Home Blog Page 113

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

0

सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डा विवेक कर्ण लालका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिने डा. लालले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

कला संस्कृर्ती संगै खेलकुदको बिकासमा क्लबले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ जोकलाल बुढा

0

कात्तिक १६ बुर्तिबाङ
बुर्तिबाङमा गत कात्तिक १२ गतेदेखि सुरु भएको कोजाग्रत पूर्णिमा मेला पाँचौ दिनसम्म पनी जारी रहेको छ । बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको क्लबको २१ औँ बार्षिक उत्सव तथा कोजाग्रत पूर्णिमा मेला जारी रहेको हो । मेलाका अवसरमा विभिन्न खेलकुद संगै सांगितीक कार्यक्रम जारी रहेका छन ।
बिहिबार आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा रहनु भएका तमानखोला गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापती जोकलाल बुढाले बोल्दै क्लबहरुले संस्कृर्तिको जर्गेना र खेलकुदको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भएको छ । बुर्तिबाङ राईजिङ युवा क्लबले सञ्चालन गरेको एतिहासिक मेलाले यस क्षेत्रमा आन्तरिक प्रर्यटन प्रर्वधन गर्नुका साथै यहाँको कला संस्कृर्तिको जर्गेना संगै खेल क्षेत्रको बिकासमा महत्वपूर्ण टेवा पु¥याईरहेको बताउनु भयो ।


उहाँले थप बोल्दै यस क्षेत्रको विकास र समृद्धिका निम्ती तिन वटै तहका सरकार मिलेर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै भौतिक संगै नागरिकका अपेक्षालाई पुरा गर्ने जिम्मेवारी निर्वाचित जनप्रतिनिधीमा रहेका कारण आफुहरुले प्रदेश र संघ सरकार सँग मिलेर काम गर्ने बताउनु भयो । कार्यक्रमका अवसरमा विभिन्न पार्टीका नेता, कलाकार, खेलाडी लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षतामा आयोजित कार्यक्रम अञ्चल शाहीले सञ्चालन गरिरहनु भएको हो । कार्यक्रम आगामी कात्तिक १८ गतेसम्म जारी रहने क्लबले जनाएको छ ।

लायन्स क्लबको आयोजनामा कात्तिक २१ र २२ मा बुर्तिबाङमा निःशुल्क आँखा शिविर हुँदै

0

छविलाल पाण्डे कात्तिक १६ गते बुर्तिबाङ
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा आगामी कात्तिक २१ र २२ गते निःशुल्क आँखा उपचार शिविर हुने भएको छ । आँखाका विरामीलाई मध्यनजर राख्दै बुर्तिबाङ स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष राम प्रसाद आर्चायले बताउनु भयो ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्बल अफ ढोरपाटनको आयोजना, हिमालय आँखा अस्पत्ताल पोखरा र नेत्र ज्वती संघ बागलुङको प्राविधिक सहयोगमा कात्तिक २१ र २२ गते शिविर हुन लागेको हो ।
शिविरमा आँखा रोग विशेषज्ञ द्धारा आँखाको चेकजाँच संगै मोतिया विन्दुको अप्रेशन, चस्मा लगाउनु पर्ने विरामीका निम्ती चस्मा उपलब्ध गराईने र आवस्यक परामर्श दिइने व्यवस्था रहेको क्लबले जनाएको छ ।
दुई दिन सम्म चल्ने शिविरलाई लक्षित गर्दे आवस्यक तयारी भइरहेको अध्यक्ष आर्चायले बताउनु भयो ।

स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा परिणाम देखिने गरि काम गछौँ सांसद दिलमाया पौवी

0

बुर्तिबाङ कात्तिक १५
बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला बुधबार चौठो दिन पनी विभिन्न खेलकुद संगै सांस्कृर्तिक कार्यक्रम भएका छन । आगामी १८ गते शनिबार सम्म सञ्चालन हुने मेलाका अवसरमा पुरुष भलिवल, रस्साकस्सा, महिला छेलो लगाएतका प्रस्तुती भएका हुन ।
बुधबार आयाजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्धघाटन गर्नुभएको छ ।
सांसद पौवीले बोल्दै भौगोलीक क्षेत्रले पछि परेको पश्चिम बागलुङमा जनअपेक्षा वमोजिम विकास हुन नसकीरहेको बताउँदै जनताको समस्या र पिडामा आफुहरुले तिनवटै तहको सरकारको माध्यमबाट काम गरिरहेको बताउनु भयो ।
यहाँको शिक्षा र स्वास्थयको अवस्था सुधार गर्न सकेमात्रै पनी यहाँको विकासले केहि राहात पाउने बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय प्रदेश र संघिय सरकारका जनप्रतिनिधी मिलेर काम गरिने बताउनु भयो ।
शिक्षा क्षेत्रमा यहाँको उत्पादन कम हुँदा विभिन्न निकायमा स्थानीय कर्मचारीको अभाव हुँदा नागरिकले पाउने सेवा प्रवाहमा समेत कठिन भइरहेको बताउँदै शिक्षा क्षेत्रको विकासमा आफुहरुले ध्यान दिने बताउँदै जनताको विचमा आफुहरु पुग्दै गर्दा देखिरहेका समस्या क्रमश सम्वोधन गर्दे जाने बताउनु भयो ।
बुर्तिबाङमा ५० शैयाको सुविधा सम्पन्न हस्पिटल बनाउन माननिय दोर्ण कुवँर,जीत शेरचन लगाएत आफुहरुले प्रदेशबाट आफुहरुले काम गरिरहेको बताउनु भयो । कार्यक्रमका अवसरमा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, निसीखोला गाउँपालिका ७ का वडा अध्यक्ष दिपक कुवँर लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षता, मादब सर्माको स्वागत, अञ्चल शाहीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।

जनताको समस्या र गुनासो सुन्न गाउँ वस्तिमा पुग्दै वडिगाडका अध्यक्ष उपाध्यक्ष सहितको टोली

0

बुर्तिबाङ कात्तिक १५ गते
बागलुङको वडिगाड गाउँपालिकाले हेलो ‘वडिगाड’ अभियान अन्र्तगत नागरिकको समस्या र गुनासो सुन्न गाउँ केन्द्रित अभियान सुरु गरेको छ ।
समृद्ध बडिगाड गाउँपालिका बनाउने अभियान स्वरुप नागरिकका समस्या सुन्न , बुझ्न र नागरिकका अपेक्षा संग जोडिएको समस्याको दिगो समाधान गर्ने उदेश्य सहित वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमेशन वन सहित वडाको टोली गाउँपालिका पालिका अन्र्तगत रहेका सबै वडाका नागरिकको टोल वस्ति सम्म पुगेर उनिहरुको समस्या र गुनासो बुझ्ने र गाउँपालिकाले प्रवाह गरिरहेको सेवाका विषयमा धारणा सँकलन अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।


आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रम अन्र्तगत जनता संग गाउँपालिका अध्यक्ष कार्यक्रम मार्फत स्थानीय सरकारको आभास दिलाउन सक्ने गरि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा नागरिकको सार्वजनिक चासोको सन्दर्भमा बास्तविक समस्या बुझ्ने र दिर्घकालिन लक्ष्यका साथ समस्या संवोधन गर्ने गरि अभियानको सुरुवात गरिएको अध्यक्षको भनाई छ ।
कार्यक्रमले नागरिकका साना साना समस्या पनी सम्वोधन गर्न बाँकी रहेको र आगामी बजेट तथा योजना तर्जुमा गर्दे गर्दा कस्ता कार्यक्रम, योजनालाई प्राथमिकता दिने भन्ने विषयमा थप व्यस्थापन गर्न सकिने बताउनु भयो ।
पहिलो दिन गाउँपालिकाको वडा नं. १० को दर्लिङ गाउँ र निगलपानीमा कार्यक्रम सम्पन्न गरिएको छ । आगामी २२ गते वडा नं. ८ मा कार्यक्रम गर्ने तयारी रहेको र प्रत्यक वडाका प्रत्यक वस्ति संगै नागरिकको घरमा समेत पुग्ने गरि अभियान सुरु गरिएको अध्यक्ष गण्डकी थापाको भनाई छ ।


नागरिक संग पुग्दै गर्दा अझैपनी गाउँपालिकाले गर्नुपर्ने धेरै काम बाँकी रहेको र दिगो विकासलाई प्राथमिकता दिन नागरिकबाट सुझाव प्राप्त भएको उपाध्यक्ष भिमशेन वनको भनाई छ ।
उहाँका अनुसार बढि मात्रामा भौतिक विकास हुँदै गर्दा नागरिकलाई उत्पादन, रोजगारीका क्षेत्रमा ध्यान दिनुपर्ने, स्थानीय युवा उद्धम विकास कार्यक्रम अन्र्तगत स्थानीय खानी सञ्चालनमा पालिकाले कानुनी प्रावधान सहित ध्यान दिनुपर्ने, महिला स्वरोजगार कार्यक्रम र महिला समुहको भवन निर्माणमा जोड दिनुपर्ने, कृषि क्षेत्रमा लगानी गर्दे गर्दा मौसम, समय , माटो परिक्षण र उत्पादन हुने क्षेत्रको अध्ययन गरेर मात्र कृषि विउपल तथा अनुदानको व्यवस्थामा ध्यान दिनुपर्ने विषयमा नागरिकले पालिकाको ध्यान केन्द्रित गराएका छन


लक्षित वर्गका कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक ,अशक्त नागरिकका साना साना माग छन ति मागलाई पालिकाले सहज रुपमा पुरा गर्न सक्ने भएपनी हालसम्म नागरिकको अपेक्षा वमोजिक कतिपय काम गर्न नसकिएकोमा अवका दिन यस्ता कार्यक्रमले योजना बनाएर अगाडी बढ्न थप सहयोग पुग्ने पालिका अध्यक्ष थापाले बताउनु भयो ।
७५ बर्ष माथिका जेष्ठ नागरिक, अशक्त र जटिल प्रकारका विरामीको घरमै पुगेर स्वास्थ्य परिक्षण र औषधि उपचार गर्ने व्यवस्था समेत पालिकाले गर्ने बताउनु भयो ।


सहभागि स्थानीय नागरिकले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो अभ्यास गरिरहेको, नागरिकका गुनासो र सुझावलाई संकलन गरेर योजना अगाडी बढाउँदै गएकोमा आभार समेत व्यक्त गरेका छन ।
धेरै जसो क्षेत्रमा टाठा बाठाले योजना माग गर्ने र आफनो स्वार्थ वमोजिम विकास गर्ने परिपाटीलाई अन्त्य गर्नका लागी वास्तविक जनताले पालिकाबाट पाउने सेवा सुविधा र विकासमा सहजता प्रदान गर्नका निम्ती यस्तो कार्यक्रमले टेवा पु¥याउने अध्यक्ष थापाको भनाई छ ।

नेपाली कांग्रेसको बुर्तिबाङमा हुने क्षेत्रीय सम्मेलनको उद्धघाटन कांग्रेस नेता बिश्वप्रकाश शर्माले गर्ने

0

नेपाली कांग्रेसका नेता तथा महामन्त्री बिश्वप्रकाश शर्मा कात्तिक २१ गते बुर्तिबाङ आउनु हुने भएको छ ।
नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथीको रुपमा कांग्रेस नेता शर्मा कात्तिक २१ ग्ते बुर्तिबाङ आउने कार्यक्रम तय भएको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो ।

बुर्तिबाङ बजारमा कात्तिक २१ गते प्रतिनिधी सभा क्षेत्र नं. २ प्रदेश सभाको सम्मेलन हुन लागिरहेको हो । नेपाली कांग्रेसले वडा, पालिका, प्रदेश सभा सम्मेलन सम्पन्न गरिसकेको छ । क्षेत्रीय सम्मेलनको आवस्यक तयारी भइरहेको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो कांग्रेसले १७ गते बागलुङमा पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवा प्रमुख अतिथी रहने गरि जिल्ला सम्मेलन गर्न लागेको हो ।

विषालु च्याउ खाँदा गुल्मीमा ३ जना बिरामी

0

विषालु च्याउ खाँदा गुल्मीमा जना बिरामी परेका छन्

च्याउ खाएर ईस्मा गाउँपालिका बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन्

तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिएका छन्

हिजो घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका सरिता कुमालका श्रीमान् वृष बहादुर कुमालले बताए

बागलुङको वडिगाडमा न्वागी मेला-२०८० को तयारी सुरु

0

राम प्रसाद घिमिरे बागलुङ

पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्वको रुपमा परिचित न्वागी मेलाको तयारी सुरु भएको छ । बाग्लुङ जिल्लाको वडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रको महत्त्वपूर्ण पर्वको रुपमा इतिहास बोकेको न्वागी मेला सञ्चालनका लागि तयारी सुरु गरिएको हो ।

मेला सञ्चालन तथा व्यवस्थापनका लागि मूल समितिको पुनर्गठन: न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हरेक वर्ष गरिँदै आएको मेलाको यस वर्षको आयोजना तथा व्यवस्थापनका लागि मंगलबार आयोजित एक भेलाले गुणानिधी घिमिरेको अध्यक्षतामा २२ सदस्य मेला मुल आयोजक समितिको पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रदिप खरेल र भानुभक्त पौडेल सचिवमा विष्णुप्रसाद आचार्य, सह-सचिवमा टीका बहादुर पाइजा, कोषाध्यक्षमा रमेश बहादुर घिमिरे रहने भेलाले निर्णय गरेको समितिका सचिव विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

समितिको सदस्यहरुमा तिर्थमणि भुषाल, दिनानाथ पौडेल, धुर्व बहादुर घिमिरे, राम बहादुर कुँवर, चेतनारायण आचार्य, नरिश्वर घिमिरे, शिवलाल घिमिरे, राम प्रसाद घिमिरे, विष्णुमाया घिमिरे, उपेन्द्र ध्वज जिसि, गोकुल घर्ती, गाजर विक, पुनम खरेल, हरि केसी, कमला पुन, चुरा बहादुर विक रहेको सचिव आचार्यको भनाइ रहेको छ । भेलाले ७ सदस्य सल्लाहकार समिनि समेत चयन गरेको छ । सल्लाहकार समितिमा वर्तमान अध्यक्ष कलाधर घिमिरे, निवर्तमान उपाध्यक्ष कमलराज आचार्य, लाल बहादुर घिमिरे, मोहन जिसि, काजिमान गौचन जिवन कुँवर र घनश्याम आचार्य रहेको समितिको संरक्षकमा कृष्णबहादुर घिमिरे रहेको समितिका अध्यक्ष गुणानिधी घिमिरेले बताउनुभयो ।

यस वर्ष अर्थात २०८० को लागि मेलामा विविध खेलकुद, सांस्कृतिक कार्यक्रमको आयोजनाका लागि छलफल सुरु भइसकेको र केहि दिनमा सार्वजनिक गरिने सचिव आचार्यले बताउनुभयो । यस क्षेत्रको मुख्य अन्नबाली धान भित्र्याएपछि न्वागी खाने यो प्रचलन दशकौंदेखि चल्दै आइरहेको परम्परा हो । यस वर्षको न्वागी खाने दिन भने मंसिर ३ गते शुभ साइत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका समिति सचिव आचार्यले बताउनुभयो । यस मेलालाई पौंदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन् ।

स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका दुवैले खाने प्रचलन रहेको छ । खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन् भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौंदेखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ । परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन् ।

न्वागीको इतिहास: नेपालको ऐतिहासिक अध्ययन क्रममा १२ औं शताब्दीको तत्कालिन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५ औं शताब्दी तिर उक्त राज्य टुक्रिएर स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर इस्मा राज्य अन्तगर्त पर्थ्यो । गुल्मीको नेटा, पौंदीअमराई, इस्मा र ग्वालीचौरमा ८० घरहरु थिए । त्यसलाई इस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभूमि रहेको छ । बाइसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट इस्मा राज्य थियो ।

उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए । उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन् ।।

गठवन्धन सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन एमाले नेता सुर्य पाठक

0

बुर्तिबाङ कात्तिक १४ गते
बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको आज तेश्रो दिनपनी विभिन्न खेलकुद एवं साँस्कृर्तिक कार्यक्रम जारी रहेका छन ।
मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य एवं पुर्व सांसद सुर्य पाठकले बोल्दै ढोरपाटन प्रर्यटकिय क्षेत्रको हिसावले निकै महत्वपूर्ण क्षेत्र भएपनी विकास पूर्वाधारको अभावले अपेक्षाकृत रुपमा ढोरपाटनको प्रर्यटन व्यवसाय फस्टाउन नसकेको बताउनु भयो । त्यस्तै ढोरपाटन सिकार आरक्षको चेपाहाका कारण त्यहाँका नागरिकलाई निकै सास्ति भएका कारण राज्यले स्थानीयको जिवन यापन सहज हुने गरि वातवरण तयार गर्नुपर्ने बताउनु भयो ।
के.पी सर्मा ओलीको सरकार रहँदा पनी सालझण्डी –ढोरपाटन सडक निर्माणका निम्ती प्रयास गरिएपनी निर्माण व्यवसाहीको कारण सडक निर्माण हुन नसक्दा नागरिकले सास्ति खेप्न बाध्य भएको बताउनु भयो । स्थानीय कला संस्कृति, खेलकुद क्षेत्रको विकास र संरक्षणमा क्लबले महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ ।
नेता पाठकमले थप बोल्दै “म राजनैतिक कर्मिको हिसावले बोल्छु नेपालको विकास र समृद्धिको बाधक सामन्तबाद र राजतन्त्र रहेको भन्दै राजतन्त्र फाल्यौँ तर राजतन्त्र फालेर लोकतन्त्र ल्याएपनी नेपाली समाज र समृद्धिको विकासको बाधक दलाल पुँजीबाद रहेको बताउनु भयो” जहिले सम्म दलाल पुँजीबाद रहन्छ त्यस समय सम्म देशको अवस्था परिवर्तन नहुने बताउनु भयो । सरकारमा ४१ महिना नेकपा एमाले रहँदा धेरै विकास निर्माणको काम गरेपनी बर्तमान गठवन्धन सरकारले जनअपेक्षा वमोजिम काम गर्न नसकेको आरोप लगाउँनु भयो ।
क्लबका अध्यक्ष मिथुन वि.क.को अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा नेकपा एमालेका प्रदेश सदस्य विर बहादुर वि.क., टंक प्रसाद पौडेल लगाएत समाजसेवी, बुद्धिजिवी, कलाकारको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम अञ्चल शाहीले सञ्चालन गरिरहुन भएको छ । मेलाका अवसरमा पुरुष भलीबलका खेल निरन्तर सञ्चालन भइरहेका छन । खुल्ला वडा स्तरीय भलीवल प्रतियोगितामा २६ समुहको सहभागिता रहेको छ ।

कोजाग्रत पूर्णिमा मेला जारी : भ्रष्टाचार र बेतिथीको अन्त्य भएमा मात्र देशको समृद्धि हुने संसद शेरचनको भनाई

0

बुर्तिबाङ कात्तिक १४ गते
बुर्तिबाङ राईजिङ युवा क्लब बुर्तिबाङले आयोजना गरेको क्लबको २१ औँ बार्षिक उत्सव तथा कोजाग्रत पूर्णिमा मेला सोमबार दोश्रो दिन पनी विभिन्न कार्यक्रम सम्पन्न भएका छन । दोश्रो दिनको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचनको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको हो ।
कार्यक्रममा माननिय शेरचनले बोल्दै नेपाल विकसित बन्न नसक्नु इमानदारीताको कमि भएको बताउँदै सबै तह र तप्कामा नेतृत्व तह सच्चिन आवस्यक रहेको बताउनु भयो । देशमा देखिएको भ्रष्टाचार, बेतिथीको अन्त्य गर्न सके मात्रै देशको समृद्धि र विकास हुनेमा उहाँको जोड थियो ।

सांसद शेरचनले थप बोल्दै आफु यस क्षेत्रकै नागरिक रहेको र “यहाँको विकासमा पनी संधै हातेमालो गरेर अगाडी बढ्ने छु सांसद शेरचनले भन्नुभयो” आफनो निर्वाचन क्षेत्र (क) रहेपनी दुई पटक सम्म निर्वाचन लडेको यस क्षेत्रको विकास र समृद्धिमा संधै हातेमालो गरेर अगाडी बद्ने बताउनु भयो । मैले केही विकास निर्माणको काम पनी गरेको छु, अझै विकास र समृद्धि ल्याउनु छ नागरिक संगको सहयात्रामा आफनो सहयात्रा निरन्तर रहने बताउँदै कला संस्कृर्ति र खेलकुदको विकासका निम्ती क्लबको महत्वपूर्ण भुमिका रहेको समेत बताउनु भयो ।


उद्घाटन सत्रको कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, कलाकार लगाएतको आतिथ्यता एंव शुभकामना मन्तव्य रहेको थियो । दोश्रो दिनपनी भलिवल, रस्साकस्सा, तथा राष्ट्रिय कलाकारको बजाड साागितीक प्रस्तुती रहेको थियो । क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षता, राम प्रसाद आर्चायको स्वागत, अञ्चल शाहीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । आज तेश्रो दिन पनी मेला जारी रहने भएको छ ।