
बागलुङ असोज २२ गते
कर्मफलाईट्स फाउन्डेशन र पोखरा खगोलिय समाजको सहकार्यमा विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक र विद्यार्थीका निम्ती विज्ञान प्रविधि संगै खगोल शास्त्र सम्वन्धी ज्ञान हस्तान्त्रण गर्नुका साथै टेलिस्कोट सामाग्रि हस्तान्त्रण गरिएको छ ।
ग्रामिण दुर दराजमा प्रविधिको पहुँच बाहिर रहेर अध्ययन गर्दे आइरहेका विद्यार्थीलाई विज्ञान प्रविधि र खगोलियन ज्ञानको विषयमा जानकारि दिने उदेश्य सहित थालिएको अभियान गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न १३ वटा विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकलाई राखेर विज्ञान प्रविधि संगै खगोल सम्वन्धी ज्ञान दिँदै विद्यालयमै रहने गरि टेलिस्कोप हस्तान्त्रण गरिएको खगोलिय समाज पोखराका अध्यक्ष निशान लामिछानेले बताउनु भयो ।
टोलीले आइतबार गण्डकी प्रदेशको निसीखोला गाउँपालिका २ अर्नाकोटमा रहेको अर्नाकोट माध्यमिक विद्यालयमा पुगेर त्यस आसपासमा रहेका अर्नाकोट माध्यमिक खल्बाङ, भुजिमहाविर आधारभुत विद्यालय चौरका विद्यार्थी र विज्ञान विषय पढाउँदै आएका शिक्षकका निम्ती कक्षा सञ्चालन गर्दे टेलिस्कोपको माध्यबाट विभिन्न ग्रह हेर्न मिल्ने गरि सिकाई हस्तान्त्रण गरिएको हो । कितावि ज्ञान मात्र हासिल गर्दे आइरहेका दुर दराजका विद्यार्थीका निम्ती विज्ञान र प्रविधिका क्षेत्रमा प्रयोगात्मक विधीसहित थप ज्ञान हासिल गर्न पाउँदा विद्यार्थीलाई निकै प्रभावकारी भएको अर्नाकोट माध्यमिक विद्यालय देउरालीका प्रध्यानाध्यापक इश्वर सिर्पालीले बताउनु भयो ।
टेलिस्कोपबाट आकाशमा चन्द्रमा हेर्ने प्रर्यास गर्दे शिक्षकहरु
रोयल एस्ट्रोनोमिकल सोसाईटी लण्डनको आर्थिक सहयोगमा रहेको कार्यक्रम गण्डकी प्रदेशकै पोखरामा रहेको एक विद्यालय, निसीखोला २ मा रहेको अर्नाको माध्यमिक विद्यालय कर्णाली प्रदेशको हुम्लामा रहेका विभिन्न विद्यालय, लुम्विनी प्रदेशको पुर्वि रुकुमका विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको कर्मफलाइट्स फाउन्डेशन पोखराका कार्यक्रम निर्दशक प्रेम बहादुर कुवंरले बताउनु भयो ।