spot_img

राष्ट्रिय लोक दोहारी अर्वाड २०८० का विजेता एकिन्द्रलाई माननिय दोर्ण कुवंरद्धारा बुर्तिबाङमा सम्मान

कात्तिक १९
राष्ट्रिय लोक दोहारी अर्वाड २०८० का विजेता तथा निर्देशक एकिन्द्र सारा शंकर बागलुङको ढोरपाटन स्थित बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको अवसरमा गण्डकी प्रदेशका माननिय सांसद दोर्ण कुमार कुवंरबाट सम्मान पत्र सहित शनिबार सम्मानित हुनुभएको छ ।
बागलुङको तमानखोला गाउँपालिका १ घर भई विगत २०६३ सालदेखि विभिन्न म्युजिकमा निर्देशकको रुपमा काम गर्दे आउनु भएका एकिन्द्र राष्ट्रिय लोक दोहारी अर्वाड २०८० “हाई सञ्चै ” बोलको गितमार्फत अर्वाड प्राप्त गर्नुभएको थियो ।

गायक पशुपती सर्मा र गायिका शान्ती श्री परियारको स्वर, एकिन्द्र सारा शंकरको निर्देशन तथा सुनिल परियारको लयमा बजारमा आएको उक्त गितको निर्देशन एकिन्द्रले गर्नुभएको छ । सर्वाधिक चर्चित गितहरु गोर्खा मनकामना , माछा मिठो अशला लगाएतका हालसम्म पाँचसय बढि गित संगितको निर्देशन गर्नुभएको एकिन्द्रले हिम सम्झौता डिजिटल कम्पनी मार्फत निर्देशन गर्दे आइरहनु भएको हो ।

सर्वाेत्कृष्ट निर्देशक मध्ये छनौट हुनुभएका एकिन्द्रलाई राष्ट्रिय लोक दोहारी अर्वाड २०८० दिइएको छ । पश्चिम बागलुङबाट कलाकारिता क्षेत्रमा नाम कमाउन सफल भएको  र कोजाग्रत पूर्णिमा मेलामा समेत आफनो नृत्य प्रस्तुती संगै नृत्य प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्नुभएकोमा  क्लबले सम्मान  गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित