spot_img

नागरिकको शान्ती सुरक्षा र चाडपर्व लक्षित अभियानमा बागलुङ पश्चिममा प्रहरी सक्रियता

बुर्तिबाङ असोज २९
इलाका प्रहरी कार्यालय बुर्तिबाङ तथा मातहतमा रहेका प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा सचेतनामुलक कार्यक्रम संगै नागरिकलाई विभिन्न विषयमा सचेतना तथा सरसफाईका कार्यक्रमलाई प्राथमिकता दिइएको पाइएको छ ।


चाडपर्व नजिकिँदै गर्दा नागरिकको शान्ती सुरक्षामा थप सर्तकता अपनाउन नागरिकका विचमा पुगेर सचेतना मुलक कार्यक्रम, बैँक तथा वित्तिय संस्थामा सुरक्षा सचेतना तथा बैँकका गार्डलाई थप सर्तकता अपनाउन अपिल गर्ने गरिएको हो ।
विगत केहि समयदेखि लघु सचेतना कार्यक्रम गरिरहेको प्रहरीले नागरिकलाई टोल, वस्ति, सडक लगाएतका क्षेत्रमा भेटेर उनिहरुलाई महिला हिँसा न्युनिकरण, आत्महत्या न्युनिकरण,लागु औषध तथा दुब्र्यशनी विरुद्धको अभियान लगाएतमा थप सचेत बनाउँदै सचेतना गर्ने गरिएको हो ।


गाउँ बस्तिमै पुगेर टोल गस्ति समेत सुरु गरेको प्रहरीले शान्ती सुरक्षाका विषयमा स्थानीय नागरिकका समस्या सुन्ने र उनिहरुलाई समेत थप सचेत बनाउने गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले बताउनु भयो ।
विभिन्न क्षेत्रबाट बुर्तिबाङ भित्रिने सवारीका साधन र यात्रुलाई लक्षित गर्दे बुर्तिबाङ बसपार्कमा यात्रु सहायता कक्ष र यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरीले ट्राफिक सचेतना कार्यक्रम, सवारीको चेकजाँच संगै चालकलाई थप सचेतना मुलक कार्यक्रम सिकाउने अभियान समेत गर्दे आएको पाइएको छ ।


आफुहरुले नागरिक संग प्रहरी अभियान अन्र्तगत समुदाय साझेदारी कार्यक्रम, ढोरपाटन २ का अल्पसँख्यक समुदाय संग सचेतना मुलक कार्यक्रम, इलाका प्रह्री कार्यालय बुर्तिबाङको हिरासतमा पुस्तकालयको व्यवस्थापन, मठ मन्दिरको सरसफाई, प्रहरी संगको छलफल, स्वास्थ्य संस्था र होटल व्यवसाहीसंग अन्र्तक्रिया कार्यक्रम लगाएतका गतिविधी गरिँदै आएको बताउँदै नागरिकको शान्ती सुरक्षाका निम्ती चाडपर्व लक्षित तयारीलाई विशेष रुपमा अगाडी बढाइएको र चाडपर्वको समयमा बढि मात्रामा चोरी, डकैटी ,झै –झगडा , जुवातास जस्ता गैहृ कानुनी गतिविधी हुने भएका कारण नागरिक समेत थप सचेत हुन प्रहरी निरीक्षक राजकुमार वि.क.ले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित