बुर्तिबाङ मंसिर १२ गते
ढोरपाटन नगरपालिकाले लामो समय सम्म योगदान पु¥याएका महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुलाई सम्मान जनक विदाई गरेको छ ।
नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गर्दे ६० बर्ष उमेर हद पुरा गरेका, अन्य सरकारी सेवा सुविधा प्राप्त हुने जागिर गरिरहेका र कार्यव्यस्तताले काम गर्न नभ्याउने गरि १४ जना महिला स्वास्थ्य स्वयंम सेविकालाई दोसल्ला र सम्मान पत्र र योगदानको आधारमा आर्थिक रकम सहित विदाई गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव थापाले बताउनु भयो ।
आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले सम्मान सहित चेक हस्तन्त्रण गर्दे महिला स्वास्थ्य स्वयंम सेविकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका रहेको बताउँदै आफुले सिकेका सिप ज्ञान आगामी दिनमा पनी समाजमा लागु गर्न अनुरोध गर्दे समाजमा स्वयंम सेवकको रुपमा रहेर लामो समय सम्म गरेको योगदानको नगरपालिकाले सँधै कदर गर्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत चण्डी पौडेल, नगर स्वास्थ्य सम्योजक केशव थापा र महिला स्वास्थ्य स्वयंम सेविकाहरुले आफनो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका अवसरमा स्वास्थ्य सम्योजक केशव थापाले बोल्दै महिला स्वास्थ्य स्वयम सेवीकाले ग्रामिण दुर दराजमा स्वास्थ्य क्षेत्रको चेतना बृद्धि र आफनो जिम्मेवारी प्रति दुर दराजमा पनी विना श्रोत र साधनका विच खेलिएको भुमिका प्रसंसा योग्य रहेको बताउनु भयो ।
विदाई गरिएका स्वयंम सेविकाहरुलाई कार्य योगदानका आधारमा बार्षिक दुई हजारका दरले आर्थिक रकम नगरपालिकाको तर्फदेखि हस्तान्त्रण गरिएको थियो । अधिकांस स्वास्थ्य स्वयम सेविकाले २७ बर्षसम्म सेवा प्रवाह गरेको बताएका थिए ।
ढोरपाटन नगरपालिकामा हाल ८० जना महिला स्वास्थ्य स्वयंम सेवीका रहेका छन ।
कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षता, पोषण सहायक बेली कुमारी भुजेलको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।
ढोरपाटन नगरद्वारा १४ महिला स्वास्थ्य स्वयंम सेविकाको सम्मान जनक बिदाई

