Home Blog Page 114

प्रचार प्रसारले प्रर्यटकिय क्षेत्र ढोरपाटनमा पर्यटकको सँख्या बद्दो क्रममा

0

बागलुङ कात्तिक १३ गते
बागलुङ प्रर्यटकिय स्थल ढोरपाटन घुम्ने आन्तरिक प्रर्यटकको आवागमन पछिल्लो समय ह्वात्तै बृद्धि भएको छ । सामाजिक सञ्जाल मार्फत ढोरपाटनको प्रचार प्रसार बढि हुन थालेपछि देशका विभिन्न स्थानबाट ढोरपाटन घुम्न आउनेको सँख्यामा बृद्धि भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
बागलुङ सदरमुकाम देखि १२५ किलोमिटर टाढा रहेको ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको सिमानामा पर्दछ । एक मात्र सिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा बर्षको दुई सिजनमा विदेशी सिकारीद्धारा सिकार खेल्ने गर्दछन भने यहाँ काठमान्डौ, पोखरा, बुटवल लगाएत देशका अधिकांस स्थानबाट आन्तरिक प्रर्यटक आउने गरेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । गत बर्ष करिब ७ हजार प्रर्यटक ढोरपाटन आएकोमा यसबर्ष दोब्बर बृद्धि हुने अनुमान रहेको ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
ढोरपाटन प्रचुर प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र छ यसलाई प्रर्यटन संग जोड्नका निम्ती नगरपालिकाले समेत विभिन्न विकास निर्माणका काम गरिहेको बताउँदै यहाँ आउने प्रर्यटकबाट नै ढोरपाटनको समृद्धि हुने बताउनु भयो ।
दशैँ सकिय लगत्तै हजारौँ पर्यटक ढोरपाटन घुम्न आएका छन । काठमान्डौ देखि ४० वटा बुलेट राईडको टोली ढोरपाटन आएर तिन दिने भ्रमण सकेर फर्किएको छ ।
दशैँ बिदाको सदुपयोग गर्दे आन्तिरक पर्यटक प्रर्बद्धन गर्ने गरी बुलेट बाइकहरु समावेश गरी ६ दिने राईट सञ्चालन गरिएको आयोजक बुलेट सर्भिस सेन्टर , बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले बताउनु भयो ।
ढोरपाटन आफैमा एक प्रर्यटकिय सुन्दरताले भरिपूर्ण ठाउँ रहेछ यसको प्रचार प्रसार गर्नुपर्ने र सडकलाई व्यवस्थापन गर्न सुकेन देशकै महत्पवूर्ण प्रर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने बताउनु भयो ।
ढोरपाटन नगरपालिकाले विभिन्न क्षेत्रबाट आउने गरेका प्रर्यटकलाई सम्मन समेत गर्ने गरेको हो । त्यस्तै गत असोज महिनामा नेपाल उद्योग बाणिज्य संघ केन्द्रिय समितीको सक्रियतामा ढोरपाटनमा बृहत बैठक समेत भएको थियो । ढोरपाटनको विकास र समृद्धि संगै त्यहां सुविधा सम्पन्न होटल व्यवस्थापन गर्ने, प्रर्यटकिय स्थलको प्रचार प्रसारमा सहयोग गर्ने, अध्ययन अवलोकन संगै सम्भाब्यता अध्यन गर्ने गरि उद्योण बाणिज्य संघ ढोरपाटनले काम गरिरहेको महासचिव ज्ञान प्रसाद कंडेलले बताउनु भयो ।
बुर्तिबाङ बजार देखी ३५ किलोमिटर दक्षिणमा रहेको ढोरपाटन सडक खण्ड कच्चि रहेको छ । सालझण्डी ढोरपाटन खण्ड अन्र्तगत पर्ने सडक निर्माण कम्पनीले समयमा सडक निर्माणको काम नगरेकै कारण अधिकांस प्रर्यटकलाई ढोरपाटन पुग्न सडक समस्याले सास्ति हुने गरेको प्रर्यटकको गुनासो छ ।
ढोरपाटन पुगेपछि ढोरपाटन सिकार आरक्ष क्षेत्रको जानकारी लिन पाउनुका साथै ढोरपाटन उपत्यका सहित माथिल्लो क्षेत्र जलजला, बुकि क्षेत्र, सुर्तिबाङ, निशेलढोर, मश लगाएतका क्ष्ोत्रमा घुम्न सकिन्छ पर्यटकलाई ढोरपाटन नगरपालिका र उद्योग बाणिज्य संघ बुर्तिबाङले भब्य स्वागत तथा फुलमाला सहित सम्मान गरिएको हो ।

कृषि र प्रर्यटनबाट मात्रै ढोरपाटनको समृद्धि सम्भव छ का.वा मेयर कायत

0

कात्तिक १२ गते
बुर्तिबाङ राईजिङ युवा क्लबको आयोजनामा आयोजित कोजाग्रत पूर्णिमा मेला आइतबारदेखि विधिवत रुपमा बुर्तिबाङ बसपार्कमा सुचारु भएको छ ।
आइतबार पहिलो दिनको कार्यक्रमलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले उद्धघाटन गर्नुभएको छ । प्रमुख अतिथी कायतले बोल्दै ढोरपाटन क्षेत्रको विकास प्रर्यटन र कृषिबाट मात्रै सम्भवन रहेको बताउनु भएको छ ।
ढोरपाटन नगरपालिका आफैमा कला संस्कृर्ति र प्रर्यटकिय क्षेत्रमा अगाडी भएको बताउँदै त्यसको समुचित विकास , उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर नगरपालिका अगाडी बढिरहेको बताउनु भयो ।
विश्वमा परिचित ढोरपाटनलाई अपेक्षा कृत रुपमा विकास संग जोड्न नसकिएको बताउँदै सडकको राम्रो पहुँच नभएकै कारण पनी प्रर्यटन क्षेत्रमा अब्बल ढोरपाटन पछि परिरहेको बताउँदै निर्माण कम्पनी जिम्मेवार भएर समयमा सडक निर्माण भएमा ढोरपाटनले विकासमा मुहार फेर्ने बताउँदै संघिय सरकार मार्फत समयमा सडक निर्माणको काम सक्न निर्माण कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै यहाँ उत्पादित आलु लगाएत कृर्षि उपजमा आत्मनिर्भर बनाउन आफुहरुले दिगो योजना बनाएर काम गर्ने बताउनु भयो ।
“ कायतले थप बोल्दै प्रर्यटन र कृर्षिबाट मात्रै यस क्षेत्रको समृद्धि देखिएका कारण त्यसको विकासमा नगरपालिकाले ध्यान दिने बताउनु भयो ” आगामी दिनमा ढोरपाटन तथा बुर्तिबाङमै राष्ट्रिय स्तरको भलिवल खेलाउनका निम्ती क्लब र नगरपालिका विच संमोन्य गरेर अगाडी बढिने बताउँदै क्लबले कला संस्कृर्तिको जर्गेना संगै खेलकुदको विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनु भयो ।


क्लबका अध्यक्ष मिथुन वि.क.को अध्यक्षता रहेको आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिृकृत विष्णु प्रसाद ज्ञवाली, ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष धन बहादुर अदै, वडा नं. ९ का अध्यक्ष कुल बहादुर घर्ति , मेला संयोजक गुञ्ज बहादुर भण्डारी, मेला नर बहादुर गुरुङ लगाएतको शुभ कामना मन्तव्य रहेको हो । आयोजित कार्यक्रमका अवसरमा जनप्रतिनिधी, क्लबका पुर्व पदाधिकारी, समाजसेवी, बुद्धिजिवी , पत्रकार, प्रहरी लगाएतको आतिथ्यता रहेको थियो । पहिलो दिन राष्ट्रिय कलाकार दुर्गेश थापा, विमला घर्ति र कलाकार तारा थापाको बेजोड साँगितीक प्रस्तुती रहेको थियो ।
२६ समुहको नामदर्ता रहेको पुरुष भलीबल प्रतियोगिता आइतबार देखि सञ्चालन भएको छ । पहिलो सेट ढोरपाटन नगरपालिका वडा नं. १ र वडा नं. ६ बिचको खेलबाट ढोरपाटन नगरपालिका ६ विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
सोमबार देखि भलिवल संगै रस्साकस्सा, कृषि प्रर्दशनी, छेलो, दोहोरी गित, एकल नृत्य, सामुहिक नृत्य लगाएतका प्रतियोगिता हुने आयोजकले जनाएको छ । सोमबार गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचन, १४ गते पुर्व प्रतिनिधी सभा सदस्य सुर्य पाठक, १५ गते गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौवी, १६ गते तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, कात्तिक १७ गते संघिय सांसद देवि प्रकाश भट्टचन र कात्तिक १८ गते गण्डकि प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँर प्रमुख अतिथी रही कार्यक्रमको उद्घाटन गर्नुहुने भएको हो । कार्यक्रममा दैनिक राष्ट्रिय कलाकारको समेत बजोड साँगितीक प्रस्तुती रहने भएको छ ।
आइतबार आयोजित उद्धघाटन सत्रको कार्यक्रम पुर्व क्लब अध्यक्ष तथा मेला संयोजक सोम बहादुर पौवी (यामु) को स्वागत अञ्चल शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ढोरपाटन देउराली नजिकै पिकअप जिप दुर्घटना १ जना घाईते

0

ढोरपाटन कात्तिक १० गते
बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना हुँदा १ जना यात्रु घाइते भएका छन । अधिकारीचौर –बोबाङ हुँदै ढोरपाटन जाँदै गरेको ध १ ज १०२८ नम्बरको बोलेरो जिप शुक्रबार साँझ ५ बजेतिर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका ५ का ४२ बर्षिय ताल बहादुर छन्त्याल घाइते हुनु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घाइते छन्त्याललाई उपचारका निम्ती बुर्तिबाङ लगिएको हो ।
ढोरपाटनमा स्थानिय समुदायको इतिहाँसको बिषयमा अध्ययन अनुसन्धानको निम्ती स्थानीय टोलीलाई लिएर जाँदै गरेको जिप ढोरपाटन नगरपालिका ९ देउराली नजिकै दुर्घटना भएको जनाइएको छ ।


जिप सडकको कुनातर्फ पल्टिएको र अन्य सवार ६ जनालाई समेत सामान्य चोट लागेपनी ठुलो क्षेती नभएको ढोरपाटन नगरपालिका ६ का वडा अध्यक्ष उमेश बुढाले बताउनु भयो । हामी ढोरपाटन जाने भनी गाडीमा संगै थियौँ देउराली नजिकै उकालो चड्दै गर्दा अचानक गाडी ब्याक भएपछि हतार हतारमा गाडीबाट और्लियौैँ चालकले गाडी कुना साईडमा लगेका कारण ठुलो दुर्घटनाबाट जोगिएको स्थानीय गगन पुनले बताउनु भयो ।

उकालो सडकमा गाडीको पिकअप टुटेका कारण दुर्घटना भएको जनाइएको छ ।

बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला कात्तिक ११ देखि १८ सम्म सञ्चालन हुँदै

0

बुर्तिबाङ कात्तिक ९ गते
बुर्तिबाङ राईजिङ युवा क्लब बुर्तिबाङले यसबर्ष पनी एतिहाँसिक कोजाग्रत पुर्णिमा मेला सञ्चालन गर्ने भएको छ । क्लबको २१ औँ बार्षिक उत्सवका असरमा मिथुन विक अध्यक्ष रहेको नव गठित समितीले कोजाग्रत पुर्णिमा मेलालाई निरन्तरता दिँदै आगमी कात्तिक ११ देखि १८ गतेसम्म विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
बागलुङ जिल्लाको निसी, भुजी, तमान, वडिगाड क्षेत्रकै  संगम स्थल तथा जिल्लाको दोश्रो व्यापारीक केन्द्रको रुपमा रहेको बुर्तिबाङ बजारमा हुने मेला पुरानो इतिहांस संगै जोडिएको पाइन्छ । यहाँको खेलकुद कला सँस्कृर्तिको संरक्षण, स्थान्ीय उत्पादनको बजारीकरण र बुर्तिबाङ देखि ढोरपाटन सम्म आन्तरिक प्रर्यटन भित्राउन समेत मेलाले महत्वपूर्ण भुमिका खेल्ने गरेको हो ।
दशैँ सकिएपछि कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने मेलाका अवसरमा क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशि सहितको खुल्ला वडा स्तरीय पुरुष भलीवल प्रथम पुरस्कार आयोजना गरेको छ । महिला भलिवल, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य, रस्साकस्सा, पुरुष महिला छेलो, दोहोरी गित, कृषि प्रर्दशनी लगाएतका प्रस्तुती संगै साँस्कृर्तिक कार्यक्रमको आयोजना गरिएको क्लब अध्यक्ष मिथुन वि.क.ले बताउनु भयो ।
२०६० सालमा स्थापना भएको क्लबले कला संस्कृर्ति तथा खेलकुदको संरक्षण संगै विभिन्न सामाजिक कार्यक्रम समेत हातेमालो गर्दे आइरहेको हो । मेलालाई सफल पार्न आवस्यक तयारी अन्तिम चरणमा पु¥याइएको क्लब अध्यक्षको भनाई छ ।

आज विजयादशमी, शुभ साइत बिहान ११ बजेर ०२ मिनेटमा

0

आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दसैं मनाइँदै छ ।दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेट रहेको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया साइत जुराउन नपर्ने मान्यतासमेत रहेको छ ।

आज बिहान १० बजेर ३७ मिनेटमा देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

चाडपर्वको बेला शहर सुनसान गाउँमा नै रमाइलो

0

यतिबेला हिन्दु नेपालीहरुको महान चाड वडा दशैको रौनक बढिरहेको छ । भोली कात्तिक ७ गते बडा दशैको १० औँ दिन अर्थात दशैको टिका लगाउने दिन रहेको छ ।
दशै मनाउन विभिन्न देश तथा विभिन्न शहरबाट घर फर्किनेहरु फर्किसकेका छन यतिबेला गाउँ निकै रमाइलो बनीरहेको छ । अध्ययनका निम्ती घर छोडेका, विभिन्न पेशा व्यवसाय तथा रोजगारीका निम्ती शहर छिरेका देखी प्रदेशमा रोजगारीका निम्ती पुगेका सम्म घर फर्किँदा बजार क्षेत्र सुनसान र गाउँघर दशै मय बन्दै गइरहेको हो ।
बजारमा अधिकांस पसल बन्द भइसकेका छन सडक प्राय सुनसान जस्तै देखिन्छ धेरैजसो नागरिक आफनो घरमा पुगिसकेका कारण यात्रु नभएपछि सवारीका साधन समेत गुड्न कम भएका हुन ।
बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजार समेत अधिकांस पसल बन्द भएका छन। मानिसको चहलपहल कम हुँदै जाँदा सुनसान जस्तै बन्दै गएको हो ।
दशैको अवसरमा गाउँमै छिमेकी विच भेटघाट गर्ने, पिङ बनाउने, सरसफाई गर्ने लगाएतको तयारीको रौनक निकै देखिन्छ । वडा दशैले आफन्तहरु विच भेटघाट, घरपरिवार संगको बसाई संगै एक आपसमा सुभकामना आधान प्रदान गर्दे हर्षउल्लासका साथ मनाउने महत्वपूर्ण चाडको रुपमा लिन सकिन्छ ।

नर्सिङकोटलाई प्रर्यटकिय हबको रुपमा विकास गछौँ सांसद कुवँर

0

कात्तिक ४ गते
बुर्तिबाङ
गण्डकी प्रदेश सभाका साँसद दोर्ण कुमार कुवँरले नर्सिङकोटलाई प्रर्यटकिय हबको रुपमा विस्तार गर्न आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ । कला संस्कृर्ति, मठ मन्दिर संगै प्रशस्त मात्रामा प्रर्यटकिय सम्भावना बोकेको नर्सिङकोटको बृहत विकासका निम्ती आफुले राज्य तथा निजी निकाय संग पनी सहकार्य गरेर मुहार फेर्ने बताउनु भयो ।
नर्सिङकोटमा प्रत्यक बर्ष राज्यबाट झिनो मात्रामा बजेट विनीयोजन गरिएपनी प्रभावकारीता नदेखिएको बताउँदै गाउँपालिकाद्धारा डिपिआर समेत भइसकेको जानकारी प्राप्त भएका कारण अब गण्डकी प्रदेश र संघ सरकार मार्फत विकास निर्माण गरिने र ढोरपाटन नगरपालिका २ सेरा देखि नर्सिङकोट जोड्न केवुलकार निर्माणका निम्ती स्वदेशि तथा विदेशमा रहनु भएका नेपाली व्यवसाही संग आफुले सम्मोन्य गर्ने बताउनु भएको छ ।


शनिबार निसीखोला गाउँपालिका ७ राजकुट स्थित नरसिंहकोट खेलकुद तथा साँस्कृर्तिक कार्यक्रमको दशै मेलामा प्रमुख अतिथीको रुपमा संबोधन गर्नुभएका सांँसद कुवँरले भुगोलले ठगिएको, विकास निर्माण शिक्षा, स्वास्थ्य लगाएत यावत विकासका पुर्वाधारले पछि परेको यस क्षेत्रका नागरिकको साझा सपना पुरा गर्ने दायित्य आफुहरुको रहेको बताउँदै पाँच बषर््िाय कार्यकालमा खानेपानी,शिक्षा, स्वास्थ्य, खेलकुद, विधुतीकरण सडक जस्ता महत्वपूर्ण विकासका पुर्वाधारमा स्वयंम र माननिय दिलमाया पौवी मिलेर प्रदेश सरकारबाट सक्रिय काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


गत ३ दिन देखि सुरु भएको विविध खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम जारि रहेको अवस्थामा शनिबार औपचारिक रुपमा कार्यक्रमको उद्धघाटन गरिएको हो । कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनु भएको गण्डकी प्रदेश सभा माननिय सांसद दिलमाया पौवीले बोल्दै प्रर्यटकिय सम्भावना प्रर्याप्त हुँदा हुँदै पनी विकास निर्माण, र श्रोत साधनको समस्याका कारण प्रर्यटकिय क्षेत्र नर्सिङकोट पछि परेको बताउँदै यसको विकासका निम्ती आफुहरुले काम गर्ने बताउनु भयो । कला संस्कृर्ति, खेलकुद तथा ग्रामिण क्षेत्रको विकास निर्माणमा युवाहरुको समेत महत्वपूर्ण भुमिका रहने भएका कारण सचेत युवाहरु समेत समाज रुपान्त्रणमा अग्रस्थानमा रहनुपर्ने बताउनु भयो


कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै निसीखोलाको विकास, समृद्धि, प्रर्यटकिय क्षेत्रको विकास गर्न र जनताको समस्या राज्यका तिन वटै तह जिम्मेवार भएर लाग्नुपर्ने आवस्यकता रहेको बताउँदै गाउँपालिकाले समेत प्रदेश र संघ सरकार संग सम्मोन्य गर्दे निसीखोलाको समृद्धिमा अगाडी बढ्ने बताउनु भयो ।

गण्डकी प्रदेश सभा निवर्तमान सांसद खिम विक्रम शाही, नेपाली कांग्रेस प्रदेश सदस्य भवानी कंडेल, नेपाली जनसम्पर्क समिती वसाका जापानका क्षेत्रीय सभापती इन्द्र सुवेदी निसीखोला गाउँपालिका वडा नं. १ अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नं. ७ का अध्यक्ष दिपक कुवँर, विभिन्न राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा सहयोगी दाता, जनप्रतिनिधी, कलाकार पत्रकार, प्रहरी, लगाएतको आतिथ्यता रहेको थियो ।

मेलाका अवसरमा राष्ट्रिय कलाकार सुमन परियार, सम्झना रनपाल लगाएत स्थानीय कलाकारको सांगितीक प्रस्तुती एवंम नृत्य प्रस्फुटन गरिएको थियो । आयोजित कार्यक्रम क्बल अध्यक्ष लिा प्रसाद श्रेष्ठको अध्यक्षता, तिलक कुवंरको स्वागत, टिका राना मगरको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।

समाज सुधार युवा क्लबको दशै विशेष मेला : खानेपानी, विधुत र सडकको समस्या चाँडै सम्वोधन हुन्छ माननीय दोर्ण कुवंर

0

कात्तिक ३ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका ५ चौरमा रहेको समाज सुधार युवा क्लबको तेश्रो बार्षिक उत्सवका अवसरमा आयोजित दशै विशेष मेला तथा विविध खेलकुद एव्म सांस्कृर्तिक कार्यक्रमको शुक्रबार गण्डकी प्रदेशका माननीय सांसद दोर्ण कुमार कुवंरले उद्धघाटन गर्नुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहनु भएका सांसद कुवँरले बोल्दै आफनो पाँच बर्षिय कार्यकालमा जनताको सुख र दुःख मा निरन्तर सहयात्रा गर्दे विकास र समृद्धिमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आफनै वडामा रहेको उक्त कार्यक्रममा बोल्दै सांसद कुवँरले चौर गाउँका जनताले लामो समयदेखि भोग्दै आएको खानेपानी, सडक, विधुत जस्ता महत्वपूर्ण समस्याको सम्वोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
खानेपानीको चरम समस्या रहेको उक्त गाउँमा दिर्घकालीन खानेपानीको व्यवस्थापनका निम्ती आफुले सोँचिरहेको बताउँदै केही बर्षभित्रै सहज खानेपानीको सुविधा उपलब्ध गराउने, चौर पाखापानी, निन्नेचौर – बोबाङ जोड्ने सडकलाई थप व्यवस्थित र स्तरउन्नोती गर्ने बताउनु भयो । समाज सुधार युवा क्लबको भवन निर्माण र खेलमैदान पनी चाँडै व्यवस्थापन गर्ने बताउँदै क्लबलाई जग्गा व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो ।


त्यस्तै सांसद कुवंरले बोल्दै चाँडै सबै बस्तिको पहुँचमा पुग्ने गरि केन्द्रिय विधुत पु¥याउने गरि काम भइरहेका कारण यहाँका नागरिक विगतमा जस्तो अन्धकारमा वस्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भयो । हाल पम्पिङ सोलार प्रणालीबाट खानेपानी लिइएकोमा उक्त प्रकृया सहज नभएको स्थानीयको गुनासो पछि अब केन्द्रिय विधुत मार्फत पानी पम्पिङ गर्न र गण्डकी प्रदेशमा निवेदन लिएर आएमा विधुत महशुल निशुल्क हुने भएका कारण खानेपानी पम्पिङको विधुतिय प्रणालीबाट गर्न सुझाब दिनुभएको छ ।
सांसद कुवँरले थप बोल्दै क्लबले मेला महोत्सव गर्ने मात्र नभई समाज रुपान्त्रणमा समेत भुमिका खेल्न आग्रह गर्दे कला संस्कृर्ति, खेलकुदको जर्गेनामा क्लबले महत्वपूर्ण भुमिका खेलेकोमा आयोजकलाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमकै विशिष्ठ अतिथीको रुपमा रहनुभएका सांसद दिलमाया पौवीले बोल्दै आफुहरुले यस क्षेत्रका जनताको जिवन स्तर उकास्न, विकास र समृद्धिमा हातेमालो गर्न निरन्तर सरकारमा रहेर काम गरिरहेको बताउँदै जनताका आवस्यकता र समस्यालाई क्रमिक रुपमा आफुहरुले मिलेर काम गर्ने बताउनु भयो ।


क्लब अध्यक्ष भुवन पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका ५ का अध्यक्ष दिपेन्द्र पुन, नेपाली कांग्रेस प्रदेश सदस्य भवानी कंडेल, नेपाली जनसम्पर्क समिती वसाका जापानका क्षेत्रीय सभापती इन्द्र सुवेदीको शुभकामना मन्तव्य रहेको कार्यक्रममा पत्रकार छविलाल पाण्डे, समाजसेवी, बुद्विजिवी, चन्दादाता, लगाएतको आतिथ्यता रहेको थियो । दुबै माननीय द्धारा भलिवल खेलको उद्धघाटन समेत गर्नुभएको मेलामा विभिन्न ३२ समुहको पुरुष भलीबल प्रतियोगितामा सहभागिता रहेको छ ।

खेलकुदका कार्यक्रम जारी रहेको क्लबले जनाएको हो । उद्धघाटन सत्रको कार्यक्रम क्बलका सल्लाहकार चुडामणी पौडेलको स्वागत, सल्लाहकार ज्ञानेन्द्र सापकोटाको सञ्चालमा सम्पन्न भएको हो ।

देविस्थान बहुउदेश्यीय सहकारी संस्थाको १६ औँ बार्षिक साधारण सभा सम्पन्न

0

कात्तिक २ गते देविस्थान
निसीखोला गाउँपालिका २ मा रहेको देविस्थान बहुउदेश्यीय सहकारी सँस्थाको १६ औँ बार्षिक साधारण सभा बिहिबार संस्थाको कार्यालय कान्छि बजारमा सम्पन्न भएको छ ।
निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका कार्यक्षेत्र रही सञ्चालित सहकारीले ५ सय २३ जना सेयर सदस्य आवद्ध गराउँदै बचत तथा ऋण लगाएत उत्पादन मुलक कार्यक्रम लगानी गर्दे आइरहेको हो ।
आयोजित खुल्ला सत्रको कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै सहकारी वास्तबमा नागरिकको बचत गर्ने र आर्थिक उपार्जन गर्ने माध्यम भएको बताउँदै सहकारीले सिद्धान्त र कानुनलाई पूर्ण रुपमा पालना गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय केही राम्रा भनिएका सहकारी समेत बन्द हुँदै गर्दा चुनौती देखिएको बताउँदै सहकारीलाई विधि र पद्धतीमा अगाडी बढाउँदै व्यवस्थित तवरले मजबुद बनाएर लैजान सेयर सदस्य जिम्मेवार बन्नुपर्ने, सहकारीले लगानीको क्षेत्र निर्धारण गर्दा उत्पादन र स्वरोजगार मुखि क्षेत्रमा लगानी गर्नुपर्ने र सहकारीको विकास संगै कृर्षि उत्पादन, स्वरोजगार ,सहकारी शिक्षा जस्ता क्षेत्रमा गाउँपालिकाले पनी साथ दिने बताउनु भयो ।

कार्यक्रममा बागलुङ जिल्ला वचत संघ तथा नेफ्स्कुनका सदस्य एंव त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम बहादुर महतले बोल्दै केही व्यक्तिगत सहकारीले गरेका बदनामीका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोण आम मानिसमा नकारात्म प्रभाव पर्न गएको बताउँदै त्यसलाई चिरेर अगाडी बढ्नु सहकारीको दायित्व रहेको बताउनु भयो ।
वास्तवमा सेयर धनीको अपनत्व रहेको सहकारी कहिल्यै पछि नपर्ने बताउँदै सहकारीको मर्मलाई सबै सेयर धनी र सञ्चालकले अपनत्व गर्नुपर्नेमा जोड दिनुभयो । देविस्थान बहुउदेश्यीय सहकारीले ग्रामिण क्षेत्रमा रहेर पनी उल्लेखनिय काम गरिरहेको बताउँदै कमजोर अवस्थामा रहेका साना सहकारीलाई एकिकृत गरि मजर्र प्रकृयामा लगेर सहकारी क्षेत्रको अभियान थप फराकिलो वनाउन सबैले लाग्नुपर्ने बताउनु भयो


कार्यक्रममा अतिथीका रुपमा रहनु भएका निसीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नंं. २ का अध्यक्ष कुवीर विश्वकर्मा, संस्थाका सल्लाहकार सदस्य भविन्द्र बहादुर कुवंर, लगाएत विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, विभिन संघसंस्थाका प्रतिनिधी, प्रहरी पत्रकार लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
आर्थिक बर्ष २०८० असार मशान्त सम्मको तथ्यांक अनुसार १ करोड ६६ लाख ५६ हजार दुई सय सेयर पुँजी सँकलन गरेको सहकारीले ५१ करोड ४२ लाख, ८७० जगेडा र अन्य कोष, ४ करोड ८२ लाख ९ हजार ५ सय रुपैयाँ निक्षेप रहेको र यस बर्ष २५ लाख १९ हजार बढि रकम मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


आफनै सुविधा सम्पन्न भवन निर्माण गरि सञ्चालित सहकारीले युवा स्वरोजगार, कृर्षि तथा पशुपालन, व्यापार व्यवसाय, लगाएतका क्षेत्रमा सेयर सदस्यलाई ऋण प्रवाह गरिरहेको बताउँदै संस्थालाई थप चलायमान र मजबुढ बनाउन सञ्चालक समिती र सेयर सदस्य विचको तादम्यता मार्फत थप सक्रिय बन्नुपर्नेमा संस्थाका अध्यक्ष टेक बहादुर पुनले जोड दिनुभयो । संस्थाले बन्दसत्रबाट विभिन्न कार्यविधी बनाएर सहकारीलाई थप अगाडी बढाउने गरि कार्ययोजना अगाडी बढाइने अध्यक्ष पुनको भनाई थियो । कार्यक्रममा बन्द सत्र बाट बिमा कर्जा कार्यबिधि र कृषि कर्जा कार्यबिधि बनाएर अगाडि बद्ने निर्णय भएको छ ।
कार्यक्रमका अवसरमा उतकृष्ट बाल वचतकर्ता, एच्छिक बचत कर्ता, उत्कृष्ट कर्जा असुली कर्ता ,कर्मचारी, जग्गा दाता लगाएतलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षता, संस्थाका ऋण असुली समिती संयोजक तम बहादुर कुवंरको शुभकामना मन्तव्य रहेको कार्यक्रम सचिव ओमलाल खत्रीले सञ्चालन गर्नुभएको हो ।

ढोरपाटन ६ मा मोटरसाईकलको ठक्कर बाट पैदल यात्री गम्भिर घाईते

0

विनोद विश्वकर्मा,बुर्तिवाङ बागलुङ,
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ६ खानीमा मोटरसाईकलले ठक्कर दिदा एक पैदल यात्री गम्भिर घाईते भएकी छन् ।
वा ६८ प ६६२० नंम्वरको पल्सर २२० मोटर साईकलको ठक्करबाट सोही ठाउँकी ७० वर्षिय चेमसरा बुढा गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी नीरिक्षक राजकुमार बि.कले जानकारी दिनु भएको छ ।

कच्ची सडकमा सडक पार गर्ने क्रममा झुक्यिएर ठक्कर लागेको प्रहरी निरिक्षक बि.कले जानकारी दिनु भया मोटरसाईकल चालक १९ वर्षिय दिपेन्द्र बि.कलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाईते बुढाको टाउकोमा चोट लागेको र बुर्तिवाङ प्राथमिक स्वास्थय केन्द्रमा सामान्य उपचार पश््चात थप उपचारको लागि पोखरा रिपर गरिएको प्रहरी निरिक्षक बि.कले जानकारी दिनु भएको छ ।