spot_img

रङ्ग प्रयोग गरी बनाइका झिनियाँ रोटी नबेच्न उद्योगीलाई अनुगमन समितिको निर्देशन

बागलुङ जिल्ला अनुगमन समितिले रङ्ग प्रयोग गरी बनाइका झिनियाँ नवेच्न घरेलु उद्योगीलाई निर्देशन दिएको छ ।

रङ्ग मिसाएका झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि त्यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले रङ्ग प्रयोग नगरी उत्पादन गर्न घरेलु उद्यमीहरूलाई निर्देशन दिइएको हो । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुने गर्दछ।

बागलुङ अन्तर्गत जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार समेतको सहभागिमा झिनियाँ उत्पादन गर्ने बागलुङ नगरपालिका वडा नम्वर २ मरेपिपल क्षेत्रका उद्यमीहरु घरेलु उद्योग अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा केही उद्यमीहरुले झिनियाँ बनाउदा स्वास्थ्यलाई हानि हुने रंग प्रयोग गरेको, सरसफाईमा ध्यान नदिएको, दर्ता नगरेको पाइएकोले दर्ता गर्न र सरसफाईमा तत्काल सुधार गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो ।

रंगिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताउनु भयो ।बजारमा तिहारको लागि उत्पादन भएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिएकोले यस्ता खानेकुराले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भन्नु भयो ।

रङ्ग राखेर बनाइएका रोटी तेलमा तारेर खादा क्यान्सर रोग लाग्ने तत्व शरीरमा फैलिने श्रेष्ठले बताउनु भयो । उनका अनुसार तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ मिसाउँदा क्यान्सरको जोखिम बढाउँछ।

तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ्ग प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ्ग मिसाउदा क्यान्सर निम्त्याउने पदार्थको विकास गर्ने श्रेष्ठले बताउनु भयो । झिनियाँ रोटी तथा अन्य मिठाईमा रंग प्रयोग भएको खानेकुरा नखान उपभोक्तालाई समेत नखान श्रेष्ठले बताउनु भयो । एक केजी खाद्यपदार्थमा ०।२ ग्रामभन्दा बढी रङ प्रयोग गर्न नमिल्ने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिए। उपभोक्तामा रंगिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यस्को उत्पादन र बिक्री–वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो।

तिहारमा मात्र होइन, पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रूपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत गराएको छ। स्थानीय घरेलु उत्पादनको रूपमा विकास भइरहको झिनियाँ रोटी उत्पादन गर्ने उद्योगीहरुलाई उद्योग दर्ता, त्यसका फाइदाहरु, सामान उत्पादन, स्वास्थ्यलाई पर्ने प्रभाव र बजारीकरणको बारेमा तालिम दिनु पर्ने आवश्यकता छ ।

यस्तै मंगलबार गरिएको अनुगनको क्रममा सरसफाईमा ध्यान नदिएको भन्दै रातो घर रेष्टुरेन्टलाई ५ हजार जरिवाना गराइएको छ । भान्सा र भाडा माज्ने ठाउँको सरसफाईमा ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यलयमा उपस्थित गराई ५ हजार जरिवान गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित