spot_img

ढोरपाटन नगरपालिकामा कर्मचारीद्वारा पेन डाउन गरेर अनिश्चित कालिन आन्दोलन

बुर्तिबाङ असोज १९ गते
स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिद्वारा जारी दवाबमूलक कार्यक्रममा ऐक्यवद्धता जनाउदैं बागलुङको ढोरपाटन नगरपालिकाका कर्मचारीहरुले कार्यालयका अत्यावश्यकका सेवा बाहेक अन्य सेवाहरु शुक्रबार देखी अनिश्चितकालिन ‘पेन डाउन’ गरेर विरोध जनाएका छन । ढोरपाटन नगरपालिकामा आवद्ध कर्मचारीद्धारा प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि अनिश्चित कालिन आन्दोलन सुरु भएको कर्मचारी दिपक श्रीपालीले बताउनु भयो ।
स्थानीय तह कर्मचारीहरुले नेपाल सरकार मन्त्रीपरिषदको गत भदौ २१ गतेको वैठकबाट संघिय निजामती सेवा विद्येयक २०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको र उक्त विद्येयकमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयमा अस्पष्टता भएको बताउदै आईरहेका छन् ।

उक्त निर्णयको बिरोधमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा विषयलाई समावेश गरि यथाशीग्र निजामती ऐन जारी गर्न “प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान अधिकार” भन्ने नाराका साथ विभिन्न दवाब मूलक कार्यक्रम गर्दै आई रहेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितीका संयोजक दिपक गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा आजदेखि लागु हुनेगरि आफुहरुका माग पुरा नहुन्जेलसम्म पेन डाउन गरेर
अत्यावस्यक बाहेकका सेवा सुविधा बन्द गरेर आन्दोलनमा एकयबद्धता जनाउन अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित