
बुर्तिवाङ, २५,असोज
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा अभिभावकको कमजोरी रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
बुधबार तमानखोलाको बोँगादोभानमा आयोजना गरिएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा छलफल,बहस,तथा अन्तरक्रिया कार्यक्रममा समय लिएर बोल्ने बक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक सुर्धिनु पर्नेमा जोड दिएकाछन् । अभिभावकले विद्यार्थीलाई विद्यालयमा पढ्न पठाउने तर विद्यालयको अवस्था तथा विद्यार्थीको अवस्था प्रतिको ज्ञानलिन विद्यालयमा नपुग्ने गरेकाले पनि गुणस्तरमा कमजोरी भएको बताएका छन् ।
तमानखोला गाउँपालिका वडा नं १ र २ को आयोजनमा वडा भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विषयमा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले महत्वपुर्ण कार्यक्रम पहिलोपटक आयोजना गरिएकाले यसले शैक्षिक सुधारमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । समग्र शैक्षिक क्षेत्रको गुणस्तर बृद्धि गर्न शिक्षक,अभिभावक,विद्यार्थी तथा जनप्रतिनिधिको राम्रो तालमेल हुनु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि तमानखोला गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष झक बहादुर बुढाले जब सम्म विद्यार्थी कसैले नभनी आफै पढ्नु पर्छ भन्ने भावनाको विकास हुदैन तव सम्म विद्यार्थीले राम्रो शिक्षा हासिल गर्न नसक्ने बताउनु भएको छ । बुढाले पालिका भरको शैक्षिक गुणस्तर बृद्धि गर्न पालिका प्रयासरत रहेको प्रतिक्रिया दिनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नं २ वडा अध्यक्ष नारायण सुनारले आफ्नो वडा भित्र रहेको विद्यालयको शैक्षिक क्षेत्रलाई विकास गर्न आफुुले कुनै कसर बाकीँ नराख्ने बताउनु भएको छ । सामुदायिक विद्यालयमा नितिनियम पालानाको विषमा चुकेको कारण गुणस्तर कमजोर भएको बताउनु भएको छ । सामुदायिक विद्यालयनै निरविकल्पको रुपमा रहने गरी गुणस्तर बृद्धि गरिने बताउनु भएको छ ।
कार्यक्रममा जनजागृति माध्यमिक विद्यालका प्रधानध्यापक बेद बहादुर बुढाले विद्यालयको सामाजिक लेखा परिक्षणको प्रतिवेदन समेत सार्वजनिक गर्नु भएको थियो ।
मंगला आधारभुत विद्यालयका शिक्षक देव बहादुर वि.क.लगाएत मन्तव्य राख्नुुभएको थियो ।
कार्यक्रमको अवसरमा आफ्नो सुभाव राख्दै शिक्षिका गिता भुषाल खरेलले बोंगादोभानमा रहेको जनजागृति माध्यामिक विद्यालयको भौतिक अवस्था निकै कमजोर रहेको भन्दै यसलाई सुधार गर्नु पर्ने सुझाव राख्नु भएको थियो, अभिभावक वर्षमान विश्वकर्माले शिक्षकले मात्रै शिक्षा दिएर नहुने भन्दै विद्यार्थीले लिने वातावरण अभिभावकले तयार पार्नु पर्ने सुझाव राख्नुभयो । कक्षा १२ मा अध्यनरत विद्यार्थी चन्द्रकुमार र्सिपालीले विद्यालयमा विद्यार्थीलाई प्राविधिक व्यवस्थापनमा कमजोरी रहेको तथा खेलकुदमा कमजोर रहेको भन्दै जानकारी दिनुभएको थियो ।
स्थानिय अभिभावक भिम बहादुर विश्वकर्माले अभिभावकले विद्यार्थीलाई विद्यालय पठाएर मात्र नहुने भन्दै अभिभावक विद्यालयमा वेलावेलामा पुग्नु पर्ने धारण राख्नु भयो । स्थानिय ओम पुनले विद्यालयमा कल सेन्टरको व्यवस्था हुनु पर्ने बताउनु भयो, विद्यालयमा राजनिति गर्न खोज्यो भने शिक्षाको अवस्था कमजोर बन्ने प्रतिक्रिया दिनुभयो ।
त्यस्तै कार्यक्रममा लिल बहादुर बि.क,भुमिराज रसाईली,शिक्षक निम बहादुर घर्ति लगाएतले शैक्षिक क्षेत्रमा आएको समस्यालई कसरी समाधान गर्न सकिन्छ भन्नेमा सुझाव तथा सल्लाह दिनु भएको थियो ।
कार्यक्रमको अवसरमा विद्यालयका विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमा तमानखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष थम बहादुर रोकाको विशिष्त अतिथ्यता रहेको थियो । गाउँपालिका कार्यपालिका सदस्य, वडा सदस्य,विद्यार्थी अभिभावक तथा विभिन्न विद्यालयका शिक्षक तथा समाजसेवी तथा बुद्धिजिवीको उपस्थिति रहेको थियो ।
आयोजित कार्यक्रम जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धुर्व सेरचनको अध्यक्षता र पत्रकार विनोद विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पालिकाको वडा नं १ र २ मा जम्मा ११ वटा सामुदायिक विद्यालय रहेका छन् ।