राहात सामाग्रि बोकेर पुगे सांसद दोय दोर्ण कुवंर र दिलमाया पौवी भुकम्प प्रभावित क्षेत्रमा

बुर्तिबाङ कात्तिक २४
गत शुक्रबार गएको भुकम्पका कारण प्रभावित रहेको रुकुम पश्चिम र जाजरकोट जिल्लामा भुकम्प पिडितको उद्धार तथा राहात वितरणका कार्यक्रम भइरहेका बेला गण्डकी प्रदेश सभाका सांसद दोर्ण कुमार कुवंर र दिलमाया पौवी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।

 


बागलुङको क्षेत्र नं.२ प्रदेश सभा २ बाट गण्डकी प्रदेश सभामा निर्वाचीत सांसद द्वय दोर्ण कुमार कुवंर र दिलमाया पौवी सहितको टोलीले भुकम्प प्रभावित क्षेत्रका दुर दराजमा पुगेरै राहात हस्तान्त्रण संगै भुकम्प पिडितको अवस्था बुझ्न थालेका छन ।

बिहिबार रुकुम पश्चिममा पुगेको टोलीले त्यस क्षेत्रका पिडितलाई त्रिपाल, खाध्यान्ह लगाएतका सामाग्रि हस्तान्त्रण गरेसंगै शुक्रबार जाजरकोट जिल्लाको विभिन्न स्थानमा राहात हस्तान्त्रण गरिएको र भुकम्पमा परि ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको घरमा पुगेर शोक सभा कार्यक्रम समेत गरिएको हाम्रा सहकर्मी प्रतिनिधी तिलक मल्लले बताउनु भयो ।
पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका वडा नं. ९ मा वडा अध्यक्ष हरि बहादुर खड्का संग सम्मोन्य गरि राहात हस्तान्त्रण गरिएको थियो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अधिकांस घरहरु पुन ः निर्माण गर्नुपर्ने अवस्थामा रहेको तर हालसम्म अन्य कुनै निकाय प्रभावित क्षेत्रमा पुग्न नसकेको वडा अध्यक्ष खड्काले बताउनु भयो ।


राहात हस्तान्त्रण कार्यक्रममा पिडित संग बोल्दै माननिय सांसद दोर्ण कुमार कुवंरले भन्नुभयो मानविय क्षती भएको ठाउँमा राज्य र सहयोगी दाता पुगेपनी भौतिक क्षेति भएका ठाउँमा कोही पनी पुग्न नसकेको आवस्थामा आफुहरुले राहात लिएर पुगेको बताउनु भयो ।
त्यस्तै अर्का माननिय दिलमाया पौवीले पिडामा रहेका नागरिकलाई थारै भएपनी राहात मार्फत मल्हम लगाउन भुकम्प प्रभावित क्षेत्रमा आएको बताउनु भयो । दुई माननीय सहितको टोली राहात लिएर दुर्गम गाउँमा पुग्दै गर्दा स्थानीय नागरिक खुसि भएका छन । एकसय बोरा चामल एकसय थान त्रिपाल, चाउचाउ, विस्कुट लगाएतका खाध्यान्ह सामाग्रि उपलब्ध गराईएको हो । आफुहरुबाटै आर्थिक संकलन गरेर राहात हस्तान्त्रण गरिएको हो टोलीमा नेपाली कांग्रेसका नेता सागर छन्त्याल, सोम बहादुर पौवी, लगाएतको सहभागिता रहेको छ । जाजरकोट जिल्लाको विभिन्न दुर्गम वस्तिमा समेत पुगेर टोलीले राहात हस्तान्त्रण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित