spot_img

लायन्स क्लबको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा ८२५ जनाले लिय सेवा

 निःशुल्क आँखा शिविरमा ८२५ जनाले लिय सेवा
छविलाल पाण्डे बागलुङ कात्तिक २२
लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बागलुङको ढोरपाटनमा मंगलबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखा शिविरबाट आठसय पच्चिस जना नागरिकले सेवा लिएका छन ।
आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध, आवस्यक परामर्स संगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सक द्धारा अप्रेशन गरिएको छ ।
बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका संगै गुल्मीको मुसिकोट नगरपालिका र पूर्वी रुकुमका विभिन्न स्थानदेखि आएका नागरिकले सेवा लिएका छन ।
शिविरमा ८२५ जना नागरिकको आँखाको चेकजाँच गर्दा ८३ जनाको मोतिया विन्दुको अप्रेशन , २५० जनालाई चस्मा तथाऔषधि उपचार संगै अन्य विरामीलाई आवस्यक औषधि र परामर्स दिइएको नेत्र ज्वती संघ बागलुङका इनचार्ज विनय लामाले बताउनु भयो ।


सिविरबाट लामोसमय देखि आँखाको समस्या रहेका तर आर्थिक समस्याका कारण उपचारबाट बञ्चित भएका नागरिकले सहज सुविधा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो ।
बुधबार आयोजित अप्रेशन गरिएका विरामीको आँखाको पट्टी खोल्ने कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंरले बोल्दै शिविरले आर्थिक रुपमा कमजोर रहेका, अशक्त र जेष्ठ नागरिकलाई निकै राहात पुर्याएको बताउँदै आयोजक संस्था लायन्स क्लब अफ ढोरपाटनलाई धन्यबाद ज्ञापन गर्दे आगमी दिनमा महिलाका निम्ती पाठ्यघरको चेकजाँच, तथा उपचार लगाएतका शिविर आवस्यक रहेकोमा आफुले समेत पहल गर्ने बताउनु भयो ।


गण्डकी प्रदेशका अधिकांस क्षेत्रमा आँखाका विरामाीको सहज पहुँच पुग्ने गरि आफुहरुले निः शुल्क शिविर सञ्चालन मार्फत आँखाको उपचार गरिरहेको बताउँदै आर्थिक अभावकै कारण आँखाको समस्या पालेर बस्नु पर्ने बाध्यता कम रहेको नेपाल नेत्र ज्वती संघ प्रदेश कमिटी उपसभापती धुर्व के.सी.ले बताउनु भयो । विहिबार पनी आज अप्रेशन हुन बाँकी रहेका विरामीको मोतिया बिन्दुको अप्रेशन गरिने कार्यक्रम रहेको जनाइएको छ ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्वती संघ बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित