लायन्स क्लबको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा पहिलो दिन ५७३ जनाले लिय सेवा

बुर्तिबाङ कात्तिक २१ गते
लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बुर्तिबाङमा मंगलबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखा शिविरबाट पहिलो दिन पाँचसय ७३ नागरिकले सेवा लिएका छन ।
आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध, आवस्यक परामर्स संगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सक द्धारा अप्रेशन समेत सुरु गरिएको छ ।
निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका संगै गुल्मीको मुसिकोट नगरपालिका देखि विरामीले सहभागिता जनाउँदै आफनो आँखाको चेकजाँच तथा उपचार गराएका लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो ।


लायन्स डिस्ट्रिक ३२५ को गर्भनर सुचित्रा थापाद्धारा बिहान उद्धघाटन गर्दे सुरु गरिएको शिविरमा पहिलो दिन ५७३ जनाको सहभागिता रहेकोमा ४२ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको छ । १५ जनालाई भोलीको लागी समय दिइएको नेत्र ज्वती संघ बागलुङका इन्चार्ज विनम लामिछानेले बताउनु भयो । त्यस्तै १ जना रिफेल जलविन्दु र १ जनाको आँखाको प्रदामा समस्या रहेका कारण हिमालय आँखा अस्पत्ताल पोखरा जान सुझाब दिइएको लामिछानेले बताउनु भयो
सहभागि मध्ये १५० जनालाई चस्मा उपलब्ध गराउनुका साथै विरामीको अवस्था हेरीकन औषधि संगै आवस्यक परामर्स दिइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका आँखा रोग विशेषज्ञ रुद्ध्र खत्रीले बताउनु । भोली बिहान ८ बजेदेखि शिविर सुरु हुने जनाईएको छ ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्वती संघ बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर जारी रहेको हो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img