Home Blog Page 110

ढोरपाटन सिकार आरक्षमा नाउर शिकार गर्ने म्याग्दीका ३ जना बन्दुकसहित पक्राउ

0

ढोरपाटन सिकार आरक्ष अन्र्तगत पर्ने म्याग्दी जिल्ला स्थित बार्षे ब्लकको मनसुन मेला क्षेत्रमा अबैध रुपमा चोरी शिकारी गरिरहेको अवस्थामा व्यक्तिलाई अवैध हात- हतियार, अखेटोपहार र समानहरु सहित ढोरपाटन शिकार आरक्ष कार्यालय र नेपाली सेनाको देवीबक्स गुल्मको  संयूक्त टोलीले  ३ शिकारीलाई नियन्त्रण लिएको छ ।

 ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले कोभर्ट पट्रोलको क्रममा म्याग्दीको धौलागिरी गाउँपालिकाका ५२ वर्षीय प्रेम बहादुर छन्त्याल, सोहि स्थानका ५० वर्षीय पहलमान छन्त्याल र २८ वर्षीय सुमन छन्त्याललाई पक्राउ गरेको छ । सेनाको देवीबक्स  गुल्मको सुरक्षा पोस्ट गुर्जाघाट मान बहादुर ऐर सहितको ४ जना नेपाली शेनाको टोली र ४ जना सिकार आरक्षको संयूक्त टोलीले प्रकाउ गर्न सफल भएको हो ।

उनीहरुलाई अबैध हातहतियार, अखेटोपहार र समानहरु सहित नियन्त्रण लिई दोहोरो भरपाईका साथ ढोरपाटन
शिकार आरक्ष कार्यालयलाई बुझाईएको छ।

उनीहरुको साथबाट एकथान भरुवा बन्दुक, एकथान कार्तुस बन्दुक, एकथान खुकरी, दुईथान हसियाँ, छाला काट्न प्रयोग गरिने चक्कु दुईथान, धार लगाउन प्रयोग गरिने रेती एकथान, बाइनाकुलर एकथान, पासो बनाउन प्रयोग गरिने डोरी एकसय एकासी थान, पासो एकसय दुई थान, अन्दाजी १ बर्षको भाले नाउर र २ बर्षको पोथी नाउर काटेर राखेको अवस्थामा टाउको दुई वटा, खुट्टा आठ वटा, मासु ३० के.जी, छाला २ थान, जाली झालेला ३ थान, बन्दोबस्तीका सामान ३ सेट बरामद भएको छ ।

सोही पट्रोलको क्रममा ढोरपाटन शिकार आरक्षको बार्षे ब्लक क्षेत्रमा मृत अवस्थामा एउटा रेडपाण्डा र नाउरको एक थान सिङ्ग समेत फेला पारेको ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलले ढोरपाटन टाइम्सलाई बताए । पट्रोलको क्रममा बिभिन्न स्थानमा सिकारीहरुद्धारा राखिएको पासो समेत फेला पारी निस्कृय गरिएको छ।

पछिल्लो समय म्याग्दी क्षेत्र र रुकुम क्षेत्रबाट जंगली जनावर चोरी सिकारी बढिरहेका कारण त्यसको रोकथामका निम्ती बृहत कार्यक्रम गर्ने उदेश्य सहित आफुले सिडियो कार्यालयमा जानकारी गराइसकेको कंडेलले बताए ।

तमानखोला १ मा एकघर एक धारा अभियान ८५ प्रतिशत नागरिकको पहुँचमा खानेपानी

0

मंसिर ६ गते
बुर्तिबाङ
तमानखोला गाउँपालिका वडा नं. १ को अधिकांस बस्तिमा सहज खानेपानी पहुँच पुगेको छ । खानेपानीको पहुँच घरघर सम्म पुग्ने गरि गाउँपालिकाले लिएको निती बमोजिम गाउँपालिकाको करिब ९० प्रतिशत वस्तिमा सहज खानेपानी पुग्दै गर्दा वडा नं. १ मा ८५ प्रतिशत घरमा एकघर एक धारा निर्माण सम्पन्न भइसकेको वडा अध्यक्ष थम बहादुर रोकाले बताउनु भयो ।
गण्डकी प्रदेश सरकारको डेढ करोड लागतमा सादिवन खानेपानी आयोजना निर्माण सम्पन्न भएसंगै वडाको अधिकांस नागरिक खानेपानीको सहज पहुँचमा पुगिसकेको वडा अध्यक्ष रोकाले बताउनु भयो ।
गाउँदेखि करिब ६ किलोमिटर टाढा नयाँवन खोला बाट खानेपानी ल्यायपछि सादीवन, डरम्फु, साकिना, सासबाङ,किरी, तल्लाचौर, उपल्लाचौर गरि १२५ घरमा खानेपानीको पहुँच संगै धारा निर्माण भएको सादीवन खानेपानी निर्माण उपभोक्ता समितीका अध्यक्ष मोतिलाल घर्तिले बताउनु भयो ।
गण्डकी प्रदेशको १ करोड ५३ लाख ८२ हजार, स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदानमा २०७७ चैत्र देखि निर्माण सुरु भई गत असार महिनामा निर्माण सम्पन्न भएको उपभोक्ता समिती सचिव ओम बहादुर घर्तिले बताउनु भयो । गत मंसिर ४ गते संघिय साँसद देवेन्द्र पौडेलले खानेपानी आयोजनाको उद्धघाटन गर्नुभएको थियो ।
८५ प्रतिशत प्रत्यक घरघरमा सहज खानेपानी पहुँच सहित धारा निर्माण भइसकेको छ । यसबर्ष खानेपानीका लागी नेवा सँस्थाले वडा नं. १ कै भिकोस, पातिचौर, सासबाङका बस्तिमा काम गर्ने भएको हुँदा अव २÷४ घर मात्र रहेको बस्ति बाहेक अन्य स्थानमा सहज खानेपानी पहुँच पुगिसकेको वडा अध्यक्ष थम बहादुर रोकाको भनाई छ ।
तमानखोला गाउँपालिकाको अधिकांस वडामा घुम्ती वस्ति रहेका कारण छरिएर रहेका बस्ति बाहेक अधिकांस क्षेत्रमा सहज खानेपानी पहुँच पुगिसकेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
तमानखोला गाउँपालिकामा खानेपानीका लागी नेवा, गण्डकी प्रदेश सरकार र तमानखोला गाउँपालिकाको लगानीमा खानेपानीको पहुँच विस्तार भइरहेको हो ।
आइएनएफ संस्थाले विगतमा खानेपानीको व्यवस्था गरेको भएपनी पछिल्लो समय वस्ति विस्तार ,खानेपानी आयोजना जिर्ण हुँदै जानु जस्ता कारणले अधिकांस बस्तिमा एक घर एक धारा कार्यक्रम निर्माण भइसकेको हो ।

फरार देबकुमार नेपाली सामाजिक सञ्जाल मार्फत भन्छन बचतकर्तालाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्छु

0

बुर्तिबाङ मंसिर ५ गते
इमेज सहकारी संस्थाबाट बचतकर्ताहरूको बचत रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको बताएका छन् ।
सहकारीमा देखिएको समस्या समाधान गर्न तयार रहेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर नेपालीले सम्पत्ति विवरण सार्वजनिक गर्दै बचतकर्तालाई फिर्ता गर्न तयार रहेको बताएका हुन् ।
उनीविरुद्ध हजारौं बचतकर्ताले करोडौं ठगी गरिएको भन्दै उजुरी परेको छ । आफू मेयर भएकाले सहकारीमा समय दिन नसकेको कारण र सबै बचत कर्ताले एकै पटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको बताएका छन् ।
आफुले बचत कर्ताको रकम फिर्ता गर्ने समय माग्दै गर्दा समेत आफनो र परिवारको असुरक्षा बढेका कारण केही समयका लागी आफुले ढोरपाटन छोडेको बताउँदै उनले सहकारी समस्या को समाधान तथा हिसाब मिलाउनका आफ्नो सम्पत्ति बेचेर हिसाब मिलान गर्ने समय माग्दा पनि समय नपाएपछि आफू घर छोडेर हिँड्न बाध्य भएको बताएका छन् ।
फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्ब भन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

नेपालीले दिएको विज्ञप्ती


मेयर नेपालीका अनुसार बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सहकारी ठगी मुद्दामा फरार सूचीमा रहेका मेयर नेपालीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिबारे प्रहरी अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।
‘उहाँ ९मेयर नेपाली०ले लेख्नुभएको विषय हामीलाई केही आएको छैन । कानुन अनुसार फरार सूचीमा रहेका व्यक्तिहरुलाई प्रहरीले खोजिरहेको छ,’ विकले भने ।

देबकुमार नेपाली र श्रीमतीको नाममा बुर्तिबाङमा रहेको जग्गा विवरण 


उनले सहकारीका बचतकर्ताहरुले प्रहरी कार्यालयमा आएर उजुरी बारे समय समयमा जानकारी लिने गरेको समेत बताए ।
यता बचत कर्ताले पुनह इमेज सहकारी व्युताउने तयारी गरिरहेका बेला नेपालीले चलाखी पूर्ण तरिकाले फेसबुकमार्फत भिडियो राख्दै फेरी पनी आफुहरुलाई भ्रमित पार्न खोजको आरोप लगाएका छन ।

Gene x Pert मेशिन द्धारा बुर्तिबाङ स्वास्थ्य केन्द्रमा नि :शुल्क क्षयरोग परिक्षण हुने

0

छविलाल पाण्डे
मंसिर ६ गते
बागलुङ जिल्लामा क्षयरोग टिबि) रोगका बिरामी बद्दो क्रममा रहेको अवस्थामा अबदेखि बुर्तिबाङ स्वास्थ्य केन्द्रबाट क्षयरोगको परिक्षण हुने भएको छ । हालसम्म जिल्लामै धवलागिरी अञ्चल अस्पत्ताल बागलुङबाट मात्रै चेकजाँच हुँदै आएकोमा अबदेखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चेकजाँच तथा औषधि उपचार सेवा सुचारु भएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रतिनिधी संकर प्रसाद कँडेलले बताउनु भयो ।
धवलागिरी अञ्चल अस्पत्तालमा रहेका –Gene x Pert  दुई वटा मेशिन सहित आवस्यक सामाग्रि बुर्तिबाङ स्वास्थ्य केन्दमा ढोरपाटन नगर स्वास्थ्य संयोजक केशव थापा र बुर्तिबाङ स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा.रचना सुवेदीलाई मंगलबार हस्तान्त्रण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण सर्मा बताउनु भयो ।
धवलागिरी अस्पत्तालमा हाल नयाँ Gene x Pert मेशिन उपलब्ध भएसंगै त्यहाँ सञ्चालित मेशिन बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको जनाइएको छ ।
बागलुङमा आर्थिक बर्ष २०७९÷०८० को तथ्याँक अनुसार बागलुङ जिल्लामा २३५ जना रहेकोमा वडिगाड गाउँपालिका जिल्लाकै क्षयरोगको हब बन्दै गएको छ जिल्लाको कुल सँख्या मध्ये करिब ५० प्रतिशत सँख्या वडिगाड गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ट निरीक्षक देब प्रकाश घिमिरेले बताउनु भयो ।
परिक्षण गरिएको मध्ये उक्त सँख्या रहेको भएपनी यो सँख्या अझ धेरै रहेको हुन सक्ने बताउँदै यसबाट बच्न समयमै चेकजाँच र उपचार प्रभावकारी हुने भएको र लुकेर रहेका विरामीलाई परिक्षणको दायरामा ल्याउने गरि पश्चिम बागलुङमा सहज हुने जिल्ला जन स्वास्थ्य कार्यालय बागलुङका प्रमुख आचार्यले बताउनु भयो ।
प्रति विरामीको क्षयरोग चेकजाँच गर्दा ३५ सय रुपैयाँ खर्च हुने भएपनी नेपाल सरकारले खर्च व्यवस्थापन गर्दे आएको छ ।
बागलुङ जिल्लामा प्रत्यक बर्ष बद्दो क्रममा रहेको पाइएको छ । बार्षिक रुपमा जिल्ला ३८ हजार सम्म संक्रमित व्याक्ति फेला परेको र नेपालबाट शन २०५० मा क्षयरोग मुक्त गर्ने सरकारको लक्ष्य रहेको छ ।
एक प्रकारको किटाणुको कारणले लाग्ने यो रोग मानिसको शरिरमा रोग संग लड्ने क्षमता कमजोर हुँदै गर्दा बढि मात्रामा क्षयरोग हुने देखिएको र दुई हप्ता वा सो भन्दा बढि सम्म खोकी लाग्ने, खान मन नलाग्ने, खकारमा रगत देखिने जस्ता लक्ष्यण क्षयरोगका हुन सक्ने भएका कारण विरामीले समयमै चेकजाँच गरेमा निःशुल्क रुपमा उपचार हुने स्वास्थ्य कर्मीको भनाई छ । नेपालमा क्षयरोगका कारण बार्षिक १६ हजार सम्म विरामीको मृत्यु हुने गरेको तथ्यांक छ । नियमित रुपमा औषधी शेवन गरेमा रोग निको हुने स्वास्थ्य कर्मीको भनाई छ ।

सनराईज युथ क्लबको कार्यक्रम जारी: शुक्रबार गाउँपालिका अध्यक्ष घर्तिद्वारा उद्धघाटन

0

मंसिर १ बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका २ मा रहेको सनराईज युथ क्लबले आयोजना गरेको बिविध खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम जारि रहेका छन । क्लबले आफनो १६ औँ बार्षिक उत्सबका अवसरमा आयोजना गरेको तिहार मेला तथा बार्षिक उत्सव कार्यक्रमको शुक्रबार छैठौँ दिन निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्धघाटन गर्नुभएको छ ।
प्रमुख अतिथीको रुपमा रहनु भएका अध्यक्ष घर्तिले कार्यक्रमलाई संवोधन गर्दे निसीखोला गाउँपालिका खेलकुद, कला र संस्कृर्तिमा अगाडी रहेको बताउँदै यि कला संस्कृर्ति र खेलकुदलाई सबैले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्कृर्ति कला खेलकुदलाई जोगाएर राख्न सके यहाँको पहिचान बच्ने बताउँदै नयां पुस्तालाई समेत सहभागि बनाएर यस्ता अभियानमा हातेमालो गर्नुपर्ने बताउँदै गाउँपालिकाले समेत आवस्यक समोन्य गरिरहेको बताउनु भयो ।
निसीखोला गाउँपालिकाको विकास र समृद्धिलाई जोड्न सबैको साथ आवस्यक रहेको बताउँदै सामाजिक संघसंस्था, क्लबले समेत समाज रुपान्त्रणमा भुमिका खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अवसरमा निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, गाउँपालिका अन्र्तगत ७ वटै वडा अध्यक्ष लगाएतको आतिथ्यता रहेको कार्यक्रममा क्लब अध्यक्ष भिम घर्तिको अध्यक्षता रहेको थियो अञ्चल शाहीले कार्यक्रमको सञ्चालन गर्नुभएको छ ।
आयोजित कार्यक्रममा पुरुष भलिवल प्रतियोगिता जारी रहेको छ १२ समुहको सहभागिता रहेको प्रतियोगितामा निसीखोला गाउँपालिका ३ र आयोजक समु्ह फाइनलमा प्रवेश गरेका छन । महिला भलिवल प्रतियोगिता भोलीदेखि सुरु हुने जनाइएको छ । ३५ बर्ष माथिको मैत्रिपूर्ण पुरुष भलीवल तर्फ ढोरपाटन नगरपालिका ५ फाइनलमा प्रवेश गरेको छ त्यस्तै निसीखोला २ र आयोजक समुह सेमिफाइनल प्रवेश गरेको हो । अन्य कार्यक्रम समेत जारी रहेको आयोजकले जनाएको छ ।

देशभर चिसो बढ्यो, सावधानी अपनाउन मौसम विभागको आग्रह

0

देशभर चिसो बढेकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको छ ।

अरु क्षेत्रको तापक्रम पनि क्रमिक रूपमा घटिरहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहने भए पनि बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ । कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

करेन्ट लागेर निसीखोलामा एक बृद्धको मृत्यु

0

१ मंसिर ।  बागलुङको निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार विहान करेन्ट लागेर एक बृद्धको मृत्यु भएको हो ।

६२ बर्षीय भाजबिर नेपालीको काउलेबाट धुवाखोर तर्फ जाने गोरेटो बाटोमा हिड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले जानकारी दिए । निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विजुलीको तार भुईमा लत्रीयको अवस्थामा रहेको र सोही तारमा कुल्चिदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घटनाको जानकारी पछि अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी सहायक निरीक्षक गुरु प्रसाद न्यौपानेको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङका प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा ७ जना प्रहरी घटनास्थलमा खटिएको डिएसपि केसीले बताए

बागलुङमा पटका आतंकले नागरिक हैरान

0
 राम प्रसाद घिमिरे बागलुङ
देशभर तिहारको रौनक चलिरहेको छ। उज्यालोको पर्व मानिने तिहारमा जताततै झिलिमिलि बत्ती बलिरहेका छन । तर बागलुङमा भने बत्तीको अलावा ठूलो आवाजमा पट्किने पटकाको समेत पटका आतंका बढेको छ ।
प्रहरीले पटका, आतासवाजी जस्ता विष्पोटका पदार्थको बिक्रीवितरण र प्रयोगमा नियन्त्रण गरेको दाबी गरेपनि ठूलो आवजामा विष्पोट गराईने पटकाले बागलुङका नागरिक आतंकित बनेका छन् ।
बागलुङ बजारमा साँझपख मिनेट मिनेटमा ठुलो आवाजमा पटका पट्काइने गरिएको छ । प्रहरीको विट रहेको वरपर नै पटका पट्काईने गरिएको एक स्थानीयले गुनासो गरेका छन ।पश्चिम बागलुङको बुर्तिबाङ बजार तथा आसपासमा समेत पटका आतंक बढेको छ
के भन्छ प्रहरी ! बागलुङ बजारमा पटका आतंक नियन्त्रण गर्न नसकेको हो भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले भने ” पटका लगायत विष्पोटक पदार्थको बिक्रीवितरण तर प्रयोग पुर्ण रुपमा निषेध गरिएको छ, तर लुकिछिपि बिक्री गरेको पाइएकाले ३ जनालाई पक्राउ समेत गरिएको छ ।
” प्रमुख खड्काले भन्नुभयो यस्ता सामाजिक विकृतिको नियन्त्रणमा नागरिकको महत्त्वपूर्ण साथ र समर्थन चाहिन्छ तर हामीले यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न सबै ठाउँमा प्रहरी परिचालन गरिरहेका छौं, कसैले देखे वा थाहा पाएमा हामीलाई खबर गर्न अनुरोध समेत गर्दछौं ।
” चाडवाड लक्षित अनुगमन प्रभावकारी हुन सकेन !
बागलुङ बजारमा विभिन्न समयमा विभिन्न निकायहरूले अनुगमन गर्ने गरेपनि औपचारिकता पूरा गर्नका लागि मात्र हुनेगरेको नागरिकले गुनासो गरेका छन् ।
नाम नभन्ने सर्तमा एक व्यावसायीले भने “अनुगमन गर्नु राम्रो हो तर बागलुङमा अनुगमनको कुनै सिस्टम नै छैन म त यसलाई अनुगमनको नाममा नाटक हो भन्छु ” अनुगमनमा यस्ता प्रकारका गैरकानुनी वस्तुको बिक्रीवितरण समेत रोक्नुपर्ने हो तर यसपटक बागलुङमा यस्ता कुनै कदमहरु प्रभावकारी देखिएनन् ।
शान्तिपूर्ण रुपमा चाडपर्व मनाउन पाउनु सबैको अधिकार हो तर चाडपर्व मनाउने निहुँमा अरुलाई बाधा पुग्ने कार्यमा नागरिक समेत जिम्मेवार हुनु जरुरी हुन्छ ।

इमेज सहकारी पिडितको गुनासो राज्यले तदारुकता देखाएन :सहकारीलाई पुनह ब्युँताउने

0

बुर्तिबाङ कात्तिक २६
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ता (इमेज पिडित) द्धारा बुर्तिबाङमा ¥याली सहित कोण सभा गरेका छन । ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज सहकारीका अध्यक्ष देव कुमार नेपाली सहित सञ्चालक समितीमा रहेका पदाधिकारी सहकारीको करोडौँ रकम हिनामिना पारेर फरार भएको ६ महिना बित्दै गर्दा समेत राज्य संयन्त्रले निजलाई प्रकाउ गर्न नसकेको भन्दै आक्रोसित पिडितले आफुहरुले न्याय नपाउञ्जेल आफनो लँडाई जारि रहने बताएका छन ।


गत जेठ ५ गतेदेखि फरार रहेका देवकुमार नेपाली हालसम्म सम्पर्कमा नरहनु र राज्य संयन्त्रको सुस्त रुपमा भइरहेको अनुसन्धान प्रकृयाले पिडितले लामो समय सम्म पनी न्याय पाउन नसकेको संघर्ष समितीका अध्यक्ष डिल बहादुर कार्कीले बताउनु भयो ।


लामो समय सम्म पनी पिडितले न्याय पाउन नसकेको भन्दै राज्यका सबै निकायमा न्यायको खोजीमा पुगिसकेको तर हालसम्म फरार व्याक्ति प्रकाउ पर्न नसक्दा पिडितलाई न्याय पाउन थप समस्या भएको कार्कीको भनाई छ ।
उहाँका अनुसार राज्यको कानुनी प्रकृया पनी अगाडी बद्दै गर्छ संगै अब तत्काल सेयर सदस्य र बचतकर्ता पिडितहरुकै सक्रियतामा इमेज सहकारी संस्थालाई ब्युँताउने र सहकारीलाई पुनह सञ्चालन गर्ने गरि आफुहरु प्रकृयामा अगाडी बढिएको बताउँदै आफुहरुको वचतलाई जुन कुनै हालतमा फिर्ता गर्ने गरि पिडितहरु लागिरहेको बताउनु भयो ।
संघर्ष समिती गल्कोट शाखाका संयोजक मञ्जु सर्माले बोल्दै न्याय खोज्न प्रहरी, प्रशासन, सहकारी नियामक निकाय देखि मन्त्री, प्रधानमन्त्री सम्म आफुहरु पुगेपनी हालसम्म न्याय पाउन नसकिएको बताउँदै अब फेरी सबै पिडित एकढिक्का भएर कानुनी प्रकृया संगै सहकारी ब्युँताउने अभियानमा जुट्नुपर्ने बताउनु भयो ।


पिडितले अध्यक्ष नेपाली सहित ११ जना सञ्चालक समिती विरुद्ध जिल्ला अदालतमा कुल एक अर्ब ३० करोड बिगोदावी सहित १५ सय ४३ जनाले मुद्धा दर्ता गराएका हुन । इमेज सहकारीबाट बागलुङ बजार, बुर्तिबाङ, गल्कोट, र पोखराबाट गरी हजारौँ नागरिकको रकम कुम्लयाएर देवकुमार नेपाली भागेका हुन ।
कार्यक्रममा बुर्तिबाङ संघर्ष समिती संयोजक यम बहादुर कुवंर, सदस्य पदम छन्त्याल, बचत कर्ता तम बहादुर कार्की लगाएतले बोलेका हुन ।
पिडितहरुले बुर्तिबाङमा रहेको देवकुमार नेपाली बस्दै आएको दरबार होटलको घरको ताला फोड्ने र पिडितहरुले नै घरको प्रयोग गर्ने गरि बागलुङ, गल्कोट र बुर्तिबाङका पिडित उपश्थित भएपनी ताला फोड्न प्रशासनले रोक लगाएतको छ । आगामी शुक्रबार बागलुङमा छलफल गरेर मात्रै अगाडी बढ्ने सहमती पछि पिडितले आफनो थप कार्यक्रम रोकेका हुन । बुर्तिबाङ प्रहरी चौकीमा प्रदेश माननिय दिलमाया पौवी, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, प्रहरी र संघर्ष समिती विच बैठक बसेपनी प्रहरी प्रशासनले ताला फोड्न दिने आफुहरुलाई अनुमनी नभएको बताएको छ । फरार रहेका नेपालीले बैँक वित्तिय संस्थाबाट ३५ करोड बढि ऋण लिएको समेत खुलेको संघर्ष समिती अध्यक्ष कार्कीले बताउनु भयो । राष्ट्रिय सहकारी बैँकले कर्जा चुक्ता गर्न अनुरोध सहित ३५ दिने सुचना प्रकाशन गरिसकेको छ ।

सिटिजन लाइफद्वारा म्याग्दीको दुर्गम क्षेत्रमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

0

बागलुङ
कात्तिक २४ गते
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको आयोजना साथै मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग, लोमस फार्मास्युटिकल को मेडिकल सहयोग अनि रघुगङगा गाउँपालिका संगको सहकार्यमा रघुगङगा गाउँ पालिका वार्ड नम्बर ७ चिमखोला म्याग्दीमा कात्तिक २२ गते एक दिने बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालको आँखा तथा जनरल मेडिसिन बिभागका बिशेषज्ञहरु सहितको टोली र दिगो क्लिनिक बेनीको ल्याब टेक्निसिएनको टिमले एक दिने शिवीर मा स्थानीय नागरिकलाई निः शुल्क स्वास्थ्य परिक्षण संगै औषधि उपचार गरिएको हो ।

आँखा तथा जनरल मेडिसिन साथै सुगर जाँच समेत भएको उक्त शिविरमा ७१ जनाको आँखा परीक्षण , १०९ जनाको सुगर परीक्षण , २१९ जनाको जनरल स्वास्थ्य परीक्षण गरिएको थियो ।सिटिजन लाइफले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहि विभिन्न कार्यक्रम गर्ने क्रममा म्याग्दीको दुर्गम क्षेत्र लक्षित कार्यक्रम गर्न सफल भएको जनाइएको छ ।

आयोजित कार्यक्रममा रघुगङ्गा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष ठग बहादुर पाइजा पुनले पोखरा देखी टाढा दुर्गम गाउँमा आएर सिटिजन लाइफ इन्स्योरेन्सले गरेको निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधी बितरण कार्यको प्रशंसा गरेका थिए । सिटिजन को आयोजनामा मणिपाल सङ्गै रघुगँगा गाृउँपालिका को ७ वटै वडादेखि स्वास्थ्य स्वयम् सेविकाहरुको सकृय उपस्थिति रहनुका साथै स्वास्थ्य कार्यलय देखि उपस्थित कर्मचारीहरुको कृयाशिलताले बृहत् शिविरमा गाउँलाई नै स्वास्थय सेवा दिन सकिएको सिटीजन लाइफ इन्सोरेन्स कम्पनीका मध्य तथा मध्य पश्चिम क्षेत्रका प्रमुख व्यावसाय अधिकृत सुनिल पोखरेलले बताए ।

मणिपाल शिक्षण अस्पताल , दिगो क्लिनिक तथा वार्ड कार्यालयसँग सहकार्य गरेर दुर्गम गाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न पाउदा निकै खुशी लागेको उनको भनाई छ । पोख्रेलले आउँदा दिनमा पनि मणिपाल सँग मिलेर अन्य स्थानहरुमा यस्तै परोपकारका कार्यमा हातेमालो गर्दै जोडीन सकिने बताए । मणिपाल शिक्षण अस्पतालका सहाएक प्रबन्धक खिम बहादुर लामिछाने ले मणिपाल शिक्षण अस्पतालको सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा देशका बिभिन्न स्थानहरुमा बिभिन्न संघ संस्थाहरुसँग मिलेर नि ः शुल्क स्वास्थ्य शिविरहरुमा प्राविधिक सहयोग तथा निःशुल्क औषधीहरु बितरण गर्ने गरेको बताए ।

कार्यक्रममा बेनी शाखा प्रमुख भावना पौडेल सुबेदी ले संस्थाले देश ब्यापी रुपमा बिभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, औषधी बितरण तथा रोगहरु सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु, रक्तदान , शैक्षिक सामग्री वितरण न्यानो कपडा वितरण साथै समाजमा बित्तिय साक्षरता अभिवृध्दि लगाएत धेरै सेवामुलक कार्यहरु समेत गरिरहेको बताईन । शिविरमा स्थानीय जनप्रतिनीधि , सिटिजन लाइफका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेल, एरिया शाखा प्रमुख दिपेन्द्र लम्साल, एजेन्सि मेनेजरहरु साथै स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो ।