नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको तयारी पुरा : बुधबार केपी सर्मा ओली बुर्तिबाङ आउँदै

मंसिर १९ गते बुर्तिबाङ
समृद्धिका लागि सङ्कल्प यात्राको बागलुङमा आवस्यक तयारी पुरा गरिएको नेकपा एमालेले जनाएको छ । भोली बागलुङ जिल्लाको निसीखोला, ढोरपाटन, वडिगाड हुँदै गल्कोट पुग्ने यात्रा र आवस्यक कार्यक्रमको तयारी पुरा भएको नेकपा एमाले केन्द्रिय सदस्य डा. सुर्य पाठकले बताउनु भयो ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने “झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा” नाम दिइएको अभियानमा नेकपा एमाले अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री केपी सर्मा ओली सहित १५० जना केन्द्रिय तहका नेता सहभागि रहेका छन ।
भोली हुने कार्यक्रम पुर्वी रुकुम हुँदै निसीखोला गाउँपालिकाको पातिहाल्नेमा स्वागत कार्यक्रम रहेको र बिहान ९ बजे निसीखोलाको झिवाखोला बजारमा कार्यक्रम विहान १० बजेदेखि बुर्तिबाङ बजारमा कार्यक्रम सहित टोली वडिगाड गाउँपालिका हुँदै गुल्मीको वामीमा पुग्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।
कार्यक्रमको आवस्यक तयारी पुरा भइसकेको बताउँदै पुर्व प्रधानमन्त्री आउने कार्यक्रममा स्वागतका लागी सहभागि हुन अन्य दलहरुलाई समेत नेकपा एमालेले आब्हन गरेको छ । बुर्तिबाङमा मंगलबार सर्वदलीय सर्वपक्षिय बैठक मार्फत भोलीको कार्यक्रममा सरिक हुन र यहाँका समस्या, विकास निर्माणका विषयमा सामुहीक रुपमा ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गरिएको बताइएको हो । कार्यक्रममा यहाँस्थित राजनैतिक दलका प्रतिनिधी, पत्रकार, लगाएतको सहभागिता रहेको थियो । भोली हुने कार्यक्रममा यस क्षेत्रको प्रर्यटन, ढोरपाटनको विकास र प्रर्वधन, विधुत सडक लगाएतका योजनाका विषयमा ध्यानाकर्षण गराउने विषयमा छलफल गर्दे सबैले यहाँको समस्यालाई एकमुष्ट ध्यानाकर्षण गराउने सांसद देवी प्रकाश भट्टचनले बताउनु भयो


भोली हुने कार्यक्रमका निम्ती गेट निर्माण, कार्यक्रम स्थलको व्यवस्थापन, स्वयंम सेवक व्यवस्थापन लगाएका तयारी पुरा भएको डा. सुर्य पाठकले बताउनु भयो । मंगलबार बुर्तिबाङ बजारमा सरसफाई कार्यक्रम समेत गरिएको थियो ।
निसीखोला गाउँपालिकाको कार्यक्रमलाई सफल पार्न केन्द्रिय सचिब गोकणर््ा विष्ट सहितको टोली निसीखोला आइपुग्नु भएको छ ।
नेकपा एमालेको संकल्प यात्रा अभियान गत मंसिर १० गतेदेखि सुरु भई पुस ५ गतेसम्म जारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित