Home Blog Page 111

न्वागी मेला आगामी मंसिर ३ गतेदेखि सुरु हुँदै

0

बुर्तिबाङ कात्तिक २३
बागलुङको वडिगाड गाउँपालिका स्थित खालमा हुने न्वागी मेलाको आवस्यक तयारीलाई अगाडी बढाइएको छ । पौँदीबासीहरुले महान पर्वको रुपमा मनाउँदै आएको न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला आगामी मसिंर ३ गतेदेखि ८ सम्म सञ्चालन हुने जनाएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दे आयोजकले क्लबले गर्ने विभिन्न कार्यक्रम र तयारीका विषयमा जानकारी गराएको हो ।
बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन ।
घरमा नयाँ धानबाली भित्राएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ । यसबर्षको न्वागी खाने दिन मंसिर ३ गते रहेको हो ।
न्वागी पर्वलाई सँस्कृर्तिको जर्गेना गर्न र यहाँको कला संस्कृर्ति, खेलकुदलाई जोगाई राख्न पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ ।
यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिका अध्यक्ष गुणानिधि घिमिरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको खुल्ला वडास्तरीय पुरुष भलिबल, वडा स्तरिय महिला भलिवल प्रतियोगिता संगै रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत तथा एकल रेकर्ड डान्स, सोरठी भैलो, पुरुष छेलो, कुर्ची दौड, भाले छोपाई, हाँस छुने, जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकहरुबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगीता लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती सहित कराँते प्रदर्शनी, कृषि मेला प्रदर्शनी लगायतका अन्य विविध साँस्कृतिक कार्यक्रम रहने जानकारी दिनुभयो ।
यस क्षेत्रको मुख्य अन्नबाली धान भित्राएपछि न्वागी खाने यो प्रचलन विगत लामो समय देखि चल्दै आइरहेको परम्परा हो । मेलालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्ने र यहाँका कला संस्कृर्तिको जर्गेना गर्ने उदेश्य सहित ६ दिनसम्म सञ्चालन हुने मेलामा करिब १५ लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समिति सचिव तथा वडिगाड गाउँपालिका ५ का अध्यक्ष बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।
न्वागीको इतिहासः
नेपालको ऐतिहासिक अध्ययन क्रममा १२ औं शताब्दीको तत्कालिन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५ औं शताब्दी तिर उक्त राज्य टुक्रिएर स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर इस्मा राज्य अन्तगर्त पर्थ्यो ।
गुल्मीको नेटा, पौंदीअमराई, इस्मा र ग्वालीचौरमा ८० घरहरु थिए । त्यसलाई इस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभूमि रहेको छ ।
बाइसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट इस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए ।
उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन् ।।

राहात सामाग्रि बोकेर पुगे सांसद दोय दोर्ण कुवंर र दिलमाया पौवी भुकम्प प्रभावित क्षेत्रमा

0

बुर्तिबाङ कात्तिक २४
गत शुक्रबार गएको भुकम्पका कारण प्रभावित रहेको रुकुम पश्चिम र जाजरकोट जिल्लामा भुकम्प पिडितको उद्धार तथा राहात वितरणका कार्यक्रम भइरहेका बेला गण्डकी प्रदेश सभाका सांसद दोर्ण कुमार कुवंर र दिलमाया पौवी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।

 


बागलुङको क्षेत्र नं.२ प्रदेश सभा २ बाट गण्डकी प्रदेश सभामा निर्वाचीत सांसद द्वय दोर्ण कुमार कुवंर र दिलमाया पौवी सहितको टोलीले भुकम्प प्रभावित क्षेत्रका दुर दराजमा पुगेरै राहात हस्तान्त्रण संगै भुकम्प पिडितको अवस्था बुझ्न थालेका छन ।

बिहिबार रुकुम पश्चिममा पुगेको टोलीले त्यस क्षेत्रका पिडितलाई त्रिपाल, खाध्यान्ह लगाएतका सामाग्रि हस्तान्त्रण गरेसंगै शुक्रबार जाजरकोट जिल्लाको विभिन्न स्थानमा राहात हस्तान्त्रण गरिएको र भुकम्पमा परि ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको घरमा पुगेर शोक सभा कार्यक्रम समेत गरिएको हाम्रा सहकर्मी प्रतिनिधी तिलक मल्लले बताउनु भयो ।
पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका वडा नं. ९ मा वडा अध्यक्ष हरि बहादुर खड्का संग सम्मोन्य गरि राहात हस्तान्त्रण गरिएको थियो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अधिकांस घरहरु पुन ः निर्माण गर्नुपर्ने अवस्थामा रहेको तर हालसम्म अन्य कुनै निकाय प्रभावित क्षेत्रमा पुग्न नसकेको वडा अध्यक्ष खड्काले बताउनु भयो ।


राहात हस्तान्त्रण कार्यक्रममा पिडित संग बोल्दै माननिय सांसद दोर्ण कुमार कुवंरले भन्नुभयो मानविय क्षती भएको ठाउँमा राज्य र सहयोगी दाता पुगेपनी भौतिक क्षेति भएका ठाउँमा कोही पनी पुग्न नसकेको आवस्थामा आफुहरुले राहात लिएर पुगेको बताउनु भयो ।
त्यस्तै अर्का माननिय दिलमाया पौवीले पिडामा रहेका नागरिकलाई थारै भएपनी राहात मार्फत मल्हम लगाउन भुकम्प प्रभावित क्षेत्रमा आएको बताउनु भयो । दुई माननीय सहितको टोली राहात लिएर दुर्गम गाउँमा पुग्दै गर्दा स्थानीय नागरिक खुसि भएका छन । एकसय बोरा चामल एकसय थान त्रिपाल, चाउचाउ, विस्कुट लगाएतका खाध्यान्ह सामाग्रि उपलब्ध गराईएको हो । आफुहरुबाटै आर्थिक संकलन गरेर राहात हस्तान्त्रण गरिएको हो टोलीमा नेपाली कांग्रेसका नेता सागर छन्त्याल, सोम बहादुर पौवी, लगाएतको सहभागिता रहेको छ । जाजरकोट जिल्लाको विभिन्न दुर्गम वस्तिमा समेत पुगेर टोलीले राहात हस्तान्त्रण गरेको हो ।

लायन्स क्लबद्धारा आयोजित आँखा शिविर सकियो ९७ जनाको अप्रेशन ८२५ जनाले लिय सेवा

0

छविलाल पाण्डे बागलुङ कात्तिक २३
लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा मंगलबार देखि सुरु भएको निःशुल्क आँखा शिविर बिहिबार सम्पन्न भएको छ । शिविरबाट पश्चिम बागलुङ सहित छिमेकी जिल्लाका गरी कुल ८२५ जना नागरिकको आँखाको चेकजाँच उपचार संगै ९७ जनाको मोतिया बन्दिुको सफल अप्रेशन सम्पन्न भएको छ ।
शिविरमा आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध गराइनुका साथै आवस्यक परामर्स संगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सक द्धारा अप्रेशन मार्फत उपचार गरिएको छ ।
बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका संगै गुल्मीको मुसिकोट नगरपालिका र पूर्वी रुकुमका विभिन्न स्थानदेखि आएका नागरिकले सेवा लिएका छन ।
शिविरमा ८२५ जना नागरिकको आँखाको चेकजाँच गर्दा ८७ जनाको मोतिया विन्दुको अप्रेशन , २५० जनालाई चस्मा तथा औषधि उपचार संगै अन्य विरामीलाई आवस्यक औषधि र परामर्स दिइएको नेत्र ज्वती संघ बागलुङका इन्चार्ज विनय लामीछानेले बताउनु भयो ।
सिविरमा लामो समय देखि आँखाको समस्या रहेका तर आर्थिक समस्याका कारण उपचारबाट बञ्चित भएका बढि मात्रामा जेष्ठ नागरिकले सहज सुविधा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो । आफुहरुले बिसुद्ध सामाजिक कार्यसंगै क्लब मार्फत काम गरिरहेको बताउँदै आगामी दिनमा समेत विभिन्न योजना तय गरेर कार्यक्रम गरिने आर्चायले बताउनु भयो ।

बिहिबार आयोजित समापन कार्यक्रम औपचारिक रुपमा सम्पन्न भएको छ । आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्तयालले बोल्दै दुर्गम क्षेत्रमा राखिएको आँखा उपचार शिविरले आर्थिक रुपमा कमजोर रहेका, अशक्त र जेष्ठ नागरिकलाई निकै राहात पुर्याएको बताउँदै आयोजक संस्थार्ला धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा समेत समाज रुपान्तरण मुलक कार्यक्रम जुट्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशका अधिकांस क्षेत्रमा आँखाका विरामाीको सहज पहुँच पुग्ने गरि आफुहरुले निः शुल्क शिविर सञ्चालन मार्फत आँखाको उपचार गरिरहेको बताउँदै आर्थिक अभावकै कारण आँखाको समस्या पालेर बस्नु पर्ने बाध्यता कम रहेको नेपाल नेत्र ज्वती संघ प्रदेश कमिटी उपसभापती धुर्व के.सी.ले बताउनु भयो । अझै पनी दुर्गम क्षेत्रमा आँखाको समस्या लुकाएर बस्ने परिपाटी रहेका कारण त्यसलाई न्युनिकरण गर्न स्थानीय संघसँस्था, क्लब लगाएतले भुमिका खेल्नुपर्ने बताउनु भयो ।
कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्याक्तिलाई क्लबले सम्मानपत्र द्धारा सम्मान समेत गरेको छ ।
क्लब अध्यक्ष राम प्रसाद आर्चायको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत चण्डी पौडेल, रेडक्र सोसाईटी उपसाशा बुर्तिबाङका सभापती पुरन पाण्डे लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा समाजसेवी, बुद्धिजिवी, पत्रकार, स्वास्थ्य कर्मी लगाएतको आतिथ्यता रहेको थियो ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्वती संघ बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो । कार्यक्रम संस्थाका सदस्य अर्जुन पाध्याको स्वागत प्रथम उपाध्यक्ष छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

वर्तमान सरकारले देश र जनताका निम्ती काम गर्न सकेन एमाले नेता गोकर्ण विष्ट

0

बुर्तिबाङ कात्तिक २३
बुर्तिबाङमा नेकपा एमालेको प्रशिक्षण मुलक कार्यक्रम विहिबार सम्पन्न भएको छ । पश्चिम बागलुङका तिन पालिकालाई लक्षित गर्दे बुर्तिबाङमा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य टंक प्रसाद पौडेलले बताउनु भयो ।
कार्यक्रमलाई संवोधन गर्दे नेकपा एमाले केन्द्रिय कमिटी सचिब गोकर्ण विष्टले बर्तमान गठवन्धन सरकारले जनअपेक्षा वमोजिम काम गर्न नसकेको बताउनु भयो ।
बर्तमान सरकारले महंगी बृद्धि, रोजगारी तथा उत्पादनमा गिरावट संगै युवालाई देशमा बस्नै नमिल्ने बातावरण सृजना गर्दे आर्थिक रुपमा देशलाई निकै कमजोर पारिसकेको बताउँदै वर्तमान सरकार जति धेरै सत्तामा रहन्छ उतिनै देश खतरामा पर्दे गएको प्रस्ट पार्नुभयो ।


कार्यक्रतालाई संवोधन गर्दे नेता विष्टले नेकपा एमालेले प्रतिपक्षमा रहेर सरकारको निरन्तर खबरदारि गरिरहेको बताउँदै पार्टी संगठनलाई उचाईमा पु¥याउन पार्टीका नेता कार्यक्रता समेत पार्टीले लिएको निती, निर्देशन बमोजिम संगठित भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य डा. सुर्य पाठक , पोलिट व्युरो सदस्य जगत वि.क., प्रदेश कमिटी अध्यक्ष नवराज सर्मा, केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा लगाएत नेताहरुको आतिथ्यता एवं मन्तव्य रहेको थियो । आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका, निसी खोला गाउँपालिका, तमानखोला गाउँपालिकाका नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.लीद्धारा स्वर्गीय अश्विनको परिवारलाई आर्थिक सहयोग

0

छविलाल पाण्डे कात्तिक २३
गत कात्तिक २० गते राती ढोरपाटन नगरपालिका २ मलकटिबाङमा ट्याक्सी दुर्घटनामा परि ज्यान गुमाएका वडिगाड गाउँपालिका ६ का अश्विन परियारको परिवारलाई बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली द्धारा नगद राहात रकम हस्तान्त्रण गरिएको छ ।
यातायात समितीमा आवद्ध रहेर ट्याक्सी चलाउँदै आएका परियारको दुर्घटनामा मृत्यु भएको थियो ।
आर्थिक अवस्था निकै कमजोर रहेका स्वर्गिय परियारको घरमा बृद्ध बाबा, र दुई छोरा छोरी रहेका छन । कमाउने छोरो नै गुमेपछि किरीया खर्च समेत आर्थिक अभाब रहेको अवस्थामा यातायात समितीले दिएको राहात रकमले थप सहज भएको मृतकका बाबाले बताउनु भयो ।

उक्त परिवारलाई संस्थाको तर्फदेखि किरीया खर्च बापत मंगलबार रु २५ हजार हस्तान्त्रण गरिएको र बिहिबार पुण्य तिथीको अवसर पारेर सँस्थाका व्यवसाही, चालक, कर्मचारी लगाएतबाट संकलन गरिएको नगद रु ५१ ह्जार ३ सय १० रुपैयाँ मृतकको परिवारलाई हस्तान्त्रण गरिएको कार्यालय सचिव दिपक खत्रीले बताउनु भयो ।

संस्थाका अध्यक्ष विनोद भण्डारी, सचिब नर बहादुर क्षेत्री र कर्मचारी एवं कार्यालय सचिब दिपक खत्रीले घरमै पुगेर आर्थिक सहयोग हस्तान्त्रण गर्नुभएको हो । दुर्घटनामा संस्थाका उपाध्यक्ष तथा टु्याक्सी चालक ढोरपाटन नगरपालिका २ का २८ बर्षिय होम बहादुर पुनको समेत ज्यान गएको थियो ।

प्रहरीद्धारा वडिगाड ८ बाट चार थान बन्दुक बरामद

0

बुर्तिबाङ कात्तिक २२
बागलुङको वडिगाड गाउँपालिका ८ स्थित मौरि भिरबाट प्रहरीले ४ थान बन्दुक बरामद गरेको छ ।
बुधबार गस्तिमा जाँदै गरेको भिमगिठे प्रहरी चौकीको टोलीले स्थानीयले दिएको सुराकीको आधारमा रनसिंह किटेनीखोला स्थित गोरेटो बाटो नजिक ओडारमा राखिएको अवस्थामा व्यवारिसे बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन के.सी.ले बताउनु भयो ।
तिन नाल एक नाले र एक नाल बाह्बारे गरी चार नाल बन्दुक बरामत भएको जनाइएको छ ।

लायन्स क्लबको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा ८२५ जनाले लिय सेवा

0

 निःशुल्क आँखा शिविरमा ८२५ जनाले लिय सेवा
छविलाल पाण्डे बागलुङ कात्तिक २२
लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बागलुङको ढोरपाटनमा मंगलबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखा शिविरबाट आठसय पच्चिस जना नागरिकले सेवा लिएका छन ।
आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध, आवस्यक परामर्स संगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सक द्धारा अप्रेशन गरिएको छ ।
बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका संगै गुल्मीको मुसिकोट नगरपालिका र पूर्वी रुकुमका विभिन्न स्थानदेखि आएका नागरिकले सेवा लिएका छन ।
शिविरमा ८२५ जना नागरिकको आँखाको चेकजाँच गर्दा ८३ जनाको मोतिया विन्दुको अप्रेशन , २५० जनालाई चस्मा तथाऔषधि उपचार संगै अन्य विरामीलाई आवस्यक औषधि र परामर्स दिइएको नेत्र ज्वती संघ बागलुङका इनचार्ज विनय लामाले बताउनु भयो ।


सिविरबाट लामोसमय देखि आँखाको समस्या रहेका तर आर्थिक समस्याका कारण उपचारबाट बञ्चित भएका नागरिकले सहज सुविधा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो ।
बुधबार आयोजित अप्रेशन गरिएका विरामीको आँखाको पट्टी खोल्ने कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंरले बोल्दै शिविरले आर्थिक रुपमा कमजोर रहेका, अशक्त र जेष्ठ नागरिकलाई निकै राहात पुर्याएको बताउँदै आयोजक संस्था लायन्स क्लब अफ ढोरपाटनलाई धन्यबाद ज्ञापन गर्दे आगमी दिनमा महिलाका निम्ती पाठ्यघरको चेकजाँच, तथा उपचार लगाएतका शिविर आवस्यक रहेकोमा आफुले समेत पहल गर्ने बताउनु भयो ।


गण्डकी प्रदेशका अधिकांस क्षेत्रमा आँखाका विरामाीको सहज पहुँच पुग्ने गरि आफुहरुले निः शुल्क शिविर सञ्चालन मार्फत आँखाको उपचार गरिरहेको बताउँदै आर्थिक अभावकै कारण आँखाको समस्या पालेर बस्नु पर्ने बाध्यता कम रहेको नेपाल नेत्र ज्वती संघ प्रदेश कमिटी उपसभापती धुर्व के.सी.ले बताउनु भयो । विहिबार पनी आज अप्रेशन हुन बाँकी रहेका विरामीको मोतिया बिन्दुको अप्रेशन गरिने कार्यक्रम रहेको जनाइएको छ ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्वती संघ बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो ।

रङ्ग प्रयोग गरी बनाइका झिनियाँ रोटी नबेच्न उद्योगीलाई अनुगमन समितिको निर्देशन

0
ltxf/df ( nfvsf] lemlgof /f]6Lsf] Jofkf/u'NdLsf] jfdL 6S;f/ If]qsf g]jf/ ;d'bfon] lemlgof /f]6Lsf] Jofkf/af6 /fd|f] cfDbfgL ul//x]sf 5g . tl:a/ M sf}/a vqL, u'NdL, /f;;

बागलुङ जिल्ला अनुगमन समितिले रङ्ग प्रयोग गरी बनाइका झिनियाँ नवेच्न घरेलु उद्योगीलाई निर्देशन दिएको छ ।

रङ्ग मिसाएका झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि त्यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले रङ्ग प्रयोग नगरी उत्पादन गर्न घरेलु उद्यमीहरूलाई निर्देशन दिइएको हो । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुने गर्दछ।

बागलुङ अन्तर्गत जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार समेतको सहभागिमा झिनियाँ उत्पादन गर्ने बागलुङ नगरपालिका वडा नम्वर २ मरेपिपल क्षेत्रका उद्यमीहरु घरेलु उद्योग अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा केही उद्यमीहरुले झिनियाँ बनाउदा स्वास्थ्यलाई हानि हुने रंग प्रयोग गरेको, सरसफाईमा ध्यान नदिएको, दर्ता नगरेको पाइएकोले दर्ता गर्न र सरसफाईमा तत्काल सुधार गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो ।

रंगिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताउनु भयो ।बजारमा तिहारको लागि उत्पादन भएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिएकोले यस्ता खानेकुराले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भन्नु भयो ।

रङ्ग राखेर बनाइएका रोटी तेलमा तारेर खादा क्यान्सर रोग लाग्ने तत्व शरीरमा फैलिने श्रेष्ठले बताउनु भयो । उनका अनुसार तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ मिसाउँदा क्यान्सरको जोखिम बढाउँछ।

तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ्ग प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ्ग मिसाउदा क्यान्सर निम्त्याउने पदार्थको विकास गर्ने श्रेष्ठले बताउनु भयो । झिनियाँ रोटी तथा अन्य मिठाईमा रंग प्रयोग भएको खानेकुरा नखान उपभोक्तालाई समेत नखान श्रेष्ठले बताउनु भयो । एक केजी खाद्यपदार्थमा ०।२ ग्रामभन्दा बढी रङ प्रयोग गर्न नमिल्ने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिए। उपभोक्तामा रंगिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यस्को उत्पादन र बिक्री–वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो।

तिहारमा मात्र होइन, पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रूपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत गराएको छ। स्थानीय घरेलु उत्पादनको रूपमा विकास भइरहको झिनियाँ रोटी उत्पादन गर्ने उद्योगीहरुलाई उद्योग दर्ता, त्यसका फाइदाहरु, सामान उत्पादन, स्वास्थ्यलाई पर्ने प्रभाव र बजारीकरणको बारेमा तालिम दिनु पर्ने आवश्यकता छ ।

यस्तै मंगलबार गरिएको अनुगनको क्रममा सरसफाईमा ध्यान नदिएको भन्दै रातो घर रेष्टुरेन्टलाई ५ हजार जरिवाना गराइएको छ । भान्सा र भाडा माज्ने ठाउँको सरसफाईमा ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यलयमा उपस्थित गराई ५ हजार जरिवान गराइएको छ ।

लायन्स क्लबको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा पहिलो दिन ५७३ जनाले लिय सेवा

0

बुर्तिबाङ कात्तिक २१ गते
लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बुर्तिबाङमा मंगलबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखा शिविरबाट पहिलो दिन पाँचसय ७३ नागरिकले सेवा लिएका छन ।
आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध, आवस्यक परामर्स संगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सक द्धारा अप्रेशन समेत सुरु गरिएको छ ।
निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका संगै गुल्मीको मुसिकोट नगरपालिका देखि विरामीले सहभागिता जनाउँदै आफनो आँखाको चेकजाँच तथा उपचार गराएका लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो ।


लायन्स डिस्ट्रिक ३२५ को गर्भनर सुचित्रा थापाद्धारा बिहान उद्धघाटन गर्दे सुरु गरिएको शिविरमा पहिलो दिन ५७३ जनाको सहभागिता रहेकोमा ४२ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको छ । १५ जनालाई भोलीको लागी समय दिइएको नेत्र ज्वती संघ बागलुङका इन्चार्ज विनम लामिछानेले बताउनु भयो । त्यस्तै १ जना रिफेल जलविन्दु र १ जनाको आँखाको प्रदामा समस्या रहेका कारण हिमालय आँखा अस्पत्ताल पोखरा जान सुझाब दिइएको लामिछानेले बताउनु भयो
सहभागि मध्ये १५० जनालाई चस्मा उपलब्ध गराउनुका साथै विरामीको अवस्था हेरीकन औषधि संगै आवस्यक परामर्स दिइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका आँखा रोग विशेषज्ञ रुद्ध्र खत्रीले बताउनु । भोली बिहान ८ बजेदेखि शिविर सुरु हुने जनाईएको छ ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्वती संघ बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर जारी रहेको हो ।

उद्योग बाणिज्य संघ र नेपाल रेडक्रस बुर्तिबाङ उपशाखाद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहात हस्तान्त्रण

0

बुर्तिबाङ कात्तिक २१ गते
ढोरपाटन उद्योग बाणिज्य संघ बुर्तिबाङ र नेपाल रेडक्रस सोसाईटी बुर्तिबाङ उपशाखाद्वारा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितको निम्ती आर्थिक सहयोग संकलन गरि सोमबार पठाइएको छ ।
बुर्तिबाङ बजार स्थित विभिन्न व्यवसायी, समाजसेवीबाट संकलन गरिएको नगद दुई लाख र एकलाख रुपैयाँ मुल्य बराबरको खाध्यान्ह सामाग्रि गरी कुल तिनलाख बराबरको नगद र खाध्यान्ह भुकम्प प्रभावित क्षेत्रमा लगिएको उद्योग बाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।
सँस्थाका अध्यक्ष छन्त्याल सहितको टोलीले राहात लिएर रुकुम हुँदै जाजरकोट गएको हो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी बुर्तिबाङ उपशाखाद्वारा बजार क्षेत्रबाट संकलन गरिएको साठी हजार पचास रुपैयाँ नगद रकम सहित नेपाल रेडक्रस बुर्तिबाङ उपशाखाका पुर्व सभापती मेशलाल सर्मालाई प्रतिनिधीको रुपमा दैवी प्रकोप प्रभावित क्षेत्रमा पठाइएको संस्थाका सभापती पुरन पाण्डेले बताउनु भयो ।
महा विपत्तीको समयमा सहयोग गर्नु सबैको दायित्व रहेको बताउँदै यस अभियानमा आफुहरुले समेत हातेमालो गरेको बताउँदै आर्थिक सहयोग गर्ने दातालाई समेत सभापती पाण्डेले धन्यवाद व्यक्त गर्नुभयो । ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, उत्तरगंगा नमुना माविका शिक्षक नविन जि.सी., नेपाल रेडक्रस सोसाईटी बुर्तिबाङ उपशाखाका पदाधिकारी लगाएतको रहोभरमा उक्त रकम प्रतिनिधी मेशलाल सर्मालाई हस्तान्त्रण गरिएको हो ।