बुर्तिबाङ मंसिर १३ गते
सालझण्डी –ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने बुर्तिबाङ देखि ढोरपाटन सडक खण्ड निर्माण कम्पनीले समयमा काम नगरेको भन्दै यहाँका स्थानीय नागरिक, आन्तरिक प्रर्यटक देखि जनप्रतिनिधी समेत हैरान भएको लामो समय बितिसकेको छ ।
निर्माण कम्पनीले काममा ढिला सुस्ती गरेकै कारण ढोरपाटनको विकासमा सडक बाधक बनेको आरोप धेरैबाट सुन्न सकिन्छ । ३ बर्षसम्म बुर्तिबाङ लक्ष्मी कुण्ड पुलदेखि २२ किलोमिटर सम्म सडक ग्रावेलीङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभी बशुन्धारा काठमान्डौले जिम्मेवारी पाएको २५ महिनामा जम्मा जम्मी २५ प्रतिशत मात्रै काम अगाडी बढाएको छ । २०७८ कात्तिक ५ गते निर्माण सम्झौताको जिम्मेवारी पाएको निर्माण कम्पनीले २०८१ बैसाख ४ गते आयोजनाको काम सम्पन्न गरिसक्नु पर्ने छ तर निर्माणको काम शन्तोषजनक देखिँदैन ।
बुर्तिबाङ देखि ढोरपाटन उपत्यका पुग्न करिब ३५ किलोमिटर सडक खण्ड छ तर सडक निकै जिर्ण रहेका कारण सवारीका साधन पुग्नै ३ घण्टा लाग्नुका साथै निकै सकस पूर्ण तरिकाले ढोरपाटन पुग्नुपर्ने बाध्यता छ साँधुरो र अप्ठरो सडक भएकै कारण स्थानीय देखि प्रर्यटकलाई प्रर्यटकिय गन्तब्य ढोरपाटन पुग्न सास्ती हुने गरेको गुनासो छ ।
कुल २५ करोड ६१ लाख लागतमा ३० महिनामा २२ किलोमिटर सडक मापडण्ड अनुसार फराकिलो र ग्राबेलीङ सम्पन्न गर्ने जिम्मा पाएको निर्माण कम्पनीले जिम्मेवारीमा तदारुकता नदेखाएका कारण उक्त सडक खण्डले गति लिन नसकेको स्थानीयको आरोप छ । सांसद देखि स्थानीय तहका जनप्रतिनिधी, राजनैतिक दल लगाएत प्रतिनिधीले आयोजनाको कार्यालय सन्दिखर्कमा पुगेर ध्यानाकर्षण गराएपनी निर्माण कम्पनीले ध्यान नदिएकै कारण आयोजनाको काम समयमा सम्पन्न नहुनेमा स्थानीयको आसंका छ ।
बुधबार सालझण्डी ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख अन्जु परियार, बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, गण्डकी प्रदेश सभाका माननिय जीत बहादुर शेरचन, ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत र यहाँस्थित राजनैतिक दलका प्रतिनिधी, कर्मचारी लगाएतको विचमा आयोजनाको विषयमा बृहत छलफल गर्दे आयोजनाको ध्यानाकर्षण समेत गराईको छ ।
आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद जीत बहादुर शेरचनले बोल्दै ढोरपाटन पुग्ने सडकको अवस्थाका विषयमा ध्यानाकर्षण गराउँदै आयोजनाले निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न थप जिम्मेवार बनाउन ध्यानाकर्षण गराउँदै सडक आयोजना निर्माण सम्पन्न गर्ने विषयमा स्थानीय स्तरमा आफुहरुले गर्नुपर्ने सहजिकरणको विषयमा समोन्य गर्ने बताउनु भयो ।
कार्यक्रमका अवसरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बोल्दै निर्माण कम्पनीले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने र आयोजना कार्यालयले समेत त्यसका निम्ती आवस्यक निर्देशनका कुरामा जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै करार अबधी सम्म काम सक्ने वातावरण सृजना गर्न आग्रह गर्दे आफुहरुले समेत आयोजना निर्माणको सन्दर्भमा गरिनुपर्ने समोन्यमा जिम्मेवार पुर्वक लाग्ने बताउनु भयो ।
त्यस्तै ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले यहाँका नागरिक र प्रर्यटकले खेप्नु परेको समस्याका विषयमा बोल्दै निर्माण कम्पनीले समयमा काम सक्ने वातावरण नभएमा ठेक्का सम्झौता टोडेर अन्य विकल्पमा जाने गरि मार्ग प्रशस्त गरिदिन आयोजना प्रमुखलाई आग्रह गर्दे पटक (पटक खबरदारि गर्दा समेत सडक निर्माणमा आलटाल भइरहेको बताउनु भयो । समयमा काम सम्पन्न गर्ने वातावरण सृजना गरिदिन आयोजना प्रमुख समक्ष आग्रह गर्नुभएको थियो ।
त्यस्तै नेपाली कांग्रेसका सोम बहादुर पौवीले बोल्दै सडक निर्माण समयमा हुन नसक्नुमा आयोजना कार्यालयको समेत जिम्मेवारीतामा प्रश्न उठिरहेको बताउँदै तत्काल निर्माण कम्पनी र आयोजना कार्यालयले स्थानीय नागरिकका विचमा त्यसको जवाफ दिनुपर्ने बताउँदै सडक आयोजना निर्माणका समयमै तदारुकता देखाउन सुझाब दिनुभयो ।
उता निर्माण कम्पनीले दुई दिन देखि ढोरपाटन नगरपालिका ५ अस्तुबोट क्षेत्रमा मेशिनरी वाल निर्माणका काम सुरु गरेको छ । अब क्रमिक रुपमा काम अगाडी बढाउने निर्माण कम्पनीका साईड इनचार्जले बताएका छन ।
आजको बैठक निर्माण कम्पनीको प्रतिनिधी नभएका कारण अनौपचारिक भएपनी विहिबार पुनह निर्माण कम्पनीको प्रतिनिधीलाई राखेर ध्यानाकर्षण गराउने गरि सकिएको थियो ।
आयोजना प्रमुखले सडक निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्ने र निर्माण कम्पनीका प्रतिनिधी आएपछि थप छलफल गर्ने निर्णय गरिएको हो ।
बुर्तिबाङ–ढोरपाटन सडक सास्तीको विषयमा आयोजना प्रमुख संग छलफल
इलाका प्रशासन बुर्तिबाङमा कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती
ढोरपाटन १४ मंसिर
बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाउन थालेको चारदिन दिनभयो । चार दिनसम्म पनि पालो नपाउँदा दिक्क हुनु भएको छ । बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उहाँसहित भतिजा र भाउजु पनि घरदेखिनै आउजाउ गर्नु भएको छ । तीन जना बुर्तिबाङ पुगेको एक तर्फी भाडानै दुई हजार दुई सय लाग्छ । चार दिनसम्म उहाँहरुले गाडी भाडा मात्रै आठ हजार ८०० रुपैयाँ खर्च गरि सक्नु भयो । खाना र खाजामा छ । एक जना व्यक्तिको नागरिकता बनाउन हजारौँ खर्च हुनु पर्ने बाध्यता हर्कबहादुरको मात्रै होइन इलाका प्रशासन कार्यालय बुर्तिबाङमा सेवा लिन आउने धेरैको हुने गरेको छ ।
दिनभरी लाइन बस्ने साँझ परेपछि पालो नपाएर फर्कनेको संख्या सयौँ छ । दाईको केही समय अगाडि मृत्यु भएपछि भतिजाको नागरिकता आउनु भएका हर्कबहादुरले यस्तो समस्या पहिले बागलुङ पुगेर सेवा लिँदा पनि नपाएको सुनाउनुहुन्छ ।
“यतिका दिनभयो, घरमा कामको चटारो छ, यहाँ आउन थालेपछि घर र बारीको केही काम गर्न पाइएको छैन, दिनदिनै हजारौँ रुपैयाँ खर्च भइराखेको छ, काम बन्दैन, मान्छेको ठूलो लाइन छ, पालो कुर्दा कुर्दा दिन बित्छ तर पालो आउन्न” विकले भन्नुभयो – “पहिलो दिननै नागरिकता बन्छ होला भनेर आइयो तर नियमित धाउँदापनी पालो आएन ।
ढोरपाटन नगरपालिका–३ पुर्कोटका बुद्धबहादुर गुरुङ श्रीमतीको नागरिकता बनाउन आएको तीन दिन बित्यो तर अहिलेसम्म पालो नहुँदा भारत फर्कन ढिला भएको छ । दुई दशकदेखि भारतमा रोजगार गर्दै आउनु भएका गुरुङले अहिलेसम्म श्रीमतिको नागरिकता बनाउनु भएको थिएन । नागरिकता बनाएर मंगलबारनै भारत फर्कने भने पनि अहिलेसम्म बन्न नसकेको गुरुङले गुनासो गर्नुभयो । प्रशासनमा सेवा लिनेको ठूलो भिड हुँदा पालो आए नआएको थाहा पाउन पनि मुस्किल पर्ने उहाँको भनाइ छ । कर्मचारीले आइतबार मात्रै आफ्नो पालो आउने जानकारी गराएको गुरुङ बताउनुहुन्छ ।
गुरुङले भन्नुभयो –“वडा कार्यालयबाट सिफारिस लिएर आएको तीन दिन भयो, गाउँमा त छिटै काम हुन्छ भन्थे तर यहाँ आएको तीन दिन बित्यो तर काम बन्ने अत्तोपत्तो छैन, धेरै जसो हामी इन्डिया तिरै बस्छौँ, त्यही भएर नागरिकता बनाइएको थिएन, अहिले चाहियो र बनाउन लागेको धेरै ढिला भयो, किन ढिला भयो भनेर सोध्दा काम गर्ने मान्छे छैनन् भन्छन्, आउँदा जाँदा धेरै खर्च भयो, उता (भारत) जान पनि ढिला भइसक्यो, आइतबारसम्म पालो आउँछ कि भन्छन् ।”
इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले आवश्यकभन्दा धेरै कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । कार्यालयमा १० दश जनाको दरबन्दी रहे पनि हाल तीन जनाले मात्रै काग गर्नु परेको बताउनुभयो ।
विभिन्न कार्यालयबाट सरुवा भएर आएका कर्मचारीहरु आउँदाकै दिन अन्तै सरुवा हुने हुँदा सेवा प्रवाहमा निकै कठिन भएको कुँवरको भनाइ छ । यहाँबाट नागरिकता, राहधानी, राष्ट्रिय परिचय पत्र, नाता प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको उहाँ बताउनुहुन्छ । कर्मचारी नहुँदा अहिले राहधानीको काम ठप्प भएको कुँवरले बताउनुभयो ।
“हरेक दिन सयौँ सेवाग्राही आएर लाइन बस्नु हुन्छ, सबैलाई सेवा दिएर पठाउने कोशिस गर्छौँ तर थोरै कर्मचारीले सबैलाई सेवा दिन निकै गाह्रो हुँदो रैछ, दिनमा एक सयभन्दा बढीलाई सेवा दिन पनि सकिने अवस्था छैन, अहिले नागरिकताको प्रतिलिपि लिने, नागरिकता बनाउन आउनको संख्या निकै ठूलो छ” प्रमुख कुँवरले भन्नुभयो – “सरुवा भएर आएका कर्मचारी एक दिन पनि बस्दैनन्, त्यसले गर्दा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको छ ।”
ढोरपाटनबाट ७ जना अनेरास्ववियु कार्यक्रता जाजरकोटमा श्रमदान गर्दे
नेकपा एमाले निकट अनेरास्ववियु ढोरपाटन नगर कमिटीद्धारा जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा पुगेर अस्थाई टहरा निर्माणमा श्रमदान गरिएको छ ।
अनेरास्ववियु केन्द्रिय सचिब तथा प्रवक्ता प्रकाश पौडेलको नेतृत्वमा गएको टोलीले हालसम्म जाजरकोटका विभिन्न वस्तिमा २४ वटा टहरा निर्माण सम्पन्न गरेको ढोरपाटन नगर सम्योजक निमलाल तिवारीले बताउनु भयो ।
गत मंसिर २ गतेदेखि सुरु भएको अभियान ११ औँ दिन सम्म पनी जारी रहेको र १८ गतेसम्म कार्यक्रम जारी रहने बताइएको हो ।
ढोरपाटन नगरपालिकाबाट अनेरास्ववियुका ७ जना प्रतिनिधी प्रभावित क्षेत्रमा रहेको तिवारीले बताउनु भयो ।जाजरकोटमा विभिन्न राजनैतिक दलका भातृ संगठनले भुकम्प प्रभावित क्षेत्रमा अस्थाई घर टहरा निर्माणमा जुटेका छन ।
ढोरपाटन नगरद्वारा १४ महिला स्वास्थ्य स्वयंम सेविकाको सम्मान जनक बिदाई
बुर्तिबाङ मंसिर १२ गते
ढोरपाटन नगरपालिकाले लामो समय सम्म योगदान पु¥याएका महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुलाई सम्मान जनक विदाई गरेको छ ।
नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गर्दे ६० बर्ष उमेर हद पुरा गरेका, अन्य सरकारी सेवा सुविधा प्राप्त हुने जागिर गरिरहेका र कार्यव्यस्तताले काम गर्न नभ्याउने गरि १४ जना महिला स्वास्थ्य स्वयंम सेविकालाई दोसल्ला र सम्मान पत्र र योगदानको आधारमा आर्थिक रकम सहित विदाई गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव थापाले बताउनु भयो ।
आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले सम्मान सहित चेक हस्तन्त्रण गर्दे महिला स्वास्थ्य स्वयंम सेविकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका रहेको बताउँदै आफुले सिकेका सिप ज्ञान आगामी दिनमा पनी समाजमा लागु गर्न अनुरोध गर्दे समाजमा स्वयंम सेवकको रुपमा रहेर लामो समय सम्म गरेको योगदानको नगरपालिकाले सँधै कदर गर्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत चण्डी पौडेल, नगर स्वास्थ्य सम्योजक केशव थापा र महिला स्वास्थ्य स्वयंम सेविकाहरुले आफनो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका अवसरमा स्वास्थ्य सम्योजक केशव थापाले बोल्दै महिला स्वास्थ्य स्वयम सेवीकाले ग्रामिण दुर दराजमा स्वास्थ्य क्षेत्रको चेतना बृद्धि र आफनो जिम्मेवारी प्रति दुर दराजमा पनी विना श्रोत र साधनका विच खेलिएको भुमिका प्रसंसा योग्य रहेको बताउनु भयो ।
विदाई गरिएका स्वयंम सेविकाहरुलाई कार्य योगदानका आधारमा बार्षिक दुई हजारका दरले आर्थिक रकम नगरपालिकाको तर्फदेखि हस्तान्त्रण गरिएको थियो । अधिकांस स्वास्थ्य स्वयम सेविकाले २७ बर्षसम्म सेवा प्रवाह गरेको बताएका थिए ।
ढोरपाटन नगरपालिकामा हाल ८० जना महिला स्वास्थ्य स्वयंम सेवीका रहेका छन ।
कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षता, पोषण सहायक बेली कुमारी भुजेलको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।
निसीखोलामा परिक्षणका रुपमा लगाइएको सुर्यमुखीबाट राम्रो उत्पादन
बुर्तिबाङ मंसिर ११ गते
बागलुङको निसीखोला गाउँपालिकामा लगाइएको सुर्यमुखी बालीबाट कृषकले राम्रो उत्पादन लिएका छन ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेट मार्फत २८० किलो सुर्य मुखीको विउ कृषकलाई वितरण गरिएकोमा उत्पादन राम्रो भएको जनाइएको छ ।
सातलाख बजेट विनीयोजन गरेको पालिकाले ७ वटै वडाका एक हजार चार सय कृषकलाई सुर्यमुखीको विउ उपलब्ध गराएकोमा समग्रमा उत्पादन राम्रो भएको कृषि शाखा प्रमुख सर्मिला कुमारी पण्डीतले बताउनु भयो ।
तेलहन बाली अन्र्तगत रहेको सुर्यमुखी फुल कम लगानी र मिहिनेतमा पनी राम्रो उत्पादन लिन सकिएको स्थानीय कृषकको भनाई छ । खेत बारीको छेउँ तथा मकै कोदो लगाएतका बाली भित्र रोपीएपनी निसीखोला गाउँपालिकाको अधिकांस क्षेत्रमा उत्पादन राम्रो भएको कृषकले बताएका छन । राम्रो संग मल राखिएको क्षेत्रमा एकै बोटबाट दुई केजी सम्म उत्पादन लिन सकिएको किसान परियारले बताउनु भयो ।
यसबर्ष निसीखोला गाउँपालिकाले तलहन बाली विकासका लागी थप ५ लाख बजेट विनीयोजन गरेको र सुर्यमुखीको उत्पादन दानालाई तेलको रुपमा प्रयोग गर्नका निम्ती तेल निकाल्ने मिशिने खरिदका निम्ती समेत बजेट विनीयोजन भएका कारण कृषकलाई तेल उत्पादनमा समेत सहजता हुने कृषि प्राविधिक पण्डीतले बताउनु भयो ।

एक रोपनी क्षेत्रफलमा दुई सय ग्राम लगाइएको सुर्यमुखीबाट ७ पाथीसम्म उत्पादन लिन सकिएको कृषकको भनाई छ ।
सूर्यमुखी फूल खेतीभित्र पनि अन्य विभिन्न बाली लगाउन सकिने, कम लगानी, मिहिनेतमा यसको व्यावसायिक खेती गरेर यथेष्ट कमाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । उत्पादित वीउबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने, एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हुँदा राम्रो आम्दानीको स्रोतका रुपमा लिइन्छ ।
सूर्यमुखी फूललाई बाह्रै महीना फुलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ वीउबाट तेल आउने भएकाले कृषकहरुको आकर्षण बढेको पाइएको छ । सौन्दर्यताका लागि केही बोट घरको आँगनको डिल, छेउछाउमा लगाउँदै आइए पनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्देश्यले कृषकले अहिले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुर्तिबाङमा सुरु
बुर्तिबाङ मंसिर १० गते
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बागलुङको बुर्तिबाङमा पनी आइतबार देखि सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङको अगुवाईमा ढोरपाटन नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय सहित विभिन्न सरकारी एवं गैर सरकारी संघ संस्थाको सक्रिय उपश्थितीमा बुर्तिबाङ बजार परिक्रमा गर्दे कोण सभामा पुगेर वक्ताहरुको मन्तव्य सहित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिग हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ’ भन्ने मुल नाराका साथ नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिख सम्म १६ दिने अभियानका रुपमा मनाउन थालिएको हो ।
बुर्तिबाङ्ग स्थित उत्तरगंगा माध्यमिक विद्यालय, जनता बोर्डिङ स्कुल, न्यू मोर्डन बोर्डिङ, रिभरहेड बोर्डिङका शिक्षक विद्यार्थी सहित बुर्तिबाङ राईजिङ युवा क्लब, घमसिन आमा समुह, सामुदायिक प्रहरी र सेवा केन्द्र लगाएतको उपश्थितीमा बुर्तिबाङ बजारमा ¥याली सहित बजार परिक्रमा गर्दे इलाका प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भई कार्यक्रम सम्पन्न गरिएको हो ।
उपश्थित सहभागिर्ले घरबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ ’ र्, घर शान्ति नै विश्व शान्तिको आधार ः पुननिर्माण , शिक्षा र समान व्यवहार ’ लगाएतका प्ले कार्ड सहित ¥याली गरिएको थियो ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै हिंसाको अन्त्य घरबाट गर्न सकेमात्रै समग्र समाज र राष्ट्रबाट अन्त्य हुने बताउनु भयो । घरमा हुने महिला हिंसा, छोरा छोरी विच हुने विभेद , महिला महिला विच हुने विभेद जस्ता घटना घरमै रहेका कारण घरबाटै हिंसाको अन्त्यको सुरुवात सबैले गर्नुपर्ने बताउँदै सबै नागरिक यस विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क. ले बोल्दै नेपालमा अझैपनी हिंसाका घटना घटिरहेको बताउँदै त्यसको न्यूनिकरणका निम्ती सबै तह र तप्काले सम्मोन्य कारी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
समाजमा चेतनाको अभावका कारण हुने विभिन्न प्रकृर्तिका हिंसा छन त्यसलाई न्यूनिकरण गर्न सबैले साथ दिनुपर्नेमा जोड दिँदै १६ दिने अभियानलाई सफल पार्न आफुहरुले आजदेखि कार्यक्रम सुरुवात गरेको बताउनु भयो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत विष्णु प्रसाद ज्ञवाली, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, सामुदायिक प्रहरी सेवा केन्द्रका गुञ्ज बहादुर भण्डारी, घमसिन महिला समुहका प्रतिनिधी , विदार्थी प्रतिनिधी लगाएतले आफनो मन्तव्य राखेका थिए ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवश मनाउँदै आएको भएपनी सन् १९९९ मा संयूक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाईन्छ । नेपालमा यो दिवश सन् १९९७ देखि विभिन्न कार्यक्रम गरि मनाउँदै आएको पाईन्छ ।
गाँजासहित काँठेखोलाबाट दुई युवा पक्राउ
बुर्तिबाङ मंसिर ९
बागलुङको काँठेखोला गाउँपालिकाबाट लागुऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले ८ केजी २०८ ग्राम लागुऔषध गाँजाको धुलोसहित काठेखोला गाउँपालिका ५ काउलेका ३० वर्षीय प्रेम भन्ने गिरीप्रसाद श्रीस र २९ वर्षीय तिलक भन्ने तुलबहादुर श्रीसलाई पक्राउ गरेको हो ।
दुवै जनाको घर खानतलासी गर्दा एकमुष्ट ८ केजी २०८ ग्राम गाँजाको धुलो जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। उनीहरुले घरबाट लागुऔषध गाँजाको कारोबार गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको डीएसपी केसीले बताए ।
टुंगीयो नेपाली कांग्रेस क्षेत्र नं. २ बागलुङमा महासमिति सदस्य
बुर्तिबाङ मंसिर ८ गते
नेपाली कांग्रेस क्षेत्र नं. २ बागलुङबाट महासमिति को टुंगो लागेको छ ।
१४ औँ महाधिवेशन सकिए लगत्तै महासमितीको टुँगो लगाउनु पर्ने भएपनी सहमती हुन नसक्दा अड्किएको महासमितिको टुँगो लगाउने गरि बिहिबार क्षेत्रीय सभापती जोकलाल बुढाको सँयोजगत्वमा ३ सदस्य बोर्ड समितिको गठन गरिएको थियो । समितीले ११ सदस्य महासमिति सहमतीय प्रणालीबाट टुँग्याएको हो ।
पदाधिकारीमा भरत सर्मा गैरे, नर बहादुर पुन –निरज रेनुका काउचा, गण्डकी थापा अधिकारी, गिता श्रीष, सिंह बहादुर राना, दिलमाया पौवी, जित बहादुर शेरचन, दोर्ण कुमार कुवँर, अर्जुन शेरचन, र टेकराज पौडेललाई चयन गरिएको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो ।
२३ जना केन्द्रिय महाधिवेशन समिती र १ जना मनोनित क्षेत्रीय सभापती गरि कुल २४ जना मध्ये ११ सदस्य महासमिति चयन गर्नुपर्नेमा अधिकांसले महासमितिको दाबेदारी गरेपछि लामो समय सम्म सहमतीको प्रयास सफल हुन सकेको थिएन ।
११ जना महासमिति सदस्यमा पाँच जना खुल्ला सहित दुई जना महिला, एक जना दलित, एक जना जनजाती महिला, एक जना खस आर्य, एक जना जनजाती अनिवार्य रहने व्यवस्था रहेको छ ।
सिवाईसी साकोसको १४ औँ साधारण सभा: गरिबी विरुद्धको लडाँईमा सहकारीको भुमिका महत्वपूर्ण
बुर्तिबाङ मंसिर ८ गते
सिवाईसी बचत तथा ऋण सहकारी सँस्थाको १४ औँ बार्षिक साधारण सभा शुक्रबार विभिन्न सेवा केन्द्रमा सम्पन्न भएका छन । गत मंसिर ७ गतेदेखि सुरु भएको साधारण सभा विभिन्न सेवा केन्द्रमा सुचारु भएको हो ।
शुक्रबार पश्चिम बागलुङको ढोरपाटन सेवा केन्द्र बुर्तिबाङ, निसीखोला सेवा केन्द्र झिवाखोला, नमुना स्वाभिमान सेवा केन्द्र भिमगिठे, तमानखोला सेवा केन्द्र बोङगादोभानमा कार्यक्रम सम्पन्न भएको छ । साधारण सभामा बोल्ने बक्ताहरुले गरिवी विरुद्धको लडाईँमा सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन ।
बुर्तिबाङ सेवा केन्द्रमा आयोजित कार्यक्रमलाई गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले प्रमुख अतिथीको रुपमा उद्घाटन गर्दे सहकारीले गरिब र धनी वर्ग विचको दुरीलाई नजिक बनाउने काम गरिरहेको बताउनु भयो । सांसद कुवँरले बोल्दै देश सहकारी मोडलमा चलिरहेको बताउँदै सहकारी बास्तबमा भुँई मान्छेको समृद्धिको माध्यम रहेको प्रस्ट पार्नुभयो ।
बागलुङमा सिवाईसी सहकारीले सेयर सदस्यको समृद्धि, आर्थिक उर्पाजन र उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै सहकारीको प्रगतीको कामना गर्दे केही व्याक्तिले व्याक्तीगत स्वार्थमा सहकारी खोलेर कमाई खाने भाँडो बनाईरहेका कारण त्यसबाट सम्पूर्ण नागरिक सचेत हुन्ुपर्नेमा जोड दिनुभयो । इमेज सहकारी सँस्थाले पारेको नकारात्मक प्रभावको विषयमा बोल्दै सांसद कुवँरले चाँडै दोषिलाई कानुनी कठघरामा ल्याएर आवस्य कार्वाही संगै पिडितलाई न्याय दिने बिषयमा राज्य गम्भिर बन्न आवस्यक रहेको बताउँदै दोषि चाँडै कानुनी कठघरामा आउने बताउनु भयो ।

कार्यक्रममा बिशिष्ठ अतिथीको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौवीले बोल्दै सिवाईसी सहकारीले वचत तथा ऋण संगै सेयर सदस्यका निम्ती ल्याएका विभिन्न कार्यक्रमले निकै सहज बनाएको बताउँदै बालबच्चा, यु्वा देखि जेष्ठ नागरिकलाई समेटेर सहकारीले दिगो लक्ष्य र उदेश्य सहित गरिएका कार्यले सहकारीको उज्वल भविष्य रहेको बताउनु भयो ।
कार्यक्रमका अवसरमा सिवाईसी साकोसका शिक्षा उपसमिती संयोजक सिता सर्मा, पत्रकार छविलाल पाण्डे, बुर्तिबाङ सेवा केन्द्रका परामर्स दाता हिरालाल पौडेल, सेयर सदस्य गिता पौडेल लगाएतको शुभकामना मन्तब्य रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी साझा रुपमा सेयर धनिको अपनत्व रहने संस्था रहेका कारण त्यसको व्यवस्थापनमा सेयर धनी चनाखो बन्नुपर्ने बताउँदै सिवाईसी सहकारीले लिएका उदेश्य गरिवी उन्मुलन मुखि रहेको बताएका थिए ।
कार्यक्रममा बुर्तिबाङ सेवा केन्द्रका कोषाध्यक्ष केश कुमारी बुढा द्धारा आर्थिक बर्ष २०७९÷०८० को आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । सहकारीको २५ हजार सेयर सदस्य, २६ सेवा वटा केन्द्रबाट सेवा प्रवाह गर्दे आइरहेको छ ।
दुई अर्ब ४० करोड ९ लाख ६७ हजार ७२ रुपैयाँ कुल पुँजी तथा दायित्व, शेयर पुँजि ३९ करोड ४४ लाख ४४ हजार, बचत ÷निक्षप तर्फ १ अर्ब ३८ करोड, ४५ लाख, १ हजार पाँच सय ८३ रुपैयाँ, ऋण लगानी तथा अशुली तर्फ १ अबै ४५ करोड, ९३ लाख ७९ हजार ११९ रहेको छ । आफनै केन्द्रिय भवन खरिद गरेको सहकारीले आगामी बर्ष ३० हजार सेयर सदस्य १० हजार बाल बचत कर्ता पु¥याउने लक्ष्य लिइएको छ ।
कार्यक्रममा सेवा केन्द्रका सचिव चन्द्रकुमार गौतम द्धारा बार्षिक प्रगती प्रतिवेदन, सेवा केन्द्र प्रमुख गँगा देवी थापाद्धारा सेवा केन्द्रको विषयमा प्रतिवेदन प्रस्तुत गनर््भएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, बाल बचत कर्ता, उत्कृष्ट ऋणी सम्मान गरिएको छ । सेवा केन्द्र उपसंयोजक अविन महतको अध्यक्षता, सचिव चन्द्रकुमार गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
निसीखोला सेवा केन्द्र:
जिल्लाको निसीखोला सेवा केन्द्र झिवाखोला बजारमा बार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवा केन्द्रका अध्यक्ष हुतराज भुषालको अध्यक्षतामा आयोजित कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले कार्यक्रमको प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्तिले सिवाईसी सहकारीले गरिवी निवारण र सेयर सदस्यलाई उत्पादन तथा बचत गर्ने बानीको विकासमा महत्वपूर्ण सहयोग पु¥याएको बताउँदै सहकारी जनताको, गरिवी, मजदुर र उत्पादनमा भविष्य खोज्नेहरुको सहारा बन्नुपर्नेमा जोड दिनुभयो । सहकारीको बिकासका निम्ती निसीखोला गाउँपालिकाले आवस्यक सहयोग गर्दे जाने बताउनु भयो । गाउँपालिकामा धेरै सहकारी संस्था हुँदै गर्दा कृर्षि उत्पादन, बजारीकरण जस्ता क्षेत्रमा समेत अगाडी बढ्न सुझाव दिनुभयो 
कार्यक्रमका अवसरमा गण्डकी प्रदेश पुर्व साँसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद पौडेल लगाएतको आतिथ्यता एवं शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम भुमिराज आर्चायले सञ्चालन गर्नुभएको हो ।
नमुना स्वाभिमान सेवा केन्द्र वडिगाड:
जिल्लाको वडिगाड गाउँपालिका ६ मा रहेको नमुना स्वाभिमान सेवा केन्द्रमा शुक्रबार आयोजित कार्यक्रम वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष थापाले हुने खाने र हुँदा खाने वर्गको साझा माध्यम सिवाईसी सहकारी रहेको बताउनु भयो ।
सहकारीको मर्म भावना संगै सेयर सदस्यलाई विभिन्न सेवा प्रवाह गर्दे आईरहेको सहकारीले स्वरोजगार, बचत गर्ने बानीको विकास सँगै सहज र सरल तवरले सेवा प्रवाह गरिरहेकोमा सहकारीको थप सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रमका अवसरमा संस्थाको तर्फदेखि प्रमुख कार्यकारी अधिकृत नवराज सर्मा द्धारा संस्थाको बाषिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन, भावि लक्ष्य लगाएतका विषयमा प्रतिबेदन प्रस्तुत गरिएको थियो , अशल बचत कर्ता, असल ऋणी सम्मान बाल बचत कर्ता सम्मान गरिएको कार्यक्रममा सेवा केन्द्रका उपसम्योजक मित्र प्रसाद चालिसको अध्यक्षतामा आयोजित कार्यक्रम सचिव दिपक रायमाझीले सञ्चालन गर्नुभएको हो ।

तमानखोला सेवा केन्द्र:
तमानखोला सेवा केन्द्रमा आयोजित कार्यक्रम तमानखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष झक बहादुर बुढाले कार्यक्रममा प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ । प्रमुख अतिथी बुढाले बोल्दै सिवाईसी सहकारी सुगम देखि दुर्गम सम्म पुग्दै सेवा प्रवाह गरिरहेको बताउँदै सिवाईसीले दिएको सेवा प्रवाह आम नागरिकका निम्ती निकै सुविधा उपयोगी रहेको बताउनु भयो ।

सहकारीको मर्म र भावना बमोजिम अगाडी बढेको सहकारीले जनताको बचत सुरक्षा, ऋण प्रवाह संगै विभिन्न आर्कषक सेवा सुविधा उपलब्ध गराउँदै गर्दा गरिवी अन्त्यका निम्ती खुलेका सहकारी सबै सिद्धान्त अनुसार अगाडी बढन्ुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा सहकारीका केन्द्रिय सदस्य मेशलाल सर्मा लगाएत समाजसेवी, बुद्धिजिवीको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम सेवा केन्द्रका अध्यक्ष ध्रु्रब शेरचनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सहकारीले आगामी मंसिर १६ गतेसम्म १४ औँ बार्षिक साधारण सभा सम्पन्न गर्दे सहमतीय प्रणालीबाट अधिवेशन समेत सम्पन्न गर्ने तयारी गरिरहेको हो ।
नेपाली कांग्रेस क्षेत्र नं. २ बागलुङको महासमिति चयन प्रकृया सहमतिबाट टुँग्याउने प्रयास
बुर्तिबाङ मंसिर ७ गते
नेपाली कांग्रेस क्षेत्र नं. २ बागलुङमा महासमिति सदस्यको टुँगो लगाउन कसरत अगाडी बढाइएको छ ।
१४ औँ महाधिवेशन सकिए लगत्तै महासमितिको टुँगो लगाउनु पर्ने भएपनी सहमती हुन नसक्दा अड्किएको महासमितिको टुँगो लगाउने गरि बिहिबार क्षेत्रीय सभापती जोकलाल बुढाको सँयोजगत्वमा ३ सदस्य बोर्ड समितीको गठन गरिएको हो ।
२३ जना केन्द्रिय महाधिवेशन समिती र १ जना मनोनित क्षेत्रीय सभापती गरि कुल २४ जना मध्ये ११ सदस्य महासमिति चयन गर्नुपर्नेमा अधिकांसले महासमितीको दाबेदारी गरेपछि सहमतीको प्रयास सफल हुन सकेको थिएन ।
बिहिबार बुर्तिबाङ स्थित प्रतिनिधी सभा क्षेत्रीय पार्टी कार्यालयमा महाधिवेशन प्रतिनिधी विच बसेको बैठकले सहमतीय प्रणालीबाट समिती टुँग्याउने गरि क्षेत्र नं. २ बागलुङका प्रतिनिधी सभा क्षेत्रीय सभापती जोकलाल बुढालाई सँयोजक बनाई क्षेत्र नं. २ अन्र्तगत पर्ने प्रदेश सभा (क) सभापती तिलक घर्ति र (ख) सभापती मेशलाल सर्मा सदस्य रहेको बोर्ड गठन गरिएको हो ।
बोर्डले समितीलाई पूर्णता दिने गरि अगाडी बढ्ने र आवस्यक परेको खण्डमा जिल्ला कार्य समितीबाट आवस्यक सहयोग लिएर ११ सदस्य महासमिती टुँग्याउने विषयमा सहमती भएको क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो । ११ जना महासमिती सदस्यमा पाँच जना खुल्ला सहित दुई जना महिला, एक जना दलित, एक जना जनजाती महिला, एक जना खस आर्य, एक जना जनजाती अनिवार्य रहने व्यवस्था रहेको छ ।
सहमती नजिक पुगिएको र भोली सम्ममा सदस्य टुँगो लाग्ने सँयोजक जोकलाल बुढाले बताउनु भयो ।









