बृहस्पती युवा क्लबद्धारा तिज विशेष कार्यक्रमको आय–व्याय सार्वजनिक

बुर्तिबाङ असोज २० गते
निसीखोला गाउँपालिका वडा नं. ४ मा रहेको बृहस्पती युवा क्लबले तिज पर्वको अवसरमा आयोजित विभिन्न खेलकुद तथा सांस्कृर्तिक कार्यक्रममा भएको आम्दानी तथा खर्चको बिवरण शनिबार सार्वजनिक सुनुवाई गर्दे सार्वजनिक गरिएको छ ।

क्लबले प्रत्यक बर्ष मनाउँदै आएको तिज विशेष मेला अन्र्तगत १० औँ बार्षिक उत्सवका साथ विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेसंगै स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, स्थानीय बासी लगाएतको उपश्थितीमा आम्दानी खर्चको विवरण सार्वजनिक गर्दे नागरिकबाट आगामी दिनमा क्लबलाई कसरी अगाडी बढाउने भन्ने विषयमा राय संकलन गर्दे क्लबले गर्ने आगामी कार्ययोजनाको विषयमा जानकारी गराईएको हो ।
क्लबका अध्यक्ष मन बहादुर आर्चायको अध्यक्षतामा आयोजित कार्यक्रममा सँस्थाका सचिव भुवन खत्रीले आय –व्याय विवरण प्रस्तुत गर्दे क्लबले सञ्चालन गरेको मेलामा करिब ७ लाख रुपैयां बराबरको आम्दानी पाँच लाख ६३ हजार रुपैयाँ बराबरको खर्च भएको बिवरण प्रस्तुत गर्नुभएको हो ।
विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम सञ्चालन गर्दे गर्दा ५ लाख ६३ हजार रुपैयाँ खर्च भएको र कार्यक्रममा मुख्य प्रायोजक निसीखोला गाउँपालिकाबाट अनुदान अनुमानित दुई लाख, वडा नं. ४ बाट अनुमानित १ लाख, उठ्न बाँकी चन्दा १ लाख ४६ हजार ५ सय, रसिद तथा सौजन्यबाट सँकलन भएको रकम १ लाख ५८ हजार २ सय क्लबका रहेको पुरानो संचित रकम १ लाख ४ हजार ६ सय २२ रुपैयाँ गरि अनुमानीत ७ लाख रुपैयाँ बराबरको आम्दानी अनुमान सहित विवरण प्रस्तुत गर्नुभएको हो । क्लबले पालिका, वडा कार्यालय र विभिन्न दाताबाट उठ्न बाँकी रकम उठन बाँकी रहेको अवस्थामा विभिन्न व्याक्तिबाट सापटी लिएर कार्यक्रम सम्पन्न गरिएको समेत सचिव खत्रीले बताउनु भएको हो ।

क्लबले तिज पर्वको अवसरमा निसीखोला गाउँपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता ,खुल्ला तिजगित नृत्य, बृहस्पती आईडल नृत्य, पुरुष महिला छेलो, वडा स्तरिय पुरुष रस्सा कस्सा, जेष्ठ नागरिक सम्मान लगाएतका कार्यक्रम र प्रतियोगिता सञ्चालन गरेको थियो ।
कार्यक्रमका अवसरमा क्लबका अध्यक्ष मन बहादुर आर्चायले बोल्दै क्लबले तिज पर्वको अवसरमा विभिन्न साँगितिक तथा खेलकुदका कार्यक्रम सौहार्दपूर्ण रुपमा सम्पन्न गरेको बताउँदै आगामी दिनमा समाज रुपान्तरण मुलक, खेलकुद, कला संस्कृर्तिको संरक्षण सँगै युवा स्वरोजगार मुलक कार्यक्रममा जोड दिएर अगाडी बढिने बताउनु भयो ।

अतिथीको रुपमा रहनुभएका निसीखोला गाउँपालिका कार्यपालिका सदस्य जीवन कुमारी सुनारले बोल्दै क्लबले मेला पर्वमा हुँदै आएको जुवा तास, झै–झगडा नियन्त्रण गर्न सफल भएको र आफुले गरेका कामको जनताको विचमा सार्वजनिक सुनुवाई मार्फत जानकारी गराएर आर्थिक पारदर्सिता तुल्याएको बताउँदै हरेक सार्वजनिक क्षेत्रमा काम गर्ने क्लब सँघ सँस्थाले आफुले गरेका कामको विषयमा नागरिकलाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।

क्लबका संस्थापक सचिव तथा जन जिवराज शुसिला माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यमकान्त पौडेलले बोल्दै क्लबले खेलकुद, कला संस्कृर्ति संगै समाज रुपान्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै विगतका बर्षमा जुवा तास, भै झगडा अत्याधिक हुँदै आएकोमा यसबर्ष मर्यादित रुपमा मेला सम्पन्न गर्न सफल भएकोमा आयोजकलाई धन्यबाद दिँदै आगामी दिनमा समाज रुपान्त्रण मुलक कार्यक्रममा क्लबले काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमा क्लबका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका सदस्य अर्जुन नेपालीको स्वागत थान बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित