
बागलुङ कात्तिक १३ गते
बागलुङ प्रर्यटकिय स्थल ढोरपाटन घुम्ने आन्तरिक प्रर्यटकको आवागमन पछिल्लो समय ह्वात्तै बृद्धि भएको छ । सामाजिक सञ्जाल मार्फत ढोरपाटनको प्रचार प्रसार बढि हुन थालेपछि देशका विभिन्न स्थानबाट ढोरपाटन घुम्न आउनेको सँख्यामा बृद्धि भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
बागलुङ सदरमुकाम देखि १२५ किलोमिटर टाढा रहेको ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको सिमानामा पर्दछ । एक मात्र सिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा बर्षको दुई सिजनमा विदेशी सिकारीद्धारा सिकार खेल्ने गर्दछन भने यहाँ काठमान्डौ, पोखरा, बुटवल लगाएत देशका अधिकांस स्थानबाट आन्तरिक प्रर्यटक आउने गरेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । गत बर्ष करिब ७ हजार प्रर्यटक ढोरपाटन आएकोमा यसबर्ष दोब्बर बृद्धि हुने अनुमान रहेको ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
ढोरपाटन प्रचुर प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र छ यसलाई प्रर्यटन संग जोड्नका निम्ती नगरपालिकाले समेत विभिन्न विकास निर्माणका काम गरिहेको बताउँदै यहाँ आउने प्रर्यटकबाट नै ढोरपाटनको समृद्धि हुने बताउनु भयो ।
दशैँ सकिय लगत्तै हजारौँ पर्यटक ढोरपाटन घुम्न आएका छन । काठमान्डौ देखि ४० वटा बुलेट राईडको टोली ढोरपाटन आएर तिन दिने भ्रमण सकेर फर्किएको छ ।
दशैँ बिदाको सदुपयोग गर्दे आन्तिरक पर्यटक प्रर्बद्धन गर्ने गरी बुलेट बाइकहरु समावेश गरी ६ दिने राईट सञ्चालन गरिएको आयोजक बुलेट सर्भिस सेन्टर , बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले बताउनु भयो ।
ढोरपाटन आफैमा एक प्रर्यटकिय सुन्दरताले भरिपूर्ण ठाउँ रहेछ यसको प्रचार प्रसार गर्नुपर्ने र सडकलाई व्यवस्थापन गर्न सुकेन देशकै महत्पवूर्ण प्रर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने बताउनु भयो ।
ढोरपाटन नगरपालिकाले विभिन्न क्षेत्रबाट आउने गरेका प्रर्यटकलाई सम्मन समेत गर्ने गरेको हो । त्यस्तै गत असोज महिनामा नेपाल उद्योग बाणिज्य संघ केन्द्रिय समितीको सक्रियतामा ढोरपाटनमा बृहत बैठक समेत भएको थियो । ढोरपाटनको विकास र समृद्धि संगै त्यहां सुविधा सम्पन्न होटल व्यवस्थापन गर्ने, प्रर्यटकिय स्थलको प्रचार प्रसारमा सहयोग गर्ने, अध्ययन अवलोकन संगै सम्भाब्यता अध्यन गर्ने गरि उद्योण बाणिज्य संघ ढोरपाटनले काम गरिरहेको महासचिव ज्ञान प्रसाद कंडेलले बताउनु भयो ।
बुर्तिबाङ बजार देखी ३५ किलोमिटर दक्षिणमा रहेको ढोरपाटन सडक खण्ड कच्चि रहेको छ । सालझण्डी ढोरपाटन खण्ड अन्र्तगत पर्ने सडक निर्माण कम्पनीले समयमा सडक निर्माणको काम नगरेकै कारण अधिकांस प्रर्यटकलाई ढोरपाटन पुग्न सडक समस्याले सास्ति हुने गरेको प्रर्यटकको गुनासो छ ।
ढोरपाटन पुगेपछि ढोरपाटन सिकार आरक्ष क्षेत्रको जानकारी लिन पाउनुका साथै ढोरपाटन उपत्यका सहित माथिल्लो क्षेत्र जलजला, बुकि क्षेत्र, सुर्तिबाङ, निशेलढोर, मश लगाएतका क्ष्ोत्रमा घुम्न सकिन्छ पर्यटकलाई ढोरपाटन नगरपालिका र उद्योग बाणिज्य संघ बुर्तिबाङले भब्य स्वागत तथा फुलमाला सहित सम्मान गरिएको हो ।