कात्तिक २१ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ बजार नजिकै गयराती ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।
बागलुङकै वडिगाड गाउँपालिकाको भिमगिठे हुँदै सोमबार राती सवा १० बजेतिर बुर्तिबाङ बजार तर्फ आइरहेको ध १ ज ९९४ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका २ मलकटिबाङ भन्ने स्थानमा दुर्घटना हुँदा चालक ,सावरी धनी तथा ट्याक्सी व्यवसायी संघ बुर्तिबाङका उपाध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिका २ पाखुते बस्ने २८ बर्षिय होम बहादुर पुन र ट्याक्सीमा सवार वडिगाड गाउँपालिका ६ छिसफाँट बस्ने ३२ बर्षिय अस्विन परियारको दुर्घटनामा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
ट्याक्सी मध्यपहाडी लोकमार्ग सडक देखि करिब १०० मिटर तल वडिगाड खोलामा खसेको हो । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क . सहितको प्रहरी टोली घटना स्थलमा पुगेको थियो दुबै जनालाई उद्धार गरि बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचारका निम्ती ल्याइएपनी दुबै जनालाई डाक्टरले मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुर्तिबाङ बजार नजिकै ट्याक्सी दुर्घटना चालक सहित दुई जनाको मृत्यु
राष्ट्रिय लोक दोहारी अर्वाड २०८० का विजेता एकिन्द्रलाई माननिय दोर्ण कुवंरद्धारा बुर्तिबाङमा सम्मान
कात्तिक १९
राष्ट्रिय लोक दोहारी अर्वाड २०८० का विजेता तथा निर्देशक एकिन्द्र सारा शंकर बागलुङको ढोरपाटन स्थित बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको अवसरमा गण्डकी प्रदेशका माननिय सांसद दोर्ण कुमार कुवंरबाट सम्मान पत्र सहित शनिबार सम्मानित हुनुभएको छ ।
बागलुङको तमानखोला गाउँपालिका १ घर भई विगत २०६३ सालदेखि विभिन्न म्युजिकमा निर्देशकको रुपमा काम गर्दे आउनु भएका एकिन्द्र राष्ट्रिय लोक दोहारी अर्वाड २०८० “हाई सञ्चै ” बोलको गितमार्फत अर्वाड प्राप्त गर्नुभएको थियो ।
गायक पशुपती सर्मा र गायिका शान्ती श्री परियारको स्वर, एकिन्द्र सारा शंकरको निर्देशन तथा सुनिल परियारको लयमा बजारमा आएको उक्त गितको निर्देशन एकिन्द्रले गर्नुभएको छ । सर्वाधिक चर्चित गितहरु गोर्खा मनकामना , माछा मिठो अशला लगाएतका हालसम्म पाँचसय बढि गित संगितको निर्देशन गर्नुभएको एकिन्द्रले हिम सम्झौता डिजिटल कम्पनी मार्फत निर्देशन गर्दे आइरहनु भएको हो ।
सर्वाेत्कृष्ट निर्देशक मध्ये छनौट हुनुभएका एकिन्द्रलाई राष्ट्रिय लोक दोहारी अर्वाड २०८० दिइएको छ । पश्चिम बागलुङबाट कलाकारिता क्षेत्रमा नाम कमाउन सफल भएको र कोजाग्रत पूर्णिमा मेलामा समेत आफनो नृत्य प्रस्तुती संगै नृत्य प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्नुभएकोमा क्लबले सम्मान गरेको थियो।
भुकम्प प्रभावितलाई सांसद दोर्ण कुवँरद्धारा २५ हजार ५ सय दिने घोषणा
कात्तिक १९
गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंरले भुकम्प प्रभावित क्षेत्रका लागी आर्थिक सहयोग गर्नुहुने भएको छ । गत शुक्रबार रातीको भुकम्पबाट प्रभावित रहेको जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा मानविय संगै ठुलो मात्रामा भौतिक क्षेति भएको छ । सांसद कुवँरले २५ हजार ५ सय २५ रुपैयां बुर्तिबाङ राईजिङ युवा क्लबलाई रकम बुझाउने र क्लब मार्फत अन्य कोष संकलन गरेर दुर्घटना क्षेत्रमा पुगेर हस्तान्त्रण गर्ने गरि आर्थिक सहयोगको प्रतिबद्धता जनाउनु भएको हो ।
सांसद कुवँरले भन्नुभयो भुजीखोला बाढिका कारण सयौँको घरबास उठ्दा र धेरैले ज्यान गुमाउँदा स्वदेश विदेशबाट राहात उपलब्ध भयो “हामिलाई दुख्दा अरुले सहयोग गर्नुभयो अब अरुलाई दुख्दापनी हामिले सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुपर्दछ” । अन्य व्यक्ति निकायलाई समेत सहयोग अभियानमा जुट्न अपिल गर्दे विपदमा सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।
बुर्तिबाङ राईजिङ युवाक्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको अवसरमा साँसद कुवँरले उक्त प्रतिबद्धता सहित राहात कोषमा पु¥याउने गरि क्लबलाई नगद रकम दिने बताउनु भयो ।
सकियो कोजाग्रत पूर्णिमा मेला : पुरुष भलीवलको उपाधी निसीखोला १ लाई
बुर्तिबाङ कात्तिक १८
गरेको क्लबले शनिबार आयाजित फाइनल तर्फको पुरुष भलीवल प्रतियोगितामा निसीखोला गाउँपालिका वडा नं. १ प्रथम हुन सफल भएको छ ।
त्यस्तै प्रतिस्प्रर्धात्मक रुपमा रहेको निसीखोला गाउँपालिका २ दिर्तिय भएको हो कुल १८ समुहको सहभागिता रहेको भविलल प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्प्रर्धात्मक रहेको थियो । त्यस्तै महिला भलिवल तर्फ ५ समुहको सहभागिता रहेकोमा गल्कोट नगरपालिका १० प्रथम र तमानखोला गाउँपालिका ५ दिर्तिय भएको छ । सामुहिक नृत्य तर्फ उत्तरगंगा मावि समुह प्रथम,गल्कोट समुह दिद्र्धिय भएका छन । त्यस्तै लोक दोहोरी गित प्रतियोगिता तर्फ १० समुहको सहभागिता रहेकोमा पूर्णिमा घर्ति मगरको समुह प्रथम र ज्ञान बहादुर बलामीको समुह दिर्तिय भएको छ । कार्यक्रममा उत्कृष्ट खेलाडी, कालकारलाई शनिबार कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंर र माननिय दिलमाया पौवीलले सम्मान सहित पुरस्कृत गर्नुभएको थियो ।
जनताले आफुहरुप्रति गरेको आशा मर्न नदिने गरि काम गछौँ सांसद दोर्ण कुवंर
बुर्तिबाङ कात्तिक १८
गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्णकुमार कुवंरले जनताले आफुप्रति गरेको विश्वासमा कमि आउन नदिने गरि पाँच बर्षमा काम गरेर देखाउने बताउनु भएको छ ।
बुर्तिबाङ राईजिङ युवा क्लबले कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गरेको मेलालाई प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे सांसद कुवँरले शिक्षा, स्वास्थ्य, विकास पूर्वाधार संगै सार्वजनिक चासोका रुपमा रहेको विकास निर्माणका काममा आफुले सक्रिय पुर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
“पश्चिम बागलुङको दिगो विकास र समृद्धिको आधार तयार पार्न तिनवटै तहका सरकार एक ठाउँमा उभिन आवस्यक छ नागरिकका समस्या धेरै छन त्यसलाई क्रमिक रुपमा संवोधन गर्न तिनवटै सरकारले आवस्यकताका आधारमा काम गर्नुपर्ने बताउँदै गण्डकी प्रदेशमा रहेर आफु र सांसद दिलमाया पौवीले निसी, भुजी तमान क्षेत्रका जनताको शिर उचो हुने गरि काम गर्ने बताउनु भयो ” ।

आफु प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा होस या नहुँदा पनी जनताको समस्या र यहाँको विकास र जनताको समस्यामा सहयात्रा गर्दे आएको बताउँदै निर्वाचन भएको एक बर्षमा आफु र माननिय दिलमाया पौवीद्धारा यस क्षेत्रमा समस्या ग्रस्त रुपमा रहेको स्वास्थ्य क्षेत्रको विकासका निम्ती बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रदेश स्तरीय अस्पत्ताल बनाउनका निम्ती प्रदेशमा निकै मिहिनेत गरेर मन्त्रिपरिषद बाट पारित भइसकेको बताउँदै अव संघिय सरकारबाट स्विकृत भएमा यहाँका नागरिकले सहज स्वास्थ्य सेवाको पहुँचमा पुग्ने बताउनु भयो ।
शिक्षा क्षेत्रतर्फ निसीभुजी क्याम्पसको व्यवस्थापन, साुमदायिक विद्यालयको शैक्षिण गुणस्तर उकास्ने काममा आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउँदै यस क्षेत्रकै प्रर्यटकीय सम्भावना भएको ढोरपाटनको प्रचुर विकास र प्रर्यटन प्रर्वधनका निम्ती आफनो कार्यकालमा काम गर्ने बताउँदै ढोरपाटन प्रचुर प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेपनी सडक स्तरबृद्धि हुन नसकेकै कारण ढोरपाटनको समृद्धि पछि परेको बताउँदै बुर्तिबाङ ढोरपाटन सडक निर्माणको कामलाई समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारको समेत ध्यानाकर्षण गराइरहेको बताउनु भयो ।
तमानखोलामा सडक पहुँच राम्रो नभएका कारण भौतिक विकासबाट पछि परेको अवस्था छ यसबर्ष बहुबर्षिय योजनाको रुपमा बुर्तिबाङ –तमान सडकलाई बजेट पारिएको बताउँदै समग्र आवस्यकताको आधारमा विकास निर्माण गरिने बताउनु भयो । बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाले यहाँको कला संस्कृर्ति र खेलकुद जस्ता प्रतिभा बाहिर ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै सामाजिक कार्यमा समेत सक्रिय रहन आग्रह गर्दे क्लबले जग्गा व्यवस्थापन गरेमा भवन निर्माणमा आफुले पहल गर्ने बताउनु भयो ।
उहाँल फरक प्रसंगमा बोल्दै सांसद कुवँरले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली गरिव, निमुखा जनताको अबैाँ बचतको रकम लिएर फरार हुँदै गर्दा नगरपालिका विकास र समृद्धिमा पछि पर्नुका साथै धेरै नागरिकको विचल्ली बनाएका कारणराज्यले फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउँदै कार्यवाहक मेयरले जिम्मेवारी पूर्वक काम गर्न सुझाव समेत दिनुभएको छ । कार्यक्रममा निर्वतमान गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाहीले पनी शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वडिगाड गाउँपालिकाले पठायो भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहित सामाग्रि
छविलाल पाण्डे कात्तिक १८
बागलुङको वडिगाड गाउँपालिकाले कर्णाली प्रदेशमा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा सहयोग गर्न शनिबार स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ ।
भूकम्प पीडितको उद्धार र उपचारमा आफु पनि साथमा रहेको जनाउदै पालिकाले कर्णालीको पीडामा स्वास्थ्य कर्मी सहित स्वास्थ्य सामाग्रि पठाईएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।

भूकम्पमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेको उपचारको लागि पालिकाको तर्फदेखि पाँच सदस्यीय स्वास्थयकर्मी सहित स्वास्थ्य सामाग्री सम्बन्धीत क्षेत्रमा पठाईएको बताउनु भयो । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले बडिगाड गाउँपालिकाले स्वास्थ्य सामग्री सहित स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र केसीको नेतृत्वमा टोलि पठाएको जनाइएको छ ।
टोलीमा बडिगाडका स्वास्थ्य शाखाका प्रमुख केसी सहित डा.कुन्दन कुमार यादव, जनस्वास्थ्य निरिक्षक डिल बहादुर केसी, हेम पुन र हेल्थ असिस्टेन्ट सुदिप रन्जन यादब सहितको स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोट तर्फ पठाईएको हो ।
जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ६३ जनाको ज्यान गएको पुष्टि
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।
रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।
सामाजिक संस्थाको माध्यमबाट समाज रुपान्त्रण गर्न सकिन्छ कांग्रेस नेता टेकराज पौडेल
बुर्तिबाङ कात्तिक १७
नेपाली कांग्रेसका नेता टेकराज पौडेलले खेल क्षेत्रको माध्यमले निसी भुजिको पहिचान दिलाएको बताउनु भएको छ ।
शुक्रबार बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको काजाग्रत पूर्णिमा मेलालाई प्रमुख अतिथीको रुपमा संबोधन गर्दे नेता पौडेलले खेलकुद र कला संस्कृर्तिले पश्चिम बागलुङबाट धेरै खेलाडी उत्पादन र कलाकार उत्पादन गर्न सफल भएको बताउँदै यस्तै मेला महोत्सवले कला गला र क्षमताको प्रस्फुटन गराउन सहयोग पु¥याउने बताउनु भयो ।
राजनितीले मात्रै समाज परिवर्तन सम्भव नभएको बताउँदै सामाजिक क्षेत्रबाट समेत समाज परिवर्तन गर्न सकिने तर्क राख्नु भयो ।
त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथी नेपाली कांग्रेसका नेता अर्जुन शेरचनले बोल्दै ढोरपाटनको पहिचान बढाउन सबैले आ आफनो क्षेत्रबाट भुमिका खेल्न आवस्यक रहेको बताउनु भयो । ढोरपाटन प्रर्याप्त प्रर्यटकिय सम्भावना हुँदै गर्दा राज्यले लगानी गर्न नसक्नु र स्थानीय समुदाय समेत जिम्मेवार बन्न नसक्दा ढोरपाटनको अपेक्षाकृत विकास हुन नसकेको बताउँदै यहाँको विकास निर्माणमा सबैले सम्मोन्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य विर बहादुर विश्वकर्मा, नेकपा माओबादी केन्द्र निसीखोला अध्यक्ष कुविर वि.क. लगाएतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षता, मेला संयोजक गुञ्ज बहादुर भण्डारीको स्वागत, अञ्चल शाहीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको हो । भोली शनिबार भलीबल खेल फाइनल लगाएतका अन्य कार्यक्रम सहित समापन समारोह हुने जनाइएको छ ।
बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला जारी: निसीखोला १ र २ पुरुष भलीबल फाइनलमा
बुार्तिबाङ कात्तिक १७
बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको शुक्रबार छैठौँ दिन पनी विभिन्न खेलकुद तथा संस्कृर्तिक कार्यक्रम सम्पन्न भएका छन । शनिबार सम्पन्न हुने कार्यक्रम अन्र्तगत पुरुष भलीवल खेल शनिबार हुने भएको छ । कुल २६ समुहको नामदर्ता रहेको खुल्ला वडा स्तरिय पुरुष भलीवल प्रतियोगितामा १८ समुहले खेलमा भाग लिएका हुन । जसअन्र्तगत निसीखोला गाउँपालिका वडा नं. १ र वडा नंं. २ फाइनलमा प्रवेश गरेका छन ।
शुक्रबार आयोजित कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधी टेकराज पौडेलले प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ ।
पुरुष छेलो प्रतियोगिता सम्पन्न भयको छ जसतर्फ तर्फ राम बहादुर विश्वकर्मा प्रथम छविलाल वि.क. दिर्तिय हुनुभएको छ । महिला छेलो तर्फ वशन्ती बुढा मगर प्रथम हुन सफल हुनुभएको हो ।
रस्साकस्सा , एकल नृत्य, कृषि प्रर्दशनी लगाएतका कार्यक्रम भएका हुन । शनिबार पुरुष भलीवलको फाइनल खेल, दोहोरी गित प्रतियोगिता, सामुहिक नृत्य लगाएतका प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भोली हुने कार्यक्रमको गण्डकि प्रदेश सभा सदस्य माननीय दोर्णकुमार कुवंरले कार्यक्रमको उद्धघाटन गर्नुहुने भएको छ ।
कांग्रेस एक ढिक्का भएर अघि बढेको छ : सभापती देउवा
डम्बर बुढा बागलुङ कात्तिक १७
नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापती देउवाले कांग्रेसमा पहिला जस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने बताउनुभयो ।
देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुँने बताउनुभयो । “नेपालको संविधानको कार्यान्वय र संघीयताको विषयमा छिटफुट गुनासो हुन्छ, त्यसलाई हामिले स्वभाविक मानेका छौं” सभापती देउवाले भन्नुभयो “तर अहिलेको संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शंका गर्न पर्दैन, नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाढी बढ्छौं ।”
देउवाले नेपाली कांग्रेसले पुन संगठित र थप मजुबद हुँदै जिल्ला सम्मेलनहरुको आयोजना गर्नु सुखद् पक्ष रहेको बताउनुभयो ।
नेपाली कांग्रेसले वडा देखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुँने बताउदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिनुभयो ।
उहाँले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गर्नुभयो । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउदै राजनैतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुँने बताउनुभयो ।
देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गर्नुभएको थियो ।
सभापती देउवाले जिल्ला सम्मेलनको अवसरमा शहिद परिवार तथा जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताउनुभयो । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।
कांग्रेस जहिले पनि अनियमितता, भ्रष्टाचार र बेथितीका विरुद्धमा बोल्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा केही समस्या अझै कायम रहेकोे बताउनुभएको छ ।
पूर्व गृहमन्त्री समेत रहनुभएका सिटौलाले संघीयतामा देश गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुँने बताउनुभयो । उहाँले भन्नुभयो–संविधानले परिकल्पना गरेको संघीयता अनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भुमिका खेल्नु पर्दछ । उहाँले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको बताउदै ठूलो पार्टी मात्रै नभएर सांगठनीक चुस्तता आवश्यक रहने बताउनुभयो ।










