न्वागी मेला आगामी मंसिर ३ गतेदेखि सुरु हुँदै

बुर्तिबाङ कात्तिक २३
बागलुङको वडिगाड गाउँपालिका स्थित खालमा हुने न्वागी मेलाको आवस्यक तयारीलाई अगाडी बढाइएको छ । पौँदीबासीहरुले महान पर्वको रुपमा मनाउँदै आएको न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला आगामी मसिंर ३ गतेदेखि ८ सम्म सञ्चालन हुने जनाएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दे आयोजकले क्लबले गर्ने विभिन्न कार्यक्रम र तयारीका विषयमा जानकारी गराएको हो ।
बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन ।
घरमा नयाँ धानबाली भित्राएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ । यसबर्षको न्वागी खाने दिन मंसिर ३ गते रहेको हो ।
न्वागी पर्वलाई सँस्कृर्तिको जर्गेना गर्न र यहाँको कला संस्कृर्ति, खेलकुदलाई जोगाई राख्न पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ ।
यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिका अध्यक्ष गुणानिधि घिमिरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको खुल्ला वडास्तरीय पुरुष भलिबल, वडा स्तरिय महिला भलिवल प्रतियोगिता संगै रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत तथा एकल रेकर्ड डान्स, सोरठी भैलो, पुरुष छेलो, कुर्ची दौड, भाले छोपाई, हाँस छुने, जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकहरुबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगीता लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती सहित कराँते प्रदर्शनी, कृषि मेला प्रदर्शनी लगायतका अन्य विविध साँस्कृतिक कार्यक्रम रहने जानकारी दिनुभयो ।
यस क्षेत्रको मुख्य अन्नबाली धान भित्राएपछि न्वागी खाने यो प्रचलन विगत लामो समय देखि चल्दै आइरहेको परम्परा हो । मेलालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्ने र यहाँका कला संस्कृर्तिको जर्गेना गर्ने उदेश्य सहित ६ दिनसम्म सञ्चालन हुने मेलामा करिब १५ लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समिति सचिव तथा वडिगाड गाउँपालिका ५ का अध्यक्ष बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।
न्वागीको इतिहासः
नेपालको ऐतिहासिक अध्ययन क्रममा १२ औं शताब्दीको तत्कालिन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५ औं शताब्दी तिर उक्त राज्य टुक्रिएर स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर इस्मा राज्य अन्तगर्त पर्थ्यो ।
गुल्मीको नेटा, पौंदीअमराई, इस्मा र ग्वालीचौरमा ८० घरहरु थिए । त्यसलाई इस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभूमि रहेको छ ।
बाइसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट इस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए ।
उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन् ।।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img