारपसार गरेको मुद्दामा बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साढे तीन वर्ष जेल सजाय तोकेको छ ।आइतबार न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको इजलासले जिल्लाको फैसला सदर गरेको हो । गत पुसमा जिल्ला अदालतले घर्तीलाई ५० हजार रुपैयाँ जरिवानासहित साढे तीन वर्ष जेल सजाय तोकेको थियो । केही समय फरार भएर उनले ढिला गरी गाउँपरिषद् सम्पन्न गरेका थिए । जिल्लाको फैसलापछि फरार रहेका घर्तीले उच्चमा पुनरावेदन गरेपछि विभिन्न राजनीतिक र गाउँपालिकाको कार्यक्रममा सहभागी बन्दै आएका थिए ।

२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका–६ को वडाध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको टोलीले उनलाई गाँजासहित पक्राउ गरेको थियो । गाँजा भण्डारन गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । पक्राउ परेलगत्तै झन्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए ।

शिक्षक र विद्यार्थीलाई खगोल सम्वन्धी ज्ञान हस्तान्त्रण गर्दे कर्मफलाइट्स र खगोलिय समाज

0

बागलुङ असोज २२ गते
कर्मफलाईट्स फाउन्डेशन र पोखरा खगोलिय समाजको सहकार्यमा विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक र विद्यार्थीका निम्ती विज्ञान प्रविधि संगै खगोल शास्त्र सम्वन्धी ज्ञान हस्तान्त्रण गर्नुका साथै टेलिस्कोट सामाग्रि हस्तान्त्रण गरिएको छ ।

ग्रामिण दुर दराजमा प्रविधिको पहुँच बाहिर रहेर अध्ययन गर्दे आइरहेका विद्यार्थीलाई विज्ञान प्रविधि र खगोलियन ज्ञानको विषयमा जानकारि दिने उदेश्य सहित थालिएको अभियान गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न १३ वटा विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकलाई राखेर विज्ञान प्रविधि संगै खगोल सम्वन्धी ज्ञान दिँदै विद्यालयमै रहने गरि टेलिस्कोप हस्तान्त्रण गरिएको खगोलिय समाज पोखराका अध्यक्ष निशान लामिछानेले बताउनु भयो ।

टोलीले आइतबार गण्डकी प्रदेशको निसीखोला गाउँपालिका २ अर्नाकोटमा रहेको अर्नाकोट माध्यमिक विद्यालयमा पुगेर त्यस आसपासमा रहेका अर्नाकोट माध्यमिक खल्बाङ, भुजिमहाविर आधारभुत विद्यालय चौरका विद्यार्थी र विज्ञान विषय पढाउँदै आएका शिक्षकका निम्ती कक्षा सञ्चालन गर्दे टेलिस्कोपको माध्यबाट विभिन्न ग्रह हेर्न मिल्ने गरि सिकाई हस्तान्त्रण गरिएको हो । कितावि ज्ञान मात्र हासिल गर्दे आइरहेका दुर दराजका विद्यार्थीका निम्ती विज्ञान र प्रविधिका क्षेत्रमा प्रयोगात्मक विधीसहित थप ज्ञान हासिल गर्न पाउँदा विद्यार्थीलाई निकै प्रभावकारी भएको अर्नाकोट माध्यमिक विद्यालय देउरालीका प्रध्यानाध्यापक इश्वर सिर्पालीले बताउनु भयो ।

टेलिस्कोपबाट आकाशमा चन्द्रमा हेर्ने प्रर्यास गर्दे शिक्षकहरु
रोयल एस्ट्रोनोमिकल सोसाईटी लण्डनको आर्थिक सहयोगमा रहेको कार्यक्रम गण्डकी प्रदेशकै पोखरामा रहेको एक विद्यालय, निसीखोला २ मा रहेको अर्नाको माध्यमिक विद्यालय कर्णाली प्रदेशको हुम्लामा रहेका विभिन्न विद्यालय, लुम्विनी प्रदेशको पुर्वि रुकुमका विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको कर्मफलाइट्स फाउन्डेशन पोखराका कार्यक्रम निर्दशक प्रेम बहादुर कुवंरले बताउनु भयो ।

बृहस्पती युवा क्लबद्धारा तिज विशेष कार्यक्रमको आय–व्याय सार्वजनिक

0

बुर्तिबाङ असोज २० गते
निसीखोला गाउँपालिका वडा नं. ४ मा रहेको बृहस्पती युवा क्लबले तिज पर्वको अवसरमा आयोजित विभिन्न खेलकुद तथा सांस्कृर्तिक कार्यक्रममा भएको आम्दानी तथा खर्चको बिवरण शनिबार सार्वजनिक सुनुवाई गर्दे सार्वजनिक गरिएको छ ।

क्लबले प्रत्यक बर्ष मनाउँदै आएको तिज विशेष मेला अन्र्तगत १० औँ बार्षिक उत्सवका साथ विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेसंगै स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, स्थानीय बासी लगाएतको उपश्थितीमा आम्दानी खर्चको विवरण सार्वजनिक गर्दे नागरिकबाट आगामी दिनमा क्लबलाई कसरी अगाडी बढाउने भन्ने विषयमा राय संकलन गर्दे क्लबले गर्ने आगामी कार्ययोजनाको विषयमा जानकारी गराईएको हो ।
क्लबका अध्यक्ष मन बहादुर आर्चायको अध्यक्षतामा आयोजित कार्यक्रममा सँस्थाका सचिव भुवन खत्रीले आय –व्याय विवरण प्रस्तुत गर्दे क्लबले सञ्चालन गरेको मेलामा करिब ७ लाख रुपैयां बराबरको आम्दानी पाँच लाख ६३ हजार रुपैयाँ बराबरको खर्च भएको बिवरण प्रस्तुत गर्नुभएको हो ।
विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम सञ्चालन गर्दे गर्दा ५ लाख ६३ हजार रुपैयाँ खर्च भएको र कार्यक्रममा मुख्य प्रायोजक निसीखोला गाउँपालिकाबाट अनुदान अनुमानित दुई लाख, वडा नं. ४ बाट अनुमानित १ लाख, उठ्न बाँकी चन्दा १ लाख ४६ हजार ५ सय, रसिद तथा सौजन्यबाट सँकलन भएको रकम १ लाख ५८ हजार २ सय क्लबका रहेको पुरानो संचित रकम १ लाख ४ हजार ६ सय २२ रुपैयाँ गरि अनुमानीत ७ लाख रुपैयाँ बराबरको आम्दानी अनुमान सहित विवरण प्रस्तुत गर्नुभएको हो । क्लबले पालिका, वडा कार्यालय र विभिन्न दाताबाट उठ्न बाँकी रकम उठन बाँकी रहेको अवस्थामा विभिन्न व्याक्तिबाट सापटी लिएर कार्यक्रम सम्पन्न गरिएको समेत सचिव खत्रीले बताउनु भएको हो ।

क्लबले तिज पर्वको अवसरमा निसीखोला गाउँपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता ,खुल्ला तिजगित नृत्य, बृहस्पती आईडल नृत्य, पुरुष महिला छेलो, वडा स्तरिय पुरुष रस्सा कस्सा, जेष्ठ नागरिक सम्मान लगाएतका कार्यक्रम र प्रतियोगिता सञ्चालन गरेको थियो ।
कार्यक्रमका अवसरमा क्लबका अध्यक्ष मन बहादुर आर्चायले बोल्दै क्लबले तिज पर्वको अवसरमा विभिन्न साँगितिक तथा खेलकुदका कार्यक्रम सौहार्दपूर्ण रुपमा सम्पन्न गरेको बताउँदै आगामी दिनमा समाज रुपान्तरण मुलक, खेलकुद, कला संस्कृर्तिको संरक्षण सँगै युवा स्वरोजगार मुलक कार्यक्रममा जोड दिएर अगाडी बढिने बताउनु भयो ।

अतिथीको रुपमा रहनुभएका निसीखोला गाउँपालिका कार्यपालिका सदस्य जीवन कुमारी सुनारले बोल्दै क्लबले मेला पर्वमा हुँदै आएको जुवा तास, झै–झगडा नियन्त्रण गर्न सफल भएको र आफुले गरेका कामको जनताको विचमा सार्वजनिक सुनुवाई मार्फत जानकारी गराएर आर्थिक पारदर्सिता तुल्याएको बताउँदै हरेक सार्वजनिक क्षेत्रमा काम गर्ने क्लब सँघ सँस्थाले आफुले गरेका कामको विषयमा नागरिकलाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।

क्लबका संस्थापक सचिव तथा जन जिवराज शुसिला माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यमकान्त पौडेलले बोल्दै क्लबले खेलकुद, कला संस्कृर्ति संगै समाज रुपान्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै विगतका बर्षमा जुवा तास, भै झगडा अत्याधिक हुँदै आएकोमा यसबर्ष मर्यादित रुपमा मेला सम्पन्न गर्न सफल भएकोमा आयोजकलाई धन्यबाद दिँदै आगामी दिनमा समाज रुपान्त्रण मुलक कार्यक्रममा क्लबले काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमा क्लबका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका सदस्य अर्जुन नेपालीको स्वागत थान बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटन नगरपालिकामा कर्मचारीद्वारा पेन डाउन गरेर अनिश्चित कालिन आन्दोलन

0

बुर्तिबाङ असोज १९ गते
स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिद्वारा जारी दवाबमूलक कार्यक्रममा ऐक्यवद्धता जनाउदैं बागलुङको ढोरपाटन नगरपालिकाका कर्मचारीहरुले कार्यालयका अत्यावश्यकका सेवा बाहेक अन्य सेवाहरु शुक्रबार देखी अनिश्चितकालिन ‘पेन डाउन’ गरेर विरोध जनाएका छन । ढोरपाटन नगरपालिकामा आवद्ध कर्मचारीद्धारा प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि अनिश्चित कालिन आन्दोलन सुरु भएको कर्मचारी दिपक श्रीपालीले बताउनु भयो ।
स्थानीय तह कर्मचारीहरुले नेपाल सरकार मन्त्रीपरिषदको गत भदौ २१ गतेको वैठकबाट संघिय निजामती सेवा विद्येयक २०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको र उक्त विद्येयकमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयमा अस्पष्टता भएको बताउदै आईरहेका छन् ।

उक्त निर्णयको बिरोधमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा विषयलाई समावेश गरि यथाशीग्र निजामती ऐन जारी गर्न “प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान अधिकार” भन्ने नाराका साथ विभिन्न दवाब मूलक कार्यक्रम गर्दै आई रहेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितीका संयोजक दिपक गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा आजदेखि लागु हुनेगरि आफुहरुका माग पुरा नहुन्जेलसम्म पेन डाउन गरेर
अत्यावस्यक बाहेकका सेवा सुविधा बन्द गरेर आन्दोलनमा एकयबद्धता जनाउन अपिल गरिएको छ ।