बुर्तिबाङ असोज २४
बागलुङको ढोरपाटन नगरपालिकाले चाडपर्व नजिकिय संगै बजार अनुगमनलाई तिव्रता दिन सुरु गरेको छ ।
मगंलबारदेखि बुर्तिबाङ बजारमा रहेका विभिन्न मेडिकल ,खाध्यान्ह पसल, होटल, मासु पसल, फलफुल पसल लगाएतको अनुगमन सुरु गरिएको हो ।
नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापाको संयोजगत्वमा मंगलबार र बुधबार गरिएको अनुगमनमा अधिकांस मेडिकल पसल मापडण्ड विपरित सञ्चालनमा रहेकोपालिकाले निश्कर्ष निकालेको छ । पाइएको हो ।
१४ वटा मेडिकल, डेन्टलमा गरिएको अनुगमनमा अधिकांस सम्वन्धित निकायमा दर्ता नभएको, दर्ता र मापडण्ड भन्दा बाहिर गएर सेवा बृद्धि गरेको, वातावणिय प्रभाव मुल्यांकन अनुमती नलिएको लगाएतका मापडण्ड विपरित गतिविधी देखिएको भन्दै आवस्यक सुझाव दिइएको र अनुगमन मुल्यांकन समितीको बैठक वसेर आवस्यक कारवाहीको दायरामा ल्याउने तयारी रहेको स्वास्थ्य शाखा संयोजक केशव थापाले बताउनु भयो ।
टोलीले दर्ता प्रकृयामा मापडण्ड पुरा नगरी दर्ता प्रकृया मापडण्ड भन्दा बढि सेवा दिएको र सम्वन्धित निकायमा दर्ता नभएको भन्दै बुद्ध चित्त आर्युवेदालाई दर्ता प्रकृया पुरा नगर्न सम्मका लागी बन्द गर्न आदेश गर्दे बन्द गरिएको हो । त्यस्तै छितिज पोलि कृल्नीक प्रा।ली लाई समेत औषधि व्यवस्था विभागमा दर्ता हुन सुझाव दिइएको छ । अनुगमनकै क्रममा हिमाली मेडिकल हललाई समेत विभिन्न सुझाव दिइएको छ ।
मेडिकलको नाम राखेर ५ भन्दा बढि सुविधा दिइएको, बातावरणिय परिक्षण मुल्यांकन अनुमती नलिई अव्यवस्थित तवरले मेडिकल सञ्चालन गरिएको भन्दै विरामी राख्ने ठाउँ, एक्सरे कोठा व्यवस्थित गराउन र तत्काल सम्वन्धित निकायमा आवस्यक दर्ता प्रकृयामा जान समेत सुझाव दिइएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।
अनुगमनकै क्रममा स्तुती फार्मेसी तथा खरेल मेडिकल हललाई पालिकामा नविकरण गर्न सुझाव दिइएको छ । अनु मेडिकल हललाई दर्ता विना चस्मा बनाउन र विक्री नगर्न अनुरोध गर्दे आर्युवेदिक औषधि समेत विक्री नगर्न सुझाव दिइएको हो ।
”अधिकांस मेडिकल व्यवसाहीलाई सम्वन्धित निकायमा दर्ता गर्न र मापडण्ड अनुसार चल्न आग्रह गर्दे अर्को पटक पनी यस्तो अवस्था दोहोरीए कडा कार्वाही प्रकृया अगाडी बढाईने प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताउनु भयो ” टोलीले विक्री प्रतिबन्द लगाइएको औषधि विक्री नगर्न, मानशिक औषधिको विक्री तथ्यांक राख्न अनुरोध समेत गरेको छ ।
त्यस्तै बुधबार ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतको सम्योजगत्वमा बुर्तिबाङ बजारकै गल्ला किराना पसल मासु पसल, तरकारी फलफुल पसल, होटल लगाएको अनुगमन गरिएको छ । बजारमा अखाध्य बस्तुको विक्री हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै बजार अनुगमन सुरु गरिएको कायतले बताउनु भयो ।
अनुगमनका क्रममा टोलीले म्याद गुज्रिएको खाध्य पर्दाथ, प्य पदार्थ जफत गर्नुका साथै पुनह यस्तो गल्ति न दोहो¥याउन सुझवा दिइएको हो । अधिकांस व्यवसाहीले स्थानिय तहमा व्यवसाय दर्ता नगरेको, दर्ता गरिएपनी नविकरण नगरेको पाइएको भन्दै आवस्यक सुझाब समेत दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीको भनाई छ ।
“ हामीले अनुगमन बजार क्षेत्र संगै प्रत्यक वडा टोल सम्म पुग्ने गरि गछौँ यसले अखाध्य वस्तुको विक्री नियन्त्रण हुनुका साथै व्यवसाहीलाई सचेत बनाउने र स्थानिय पालिकामा व्यवसाय दर्ता गर्न समेत सचेत गराईने कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ”।
अनुगमनका क्रममा सरसफाईको अवस्था, मुल्य सुचि टांस नभएको, एकै व्यवसाहीले धेरै प्रकारको वस्तु विक्री गरेको जस्ता समस्या देखिएको छ त्यसलाई क्रमश न्युनिकरण गरिने बताउनु भयो । अनुगमनका क्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, ढोरपाटन उद्योग बाणिज्य संघका पदाधिकारी, पत्रकार, प्रहरी, लगाएतको उपश्थिती रहेको थियो ।