लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुर्तिबाङमा सुरु

बुर्तिबाङ मंसिर १० गते
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बागलुङको बुर्तिबाङमा पनी आइतबार देखि सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङको अगुवाईमा ढोरपाटन नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय सहित विभिन्न सरकारी एवं गैर सरकारी संघ संस्थाको सक्रिय उपश्थितीमा बुर्तिबाङ बजार परिक्रमा गर्दे कोण सभामा पुगेर वक्ताहरुको मन्तव्य सहित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।


लैङ्गिग हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ’ भन्ने मुल नाराका साथ नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिख सम्म १६ दिने अभियानका रुपमा मनाउन थालिएको हो ।
बुर्तिबाङ्ग स्थित उत्तरगंगा माध्यमिक विद्यालय, जनता बोर्डिङ स्कुल, न्यू मोर्डन बोर्डिङ, रिभरहेड बोर्डिङका शिक्षक विद्यार्थी सहित बुर्तिबाङ राईजिङ युवा क्लब, घमसिन आमा समुह, सामुदायिक प्रहरी र सेवा केन्द्र लगाएतको उपश्थितीमा बुर्तिबाङ बजारमा ¥याली सहित बजार परिक्रमा गर्दे इलाका प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भई कार्यक्रम सम्पन्न गरिएको हो ।
उपश्थित सहभागिर्ले घरबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ ’ र्, घर शान्ति नै विश्व शान्तिको आधार ः पुननिर्माण , शिक्षा र समान व्यवहार ’ लगाएतका प्ले कार्ड सहित ¥याली गरिएको थियो ।


आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै हिंसाको अन्त्य घरबाट गर्न सकेमात्रै समग्र समाज र राष्ट्रबाट अन्त्य हुने बताउनु भयो । घरमा हुने महिला हिंसा, छोरा छोरी विच हुने विभेद , महिला महिला विच हुने विभेद जस्ता घटना घरमै रहेका कारण घरबाटै हिंसाको अन्त्यको सुरुवात सबैले गर्नुपर्ने बताउँदै सबै नागरिक यस विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क. ले बोल्दै नेपालमा अझैपनी हिंसाका घटना घटिरहेको बताउँदै त्यसको न्यूनिकरणका निम्ती सबै तह र तप्काले सम्मोन्य कारी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
समाजमा चेतनाको अभावका कारण हुने विभिन्न प्रकृर्तिका हिंसा छन त्यसलाई न्यूनिकरण गर्न सबैले साथ दिनुपर्नेमा जोड दिँदै १६ दिने अभियानलाई सफल पार्न आफुहरुले आजदेखि कार्यक्रम सुरुवात गरेको बताउनु भयो ।

 

 


कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत विष्णु प्रसाद ज्ञवाली, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, सामुदायिक प्रहरी सेवा केन्द्रका गुञ्ज बहादुर भण्डारी, घमसिन महिला समुहका प्रतिनिधी , विदार्थी प्रतिनिधी लगाएतले आफनो मन्तव्य राखेका थिए ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवश मनाउँदै आएको भएपनी सन् १९९९ मा संयूक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाईन्छ । नेपालमा यो दिवश सन् १९९७ देखि विभिन्न कार्यक्रम गरि मनाउँदै आएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित