लायन्स क्लबको आयोजनामा कात्तिक २१ र २२ मा बुर्तिबाङमा निःशुल्क आँखा शिविर हुँदै

छविलाल पाण्डे कात्तिक १६ गते बुर्तिबाङ
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा आगामी कात्तिक २१ र २२ गते निःशुल्क आँखा उपचार शिविर हुने भएको छ । आँखाका विरामीलाई मध्यनजर राख्दै बुर्तिबाङ स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष राम प्रसाद आर्चायले बताउनु भयो ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्बल अफ ढोरपाटनको आयोजना, हिमालय आँखा अस्पत्ताल पोखरा र नेत्र ज्वती संघ बागलुङको प्राविधिक सहयोगमा कात्तिक २१ र २२ गते शिविर हुन लागेको हो ।
शिविरमा आँखा रोग विशेषज्ञ द्धारा आँखाको चेकजाँच संगै मोतिया विन्दुको अप्रेशन, चस्मा लगाउनु पर्ने विरामीका निम्ती चस्मा उपलब्ध गराईने र आवस्यक परामर्श दिइने व्यवस्था रहेको क्लबले जनाएको छ ।
दुई दिन सम्म चल्ने शिविरलाई लक्षित गर्दे आवस्यक तयारी भइरहेको अध्यक्ष आर्चायले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित