ढोरपाटन सिकार आरक्ष अन्र्तगत पर्ने म्याग्दी जिल्ला स्थित बार्षे ब्लकको मनसुन मेला क्षेत्रमा अबैध रुपमा चोरी शिकारी गरिरहेको अवस्थामा व्यक्तिलाई अवैध हात- हतियार, अखेटोपहार र समानहरु सहित ढोरपाटन शिकार आरक्ष कार्यालय र नेपाली सेनाको देवीबक्स गुल्मको संयूक्त टोलीले ३ शिकारीलाई नियन्त्रण लिएको छ ।
ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले कोभर्ट पट्रोलको क्रममा म्याग्दीको धौलागिरी गाउँपालिकाका ५२ वर्षीय प्रेम बहादुर छन्त्याल, सोहि स्थानका ५० वर्षीय पहलमान छन्त्याल र २८ वर्षीय सुमन छन्त्याललाई पक्राउ गरेको छ । सेनाको देवीबक्स गुल्मको सुरक्षा पोस्ट गुर्जाघाट मान बहादुर ऐर सहितको ४ जना नेपाली शेनाको टोली र ४ जना सिकार आरक्षको संयूक्त टोलीले प्रकाउ गर्न सफल भएको हो ।
उनीहरुलाई अबैध हातहतियार, अखेटोपहार र समानहरु सहित नियन्त्रण लिई दोहोरो भरपाईका साथ ढोरपाटन
शिकार आरक्ष कार्यालयलाई बुझाईएको छ।
उनीहरुको साथबाट एकथान भरुवा बन्दुक, एकथान कार्तुस बन्दुक, एकथान खुकरी, दुईथान हसियाँ, छाला काट्न प्रयोग गरिने चक्कु दुईथान, धार लगाउन प्रयोग गरिने रेती एकथान, बाइनाकुलर एकथान, पासो बनाउन प्रयोग गरिने डोरी एकसय एकासी थान, पासो एकसय दुई थान, अन्दाजी १ बर्षको भाले नाउर र २ बर्षको पोथी नाउर काटेर राखेको अवस्थामा टाउको दुई वटा, खुट्टा आठ वटा, मासु ३० के.जी, छाला २ थान, जाली झालेला ३ थान, बन्दोबस्तीका सामान ३ सेट बरामद भएको छ ।
सोही पट्रोलको क्रममा ढोरपाटन शिकार आरक्षको बार्षे ब्लक क्षेत्रमा मृत अवस्थामा एउटा रेडपाण्डा र नाउरको एक थान सिङ्ग समेत फेला पारेको ढोरपाटन शिकार आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलले ढोरपाटन टाइम्सलाई बताए । पट्रोलको क्रममा बिभिन्न स्थानमा सिकारीहरुद्धारा राखिएको पासो समेत फेला पारी निस्कृय गरिएको छ।
पछिल्लो समय म्याग्दी क्षेत्र र रुकुम क्षेत्रबाट जंगली जनावर चोरी सिकारी बढिरहेका कारण त्यसको रोकथामका निम्ती बृहत कार्यक्रम गर्ने उदेश्य सहित आफुले सिडियो कार्यालयमा जानकारी गराइसकेको कंडेलले बताए ।