spot_img

ढोरपाटन ६ मा मोटरसाईकलको ठक्कर बाट पैदल यात्री गम्भिर घाईते

विनोद विश्वकर्मा,बुर्तिवाङ बागलुङ,
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ६ खानीमा मोटरसाईकलले ठक्कर दिदा एक पैदल यात्री गम्भिर घाईते भएकी छन् ।
वा ६८ प ६६२० नंम्वरको पल्सर २२० मोटर साईकलको ठक्करबाट सोही ठाउँकी ७० वर्षिय चेमसरा बुढा गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी नीरिक्षक राजकुमार बि.कले जानकारी दिनु भएको छ ।

कच्ची सडकमा सडक पार गर्ने क्रममा झुक्यिएर ठक्कर लागेको प्रहरी निरिक्षक बि.कले जानकारी दिनु भया मोटरसाईकल चालक १९ वर्षिय दिपेन्द्र बि.कलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाईते बुढाको टाउकोमा चोट लागेको र बुर्तिवाङ प्राथमिक स्वास्थय केन्द्रमा सामान्य उपचार पश््चात थप उपचारको लागि पोखरा रिपर गरिएको प्रहरी निरिक्षक बि.कले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित