Home Blog Page 108

शिक्षक र विद्यार्थीलाई खगोल सम्वन्धी ज्ञान हस्तान्त्रण गर्दे कर्मफलाइट्स र खगोलिय समाज

0

बागलुङ असोज २२ गते
कर्मफलाईट्स फाउन्डेशन र पोखरा खगोलिय समाजको सहकार्यमा विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक र विद्यार्थीका निम्ती विज्ञान प्रविधि संगै खगोल शास्त्र सम्वन्धी ज्ञान हस्तान्त्रण गर्नुका साथै टेलिस्कोट सामाग्रि हस्तान्त्रण गरिएको छ ।

ग्रामिण दुर दराजमा प्रविधिको पहुँच बाहिर रहेर अध्ययन गर्दे आइरहेका विद्यार्थीलाई विज्ञान प्रविधि र खगोलियन ज्ञानको विषयमा जानकारि दिने उदेश्य सहित थालिएको अभियान गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न १३ वटा विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकलाई राखेर विज्ञान प्रविधि संगै खगोल सम्वन्धी ज्ञान दिँदै विद्यालयमै रहने गरि टेलिस्कोप हस्तान्त्रण गरिएको खगोलिय समाज पोखराका अध्यक्ष निशान लामिछानेले बताउनु भयो ।

टोलीले आइतबार गण्डकी प्रदेशको निसीखोला गाउँपालिका २ अर्नाकोटमा रहेको अर्नाकोट माध्यमिक विद्यालयमा पुगेर त्यस आसपासमा रहेका अर्नाकोट माध्यमिक खल्बाङ, भुजिमहाविर आधारभुत विद्यालय चौरका विद्यार्थी र विज्ञान विषय पढाउँदै आएका शिक्षकका निम्ती कक्षा सञ्चालन गर्दे टेलिस्कोपको माध्यबाट विभिन्न ग्रह हेर्न मिल्ने गरि सिकाई हस्तान्त्रण गरिएको हो । कितावि ज्ञान मात्र हासिल गर्दे आइरहेका दुर दराजका विद्यार्थीका निम्ती विज्ञान र प्रविधिका क्षेत्रमा प्रयोगात्मक विधीसहित थप ज्ञान हासिल गर्न पाउँदा विद्यार्थीलाई निकै प्रभावकारी भएको अर्नाकोट माध्यमिक विद्यालय देउरालीका प्रध्यानाध्यापक इश्वर सिर्पालीले बताउनु भयो ।

टेलिस्कोपबाट आकाशमा चन्द्रमा हेर्ने प्रर्यास गर्दे शिक्षकहरु
रोयल एस्ट्रोनोमिकल सोसाईटी लण्डनको आर्थिक सहयोगमा रहेको कार्यक्रम गण्डकी प्रदेशकै पोखरामा रहेको एक विद्यालय, निसीखोला २ मा रहेको अर्नाको माध्यमिक विद्यालय कर्णाली प्रदेशको हुम्लामा रहेका विभिन्न विद्यालय, लुम्विनी प्रदेशको पुर्वि रुकुमका विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको कर्मफलाइट्स फाउन्डेशन पोखराका कार्यक्रम निर्दशक प्रेम बहादुर कुवंरले बताउनु भयो ।

बृहस्पती युवा क्लबद्धारा तिज विशेष कार्यक्रमको आय–व्याय सार्वजनिक

0

बुर्तिबाङ असोज २० गते
निसीखोला गाउँपालिका वडा नं. ४ मा रहेको बृहस्पती युवा क्लबले तिज पर्वको अवसरमा आयोजित विभिन्न खेलकुद तथा सांस्कृर्तिक कार्यक्रममा भएको आम्दानी तथा खर्चको बिवरण शनिबार सार्वजनिक सुनुवाई गर्दे सार्वजनिक गरिएको छ ।

क्लबले प्रत्यक बर्ष मनाउँदै आएको तिज विशेष मेला अन्र्तगत १० औँ बार्षिक उत्सवका साथ विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेसंगै स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, स्थानीय बासी लगाएतको उपश्थितीमा आम्दानी खर्चको विवरण सार्वजनिक गर्दे नागरिकबाट आगामी दिनमा क्लबलाई कसरी अगाडी बढाउने भन्ने विषयमा राय संकलन गर्दे क्लबले गर्ने आगामी कार्ययोजनाको विषयमा जानकारी गराईएको हो ।
क्लबका अध्यक्ष मन बहादुर आर्चायको अध्यक्षतामा आयोजित कार्यक्रममा सँस्थाका सचिव भुवन खत्रीले आय –व्याय विवरण प्रस्तुत गर्दे क्लबले सञ्चालन गरेको मेलामा करिब ७ लाख रुपैयां बराबरको आम्दानी पाँच लाख ६३ हजार रुपैयाँ बराबरको खर्च भएको बिवरण प्रस्तुत गर्नुभएको हो ।
विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम सञ्चालन गर्दे गर्दा ५ लाख ६३ हजार रुपैयाँ खर्च भएको र कार्यक्रममा मुख्य प्रायोजक निसीखोला गाउँपालिकाबाट अनुदान अनुमानित दुई लाख, वडा नं. ४ बाट अनुमानित १ लाख, उठ्न बाँकी चन्दा १ लाख ४६ हजार ५ सय, रसिद तथा सौजन्यबाट सँकलन भएको रकम १ लाख ५८ हजार २ सय क्लबका रहेको पुरानो संचित रकम १ लाख ४ हजार ६ सय २२ रुपैयाँ गरि अनुमानीत ७ लाख रुपैयाँ बराबरको आम्दानी अनुमान सहित विवरण प्रस्तुत गर्नुभएको हो । क्लबले पालिका, वडा कार्यालय र विभिन्न दाताबाट उठ्न बाँकी रकम उठन बाँकी रहेको अवस्थामा विभिन्न व्याक्तिबाट सापटी लिएर कार्यक्रम सम्पन्न गरिएको समेत सचिव खत्रीले बताउनु भएको हो ।

क्लबले तिज पर्वको अवसरमा निसीखोला गाउँपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता ,खुल्ला तिजगित नृत्य, बृहस्पती आईडल नृत्य, पुरुष महिला छेलो, वडा स्तरिय पुरुष रस्सा कस्सा, जेष्ठ नागरिक सम्मान लगाएतका कार्यक्रम र प्रतियोगिता सञ्चालन गरेको थियो ।
कार्यक्रमका अवसरमा क्लबका अध्यक्ष मन बहादुर आर्चायले बोल्दै क्लबले तिज पर्वको अवसरमा विभिन्न साँगितिक तथा खेलकुदका कार्यक्रम सौहार्दपूर्ण रुपमा सम्पन्न गरेको बताउँदै आगामी दिनमा समाज रुपान्तरण मुलक, खेलकुद, कला संस्कृर्तिको संरक्षण सँगै युवा स्वरोजगार मुलक कार्यक्रममा जोड दिएर अगाडी बढिने बताउनु भयो ।

अतिथीको रुपमा रहनुभएका निसीखोला गाउँपालिका कार्यपालिका सदस्य जीवन कुमारी सुनारले बोल्दै क्लबले मेला पर्वमा हुँदै आएको जुवा तास, झै–झगडा नियन्त्रण गर्न सफल भएको र आफुले गरेका कामको जनताको विचमा सार्वजनिक सुनुवाई मार्फत जानकारी गराएर आर्थिक पारदर्सिता तुल्याएको बताउँदै हरेक सार्वजनिक क्षेत्रमा काम गर्ने क्लब सँघ सँस्थाले आफुले गरेका कामको विषयमा नागरिकलाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।

क्लबका संस्थापक सचिव तथा जन जिवराज शुसिला माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यमकान्त पौडेलले बोल्दै क्लबले खेलकुद, कला संस्कृर्ति संगै समाज रुपान्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै विगतका बर्षमा जुवा तास, भै झगडा अत्याधिक हुँदै आएकोमा यसबर्ष मर्यादित रुपमा मेला सम्पन्न गर्न सफल भएकोमा आयोजकलाई धन्यबाद दिँदै आगामी दिनमा समाज रुपान्त्रण मुलक कार्यक्रममा क्लबले काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमा क्लबका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका सदस्य अर्जुन नेपालीको स्वागत थान बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटन नगरपालिकामा कर्मचारीद्वारा पेन डाउन गरेर अनिश्चित कालिन आन्दोलन

0

बुर्तिबाङ असोज १९ गते
स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिद्वारा जारी दवाबमूलक कार्यक्रममा ऐक्यवद्धता जनाउदैं बागलुङको ढोरपाटन नगरपालिकाका कर्मचारीहरुले कार्यालयका अत्यावश्यकका सेवा बाहेक अन्य सेवाहरु शुक्रबार देखी अनिश्चितकालिन ‘पेन डाउन’ गरेर विरोध जनाएका छन । ढोरपाटन नगरपालिकामा आवद्ध कर्मचारीद्धारा प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि अनिश्चित कालिन आन्दोलन सुरु भएको कर्मचारी दिपक श्रीपालीले बताउनु भयो ।
स्थानीय तह कर्मचारीहरुले नेपाल सरकार मन्त्रीपरिषदको गत भदौ २१ गतेको वैठकबाट संघिय निजामती सेवा विद्येयक २०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको र उक्त विद्येयकमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयमा अस्पष्टता भएको बताउदै आईरहेका छन् ।

उक्त निर्णयको बिरोधमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा विषयलाई समावेश गरि यथाशीग्र निजामती ऐन जारी गर्न “प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान अधिकार” भन्ने नाराका साथ विभिन्न दवाब मूलक कार्यक्रम गर्दै आई रहेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितीका संयोजक दिपक गौतमद्धारा हस्ताक्षरित विज्ञप्तीमा आजदेखि लागु हुनेगरि आफुहरुका माग पुरा नहुन्जेलसम्म पेन डाउन गरेर
अत्यावस्यक बाहेकका सेवा सुविधा बन्द गरेर आन्दोलनमा एकयबद्धता जनाउन अपिल गरिएको छ ।

ढोरपाटन छेन्तुङ्गका चारसय घरधुरीलाई गण्डकी सरकारले दियो सोलार सेट

0

ढोरपाटन असोज १५
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ ढोरपाटन छेन्तुङ्गका करिब चारसय रधुरी परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फदेखि सोलार सेट हस्तान्त्रण गरिएको छ ।
सोमबार गण्डकी प्रदेश उर्जा जलश्रोत तथा खानेपानी मन्त्रि सरस्वती अर्याल तिवारी गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवँर, दिलमाया पौवीले सोलार बत्तिबालेर कार्यक्रमको उद्धघाटन गर्दे छेन्तुङ्ग क्षेत्रमा बसोबास गर्दे आइरहेका ३९१ घरधुरीका निम्ती सोलार सेट हस्तान्त्रण गरिएको हो ।
विधुतको पहुँच भन्दा बाहिर रहेका नागरिकका निम्ती सौर्य उर्जा प्रविधि जडान कार्यक्रम अन्र्तगत त्यस क्षेत्रकाना गरिकका निम्ती गण्डकी सरकारको निती कार्यक्रम अनुसार सोलार सेट हस्तान्त्रण गरिएको मन्त्रि सरस्वती अर्याल तिवारीले बताउनु भयो


गण्डकी प्रदेशका अधिकांस बस्तिमा विधुत पुगिसकेको बताउँदै अव दुई हजार चार सय ८६ घरधुरीमा विधुत पहुँच नपुगेका कारण यसैबर्ष सौर्य विधुत पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।कार्यक्रममा थप बोल्दै मन्त्रि अर्यालले गण्डकी प्रदेशकै दुर्गम क्ष्ोत्रको रुपमा रहेको पश्चिम बागलुङको विकासका निम्ती यहाँका सांसद द्धय दोर्ण कुमार कुवंर र दिलमाया पौवीको भुमिका महत्वपूर्ण रहेको बताउँदै यहाँका नागरिकको अधिकार स्थापित गर्न र विकासका क्षेत्रहरु खानेपानी, सिँचाई, टटबन्ध निर्माण, उर्जा विधुत , लगाएतका विकासमा आफुले महत्वपूर्ण स्थान दिने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथीको रुपमा रहनुभएका गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरले बोल्दै यहाँका नागरिकको आशा र अपेक्षा निर्वाचित जनप्रतिनिधी माथि धेरै रहेको बताउँदै क्रमिक रुपमा जनताका आवस्यकता र समस्या सम्बोधन गर्दे अगाडी बढिने बताउनु भयो ।


साँसद कुवँरले भन्नुभयो ढोरपाटनको बृहत विकासको आवस्यकता औँल्याएका छौँ कतिपय कानुनी जटिलताले गर्दा समेत अपेक्षित विकास हुन सकिरहेको छैन सालझण्डी ढोरपाटन सडक निर्माण, उत्तरगंगा जलाशययूक्त आयोजना, सिकार आरक्ष क्षेत्र भित्र पर्ने सडक निर्माण लगाएतका काममा सम्वन्धित निकायमा निरन्तर खबरदारि भइरहेको बताउँदै जनताको आधारभुत आवस्यकता विधुत, स्वास्थ्य, खानेपानी, सिँचाई सडक लगाएतका क्षेत्रमा जनताको माग र आवस्यकतालाई क्रमश अगाडी बढाउँदै आफुहरु लागिरहेको बताउँदै तिनवटै सरकारको स्वामित्वमा योजनाको प्राथमिकिकरण गरेर अगडी बढिने बताउनु भयो । उहाँले थप बोल्दै हालसम्म विधुतको पहुँच नपुगेर अन्धकारमा रहेका यहाँका जनतालाई उज्यालोमा पु¥याउन गण्डकी प्रदेश सरकारले प्रयास गरिहेको र हाललाई सौर्य उर्जाको प्रयोग लाई अगाडी बढाइने र निकट भविष्यमै केन्द्रिय बिधुत प्रसारण लाईन नागरिकको घरघरमा आइपुग्ने गरि काम भइरहेको बताउनु भयो ।


त्यस्तै कार्यक्रमका अर्का विशिष्ठ अतिथी गण्डकी प्रदेशका सांसद दिलमाया पौवीले बोल्दै अन्धकारमा रहेका नागरिकलाई उज्यालोमा ल्याउन निरन्तर प्रयास गरिएको आफुहरुको प्रयासबाट यहाँका नागरिकले उज्यालोमा बस्न पाउने वातावरण सृजना भएको बताउनु भयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उर्जा, खानेपानी, तथा जलश्रोत मन्त्रालयका सचिव गणेश अवस्थि लगाएतको मन्तव्य रहेको कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. ६ का अध्यक्ष उमेश बुढाको अध्यक्षता महाशाखा प्रमुख हरिदत्त पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्नभएको थियो ।


गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अर्थात १३ हजार ९ सय ४२ रुपैयाँअनुदान र स्थानीयको १० प्रतिशत स्वामित्व रहने गरि ५० वाट क्षमताको सोलार सेट हस्तान्त्रण गरिएको थियो । वडा नं. ६ कै विभिन्न स्थानमा ढोरपाटन नरपालिकाले समेत सोलार सेट केहि महिना पहिले हस्तान्त्रण गरेको थियो ।
त्यस्तै मन्त्री र साँसद सहितको टोलीद्धारा ढोरपाटन नगरपालिका ९ मा रहेको स्यालपाखे क्षेत्रमा रहेका नागरिकको खानेपानी समस्या बुझ्न बस्तिमै पुग्नु भएको छ । स्थानीयको मागअनुसार सांसद तथा मन्त्रिले बोल्दै यहाँका नागरिकलाई खानेपानीको समस्या रहेको भन्दै अब आउने बर्षभित्रै प्रत्यक घरघरमा खानेपानीको पहुँच पुग्ने गरि व्यवस्था गरिदिने प्रतिबद्धता समेत जनाउनु भएको छ । दुईसय बढि घरधुरी रहेको उक्त क्षेत्रमा तत्काल सर्वे गरेर खानेपानी व्यवस्था गरिने मन्त्रि अर्यालको भनाई थियो ।

बागलुङको दुर्गम मानिने निशेल ढोरमा मोवाईल फोन सेवा सुरु:स्थानियमा खुशीयाली

0

विनोद रसाईली,बुर्तिवाङ,बागलुङ “आईतबार निसीखोला गाउँपालिका वडा नं ५ को ३७ सय मिटर उचाई ऐसेलुधारामा निशेलढोर लक्षित टावर उद्घाटन गर्न पुग्दा मौसम खुल्ला र केही सफा थियो नेपाल टेलिकमका प्रविधिकहरु निरन्तर टावर सञ्चालन गर्नको लागि दौदधुप गरिएका थिए । तर केही वेर टावर सञ्चालन भएन, मौषम पनि एकाएक फेरिएर आकास गर्जिदै पानी पर्न थाल्यो उद्घाटन गर्न पुग्नु भएका निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ती सहित त्यँहा पुगेका सबैको अनुहार अध्यारो भयो । केही चिसो खटाउन नसकेर तल झर्नु भयो केही टावर सञ्चालनहुने आशा लिएर चिसो र पानीको सामाना गदै बसेका थिए । एकैछिनमा नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले लौ टावर सञ्चालन भयो, भन्नु भयो । एक्कासी सबैभा खुशीयाली छाँयो । चिसो र पानीको प्रवाह नगरी सबै खुशीयाली मनाउदै अविर जात्रा समेत सुरु भयो ” ।


यस सगै बागलुङ जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोला गाउँपालिका वडा नं ५ निशेलढोर सञ्चारको पहुँचमा आएको छ ।
नेपाल टिलिकमले झन्डै ३ हजार ७ सय २० मिटरको उचाईमा पर्ने निसीखोला गाउँपालिका वडा नं ५ को ऐसेलुघारा भन्ने स्थानमा टावर निमार्ण गरेर टु जी सेवा सञ्चालनमा लिएको छ । सेवा सञ्चालनमा आए सङ्गै निसीखोला गाउँपालिका वडा नं ५ नेशेलढोर तथा ढोरपाटन नगरपालिका वडा नं ९ को मस ,विजा,काँगका स्थानिय साथै रुकुम पुर्वको भुमे गाउँपालिकाका केही भेगका स्थनियमा खुशीयाली छाएको छ ।

करिव १७ दिनको निरन्तरको मेहनत पश््चात आईतबार देखी मोबाईलफोन सेवा सुरु भएको छ । निशेलढोरका जनतालाई मोवाईलमा फोन गर्नको लागि भन्डै १ घण्टाको दुरीमा रहेको अग्लो डाडामा पुग्नु पर्ने बाध्यता अव अन्त्य भएको छ ।
निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले निरन्तरको पहल पश्चात निशेलढोरका जनताको पहिलो सपनाको रुपमा रहेको सञ्चार पु¥याउन सफल भएको बताउनु भयो ।
“ निशेलढोरका जनतालाई मोवाईल फोन गर्नको लागि करिव १ घण्टाको दुरी हिड्नु पर्ने अवस्था थियो निरन्तरको पहलमा नेपाल टेलिकमको सहयोगमा हामिले अहिले टावर सञ्चालन गर्न सफल भएका छौ”उपाध्यक्ष घर्तीले भन्नु भयो । टावार सञ्चालन पश्चात २ किसिमका मान्छेले सेवासुविधा पाउने छन् पहिलो स्थानिय र दास्रो घुम्न आउने पर्यटक लाभाम्वित हुने छन् उपाध्यक्ष घर्तीले भन्नु भयो ।


निसीखोला ५ का स्थानिय पे्रम बहादुर घर्ति मगर निशेलढोरमा पहिलो मोबाईल फोन गर्ने व्याक्ति समेत बनेका छन् । मगरले निशेलढोरमा रहेकी आफ्नै बहिनिलाई फोन गरेर टावर सञ्चालन भएको जनकारी दिदै खुशी व्यक्त गरेका थिए ।
निसीखोला गाउँपालिका वडा नं ५ का पुर्व वडा सदस्य तेजिन्द्र पुनले दुर्गम र ओझेलमा परेको ठाउँमा सञ्चार सेवा पुग्दा धरै खुशी भएको प्रतिक्रिया दिएका छन् ।
नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले निशेलढोरमा टावर सञ्चालन गर्न निकै कठिन भएको र यसै क्रममा निसीखोला गाउँपालिका संगको सहकार्यमा काम गर्दा सहज भएको र दुर्गम ठाउँमा सेवा दिन नेपाल टेलिकम प्रतिबद्ध भएकोे बताउनु भएको छ । अहिलेलाई अस्थाई संरचना रहेको तर यसलाई पुन स्थाई टावर निमार्ण गरेर गुणस्तरिए सेवा प्रदान गरिने जानकारी दिए ।


गण्डकी प्रदेश पुर्व सांसद खिम विक्रम शाहीले अहिले सम्म सञ्चारको कुनै पनि सेवा नपुगेको ठाउँमा सेवा पु¥याउन सफल सबैमा धन्यवाद दिनु भयो ।
निशेल ढोरपमा विद्युतको सेवा भने अझै पुगेको छैन निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले यसै वर्ष भित्र केन्द्रिय विद्युत पु¥याउने योजना भएको जानकारी दिनु भएको छ । यसै वर्ष गाउँपालिकाले सामुदायिक स्थास्थ्य ईकाई समेत पालिकाले सञ्चालनमा लिइसकेको छ ।

निसीखोला दास्रो लघु जलविद्युत आयोजनाको पाचौँ वार्षिक साधरणसभा एवं तेस्रो अधिवेशन ः सर्वसम्वत बाट नेत्तृत्वको प्रयास

0

विनोद विश्वकर्मा, निसीखोला
निसीखोला दोस्रो लघुजलविद्युत आयोजनाको पाचौँ वार्षिक साधरण सभा एवं तेस्रो अधिवेशन सुरु भएको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ योगीथुम्कामा विद्युत गृह रहेर सञ्चालित आयोजनाले करिव ४ वर्ष पछि आफ्नो साधारण सेवा एवं अधिवेशन गरेको हो ।

आयोजनाको उपभोक्ता समितिको अध्यक्ष लोकिश्वर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक तथा गण्डकी प्रदेश पुर्व सांसद खिमविक्रम शाहीको प्रमुख आतिथ्यता रहेको थियो । आयोजित कार्यक्रमलाई संम्बोधन गदै शाहीले संथाले ढिलागरी भएपनि गरेको साधरण सभा तथा अधिवेशनलाई सकरात्मक लिदै अवको तेत्तृत्व लिनेले सस्थालाई नितिनियम र सस्थागत विधान अनुसार अगाडी बढाउन समेत सुझाव दिनु भयो । कार्यक्रममा थप बोल्दै बहुदलिय व्यवस्थामा समाजलाई सकरात्मक नेत्तृत्व गर्न राजनितिक दल भएको भन्दै समिति निमार्णमा पनि फरक राजनितिक दलको प्रतिनिधिन्व गरे पनि सस्थामा पुगे पछि संस्थाहितको काम गर्नु पर्ने बताउनु भयो ।

 
कार्यक्रममा विशिष्ट अतिथि निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले अव निसीखोलामा रहेका साना विद्युत आयोजना सबैलाई अफ्ठ्यारोे परिस्थिति र्सिजना भएको बताएका छन् । केन्द्रिय विद्युतको पोल गाड्ने काम चलिरहेको कारण स्थानिय विद्युतले केन्द्रिय विद्युत संग प्रतिशपर्धा गर्न नस्के र यसलाई अव बन्ने समितिले खटेर काम गर्नु पर्ने बताउनु भएको छ ।


आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष तारानाथ पौडेल,निसीखोला गाउँपालिका पुर्व निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,निसीखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष टिकानिधि पौडेल,३ का वडा अध्यक्ष रमेश विक्रम शाही,नेपाली काँग्रेसका राजमन बुढा,ने कपा एमालेका भोटु कुमारी चन्द,नेकपा माओबादी केन्द्रका विमल शाही,झिवाखोला लघु जलविद्युत आयोजना बोहरागाउँका सचिव ईश्वरी प्रसाद कंडेल लगाएतले आफ्नो मन्तव्य रहेको थियो ।


कार्यक्रमको अवसरमा संस्थाका प्रबन्धक,अपरेटर लगाएत लाई खादा लगाएर तथा नगद द्धारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा निसीखोला गाउँपालिका कार्यपालिका सदस्य गिता सापकोटा,जिवन कुमारी बि.क,लगाएत वडा नं ३ र ४ का वडा सदस्य,उपभोक्ता समितिका पदाधिकारी,स्थानिय राजनितिक दलका प्रतिनिधि लगाएतको उस्थिति रहेको थियो ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अर्थिक सहयोग र डि सी आर डि सी को प्राविधिक सहयोगमा २०६४ साल माग १८ गते तत्कालिन बोहरागाउँ गाउँविकास समितिको झिवाखोला बजारमा बृहत भेलामार्फत तारानाथ पौडेलको अध्यक्षतामा १३ सदस्य समिति गठन गरी निसीखोला दोस्रो लघिु जलविद्युत आयोजना नामाकरण गरी २०६५ जेष्ठ ९ गते मुहानदेखी विद्युत गृह सम्म बोहरागाउँ गा वि स वडा नं १ देखी ९ र निसी गाविसको १ र ३ लाई समेत जोडी आयोजना सञ्चालन भएको थियो ।
आयोजित सनिबारको उद्घाटन सत्रको कार्यक्रम लेखा समिति संयोजक उमानन्द रेग्मीको स्वागत र सचिव ढालेन्द्र हमालको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले बन्दसत्रमा नयाँ समितिको लागि सहमतिको प्रयास भईरहेको निवर्तमान सचिव हमालले जानकारी दिएका छन् ।

जनप्रतिनिधि हिकमतद्वारा विद्यार्थीलाई न्यानो कपडा हस्तान्त्रण

0

असोज १३ बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिका स्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीका निम्ती स्थानीय जनप्रतिनिधिले न्यानो कपडा( सुईटर) हस्तान्त्रण गर्नुभएको छ ।
तमानखोला गाउँपालिका कार्यपालिका सदस्य युवा तथा खेलकुद विकास समिती संयोजक हिकमत जक्तपुरीले आफुले अध्ययन गरेको भुमे प्राथमिक विद्यालय तमानखोला १ पहिरामा अध्ययनरत ६५ जना विद्यार्थीका निम्ती एक ÷एक सेट सुइटर हस्तान्त्रण गर्नुभएको हो ।

आफनो हजुरबुबा लालविर जक्तपुरी समेत सँस्थापक अध्यक्ष रहेको उक्त विद्यालयमा आफुले बाल्यकालमा अध्ययन गरेको बताउँदै आफुले जनप्रतिनिधि भइसकेपछि राज्यबाट लिँदै आएको सेवा सुविधाबाट केहि प्रतिशत रकम कुनै न कुनै प्रकारको समाज सेवामा लगानी गर्नुपर्छ भन्ने उदेश्य सहित चिसो बद्दै गर्दा विद्यार्थीका निम्ती न्यानो कपडा उपलब्ध गराइएको हिकमत जक्तपुरीले बताउनु भयो ।

“कार्यपालिका सदस्य भएवापत बार्षिक रुपमा राज्यबाट पाउँदै आएको सेवा सुविधाको रकम बाट कम्तिमा १० प्रतिशत आफुले सामाजिक कार्यमा लगानी गर्ने गरि योजना बनाएको छु हामीले आम्दानी गर्ने रकमबाट केहि मात्रा यस्तै सामाजिक कार्यमा लगानी गर्न सकेमा धेरै नागरिकलाई राहात मिल्ने उहाँको तर्क रहेको छ ”।
शुक्रबार एक कार्यक्रमका विच भुमे प्राथमिक विद्यालयमा आफुलाई अध्ययन गराउनु भएका शिक्षक मेख बहादुर छन्त्यालको हातबाट विद्यार्थीलाई सुईटर हस्तान्त्रण गरिएको थियो ।

बुर्तिवाङमा कराते महासंघ र सितोरियो कराते डो संघको नगर समिति घोषणा

0

विनोद विश्वकर्मा बुर्तिवाङ,नेपाल कराते महाँसंघ र नेपाल रितोरियो कराते डो को ढोरपाटन नगर स्तरिय समिति घोषण गरिएको छ ।

शुक्रबार बुर्तिवाङमा एक कार्यक्रमको आयोजना गर्दै समितिको घोषणा गरिएको हो । चित्र बहादुर पुनको अध्यक्षतामा १३ सदस्य नेपाल सितोरियो कराते संघ र रामलाल पाण्डेको अध्यक्षतामा १५ सदस्य नेपाल कराँते महाँसंघको नगर स्तरिय समिति घोषणा गरिएको छ ।


आयोजित घोषणा कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञावालीको प्रमुख आतित्थयता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत ज्ञावालिले मन्तव्य राख्दै खेल क्षेत्र महत्वपुर्ण र फरक विधा भएकाले यसलाई सबैले अवलम्वन गर्नु पर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत ज्ञावालीले ढोरपाटन नगरपालिकामा कराते जस्ता खेलका लागि प्रोत्साहन गर्न नगरपालिकाले सबैमा छलफल गरेर सहयोग गर्ने समेत वचन दिनु भएको छ ।

आयोजित कार्यक्रममा विशिष्ट अतिथि ढोरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष वान बहादुर छन्त्याल,नेपाली काँग्रेसका मेशलाल शर्मा,नेकपा एमालेका टंक प्रसाद पौडेल,लगाएतले आफ्नो धारण राख्दै खेल क्षेत्र राष्ट्रको गहना र यसले देशलाई विश्वसामु पचित बनाउन सक्ने भन्दै यसलाई प्रोत्साहन गर्नु राज्यको दायित्व समेत रहेको बताएका थिए । साथै खेलाडीलाई अुशासन पुर्वक खेल खेले अवश्य पनि सफलता प्रप्ता गर्न सकिने समेत बताएका थिए ।


आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं २ का वडा अध्यक्ष भेग बहादुर खत्री,ढोरपाटन नगरपालिका सुचना अधिकारी चन्डी प्रशाद शर्मा,उद्योेग वाणिज्य संघका प्रतिनिधि,प्रशिक्षक,पत्रकार खेलाडी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल सितोरियो कराते संघका अध्यक्ष चित्र बहादुर पुनले समितिको घोषणा गर्नु भएको थियो ।

२०४८ साल बाट नै बुर्तिवाङमा समिति भएको भए पनि ठुलो रुपमा समिति भने पहिलो पटक निमार्ण गरिएको पुनले बताएका छन् । केन्द्रको निर्देशनको आधारमा समिति निमार्ण गरिएको पुनले जानकारी दिएका छन् । समितिले खेल संगै खेलाडीको हक हित संगै अडाडी बढ्ने पुनले जानकारी दिएका छन् ।

पर्यटन प्रर्बद्धन गर्न ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघको बैठक बस्दै

0

बागलुङ ,पर्यटन प्रर्बद्धन, संभावना र लगानी खोज्न नेपालको नीजि क्षेत्रले बागलुङको ढोरपाटनलाई महत्व दिन थालेको छ ।
पर्यटन पबद्र्धन तथा लगानीको पहिचान गर्नका लागि नीजि क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको तेस्रो बैठक ढोरपाटनमा बस्ने भएको हो । नीजि क्षेत्रका अगुवा सहित नेपाल उद्योगा वाणिज्य महासंघका तेस्रो कार्यकारीणी बैठक असोज १५ र १६ गते नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रमा आयोजना गरिएको हो ।

प्रचुर संभावना भएर समेत ओझेलमा पर्दै आएको ढोरपाटन क्षेत्रको प्रचार प्रसार गर्दे लगानीका संभावना खोज्न नीजि क्षेत्रले चासो देखाएको हो । नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको बैठक नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचिमा रहेको ढोरपाटन उपत्यकामा आयोजना गरिएकाले महत्वका साथ हेरिएको छ ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघ बागलुङको आतिथ्यतामा ढोरपाटनमा बैठक गर्न थालिएको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेलले जानकारी दिनुभयो ।
कंडेलका अनुसार बैठकमा नेपाल उद्योग वाणिज्य संघका ७० जनाको कार्यसमिति सहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपाकिलाका जनप्रतिनिधिको सहभागीता रहनेछ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वयको भूमिकामा खेल्नेछ । बैठकमा ७० जना सहभागी भएपनि अन्य कार्यक्रममा एक सय भन्दा बढी सरोकारवालाको सहभागीता रहनेछ ।

“नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरु ढोरपाटन आउदा प्रचार प्रसार संगै त्यहाँको नयाँ संभावना र लगानीको क्षेको पहचिान हुँनेछ, बैठक मात्र नभएर समग्र जिल्लाको पर्यटनको संभावना र लगानीको विषयमा अन्तरक्रिर्या समेत हुँनेछ” अध्यक्ष कंडेलले भन्नुभयो “एक पटक देशभरका नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनलाई जुरुक्क उठाउन सहयोग पु¥याउनुहुँनेछ, ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक योजना समेत बनाउन यो बैठकले सहयोग पुग्नेछ ।”
पर्यटकीय क्षेत्रको विकास, लगानी पहिल्याउन, कृषि उपजको बजारीकरणमा ढोरपाटन बैठक कोशे ढुङ्गा सावित हुँने कंडेलको भनाई छ । ढोरपाटनको आलुको राम्रो उत्पादन छ भने स्याउको प्रचुर संभावना रहेको छ । बैठकका आउने पाहुँनाहरुको खाना तथा आवासका लागि ढोरपाटन उपत्यकामै व्यवस्थापन मिलाइएको कंडेलले बताउनुभयो । कंडेलका अनुसार बैठकमा सहभागी हुँन आउने उद्योगी तथा व्यवसायीहरु होटल तथा सामुदायिक घरबासमा पाहुँनाहरुलाई राखिनेछ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गर्ने कार्ययोजना आतिथ्यता संस्था बागलुङ उद्योग वाणिज्य संघले बनाएको छ ।

ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिर समेत दर्शन गर्न सकिने छ । ढोरपाटनमा समग्र जिल्लाको पर्यटनको विषयमा समेत छलफल गर्ने कार्यक्रम तय गरिएको छ । ढोरपाटनमा देशभरका उद्योगी तथा व्यवसायीका नेताहरु आउदा ढोरपाटनको छुट्टै गरिमा बढ्ने ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द छन्त्यालले बताउनुभयो ।
ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालय लगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थानहरु रहेकोमा तिनिहरुको प्रचार प्रसार हुँनेगरी बैठकको आयोजना गरिएको छ ।

सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटकहरु आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको वृद्धि भएको छ तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा समस्या भइरहेको छ ।

नेपाली कांग्रेस ढोरपाटन नगरपालिका वडा नं. ४ को वडा सम्मेलन सम्पन्न

0

असोज ६ गते
नेपाली कांग्रेस ढोरपाटन नगरपालिका वडा नं. ४ को वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । प्राविधिक कारण भाद्र महिनामा हुने सम्मेलन हाललाई सारिएको र सौहार्द पूर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

नेपाली कांग्रेस ढोरपाटन ४ का सभापती थम बहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रमका अवसरमा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधी सोम बहादुर पौवीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौवीले नेपाली कांग्रेस पार्टीलाई चलायमान बनाउन संगठनलाई मजबुद बनाउनका निम्ती कार्यक्रता सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले थप बोल्दै यहाँको विकास र समृद्धिका निम्ती समेत नेपाली कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै जनताको समस्या र गुनासोलाई यहाँबाट निर्वाचित माननिय हरु संग आफुले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउँदै संगठन मजबुद भएमा मात्र पार्टीले विकास निर्माण र समृद्धिको सपना पुरा गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी पदम पुन, धनराम पुरी, पुर्व क्ष्ोत्रीय उपसभापती नरजंग घर्ति, क्षेत्रीय प्रतिनिधी भुमिका गोतामे, साविक खुँगा गाविस सभापती थम बहादुर घर्ति मगर लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो कार्यक्रम वडा सचिव नारायण राना को सञ्चालनमा सम्पन्न भएको हो ।