spot_img

नेपाली कांग्रेसको बुर्तिबाङमा हुने क्षेत्रीय सम्मेलनको उद्धघाटन कांग्रेस नेता बिश्वप्रकाश शर्माले गर्ने

नेपाली कांग्रेसका नेता तथा महामन्त्री बिश्वप्रकाश शर्मा कात्तिक २१ गते बुर्तिबाङ आउनु हुने भएको छ ।
नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथीको रुपमा कांग्रेस नेता शर्मा कात्तिक २१ ग्ते बुर्तिबाङ आउने कार्यक्रम तय भएको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो ।

बुर्तिबाङ बजारमा कात्तिक २१ गते प्रतिनिधी सभा क्षेत्र नं. २ प्रदेश सभाको सम्मेलन हुन लागिरहेको हो । नेपाली कांग्रेसले वडा, पालिका, प्रदेश सभा सम्मेलन सम्पन्न गरिसकेको छ । क्षेत्रीय सम्मेलनको आवस्यक तयारी भइरहेको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो कांग्रेसले १७ गते बागलुङमा पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवा प्रमुख अतिथी रहने गरि जिल्ला सम्मेलन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित